सोमबार, मंसिर २, २०७६

    धर्म-संस्कृति

    नागेश्वरमा साउने मेलाको तयारी, मन्दिरको चारै ढोका खुला, भक्तजनको घुईचो

    आईतवार, श्रावन ६, २०७५ साल
    काठमाडौँ,६ साउन  कामपा–३२ स्थित नागेश्वर महादेव मन्दिरमा साउने सोमबारका दिन दर्शन गर्न आउने श्रद्धालु भक्तजनको सुविधाका लागि बिहान ५ बजेदेखि नै मन्दिरको चारै ढोका खुला राखिने भएको छ ।  साँझको सन्ध्याकालीन आरती ६ः३० देखि ७ः३० बजेसम्म हुनेछ । वागसिंह रायले विसं १८८१ मा स्थापना गरेको मन्दिरमा गत साल भारतीय तीर्थ यात्रीसहित झण्डै पाँच लाख भक्तजनले दर्शन गरेको नागेश्वर तथा वाणेश्वर महादेव व्यवस्थापन..

    आज साउने संक्रान्ति पर्व, आजैबाट नयाँ आर्थिक वर्षको समेत आरम्भ

    मंगलवार, श्रावन १, २०७५ साल
    काठमाडौं, श्रावण १  ।  आज साउन महिनाको पहिलो दिन अर्थात साउने संक्रान्ति । देशभर यस दिनलाई कर्कट संक्रान्तिका रूपमा समेत मनाउने गरिन्छ । त्यस्तै, आजकै दिनबाट नयाँ आर्थिक वर्ष सुरु हुने भएकाले राजनीतिकरुपमा समेत यस दिनको निकै ठूलो महत्व रहेको छ ।  विभिन्न सरकारी तथा नीजि संस्थानहरुले आजको दिनदेखि नयाँ आर्थिक वर्षकारुपमा आफ्नो हिसाब–किताब राखी अलग्गै ढंगले अगाडी बढ्न नयाँ रणनीति बनाउने..

    संस्कृति जगेर्ना कार्यक्रम अन्तर्गत धनपाल थान मन्दिरको जीर्णोद्वार !

    आईतवार, आषाढ ३१, २०७५ साल
    विराटनगर, ३१ असार संस्कृति जगेर्ना कार्यक्रम अन्तर्गत रंगेली नगरपालिका–८ स्थित दर्वेशमा रहेको धनपाल थान मन्दिरको जीर्णोद्वार तथा त्यहाँ पक्की भवन समेत निर्माण गरेको छ ।  साथै सोही वडाको फर्साडाँगीमा रहेको अर्को थनपाल थान मन्दिरको कम्पाउण्डवाल निर्माण गर्नुका साथै त्यहाँ सरसफाइ समेत गरिएको रंगेली नगरपालिका–८ का अध्यक्ष टंक आचार्यले जानकारी दिए।  नगरपालिकाले सो वडाका लागि छुट्याइएको रु ७० लाखको बजेटबाट उक्त सडक निर्माण कार्य..

    श्रीकृष्ण प्रेम संस्था नेपालद्वारा स्थानीय गाई संरक्षण गर्न श्रीमदभागवत ज्ञान महायज्ञ आयोजना

    शुक्रबार, आषाढ २९, २०७५ साल
    काठमाडौँ, २९ असार स्थानीय गाईको संरक्षणका लागि इच्छा लाग्नेबाट सहयोग संकलनका लागि श्रीमदभागवत ज्ञान महायज्ञ शुरु भएको छ ।  श्रीकृष्ण प्रेम संस्था नेपाल (कृप्सन) ले असार २४ गते आइतबारदेखि शुरु गरेको महायज्ञ असार ३० गते शनिबार सकिने छ । अग्रवाल भवन कमलपोखरीमा भइरहेको महायज्ञमा उपस्थित हुनेलाई सहयोग गर्नेपर्ने अनिवार्यता नगरिएको अध्यक्ष लक्ष्मी पोखरेलले जानकारी दिए ।  “भागवत मागी खाने भाँडा बनेको छ,..

    गँजडी र मगन्तेरहित पशुपति क्षेत्र योग र ध्यान साधना केन्द्रमा परिणत हुँदै

    मंगलवार, आषाढ २६, २०७५ साल
    काठमाडौँ, २६ असार   गाँजा तान्ने अखडा र माग्नेको लामलाई मुक्त गरी पशुपति क्षेत्रलाई ध्यान तथा योग साधना स्थलका रुपमा योजनाबद्ध विकास गर्ने अभियान शुरु भएको छ ।  गाँजा खाने एवं किनबेच गर्नेको अखडाका रुपमा रहेको वाग्मती किनारको सूर्यघाट क्षेत्रका १० वटा गुफा खाली गरी रंगरोगन शुरु गरिएको छ ।  सूर्यघाट क्षेत्रलाई ध्यान केन्द्रका रुपमा विकास गर्न पशुपति क्षेत्र विकास कोषले आगामी आर्थिक वर्ष..

    सातदिने ब्रह्मज्ञान ध्यान साधना शिविरमा सदगुरुदेव निजानन्दद्वारा योग तथा साधना !

    सोमबार, आषाढ २५, २०७५ साल
    काठमाडौँ, २५ असार  ब्रह्मज्ञान जागरण अभियान काठमाडौँद्वारा आयोजित सातदिने ब्रह्मज्ञान सत्संग तथा ध्यान साधना शिविरमा सदगुरुदेव निजानन्दले सोमबार पनि योग तथा साधना गराए ।  आइतबारदेखि अभियानको कार्यालय, शान्तिनगरमा शुरु भएको निशुल्क शिविरमा प्रवचन दिँदै सदगुरुदेव निजानन्दले योग तथा साधनाबाट मानिसको शारीरिक, मानसिक दुर्वलता हटाई ऊर्जाशील बनाउने बताए ।  उनले योग र ध्यानलाई अलिकति समय नदिँदा मानिस व्यस्त जीवनमा दुःख झेल्नाका साथै ठूला रोगबाट..

    काभ्रेपलाञ्चोकको पनौतीमा देवीदेवताको प्रतीकस्वरुप बनाइएको रथ जुधाउँदै सकियो पनौती जात्रा

    शुक्रबार, आषाढ १५, २०७५ साल
    बनेपा, १५ असार  काभ्रेपलाञ्चोकको पनौतीमा देवीदेवताको प्रतीकस्वरुप बनाइएको रथ जुधाएर ऐतिहासिक पनौती जात्रा विहीबार सम्पन्न भएको छ ।  प्रत्येक वर्ष जेठ पूर्णिमाको दिन पनौती जात्रा मूल व्यवस्थापन समितिको आयोजनामा एक साता अगाडिदेखि शुरु भएको जात्रामा यौनिकता झल्काउने गरी उन्मत्त भैरव, भद्रकाली र इन्द्रेश्वर महादेवबीच रथ जुधाएर सम्भोग गराइन्छ । ज्या पुन्ही जात्राको नाममा परिचित सो जात्रामा पनौतीको लाम्पाटीमा रहेको भैरवको रथलाई तानेर..

    विवाहको ८ प्रकार : कस्तो छ हिन्दू धर्मको विवाह संस्कार ?

    मंगलवार, आषाढ १२, २०७५ साल
    एजेन्सी, १२ असार  विवाहको प्राचीन कालदेखि चलिआएको एउटा संस्कार हो । विश्वकै पहिलो लिखित ग्रन्थ मानिने ऋग्वेदमा सूर्य र सूर्याको प्रसङ्गमा विवाह संस्कारका सबै वैदिक मन्त्र उल्लेख गरिएका छन् । विवाह संस्कारसँग सम्बन्धित सबै क्रियाकलाप ऋग्वेदमा उल्लेख छन् । अर्थात् विवाहको चलन त्यस बेला पनि प्रचलित थियो । चार वेदमध्ये सबैभन्दा पछिल्लो अथर्व वेदमा पनि विवाह संस्कारबारे उल्लेख छ । मानव जीवनलाई आदर्श..

    स्वर्ग जस्तै सुन्दर प्रशिद्ध धार्मिकस्थल स्वर्गद्वारी आश्रम विकासको पर्खाइमा

    बुधबार, आषाढ ६, २०७५ साल
    बेनी, म्याग्दी, ६ असार  म्याग्दीको प्रमुख पर्यटकीय स्थानमध्येको एक प्राकृतिक सुन्दरता र जैविक विविधताले युक्त टोड्केस्थित प्रशिद्ध धार्मिकस्थल स्वर्गद्वारी आश्रम विकासको पर्खाइमा छ ।  मालिका, रघुगंगा गाउँपालिका र बेनी नगरपालिकाको सिमानामा अवस्थित उक्त आश्रम आध्यात्मिक चिन्तनको उपयुक्त स्थान मानिन्छ । प्यूठानमा रहेको प्रशिद्ध धार्मिक स्थल स्वर्गद्वारीको शाखा मानिने यस आश्रममा स्वर्गद्वारी महाप्रभुले तपस्या गरेको धार्मिक विश्वास छ ।  प्राचीनकालमा विभिन्न ऋषि महर्षीले..

    हरेक मगर बस्तीमा रौनक : भूमे पर्वको शुभकामना आदानप्रदान, भेटघाट र रमाइलो (फोटोमा हेर्नुस्)

    शनिबार, आषाढ २, २०७५ साल
      खोटाङ, २ असार : मगर समुदायको महान् तथा पवित्र चाड भूमे (भूम्या) पर्व शुक्रबारदेखि शुरु भएको छ ।  भूमिको पूजार्चनापछि आपसमा शुभकामना आदानप्रदान गर्दै हप्ता दिनसम्म मनाइने यो पर्व प्राकृतिक प्रकोप नपरोस्, अन्न बाली सप्रियोस् , सुव्यफाव्य होस् भन्ने कामना गरिन्छ । आफन्तजनसँगको भेटघाट तथा आपसमा शुभकामना आदानप्रदान गर्दै मनाइने यो पर्व हरेक मगर बस्तीमा मनाउने प्रचलन छ ।  नेपालसहित हङ्कङ, बेलायत,..

    दहचोकका ऐतिहासिक सम्पदा जीर्ण बन्दै, चाँडो मर्मत तथा सम्भार नगरिएमा पूर्णरुपमा भत्कने खतरा

    शुक्रबार, आषाढ १, २०७५ साल
    काठमाडौँ, १ असार  चन्द्रागिरि नगरपालिका–१ मा पर्ने दहचोक गाउँपालिकामा स्थापना गरिएको मनकामना मन्दिर जीर्ण बन्दै गएको छ ।  विसं २०७२ मा गएको भूकम्पका कारण जीर्ण भएको मन्दिर चाँडो मर्मत तथा सम्भार नगरिएमा पूर्णरुपमा भत्कने खतरा बढेको छ ।  मन्दिरको चारैतिरको पर्खाल चर्केको छ भने पूर्वी भागको पर्खाल पूरै भत्केको छ । आधुनिक नेपालको एकीकरण अभियानमा पृथ्वीनारायण शाहका मूलकाजी योद्धा कालु पाँडेको सुझावअनुसार उक्त..

    गोसाईंकुण्ड केबलकार निर्माणका लागी २ अर्ब लागत अनुमान

    बुधबार, जेष्ठ २३, २०७५ साल
    रसुवा, २३ जेठ    धुञ्चे गोसार्इंकुण्ड केबलकार निर्माणका लागि सम्भाव्यता अध्ययन गराउने प्रदेश सरकारकोे निर्णयबाट रसुवावासी उत्साहित भएका छन् ।    गोसार्इंकुण्डमा केबलकार निर्माण गर्नेे अवधारण २०६० सालदेखि नै ल्याइए पनि विद्युत्को अभावमा कार्यान्वयनमा आउन सकेको थिएन् । चिलिमे जलविद्युत् कम्पनीले रसुवामा पहिलो पटक २२ मेघावाट विद्युत् उत्पादन गरेसँगै गोसार्इंकुण्डमा केबलकार निर्माण गर्ने आवधारणाले मूर्तरुप लिन सक्ने भएको छ ।    जिन्दगीमा एक पटक पुग्नै पर्ने..

    विश्व वातावरण दिवसका अवसरमा विश्व सम्पदामा सूचीकृत स्वयम्भूनाथमा सरसफाइ

    मंगलवार, जेष्ठ २२, २०७५ साल
    काठमाडौँ, २२ जेठ विश्व वातावरण दिवसका अवसरमा ट्रेकिंग एजेन्सीज एसोशिएशन अफ नेपाल (टान) ले विश्व सम्पदा सूचीकृत स्वयम्भूनाथको मंगलबार सरसफाइ गरेको छ ।  काठमाडौँ महानगरपालिका १५ वडाको सहयोगमा विभिन्न संघसंस्थाका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, पर्यटन व्यवसायीलगायतले उक्त क्षेत्रको सरसफाइ भएको हो ।  नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले कार्यक्रमको उद्घाटन गर्दै जलवायु परिवर्तनको नकारात्मक प्रभावले वातावरण बिग्रदै गएकामा चिन्ता व्यक्त..

    हिरण्यवर्ण महाविहार मन्दिरमा पूजासँगै शान्त र ज्ञानी स्वभावको मुसाको संरक्षण

    आईतवार, जेष्ठ २०, २०७५ साल
    ललितपुर, २० जेठ घरमा मुसाले दुःख दिएर हैरान हुनुहुन्छ ? कति पटक त कपडा नै च्यातिदिएर लाउन नमिल्ने भएको होला । धेरैले मुसा भगाउनका लागि अनेक उपाय पनि गरिरहेको हुनसक्छ । धेरैले मुसा भगाउनका लागि अनेक उपाय लगाइरहँदा कुनै ठाउँमा मुसा संरक्षण गरिन्छ भन्नेसुन्दा अनौठो लाग्न सक्छ । काठमाडौँ उपत्यकामा नै एउटा त्यस्तो मन्दिर छ जहाँ मुसाका लागि दैनिक खानेकुरा छुट्याउने गरिन्छ..

    जयबागेश्वरी सुन्धाराको अस्तित्व खतरामा, सम्बन्धित निकायमा अनुरोध गरेको वर्षौं पुग्दा पनि पहल भएन

    बुधबार, जेष्ठ १६, २०७५ साल
    काठमाडौँ, १६ जेठ  सडक किनारमा गहिरो भागमा पानी जमेको छ, पानीमाथि फोहर तैरिएको छ, झट्ट हेर्दा जो कसैलाई लाग्न सक्छ, यो फोहर फाल्ने ठाउँ हो ।  तर यो फोहर फाल्ने स्थान भने होइन । यो हो, विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रस्थित जयबागेश्वरी अगाडिको ऐतिहासिक सुन्धारा । धरहरासँगैको सुन्धारा बन्नुभन्दा सयौँ वर्षअघि बनेको यो सम्पदाका बारेमा नयाँ पुस्तालाई थाहा नहुन सक्छ ।..

    हुम्लामा रर्लिङ पर्व भव्यरुपमा मनाइँदै, सुरक्षा व्यवस्था कडा

    मंगलवार, जेष्ठ १५, २०७५ साल
    हुम्ला, १५ जेठ सिमीकोट गाउँपालिकाअन्तर्गत वडा नं ३, वरगाउँमा पर्ने रर्लिङ गुम्बामा यही जेठ ११ गतेदेखि १५ गते सम्म बौद्ध धर्मावम्बीबाट मनाइने ठूलो पर्व रर्लिङ पर्वमा पूजापाठ गरिएको छ । विभिन्न ठाउँबाट आएका ४१ जना पुजारीहरुले बिहानदेखि पूजापाठ गरेको अध्यक्ष एवं पुजारी बुम्दोर्जे लामाले जानकारी गराए । उक्त मेलामा सुरक्षा व्यवस्था सोमबारदेखि नै मिलाइएको कुरा सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिए..

    जेठ महिनाभरि गोसाइकुण्डमा मेला, भक्तजनको आगमन दिन प्रतिदिन बढ्दै

    बुधबार, जेष्ठ ९, २०७५ साल
    रसुवा, ९ जेठ पवित्र तीर्थ गोसाइँकुण्ड स्नान गर्ने भक्तजनको आगमन दिन प्रतिदिन बढ्दै गएको छ ।  स्थानीय पुरोहित टंकप्रसाद ढकालका अनुसार १० दिनसम्म चल्ने गंगा दशहरा पर्व बिहीबार सम्पन्न भएपनि पुरुषोत्तम महिना भएका कारण गोसाइँकुण्ड स्नानका लागि भक्तजन जेठ महिनाभर नै ओहोरदोहोर भइरहनेछन् ।  पुरुषोत्तम महिनामा तीर्थश्राद्ध गर्न नहुने र स्नान र पूजापाठ गर्नाले आफ्नो मनोकांक्षा पूरा हुने, शरीरमा भएका रोगब्याध हट्दै जाने,..

    हिन्दू धर्मले सबैलाई समान व्यवहार गर्छ: श्रीमद्जगत्गुरु शंकराचार्य

    शनिबार, जेष्ठ ५, २०७५ साल
    चितवन, ५ जेठ श्रीमद्जगत्गुरु शंकराचार्य स्वामी निश्चलानन्द सरस्वतीले धर्मको विषयमा अनर्गल प्रचार गर्न नहुने बताएका छन् ।  नागरिक अभिनन्दन समितिले शुक्रबार यहाँ आफूलाई अभिनन्दन गरेपछि उनले हिन्दू धर्मले सबैलाई समान व्यवहार गर्न सिकाएको बताउँदै भने, “हिन्दू धर्मले कसैलाई काखा र कसैलाई पाखा गरेको छैन ।”  शंकाराचार्यले राजनीतिले धर्ममा हस्तक्षेप गर्न नहुने बताउँदै सनातन हिन्दू धर्मको संरक्षण र नेपाललाई हिन्दू राज्य बनाउनुपर्ने विचार व्यक्त..

    इस्लाम धर्मावलम्बीको ‘रमजान’ शुरु, आपसी सद्भाव कायम गर्न रमजानको महत्व

    बिहिवार, जेष्ठ ३, २०७५ साल
    काठमाडौँ, ३ जेठ  इस्लाम धर्मावलम्बीको महत्वपूर्ण पर्व ‘रमजान’ जेठ ३ देखि शुरु भएको छ ।  अरबी पात्रोअनुसार नौ महिनामा पर्ने उक्त पर्व साउदी अरबमा अघिल्लो दिन चन्द्रमा देखिएपछि नेपालमा जेठ ३ देखि शुरु भएको छ । एक महिनासम्म जारी रहने यस पर्वमा सूर्योदयदेखि सूर्यास्तसम्म निराहर बस्नुपर्ने प्रचलन छ ।  राष्ट्रिय मुस्लिम आयोगका पूर्व सदस्य सचिव शम्शेर मियाँका अनुसार धर्मावलम्बीले चन्द्रमा नदेखिएसम्म रोजा (व्रत) राख्न..

    ​मातृभाषा, लिपि र सांस्कृतिक धरोहरलाई जीवन्त राख्नुपर्छ : मुख्यमन्त्री डोरमणि पौडेल

    बुधबार, जेष्ठ २, २०७५ साल
    हेटौँडा, २ जेठ  प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलले दुर्गम भेगमा बसोबास गर्ने विभिन्न जातजाति र समुदायको लोप हुन लागेको मातृभाषा, लिपि र सांस्कृतिक धरोहरलाई सधैँ जीवन्त राख्न युवा पुस्तालाई जिम्मेवार बनाउनुपर्ने बताएको छ । प्रदेश नं. ३ का सामाजिक विकास मन्त्रालय र भाषा आयोग काठमाण्डुको संयुक्त आयोजनामा बुधबार हेटौँडामा आयोजित प्रदेशस्तरीय भाषा संगोष्ठीको उद्घाटन गर्दै उनले भने, ‘विभिन्न जातजाति र..

    नरेन्द्र मोदीको भ्रमणले जनकपुरलाई पर्यटकीय गन्तव्य बनाउन मद्दत

    मंगलवार, जेष्ठ १, २०७५ साल
    जनकपुरधाम, १ जेठ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरधाम आगमनबाट यहाँको पर्यटकीय विकासमा आशाको किरण छाएको छ । माता जानकीप्रति उनको आस्था, मिथिला र मैथिलीको गरिमाबारे चर्चा, जनकपुरधाम–अयोध्या बस सेवाको थालनी र रामायण सर्किटको घोषणाले यहाँको पर्यटकीय विकासमा आशाको किरण छाएको हो । जानकी मन्दिरका महन्त रामतपेश्वर दासका अनुसार भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष जनकपुरधाम र अयोध्याको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई प्रगाढ..

    नारीले आज श्रद्धापूर्वक सौभाग्य प्राप्तिका लागि वरको पूजा–आजा गर्ने

    मंगलवार, जेष्ठ १, २०७५ साल
    जनकपुरधाम, १ जेठ मिथिलाञ्चलका नारीले मंगलबार श्रद्धापूर्वक बरसाइत गर्दैछन् । सौभाग्य–समृद्धि प्राप्तिका लागि यस व्रतमा वरको रूखको पूजा–आजा गर्ने चलन छ ।  वरको रूखको मूलमा ब्रह्मा, विष्णु तथा अग्रभागमा शिवको बास हुन्छ र सावित्री पनि सोही रूखमै प्रतिष्ठापित भएको विश्वासअनुसार यस व्रतको शुरुवात भएको हो । त्यसैले यसलाई वट–सावित्री पूजा भन्ने गरिएको छ ।  मैथिली भाषामा वटलाई वर भनिन्छ । अर्कोतिर पतिलाई पनि..

    केशवनारायण चोकको पुनःनिर्माण असारसम्म सकिने, अष्ट्रेलीयाको युनिभर्सिटीद्वारा आर्थिक सहयोग !

    सोमबार, बैशाख ३१, २०७५ साल
    ललितपुर, ३१ वैशाख पाटन दरबार क्षेत्रमा रहेको केशवनारायण चोकको पुनःनिर्माण आगामी असारसम्म गरिसक्ने तयारी भएको छ । काम धमाधम अघि बढेकाले अब दुई-तीन महिनासम्ममा सकिने पाटन सङ्ग्रहालयले जनाएको छ । सङ्ग्रहालयका कार्यकारी निर्देशक सुरेश लाखेले पश्चिम गाह्रोको काम सकिन लागेको बताए । निरन्तर वर्षाका कारण छानाको काम भने रोकिएको छ । उनले भने, “वर्षा रोकिनासाथ छानाको काम गरिनेछ ।” दुई-तीनदिनपछि उत्तर र..

    आज रातो मच्छेन्द्रनाथको भोटो देखाइने, जात्रा हेर्न राष्ट्रपति भण्डारी जाने

    आईतवार, बैशाख ३०, २०७५ साल
    काठमाडौँ, ३० वैशाख : वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आइतबार देखाइने भएको छ ।  भोटो जात्रालाई करिब ८०० वर्ष अघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छेन्द्रनाथको भोटो जात्राको साइत हेर्ने काममा सक्रिय हुँदै आएका नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य कीर्तिमदन जोशीले  जानकारी दिए ।  भूत, प्रेतलाई खाना दिन यो जात्रा..

    हिन्दू र बौद्धको साझा तीर्थस्थल मुक्तिनाथ, पर्यटकमध्ये नेपाली र भारतीय नागरिक अत्याधिक !

    शुक्रबार, बैशाख २८, २०७५ साल
    मुस्ताङ, मुक्तिनाथ, २८ वैशाख हिमाल पारिको जिल्ला मुस्ताङमा रहेको धार्मिक पर्यटकीयस्थल मुक्तिनाथ हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल हो । यहाँ दर्शन गरेपछि मनोकांक्षा पूरा हुनाका साथै पितृहरूको उद्धार हुने विश्वासका कारण वर्षेनी ठूलो संख्यामा दर्शनार्थी यस मन्दिरमा आउने गरेका छन् । मुक्तिनाथका स्थानीय समाजसेवी एवम् जनप्रिय युवा क्लबका अध्यक्ष सुरज गुरुङका अनुसार विशेषगरी चैत, वैशाख, जेठ, भदौ, असोज र कात्तिकमा यहाँ..

    भारतीय प्रम मोदी आज नेपाल आउँदै, जनकपुरमा षोडसोपचार विधिबाट पूजा गर्ने

    शुक्रबार, बैशाख २८, २०७५ साल
    काठमाडौँ, २८ वैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुईदिने राजकीय भ्रमणमा शुक्रकार यहाँ आउँदै छन् ।  भारतका कार्यकारी सरकार प्रमुखका रुपमा तेस्रो पटक हुन लागेको यो भ्रमणले आपसी आत्मीयता, मैत्री र शताब्दीऔँ पुरानो दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ तुल्याउने अपेक्षा नेपाल र भारतका जनताले गरेका छन् । प्रधानमन्त्री ओलीको गत महिना सम्पन्न भारतको राजकीय भ्रमणको..

    रातो मत्स्येन्द्रनाथको रथ जाउलाखेल लगिँदै, जाउलाखेल पुगेपछि मात्रै भोटो जात्रा हुने दिनको टुङ्गो लाग्ने!

    बिहिवार, बैशाख २७, २०७५ साल
    ललितपुर, बैशाख २७  लगनखेलको थटिटोलमा रहेको रातो मत्स्येन्द्रनाथको रथलाई आज(विहीबार) जाउलाखेल लगिँदैछ। रथलाई बिहिबार नै जाउलाखेल पुर्‍याएपछि चौथो दिन (आइतबार) भोटो जात्रा हुने ज्योतिषहरूको भनाइ छ।  मत्स्येन्द्रनाथ जाउलाखेल पुगेपछि मात्रै भोटो जात्रा हुने दिनको टुङ्गो लाग्ने ज्योतिष दैवज्ञ कीर्तिमदन जोशी बताउँछन् । उनी भन्छन, “केही समस्या आइपरेन र रथ आजै पु¥याउन सकियो भने भोटो जात्रा आइतबार हुनेछ ।” रथ पुगेको दिनका हिसाबले चौथो..

    षोडसोपचार विधिबाट पूजा गर्ने नरेन्द्र मोदी पहिलो भारतीय प्रधानमन्त्री !

    बुधबार, बैशाख २६, २०७५ साल
    जनकपुरधाम २६ वैशाख भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीको आसन्न जनकपुरधामको जानकी मन्दिरमा षोडसोपचार विधिबाट गरिने विशेष पूजाअर्चना आम चासोको विषय बनेको छ । मन्त्रको प्रधानता रहेको सो पूजा जानकी मन्दिरमा आउने विशिष्ट अतिथिलाई मात्र गराइने परम्परा छ । जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवका अनुसार यसअघि सो मन्दिरमा भारतका राष्ट्रपतिहरू नीलमसञ्जीव रेड्डी, ज्ञानी जेल सिंह र प्रणव मुखर्जीलाई सो विधिबाट पूजा गराइएको..

    कुमाल समुदायको परम्परागत मौलिक लोक संस्कृति लोप हुँदै

    बुधबार, बैशाख २६, २०७५ साल
    रामपुर, पाल्पा, २६ वैशाख कुमाल समुदायको परम्परागत मौलिक लोक संस्कृति लोप हुँदै गएको छ ।  दशैँ तिहार, माघे संक्रान्तिजस्ता पर्वमा देखाइने सोरठी, कृष्णचरित्र, झ्याउरे, पाङदुरेलगायतका विभिन्न लोक संस्कृति लोप हुँदै गएपछि अहिले गाउँमा देखाउनै छाडिएको पाल्पा रामपुर नगरपालिका–६ तिलकपुर बस्ने ७५ वर्षीय गंगाराम कुमाल बताए ।  पुरानो लोक संस्कृति नयाँ पुस्ताले अवलम्बन नगर्दा समुदायबाटै लोप हुँदै गएकोमा उनले चिन्ता व्यक्त गरे । “अहिलेका..

    रामायण सर्किट विस्तार परियोजना जनकपुरका लागि कोशेढुङ्गा साबित हुने, जनकपुरलाई अयोध्यासंग जोड्ने परियोजना !

    मंगलवार, बैशाख २५, २०७५ साल
    जनकपुरधाम, २५ वैशाख भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरधाम भ्रमणका बेला शुभारम्भ गरिने भनिएको रामायण सर्किट विस्तार परियोजना जनकपुरधामका लागि कोशेढुङ्गा साबित हुने विश्वास गरिएको छ । समृद्ध सांस्कृतिक विविधताको संरक्षण गर्ने अभियानअन्तर्गत मिथिलाको जनकपुरधाम र भारतको अयोध्याबीच सामाजिक, सांस्कृतिक र धार्मिक सम्बन्ध विस्तार एवं तीर्थाटनको प्रवद्र्धन गर्नु सो परियोजनाको उद्देश्य रहेको छ । सन् २०१४ मा भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणका क्रममा अयोध्या..
    Results 556: You are at page 14 of 19
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 Next Last
    Weather Forecast