आईतवार, भाद्र २९, २०७६

    धर्म-संस्कृति

    आज जनैपूर्णिमा पर्व तथा रक्षा बन्धन, देशभर हर्षोल्लाषका साथ मनाईंदै

    आईतवार, भाद्र १०, २०७५ साल
    काठमाडौँ, भदौ १० ।  आज श्रावण शुक्ल पूर्णिमाको अवसरमा जनैपूर्णिमा तथा रक्षा बन्धन पर्व देशभर हर्षोल्लाष तथा विशेष महत्वका साथ मनाईंदै छ । आजकै दिन तराईका अधिकांश जिल्लामा दाजुभाइको नाडीमा ‘राखी’ बाँध्ने परम्परा एवम् नेवार समुदायमा ‘क्वाँटी’ खाने प्रचलन रहेको छ । आजकै दिन आत्माको शुद्धीकरण र शरीरको रक्षाका लागि ब्राह्मण पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन बाँध्ने प्रचलन समेत छ ।   यस्तो छ मान्यता आजको दिन..

    प्रदेश नं २ सरकारको तर्फबाट रक्षाबन्धनका अवसरमा सार्वजनिक बिदा

    शनिबार, भाद्र ९, २०७५ साल
    महेन्द्रनगर, धनुषा, ९ भदौ  प्रदेश नं २ सरकारले रक्षाबन्धनका अवसरमा सार्वजनिक बिदाको दिएको छ ।  आइतबार हुने रक्षाबन्धनका लागि प्रदेश २ का सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले बिदाबारे सूचना प्रकाशित गरी जानकारी दिए । यसअघि प्रदेश सरकारले बिदा दिए पनि सङ्घीय सरकारको मातहतमा रहेका निकाय तथा अदालतले बिदा दिन अस्वीकार गर्दै आएका थिए ।  प्रदेश २ भित्रका सम्पूर्ण सरकारी कार्यालय,..

    गोसाइँकुण्ड मेलाका लागि भक्तजनहरूको ओइरो, कपिलवस्तु देखि ताप्लेजुङसम्मका तीर्थयात्री

    शुक्रबार, भाद्र ८, २०७५ साल
    रसुवा, ८ भदौ : यही भदौ १० गते लाग्ने पवित्र तीर्थ गोसाइँकुण्ड मेलाका लागि भक्तजनको ओइरो लाग्न थालेको छ । गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमका अनुसार उक्त मेला भर्न बिहीबार साँझसम्म दुई हजारभन्दा बढी भक्तजनको आगमन भइसकेको छ ।  भाद्रशुक्ल पुत्रदा एकादशीदेखि जनैपूर्णिमासम्म लाग्ने यो मेलामा पूर्णिमाको दिन सबै देवी दवता गोसाइँकुण्डमा स्थान गर्ने विश्वासका साथ त्यस दिन दिन..

    इस्लाम धर्मावलम्बीद्वारा घण्टाघरस्थित नेपाली जामे मस्जिदमा भेला भई सदभाब साटासाट

    बुधबार, भाद्र ६, २०७५ साल
    काठमाडौँ, ६ भदौ  काठमाडौँ उपत्यकामा बसोवास गर्दै आएका इस्लाम धर्मावलम्बीले दोस्रो ठूलो पर्व इद—उल—अजहा (बकरइद) का अवसरमा घण्टाघरस्थित नेपाली जामे मस्जिदमा बुधबार भेला भई सद्भाव साटासाट गरेका छन् ।  प्रत्येक वर्ष अरवियन पात्रोको १२ औँ महिनाको १० गते पर्ने उक्त पर्वमा आफू भन्दा ज्येष्ठ मानिससँग आर्शीवाद लिने तथा मीठो खानेकुरा खाएर खुशियाली गर्ने गरिन्छ । अल्हा (इश्वर)ले आफ्नो भक्तजन इब्राइमलाई परीक्षा लिने..

    इस्लाम धर्मावलम्बीहरुको पर्व बकर–इद मनाइँदै, राष्ट्रपतिद्वारा शुभकामना, प्रदेश १, २ र ५ मा सार्वजनिक बिदा

    बुधबार, भाद्र ६, २०७५ साल
    पोखरा, ६ भदौ :  इस्लाम धर्मावलम्बीले आफ्नो प्रसिद्ध पर्व बकर–इद आज उत्साहका साथ मनाइरहेका छन् ।  तीन दिनसम्म मनाइने यस पर्वलाई ‘इद–उल–जुहा’ पनि भन्ने गरिन्छ । यसलाई बलिदानीको पर्वका रुपमा लिइन्छ । इस्लाम महिना जुल हिज्जाको दशौँ दिन यो पर्व मनाउने गरिन्छ । बकर–इदका अवसरमा पोखराको इदगाहमा इस्लाम धर्मालम्बीले पवित्रताका साथ आज बिहानैदेखि भेला भई नवाज पढेर पर्वको शुभारम्भ गरिएको अलि मियाँ..

    हजयात्रा सुरु ! विश्वभरका बीस लाख भन्दा बढी मुस्लिमहरु साउदी अरबको मक्कामा

    आईतवार, भाद्र ३, २०७५ साल
    मक्का, साउदी अरब, ३ भदौ : विश्वभरका बीसलाख भन्दा बढी मुस्लिमहरु हज गर्न पवित्र तीर्थस्थल साउदी अरबको मक्कामा भेला भएका छन् । विश्वमै सबैभन्दा ठूलो धार्मिक कार्यक्रमको रुपमा लिइने हजयात्रा आइतबारदेखि सुरु भएको हो ।  हजयात्राका लागि मक्कामा आउनु हरेक मुस्लिम धर्माबलम्बीको सपना हो, यो एउटा सर्वश्रेष्ठ र अन्तिम यात्रा हो, र यो मेरो सपना थियो, त्यही क्षण अहिले पाएको छु । मुस्लिम धर्माबलम्बीहरुको..

    डेढ सय वर्षदेखि खलङ्गामा लाखे नाच, कसले र कुन समुदायबाट शुरु भयो ?

    शुक्रबार, भाद्र १, २०७५ साल
    जाजरकोट, १ भदौ  इतिहास र सामाजिक परम्परासँग जोडिएको लाखे नाच शुरु भएको डेढ सय वर्ष पुगेको छ । जाजरकोटी राजा उपेन्द्रविक्रम शाहले आफ्नो मनोरञ्जनका लागि नेवार समुदायबाट लाखे नाच शुरु गराएका थिए । अहिले यो नाच जिल्लाका सबै समुदायको साझा सम्पत्ति जस्तै भएको छ ।  जाजरकोटका सबै समुदायका मानिसले यसलाई साझा पर्वका रूपमा लिन थालेपछि यो नाच सबैको साझा सम्पत्ति भएको हो..

    थारू समुदायले परापूर्वकालदेखि मनाउँदै आएको गुरही पर्वको महत्व र आवश्कता !

    बिहिवार, श्रावन ३१, २०७५ साल
    कैलाली, ३१ साउन पश्चिम नेपालका तराई क्षेत्रमा बसोबास गर्दै आएका थारू समुदायले परापूर्वकालदेखि मनाउँदै आएको गुरही पर्व बिहिबार कैलालीका थारू समुदायले सामूहिक रुपमा मनाउँदै छन् ।  खेतीपाती सकिएपछि धानबालीमा किरा नलागून् भनेर गाउँका युवतीहरु गाउँभन्दा टाढाको चोकमा गई कपडाले बनाइएका स–साना गुरही (गाइने किराको प्रतीक) असराउने (सेलाउने) चलन रहिआएको थारू कल्याणकारिणीसभाका केन्द्रीय सदस्य इन्दिरा चौधरी बताउछन् । उनी भन्छन्, “गुरही गाउँबाट पर..

    आज नागपञ्चमी पर्व, चट्याङ, अग्नि र सर्पको भयबाट बच्न नागको पूजा गरिँदै

    बिहिवार, श्रावन ३१, २०७५ साल
    ३१ साउन, काठमाडौं ।  प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजार्चना गरेर मनाइँदैछ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिनाका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ । सूर्योदयकालमा पञ्चमी तिथि र षष्टीले युक्त पञ्चमी नागपूजाका लागि शुभ मानिने भएकाले..

    प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा भक्तजनको ओइरो, लाखौं भेटी सङ्कलन

    मंगलवार, श्रावन २९, २०७५ साल
    बेनी, २९ साउन  यहाँको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा एक लाख २० हजारभन्दा बढी भक्तजनले पूजाअर्चना गरेका छन् ।  बेनी नगरपालिका–९ स्थित गलेश्वरधाममा भगवान शिवको विशेष पूजाअर्चना गरिन्छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषका अनुसार साउन महिनाको चार सोमबारका दिन भक्तजनको उत्साहजनक सहभागिता रहेको थियो । साउनको अन्तिम सोमबार ३० हजारभन्दा बढी भक्तजनले गलेश्वरमा पूजा गरेको कोषका सदस्य सचिव माधवप्रसाद रेग्मीले जानकारी दिए ।  “बर्सेनि..

    आज साउनको अन्तिम सोमबार, देशभरका श्रद्धालुहरुको शिवालयमा घुइँचो

    सोमबार, श्रावन २८, २०७५ साल
    काठमाडौं, २८ साउन साउन महिनाको अन्तिम सोमबार, पशुपतिनाथसहित देशभरका शिवालयहरुमा श्रद्धालुहरुको भिड लागेको छ । साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका महिलाहरुले आज विधिपूर्वक व्रत समाप्त गर्दछन् । साउनको सोमबार भगवान शिवको प्रिय बार भएकाले यस दिन श्रद्धालुहरु व्रत, पूजापाठ, दान लगायतका काम गरिन्छ । बोलबम तीर्थालुहरुको पनि देशभरका शिवालयमा घुइँचो छ । काठमाडौंको सुन्दरीजलबाट ल्याइएको जल पशुपतिमा चढाएर..

    स्वयम्भूमा बुद्धको प्रार्थना गरी मनाइने गुणले भरिपूर्ण गुँला पर्व शुरु

    आईतवार, श्रावन २७, २०७५ साल
    काठमाडौँ, २७ साउन  स्वयम्भूमा बुद्धको प्रार्थना गरी मनाइने एकमहीने गुँला पर्व आईतबारदेखि शुरु भएको छ ।  गुँलाथ्व पारु (शुक्ल पक्षको प्रतिपदा) देखि शुरु भई यँलाथ्व पारुका दिन गुँला पर्व विधिवत् समापन हुन्छ । गुणले भरिपूर्ण महीना भएकाले यस पर्वलाई गुँला भनिएको हो । कसै कसैले नवौँ महीनामा आउने पर्व भएकाले गुँला भएको तर्क दिन्छन् । काठमाडौँका विभिन्न टोलटोलबाट मानन्धर, ताम्राकार, तुलाधर आदि..

    नेवारी समुदायमा शुक्ल चतुर्दशी दिन मनाइने घण्टाकर्ण पर्वमा शक्तिपिठमा घुइँचो

    बिहिवार, श्रावन २४, २०७५ साल
    भक्तपुर, २४ साउन  साउन शुक्ल चतुर्दशी दिन मनाइने गँठेमंगल अर्थात घण्टाकर्णको अवसरमा बिहिबार बिहानैदेखि भक्तपुरका विभिन्न शक्तिपीठमा भक्तजनको घुइँचो लागेको छ । यस पर्वलाई नेवार समुदायले ‘सिनाज्या ब्यंकेगु’ अर्थात् रोपाइँ सकिएको पर्वको रूपमा मनाउने गर्दछन् । बिहिबारको दिन नेवार समुदायले बिहानै घरमा लिपपोत गर्नुका साथै शुद्ध भएर विभिन्न शक्तिपीठको दर्शन गरी त्यहाँको जल ल्याएर घरघरमा छर्कने प्रचलन रहँदै आएकाले दर्शनार्थीको भीड लागेको..

    लटरम्बेश्वर महादेव मन्दिर परिसर धार्मिक पर्यटनको रुपमा विकास हुँदै

    बुधबार, श्रावन २३, २०७५ साल
    बनेपा, २३ साउन  काभ्रेपलाञ्चोक र भक्तपुर जिल्लाको सिमानामा रहेको भंगालास्थित निर्माणाधीन लटरम्बेश्वर महादेव मन्दिर परिसर धार्मिक पर्यटनको रुपमा विकास हुँदै गएको छ ।  विसं २०५९ बाट मन्दिरको निर्माण कार्य शुरु गरिएको सो ठाउँमा मन्दिरसँगै बाल उद्यान, वनभोज पार्क, वृद्धाश्रम, वृक्षरोपण र अन्य पार्क निर्माणका लागि काम अगाडि बढिरहेको लटरम्बेश्वर महादेव तथा संसारीदेवी मन्दिर संरक्षण उपभोक्ता समितिका अध्यक्ष डोलबहादुर कार्की (नानीराम)ले बताए ।  भक्तपुरको..

    सोमबार विशेष : बोलबम धाममा भीड बढ्दै, दर्शन गर्नाले मनोकांक्षा पूरा हुने विश्वास

    सोमबार, श्रावन २१, २०७५ साल
    बुटवल, २१ साउन रुपन्देहीको सैनामैना नगरपालिका–१ स्थित पर्रोहामा पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धाम (श्रावणी मेला ) मा सोमबार भक्तजनको घुइँचो लागेको छ ।   सो ज्योतिर्लिङ्गमा भक्तजनले विभिन्न स्थानबाट वैदिक विधिले कावँर र कमण्डलुमा पवित्र गंगाजल उठाई बोलबम धाममा जलापर्र्ण गर्ने प्रचलन रहेको छ ।  श्रावण ११ गते गुरुपूर्णिमादेखि श्रावण शुक्लपक्ष भाद्र महिनाको १० गते ऋषितर्पणीसम्म एक महिना सञ्चालन हुने बोलबम धाममा विशेष..

    प्राकृतिक सौन्दर्यको अनुपम उपहार खोटाङको त्रिधार्मिकस्थल हलेसी

    सोमबार, श्रावन २१, २०७५ साल
    खोटाङ, २१ साउन  धार्मिक मान्यताले मात्रै नभई प्राकृतिक सौन्दर्यले पनि प्रसिद्ध रहेको छ खोटाङको हलेसी । ठूल्ठूला चट्टानको बीच भागमा रहेको गुफाभित्र विराजमान शिवलिङ्ग र पार्वतीको मन्दिर छ ।  गुफाभित्र छिरेपछि देखिने आकाशको दृष्य प्राकृतिक सौन्दर्यको अनुमप उपहार हो ।  हलेसी धार्मिकरुपमा पनि विश्वभर चर्चित छ । जसका कारण वर्षेनी लाखौँ देशीविदेशी तीर्थयात्री हलेसी आउने गर्छन् । नेपालसँगै भारत, चीन, भुटान, जापान, अमेरिकालगायत..

    धार्मिक प्रतिष्ठानको विकास, संरक्षण र प्रवद्र्धनमा सरकार प्रतिबद्ध : मुख्यमन्त्री

    बुधबार, श्रावन १६, २०७५ साल
    पोखरा, १६ साउन  गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले धार्मिक प्रतिष्ठानको विकास, संरक्षण र प्रवद्र्धनमा सरकार प्रतिबद्ध रहेको बताएका छन् ।  विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिद्वारा यहाँ आयोजित एक कार्यक्रममा समाजसेवी सुुशीलकुमार गोशलीको परिवारद्वारा निर्मित अष्टभूजाकारको शिवानन्द कुण्ड, पञ्चधारा र दुई फलेचाको बुधबार उद्घाटन गर्दै उनले धार्मिक क्षेत्रलाई प्रदेशको समृद्धिमा उपयोग गरिने बताए ।  मुलुकमा मानवतासँग जोडिएको समृद्धिको खाँचो रहेको औंल्याउँदै मुख्यमन्त्री गुरुङले समाजका..

    नागेश्वर महादेव मन्दिरमा भक्तजनको भीड, झण्डै १५ हजारभन्दा बढीले गरे पुजाआजा

    सोमबार, श्रावन १४, २०७५ साल
    काठमाडौँ, १४ साउन काठमाडौँ महानगरपालिका– ३२ स्थित प्रसिद्ध एवं एतिहासिक नागेश्वर महादेव मन्दिरमा  साउनको दोस्रो सोमबार झण्डै १५ हजारभन्दा बढी दर्शनार्थी भक्तले पूजाआजा गरेका छन् ।  नागेश्वर महादेवमा दर्शन गर्नाले कालसर्प दोष निवारण हुनुका साथै सन्तान प्राप्ति र श्रीप्राप्ति हुने भन्ने शास्त्रीय मान्यता रहेको व्यवस्थापन समितिका अध्यक्ष प्रकाश रायमाझीले बताए ।   ..

    पशुपतिनाथ मन्दिरका चारै ढोका खुल्ला, बोल बम यात्रीसहित भक्तजनको भीड

    सोमबार, श्रावन १४, २०७५ साल
    काठमाडौँ, १४ साउन  साउन महिनाको दोस्रो सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरमा बोल बम यात्रीसहित भक्तजनको भीड लागेको छ ।  पशुपतिनाथ मन्दिरका चारै ढोका बिहान ३ बजेदेखि नै खोलिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिए । उमाकुण्ड, जयवागेश्वरी र पिंगलास्थानबाट लाम लागेर पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शनका लागि जान सकिने व्यवस्था गरिएको छ ।  लाम व्यवस्थित गरिएकाले आधा घण्टामा..

    लेत्रिवेणी मदौरुकुना मदौरुघाटस्थित नर्मदेश्वरधाम प्रचारप्रसारको पर्खाइमा

    शुक्रबार, श्रावन ११, २०७५ साल
    पोखरा, ११ साउन  पोखरा लेखनाथ महानगरपालिका २७, २९ र ३३ को त्रिवेणी मदौरुकुना मदौरुघाटस्थित नर्मदेश्वरधाम धार्मिक पर्यटकीय रुपमा विशिष्ट महत्व बोकेको स्थल भएपनि यो प्रचारप्रसारको पर्खाइमा रहेको छ ।  प्राचीनकालदेखि ऋषिमुनिले तपस्या गरेको पवित्रस्थलका रुपमा शुक्ला गण्डकी र बगादी नदीको संगमस्थलमा अवस्थित नर्मदेश्वर महादेवको मन्दिरलाई साधकको अभिलाषा पूरा गर्ने तीर्थस्थल मानिन्छ ।  नर्मदेश्वर मोक्षधाम संरक्षण समितिका अध्यक्ष झवीन्द्रराज आचार्यका अनुसार परापूर्व कालमा कुनै..

    पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धामअंकित चाँदीको मुद्रा निष्काशन रोक्का

    बुधबार, श्रावन ९, २०७५ साल
    बुटवल, ९ साउन  रुपन्देहीको सैनामैना नगरपालिका–१ स्थित पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धामअंकित चाँदीको मुद्रा (सिक्का) निष्काशन रोक्का भएको छ ।  मुद्रा निष्काशनका विषयमा कस्तो नीति निर्माण गर्ने भन्ने विषय निश्चित नभएका कारण यस वर्ष पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धाम अंकित चाँदीको मुद्रा रोक्का भएको नेपाल राष्ट्र बैंक, सिद्धार्थनगर शाखाका निर्देशक अशोककुमार पौडेलले जानकारी दिए ।  उनले सातै प्रदेशमा ऐतिहासिक स्थानविशेषका मुद्रा..

    चार दशकपछि परम्परागत ‘साउने डोला’, पुरानो गीत गाउन थालेपछि गाउँमा हेर्नेको भीड

    मंगलवार, श्रावन ८, २०७५ साल
    भीमदत्तनगर, ८ साउन  राना थारु समुदायको एकपछि अर्को गर्दै कला संस्कृति र रीतिरिवाज लोप भइरहेका बेला कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटामा भने चार दशकपछि परम्परागत पिङ ‘साउने डोला’ देखिएको छ ।  सोमबार साँझ परम्परागत तीज मनाउने क्रममा राना थामहिला वेषभूषासहित पुरानो गीत गाउन थालेपछि गाउँमा हेर्नेको भीड नै लागेको थियो । कञ्चनपुर र कैलालीमा मात्रै बसोबास गर्दै आएका राना थारु समुदायले परम्परागत रुपमा..

    दर्जनौं शिवालयमा जल चढाउनेको घुइँचो, सुरक्षा व्यवस्था चुस्त

    सोमबार, श्रावन ७, २०७५ साल
    भद्रपुर, ७ साउन   आज साउनको पहिलो सोमबारका दिन झापाका दर्जनभन्दा बढी शिवालय मन्दिरमा बिहानैदेखि जल चढाउने दर्शनार्थीको घुइँचो लागेको छ ।  पूर्वको पशुपतिनाथले परिचित झापाको अर्जुनधाराधाम, कनकाई माई, कृष्णथुम्की, ॐकारेश्वर, पातालगंगालगायतका दर्जनभन्दा बढी शिवालय मन्दिरमा जल चढाउनेको भीड लागेको हो ।  साउनको पहिलो सोमबारसँगै आषाढ शुक्ल एकादशीसमेत परेका कारण बिहान ३ बजेदेखि नै यी मन्दिरमा भक्तजनको भीड लागेको थियो ।  अन्य शिवालयभन्दा अर्जुनधारा मन्दिरमा..

    आज हरिशयनी एकादशी, मन्दिरहरूमा बिहानैदेखि दर्शनार्थीको भीड

    सोमबार, श्रावन ७, २०७५ साल
    काठमाडौं, श्रावण ७ ।  आज हरिशयनी एकादशी । विशेष गरेर हिन्दू धर्मावलम्बीहरूले व्रत बसेर, भगवान विष्णुको पूजा आराधना गरेर तथा आ–आफ्नो घरमा तुलसीको विरुवा रोपेर मनाउँदै छन् । एकादशी भएकाले आज देशैभर रहेका भगवान विष्णुको मन्दिरमा दर्शनार्थीको बिहानैदेखि घुइँचो देख्न सकिन्छ । हरिशयनी एकादशीको उपासना गरी ब्राह्मणलाई भोजन गराउनु, दक्षिणा दिनु, गौदान गर्नु, वस्त्रदान गर्नु आदि कार्यले मानिसका पूर्व जन्मका सबै..

    नागेश्वरमा साउने मेलाको तयारी, मन्दिरको चारै ढोका खुला, भक्तजनको घुईचो

    आईतवार, श्रावन ६, २०७५ साल
    काठमाडौँ,६ साउन  कामपा–३२ स्थित नागेश्वर महादेव मन्दिरमा साउने सोमबारका दिन दर्शन गर्न आउने श्रद्धालु भक्तजनको सुविधाका लागि बिहान ५ बजेदेखि नै मन्दिरको चारै ढोका खुला राखिने भएको छ ।  साँझको सन्ध्याकालीन आरती ६ः३० देखि ७ः३० बजेसम्म हुनेछ । वागसिंह रायले विसं १८८१ मा स्थापना गरेको मन्दिरमा गत साल भारतीय तीर्थ यात्रीसहित झण्डै पाँच लाख भक्तजनले दर्शन गरेको नागेश्वर तथा वाणेश्वर महादेव व्यवस्थापन..

    आज साउने संक्रान्ति पर्व, आजैबाट नयाँ आर्थिक वर्षको समेत आरम्भ

    मंगलवार, श्रावन १, २०७५ साल
    काठमाडौं, श्रावण १  ।  आज साउन महिनाको पहिलो दिन अर्थात साउने संक्रान्ति । देशभर यस दिनलाई कर्कट संक्रान्तिका रूपमा समेत मनाउने गरिन्छ । त्यस्तै, आजकै दिनबाट नयाँ आर्थिक वर्ष सुरु हुने भएकाले राजनीतिकरुपमा समेत यस दिनको निकै ठूलो महत्व रहेको छ ।  विभिन्न सरकारी तथा नीजि संस्थानहरुले आजको दिनदेखि नयाँ आर्थिक वर्षकारुपमा आफ्नो हिसाब–किताब राखी अलग्गै ढंगले अगाडी बढ्न नयाँ रणनीति बनाउने..

    संस्कृति जगेर्ना कार्यक्रम अन्तर्गत धनपाल थान मन्दिरको जीर्णोद्वार !

    आईतवार, आषाढ ३१, २०७५ साल
    विराटनगर, ३१ असार संस्कृति जगेर्ना कार्यक्रम अन्तर्गत रंगेली नगरपालिका–८ स्थित दर्वेशमा रहेको धनपाल थान मन्दिरको जीर्णोद्वार तथा त्यहाँ पक्की भवन समेत निर्माण गरेको छ ।  साथै सोही वडाको फर्साडाँगीमा रहेको अर्को थनपाल थान मन्दिरको कम्पाउण्डवाल निर्माण गर्नुका साथै त्यहाँ सरसफाइ समेत गरिएको रंगेली नगरपालिका–८ का अध्यक्ष टंक आचार्यले जानकारी दिए।  नगरपालिकाले सो वडाका लागि छुट्याइएको रु ७० लाखको बजेटबाट उक्त सडक निर्माण कार्य..

    श्रीकृष्ण प्रेम संस्था नेपालद्वारा स्थानीय गाई संरक्षण गर्न श्रीमदभागवत ज्ञान महायज्ञ आयोजना

    शुक्रबार, आषाढ २९, २०७५ साल
    काठमाडौँ, २९ असार स्थानीय गाईको संरक्षणका लागि इच्छा लाग्नेबाट सहयोग संकलनका लागि श्रीमदभागवत ज्ञान महायज्ञ शुरु भएको छ ।  श्रीकृष्ण प्रेम संस्था नेपाल (कृप्सन) ले असार २४ गते आइतबारदेखि शुरु गरेको महायज्ञ असार ३० गते शनिबार सकिने छ । अग्रवाल भवन कमलपोखरीमा भइरहेको महायज्ञमा उपस्थित हुनेलाई सहयोग गर्नेपर्ने अनिवार्यता नगरिएको अध्यक्ष लक्ष्मी पोखरेलले जानकारी दिए ।  “भागवत मागी खाने भाँडा बनेको छ,..

    गँजडी र मगन्तेरहित पशुपति क्षेत्र योग र ध्यान साधना केन्द्रमा परिणत हुँदै

    मंगलवार, आषाढ २६, २०७५ साल
    काठमाडौँ, २६ असार   गाँजा तान्ने अखडा र माग्नेको लामलाई मुक्त गरी पशुपति क्षेत्रलाई ध्यान तथा योग साधना स्थलका रुपमा योजनाबद्ध विकास गर्ने अभियान शुरु भएको छ ।  गाँजा खाने एवं किनबेच गर्नेको अखडाका रुपमा रहेको वाग्मती किनारको सूर्यघाट क्षेत्रका १० वटा गुफा खाली गरी रंगरोगन शुरु गरिएको छ ।  सूर्यघाट क्षेत्रलाई ध्यान केन्द्रका रुपमा विकास गर्न पशुपति क्षेत्र विकास कोषले आगामी आर्थिक वर्ष..

    सातदिने ब्रह्मज्ञान ध्यान साधना शिविरमा सदगुरुदेव निजानन्दद्वारा योग तथा साधना !

    सोमबार, आषाढ २५, २०७५ साल
    काठमाडौँ, २५ असार  ब्रह्मज्ञान जागरण अभियान काठमाडौँद्वारा आयोजित सातदिने ब्रह्मज्ञान सत्संग तथा ध्यान साधना शिविरमा सदगुरुदेव निजानन्दले सोमबार पनि योग तथा साधना गराए ।  आइतबारदेखि अभियानको कार्यालय, शान्तिनगरमा शुरु भएको निशुल्क शिविरमा प्रवचन दिँदै सदगुरुदेव निजानन्दले योग तथा साधनाबाट मानिसको शारीरिक, मानसिक दुर्वलता हटाई ऊर्जाशील बनाउने बताए ।  उनले योग र ध्यानलाई अलिकति समय नदिँदा मानिस व्यस्त जीवनमा दुःख झेल्नाका साथै ठूला रोगबाट..
    Results 490: You are at page 11 of 17
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 Next Last
    Weather Forecast