सोमबार, चैत्र १७, २०७६

    धर्म-संस्कृति

    आज नेवारसमुदायले योमरी पुन्ही मनाउँदै, किराँत समूदायमा उधौली पर्वको रौनक, प्रकृति र पितृको पूजा

    शनिबार, पौष ७, २०७५ साल
    काठमाडौँ, ७ पुस      आज नेवारसमुदायले योमरी पुन्ही हर्सोल्लासका साथ मनाउँदैछन् । तिहारमा देउसी–भैलो खेले जस्तै टोलभर गाउँदै योमरी माग्ने चलन नेवारी समुदायमा छ ।   सोही परम्पराअनुसार नेवारी गीत गाउँदै बालबालिकादेखि बुढापाकासम्म सहभागी भई आज दिनभर योमरी मागिन्छ । इष्टमित्र, साथीभाइ, पाहुनालाई बाँडीचुडी खाने र खुवाउने परम्परा रहेको यो पर्वलाई माया, प्रेम, दया र करुणा आदान–प्रदानको रूपमा पनि लिने गरिएको छ । त्यसैगरि..

    सिद्धेश्वरी मन्दिरसहित सर्वाङ्गीण विकास गर्ने उद्देश्यले सञ्चालित महायज्ञमा ९७ लाख सङ्कलन

    सोमबार, पौष २, २०७५ साल
    दमौली, २ पुस तनहुँको शुक्लागण्डकी नगरपालिका–२ कोत्रेस्थित सिद्धेश्वरी शिव मन्दिरसहित सर्वाङ्गीण विकास गर्ने उद्देश्यसहित सञ्चालित महायज्ञमा रु ९७ लाख सङ्कलन भएको छ ।  मङ्सिर २३ गतेदेखि सिद्धेश्वरी मन्दिर प्राङ्गणमा सञ्चालन गरिएको महायज्ञमा रु ९७ लाख तीन हजार १९६ सङ्कलन भएको आयोजकले जनाएको छ । महायज्ञमा शुक्लागण्डकी नगरपालिका–२ कोत्रेका सुमन रानामगरले रु तीन लाख ६७ हजार र सोही ठाउँका जनकराज सिग्देलले रु तीन..

    ‘लावण्य देश’ को नामबाट चित्रित शङ्खरापुरमा धार्मिक पर्यटक वृद्धि हुँदै

    आईतवार, पौष १, २०७५ साल
    काठमाडौँ, १ पुस श्रीस्वस्थानी कथामा ‘लावण्य देश’ को नामबाट चित्रित शङ्खरापुरमा पर्यटकीय विकासको सम्भावना बढ्दै गएको छ । काठमाडौँ जिल्लामै रहेर पनि ओझेलमा परेको यस क्षेत्रमा ऐतिहासिक, धार्मिक र पर्यटकीय महत्व बोकेका क्षेत्रका साथै जहरसिंह पौवा वनभोजस्थल, देउरालीमा सञ्चालित प्याराग्लाइडिङ र स्थानीय होटेल खुलेसँगै पर्यटकीय चहलपहल बढेको हो । काठमाडौँको रत्नपार्कबाट १८ किलोमिटरको दूरीमा रहेको साँखुसम्म मोटरबाटोको स्तरोन्नति भएमा अन्तर्राष्ट्रिय पर्यटक बढाउन..

    ऐतिहासिक तथा धार्मिक महत्वको बागलुङ सङ्ग्रहालय ५ वर्षदेखि थलियो

    शुक्रबार, मंसिर २८, २०७५ साल
    गलकोट, २८ मङ्सिर जिल्लामा भएका ऐतिहासिक तथा धार्मिक वस्तु सङ्ग्रहित गर्नका लागि निर्माण गर्न थालिएको बागलुङ सङ्ग्रहालय पाँच वर्षदेखि अलपत्र छ । जिल्लाका आदिवासी तथा जनजातिको अगुवाइमा बागलुङ नगरपालिका–१ रामरेखा सामुदायिक वन उपभोक्ता समितिको एक रोपनी जग्गामा विसं २०७० मा निर्माण शुरु गरिएको सङ्ग्रहालय बजेट अभावका कारण थला परेको आदिवासी जनजातिका अगुवा बताउँछन् ।  “तत्कालीन जिल्ला विकास समितिमार्फत आउने आदिवासी जनजातिको बजेटले..

    गुरुकुल सञ्चालनका लागि महायज्ञ आयोजना, मङ्सिर २९ गतेदेखि पुस ७ सम्म

    बिहिवार, मंसिर २७, २०७५ साल
    दमौली, २७ मङ्सिर तनहुँको दमौलीस्थित महर्षि वेदव्यास संस्कृत माध्यमिक विद्यालयले गुरुकुल सञ्चालनका लागि आर्थिक अभाव भएपछि महायज्ञ आयोजना गर्ने भएको छ । गुरुकुल सञ्चालनार्थ रकम जुटाउने उद्देश्यले विद्यालयले यही मङ्सिर २९ गतेदेखि पुस ७ गतेसम्म श्रीमद्भागवत ज्ञान महायज्ञ सञ्चालन गर्न लागेको हो ।  विद्यालयका प्रधानाध्यापक तुलसीशरण सिग्देलले आर्थिक अभावमा गुरुकुल सञ्चालनका लागि समस्या भएकाले महायज्ञमार्फत अक्षयकोष स्थापना गर्ने लक्ष्य राखिएको जानकारी दिए..

    जनकपुरधाममा विवाह पञ्चमी महोत्सव मनाइँदै, अयोध्याबाट आएको जन्तीमा मुख्यमन्त्री योगी आदित्यनाथको सहभागिता

    बुधबार, मंसिर २६, २०७५ साल
    जनकपुरधाम, २६ मङ्सिर : जनकपुरधाममा आज भगवान् सीताराम विवाह पञ्चमी महोत्सव पौराणिक प्रचलनअनुसार मनाइँदै छ । सीतालाई छोरी–बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता सशरीर नभए पनि अदृश्य रूपमा उपस्थित हुने विश्वासले हर्ष र उल्लासका साथ प्रतिछायाँ जन्तीको आगमनदेखि बिहेसम्ममा सहभागी हुने गरेका छन् । जनकनन्दिनी सीताको विवाह भएको दिनको स्मरणमा मिथिलावासीले यसलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् ।  सो महोत्सवमा सहभागी..

    जनकपुरधाममा विवाह पञ्चमी महोत्सव : प्रदेश २ मा २५ र २६ गते सार्वजनिक बिदा, आज मटकोर विधि

    मंगलवार, मंसिर २५, २०७५ साल
    धनुषा, २५ मङ्सिर    जनकपुरधाममा आयोजना भईरहेको साताव्यापी रामजानकी विवाह पञ्चमीको आज पाँचौं दिन मटकोरको विधि हँुदैछ । सोमबार तिलकोत्सव सम्पन भएको थियो ।    महोत्सवको पहिलो दिन नगर दर्शन, दोस्रो दिन फुलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिलकोत्सव सम्पन भएको छ भने आज पाँचौँ दिन मटकोर र छैठौं दिन मंसिर २६ गते राम–सीता स्वयंवर तथा विवाह महोत्सव कार्यक्रम हुनेछ ।    भगवान रामको..

    भजनकीर्तन जोगाउनै मुस्किल, युवापुस्ताको बेवास्ता र पुरानो पुस्ताको निष्क्रियता !

    आईतवार, मंसिर २३, २०७५ साल
    गलेश्वर, २३ मङ्सिर युवापुस्ताको बेवास्ता र पुरानो पुस्ताको निष्क्रियताका कारण म्याग्दीका ग्रामीण भेगमा धार्मिक कार्यमा गाइने भजनकीर्तन लोप हुँदै जान थालेको छ ।  भजनकीर्तनमा आफ्नै शैली, लय अनि रहस्य लुकेको भए पनि युवापुस्तामा रक, पप र विदेशी गीतप्रतिको मोहले भजनकीर्तन जोगाउन मुस्किल हुँदै गएको हो । शहरबजारमा करीब एक दशकयतादेखि नै देखिन र सुनिन छाडेको भजनकीर्तन गाउँघरमा समेत विस्तारै खोज्नुपर्ने अवस्थामा पुगेको..

    युरोपमा सनातन धर्म : पोर्चुगलमा विश्व शान्तिको कामनासहित पहिलोपटक साप्ताहिक ज्ञान महायज्ञ

    शुक्रबार, मंसिर २१, २०७५ साल
    लिस्बन, २१ मङ्सिर : विश्व शान्ति तथा सनातन धर्मको प्रचारप्रसार गर्ने उद्देश्यले युरोपेली मुलुक पोर्चुगलमा पहिलोपटक साप्ताहिक ज्ञान महायज्ञ आयोजना गरियो । उक्त महायज्ञमा त्यहाँ रहेका प्रवासी नेपाली तथा विदेशी भक्तजनको सहभागिता थियो ।  अघिल्लो बिहीबारदेखि शुरु भएको महायज्ञमा सात दिनसम्म दैनिक पूजा, जलधारा, पाठ, ह्वन, ध्यान, प्रवचनका साथै भजनकीर्तनसमेत गरिएको थियो ।  विश्व शान्तिको सङ्कल्पसहित महायज्ञ समापन गरिएको सत्य सनातन धर्मका प्रवद्र्धक..

    बाला चतुर्दशी पर्व : पशुपतिलगायत देशभरका शिवालयमा छरियो शतबीज

    बिहिवार, मंसिर २०, २०७५ साल
    काठमाडौँ, २० मङ्सिर : मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन आज बिहानै हिजोदेखि देशभरका शिवालयमा रातभर महादीप बाली बसेका भक्तजनले नदीमा स्नान गरी शतबीज छरेका छन् ।  बाला चतुर्दशीसमेत भनिने मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहानै स्नान गरी शिवालय क्षेत्र विशेषगरी पशुपति क्षेत्रको मृगस्थलीमा धानका सय गेडा छरे दिवङ्गत पितृले मोक्ष पाउने शास्त्रीय मान्यता छ । हेमाद्रीलगायत धर्मशास्त्रका पुस्तकमा वर्णन गरिएअनुसार धानको सय गेडा छर्ने..

    जानकी मन्दिरमा विवाहपञ्चमीको रौनक, मुख्यमन्त्री योगी सहभागी हुने भएपछि प्रदेश सरकार तरंगित

    मंगलवार, मंसिर १८, २०७५ साल
    जनकपुरधाम, १८ मङ्सिर  यही मङ्सिर २६ गते आयोजना हुने विवाह महोत्सवका लागि उत्साहपूर्वक संपूर्ण तयारी भइसकेका छन् ।  महोत्सवमा यस पटक भारतको अयोध्याबाट आउने भगवान् रामको प्रतीक स्वरूप आउने जन्तीमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको समेत सहभागिता रहने चर्चा छ । प्रदेश सरकार, जनकपुरधाम उपमहानगरपालिका र जानकी मन्दिरका महन्तको पहलमा जानकी मन्दिर परिसरदेखि बाह्रबिघा (रङ्गशाला) सम्म सिङ्गारिने, सरसफाइ र पण्डाल निर्माण तीव्र..

    पूर्वको पशुपतिनाथ मानिने अर्जुनधारा जलेश्वरधाममा दैनिक १५ हजार भक्तजन

    सोमबार, मंसिर १७, २०७५ साल
    भद्रपुर, १७ मङ्सिर : पूर्वकै पशुपतिनाथको नामले परिचित अर्जुनधारा जलेश्वरधाममा भविष्य महापुराण सुन्नका लागि दैनिक १५ हजार बढी भक्तजन आउने गरेका छन् ।  महाभारतकालीन इतिहास बोकेको यस अर्जुनधारा जलेश्वरधामको ३६ औँ वार्षिक अनुष्ठानको अवसरमा यही मङ्सिर ११ गतेदेखि शुरु महायज्ञमा झापा, मोरङ, सुनसरी, इलाम र भारतको सिक्किम, दार्जिलिङलगायतका स्थानबाट भक्तजन आएका हुन् ।  विसं २०२३ मा स्थापना भएको धाममा विसं २०४० देखि प्रत्येक..

    पूर्वको प्रसिद्ध तीर्थस्थल पाथीभराको भेटी रु ५० लाख, वार्षिक करोडौँको भेटिघाटी सङ्कलन

    शुक्रबार, मंसिर १४, २०७५ साल
    ताप्लेजुङ, १४ मङ्सिर : प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा चार महीनामा करिव रु ५० लाख सङ्कलन भएको छ ।  मन्दिरमा चढाएको भेटी त्यहाँ कार्यरत कर्मचारीले सङ्कलन गर्ने र प्रत्येक दिन माथिल्लो फेदीमा रहेको अस्थायी प्रहरी चौकीमा ल्याएर राख्ने गरिएको छ । गत साउनदेखि कात्तिक मसान्तसम्म तीर्थयात्रीले चढाएको रकम गणनामा रु ४९ लाख ६५ हजार ६५०सङ्कलन भएको तर भारतीय रुपैयाँ भने गणना गर्न बाँकी रहेको..

    अमालकोट कचहरीका द्वारेले सिन्दूर चढाएपछि श्री चन्द्रविनायक तथा भैरवनाथ जात्रा सम्पन्न

    मंगलवार, मंसिर ११, २०७५ साल
    काठमाडौँ, ११ मङ्सिर श्री चन्द्रविनायक तथा भैरवनाथ जात्रा मार्ग शीर्ष कृष्ण तृतीयाका दिन अमालकोट कचहरीका द्वारेले सिन्दूर चढाएपछि सम्पन्न भयो ।  कार्तिक शुक्ल पूर्णिमाका दिन शुरु भएको जात्रा आज श्री चन्द्रविनायक र भैरवनाथलाई अबीर चढाएपछि सकिएको हो । जात्रा करीब साढे तीन सय वर्ष पुरानो भएको विश्वास गरिन्छ । नेपाल संवत् ८०१ मा राजा भूपालेन्द्र मल्लले यो जात्राको शुरुआत गराएको स्थानीयवासीको भनाइ..

    मुलाबारीस्थित कालभैरव मन्दिरको प्रचारप्रसार गर्ने उद्देश्यले दौड प्रतियोगिता आयोजना

    आईतवार, मंसिर ९, २०७५ साल
    दमौली, ९ मङ्सिर तनहुँको म्याग्दे गाउँपालिका–५ मुलाबारीस्थित कालभैरव मन्दिरको प्रचारप्रसार गर्ने उद्देश्यले दौड प्रतियोगिता आयोजना गरिएको छ ।  कालभैरव मन्दिर विकास समितिले मन्दिरको प्रचारप्रसार गर्दै मुलाबारीलाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गरिएको हो । थर्पु बजारदेखि मन्दिरसम्म आयोजना गरिएको दौडको उपाधि खगेन्द्र रानाभाटले जितेका छन् ।  उनले आठ किमी दूरीको दौड ३३ मिनेट पाँच सेकेण्डमा पूरा गरेका थिए । प्रतियोगितामा रमेश..

    कमला नदीमा भूतमेला भर्न ठूलो घुइँचो, तान्त्रिक विद्यासिद्ध हुने जनविश्वास

    बिहिवार, मंसिर ६, २०७५ साल
    लहान, ६ मङ्सिर  कमला नदीमा स्नान गरेपछि तान्त्रिक विद्यासिद्ध हुने जनविश्वासका साथ बिहिबार गाउँगाउँबाट भूतमेला भर्न कमला नदीमा श्रद्धालुको घुइँचो लाग्न थालेको छ ।  सिरहा र धनुषा जिल्ला छुुट्याउने कमला नदीको किनारमा प्रत्येक वर्ष कात्तिक पूर्णिमामा अनौठो तथा भव्य भूतमेला लाग्ने गर्छ । सिरहासहित सप्तरी, धनुषा, महोत्तरी, उदयपुर र सीमावर्ती भारतको मधुवनी, दरभङ्गा, समस्तीपुर, जयनगरलगायतका स्थानबाट ठूलो सङ्ख्यामा सर्वसाधारण कमला नदीमा स्नान..

    पुम्दीकोटमा महादेवको विशाल मूर्ति स्थापना गर्न ८ हजार वर्गफिटको गोलाकार जग निर्माण हुँदै

    बुधबार, मंसिर ५, २०७५ साल
    पोखरा, ५ मङ्सिर  धार्मिक पर्यटकको पनि गन्तव्य स्थलका रूपमा विशिष्ट पहिचान बनाएको पुम्दीकोटमा महादेवको विशाल मूर्ति स्थापना कार्यले गति लिएको छ ।  परापूर्वकालदेखि भूमेश्वर महादेवको मन्दिर रहेको पोखरा–२२ को पुम्दीकोटमा ५६ फिट उचाइको सोही नामको महादेवको मूर्ति स्थापनाका लागि आठ हजार वर्गफिटको गोलाकार जग निर्माण कार्य भइरहेको छ ।  नेपाल सरकारले उपलब्ध गराएको २२ रोपनी जग्गाको परिसरको भुइँतल्लामा ध्यान केन्द्रसहित गोलाकार जगको वरिपरि..

    हरिबोधिनी एकादशी : देशभरका नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको भीड

    सोमबार, मंसिर ३, २०७५ साल
    काठमाडौँ, ३ मङ्सिर  कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन सोमबार बिहानैदेखि उपत्यकाका चार नारायण, बूढानीलकण्ठ नारायणस्थानसहित देशभरका नारायण मन्दिरमा भक्तजनको भीड लागेको छ ।  आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा सुत्नुभएका भगवान् विष्णु सोमबार जागा हुनुहुने धार्मिक विश्वास छ । सोमबार जागा हुनुहुने भगवान् विष्णुलाई पूजाआजासहित आराधना गर्न बिहानैदेखि नारायण मन्दिरमा भक्तजनको भीड लागेको हो ।  उपत्यकाका चाँगुनारायण, शेषनारायण, शङ्खुनारायण..

    लोप हुने अवस्थामा पुगेको सोरठी नाच संरक्षणमा सल्यानका स्थानीय तहको चासो

    आईतवार, मंसिर २, २०७५ साल
    सल्यान, २ मङ्सिर लोप हुने अवस्थामा पुगेको सोरठी नाच संरक्षणमा यहाँ पहल थालिएको छ ।  जिल्लाका विभिन्न स्थानीय तहले मौलिक कलासंस्कृति संरक्षणमा चासो देखाएपछि सोरठी नाचको कला भएका व्यक्ति जागेका छन् । पुरुषले महिलाको भेषमा नाच्ने उक्त कलात्मक नाच जिल्लाको पहिचान मानिन्छ । पछिल्लो समय यो नाच हराउँदै गएको छ । दशैँ, तिहार, मेला, पर्व, विवाह तथा व्रतबन्ध आदिमा प्रस्तुत हुने सो..

    कुश्माबजारमा विश्वकै अग्लो शिव–पार्वती मूर्ति बनाउनका लागि ३३ लाख नगद सङ्कलन

    बिहिवार, कार्तिक २९, २०७५ साल
    कुश्मा, २९ कात्तिक पर्वत जिल्ला सदरमुकाम कुश्माबजारमा रहेको गुप्तेश्वर परिसरमा विश्वकै अग्लो शिव–पार्वती मूर्ति बनाउन रु ३३ लाख सङ्कलन भएको छ ।  मूर्ति, गुप्तेश्वर आश्रम र सिसमहल बनाउका लागि विसं २०७६ जेठ १ देखि ११ गतेसम्म आयोजना गरिने विराट गुप्तेश्वर धार्मिक मेला, तुलादान तथा कोटीहोम महायज्ञ आयोजना गरिने भएको मेला आयोजक समितिका अध्यक्ष पृथ्वीनारायण शर्माले बताए ।  शिव पार्वतीको मूर्ति बनाउन रु एक..

    मिथिलाञ्चलको महापर्व छठ आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिँदै सम्पन्न

    बुधबार, कार्तिक २८, २०७५ साल
    बर्दिवास, २८ कात्तिक  महोत्तरीसहितको मिथिलाञ्चलमा लोकआस्थाको महापर्व छठ बुधबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिँदै सम्पन्न भएको छ ।  सोमबार कात्तिक शुक्ल पञ्चमी तिथिको बेलुका सख्खरमा पकाइएको खिर मात्र खाएर खरना विधि सम्पन्न गर्दै निराहार ब्रत थालेका ब्रतालुले बुधबार उदाउँदो सूर्यलाई दोश्रो अघ्र्य दिँदै छठ सम्पन्न गरेका हुन् । सप्तमीका दिन बिहान सूर्यलाई दिइने अघ्र्यलाई मिथिलाञ्चलमा ‘भोरका अरख’ भन्ने गरिन्छ ।  मङ्गलबार षष्ठी तिथिका..

    राष्ट्रपति र उपराष्ट्रपति छठ पूजाका लागि कमलपोखरीमा, सूर्यलाई अघ्रर्य दिई पूजार्चना (फोटो फिचर)

    मंगलवार, कार्तिक २७, २०७५ साल
    काठमाडौँ, २७ कात्तिक : छठ पर्वका अवसरमा स्थानीय कमलपोखरी पुगेर राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले सूर्यलाई अघ्र्य दिई पूजार्चना गर्नुभएको छ ।  राष्ट्रपति भण्डारीले अपराह्न ४ बजे तथा उपराष्ट्रपति पुनले साँझ ५ बजे कमलपोखरी पुगेर पूजार्चना गर्नुभएको हो । कमलपोखरी छठ पूजा समितिले आयोजना गरेको छठ पर्व विशेष कार्यक्रममा उहाँहरु सहभागी हुनुभएको थियो । छठ पर्वका लागि कमलपोखरी विशेष रुपमा..

    श्रद्धा एवम् हर्षोल्लासपूर्वक छठ पर्व मनाइँदै, पूजाअर्चना गरी मनोवाञ्छित फल प्राप्त हुने विश्वास

    मंगलवार, कार्तिक २७, २०७५ साल
    जनकपुरधाम, २७ कात्तिक : शुद्धता, सद्भाव र आस्थाको पर्व छठ आज यहाँ श्रद्धा एवं हर्षोल्लासपूर्वक मनाइँदैछ । श्रद्धालुले यहाँका इतिहास वर्णित सरोवर गङ्गासागर, धनुषसागर, रामसागर, रत्नसागर, विहारकुण्ड, रूकमिणी सरोवर, अरगजा, महाराजसागर र अग्निकुण्डलगायतका कुण्ड, पोखरी, तलाउमा छठ पर्व गए रातिदेखि नै मनाइरहेका छन् ।  यसैबीच प्रधानमन्त्री केपी ओलीले पनि छठ पर्वको अवसरमा ट्वीटरमार्फत शुभकामना व्यक्त गरेका छन् ।  सन्तान प्राप्ति, निरोगिता, सुख, समृद्धि..

    मिथिलाञ्चलमा आजदेखि दाजुभाइ तथा दिदीबहिनीको प्रेमको प्रतीक सामाचकेवा पर्व शुरु

    सोमबार, कार्तिक २६, २०७५ साल
    गौशाला, २६ कात्तिक  मिथिलाञ्चलमा दाजुभाइ तथा दिदीबहिनीको प्रेमको प्रतीक मानिएको सामाचकेवा पर्व आजदेखि शुरु भएको छ ।  सामाचकेवा पर्व सोमबार पञ्चमीदेखि शुरु भई दश दिनसम्म चल्नेछ भने एघारौँ दिन पूर्णिमाका दिनमा राति सामाचकेवाको विसर्जन गरी यो पर्वको समापन हुनेछ ।  दश दिनसम्म मिथिलाञ्चलकी दिदीबहिनी, छोरीबुहारी तथा महिलाले आ–आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै सामा चकेवा खेल्नेछन् । आजको दिन बिहानै मिथिलाञ्चलकी दिदीबहिनीले समूहमा गीत..

    सूर्यको उपासना र आस्थाको महापर्व : छठको पहिलो दिन आज नहाय–खाय विधि गरिँदै

    आईतवार, कार्तिक २५, २०७५ साल
    जनकपुरधाम, २५ कात्तिक : आस्थाको महापर्व छठअन्तर्गत आज पहिलो दिन नहाय–खाय विधि गरिँदैछ । चार दिनसम्म मनाइने छठ पर्वअन्तर्गत पहिलो दिनमा नहाय–खाय विधि गरिन्छ । आजको दिनलाई अरबा–अरबाइन पनि भनिन्छ ।  व्रतीले भोजनमा माछा, मासु, लसुन, प्याज, कोदो, मसुर वस्तु परित्याग गरी आजकै दिनदेखि व्रत बस्ने परम्परा छ । छठ पर्व अत्यन्त श्रद्धा र भक्तिपूर्वक मनाइन्छ । आरोग्य लाभ मुख्य उद्देश्य भएको छठ..

    दिदीबहिनीद्वारा दाजुभाइको दीर्घायुको कामना, मिथिलाञ्चलमा भैयादुज पर्व मनाइँदै

    शुक्रबार, कार्तिक २३, २०७५ साल
    गौशाला, २३ कात्तिक : आ–आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै दिदीबहिनीहरूले आज महोत्तरीलगायत मिथिलाञ्चलभर भैयादुज पर्व मनाइरहेका छन् ।  आज एकाबिहानै गाउँ शहरको चौबाटामा गएर विभिन्न लोकगीत र नाचगानका साथ दिदीबहिनीले गाईको गोबर र केराउका दाना (बजरी)लाई ओखलमा कुटेर दाजुभाइको दीर्घायुको कामना गरेका हुन् ।  उनीहरूले ओखलमा गोबरसँगै कुटेको केराउका दाना गोबरबाट झिकेर सफा गरी आ–आफ्ना दाजुभाइलाई मिठाइ, लड्डु वा पेडासँगै बजरी खुवाएका छन्..

    यस वर्षको भाइटीकाको उत्तम साइत ११ बजेर ५५ मिनेटमा, यस्तो छ पूजाविधी

    बिहिवार, कार्तिक २२, २०७५ साल
    काठमाडौं, २२  कार्तिक   भाइटीकाको उत्तम साइत कात्तिक २३ गते बिहान ११ बजेर ५५ मिनेटमा रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले शुभ बेलाको साइत दिएको जनाएको छ । यस वर्ष यमपञ्चक अर्थात् तिहार कात्तिक १९ गतेदेखि सुरु भएको हो । कात्तिक १९ गते कार्तिक कृष्ण त्रयोदशीका दिन काग तिहार मनाइयो भने २० गते कुकुर तिहार । कात्तिक २१ गते लक्ष्मीपूजा गरिएको छ..

    यमपञ्चक अर्थात् तिहारको चौथो दिन : गाई, गोरु र गोवद्र्धन पूजा गरी मनाइँदै

    बिहिवार, कार्तिक २२, २०७५ साल
    काठमाडौँ, २२ कात्तिक : यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोवद्र्धन, गोरुको पूजाआजा गरी मनाइँदैछ ।  गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने..

    तिहारको तेस्रो दिन : धनधान्यकी देवी लक्ष्मी पूजा, महाकवि देवकोटाको ११०औँ जन्मजयन्ती

    बुधबार, कार्तिक २१, २०७५ साल
    काठमाडौँ, २१ कात्तिक : यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ ।  सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली, भ¥याङलगायत स्थानमा सरसफाइ गरी..

    नेपालीको दोस्रो ठूलो चाड : तिहारको दोस्रो दिन नरके चतुर्दशी, कुकुर तिहार

    मंगलवार, कार्तिक २०, २०७५ साल
    काठमाडौँ, २० कात्तिक : नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन आज घरघरमा सुरक्षा गर्ने कुकुरलाई मीठामीठा खानेकुरा खान दिएर मनाइँदैछ ।  कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठामीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई..
    Results 600: You are at page 12 of 20
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 Next Last
    Weather Forecast