आईतवार, भाद्र २९, २०७६

    धर्म-संस्कृति

    पाटनका मन्दिरमध्ये सबैभन्दा पुरानो चार नारायणको पुनः निर्माण आगामी वर्ष सकिने

    बिहिवार, असोज ११, २०७५ साल
    ललितपुर, ११ असोज पाटन दरबार क्षेत्रका मन्दिरमध्ये सबैभन्दा पुरानो चार नारायण मन्दिरको पुनः निर्माण आगामी वर्ष सकिने जनाइएको छ ।  काम नियमित रुपमा भइरहेकाले आगामी वर्षसम्म पुनः निर्माणको काम सकिने पाटन स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख काजीमान प्याकुरेलले बताए । उनका अनुसार हरिशङ्कर मन्दिर पनि एक वर्षमा सक्ने गरी काम भइरहेको छ । यहाँ रहेका धेरै वटा स्मारकको पुनः निर्माणको..

    शास्त्रीय मान्यता : सोहश्राद्ध (पितृ पक्ष) शुरु, यस्ता छन् वैदिक दृष्टिकोण

    मंगलवार, असोज ९, २०७५ साल
    काठमाडौँ, ९ असोज  प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु हुने सोह्रश्राद्ध अर्थात् पितृ पक्ष मंगलबारदेखि शुरु भएको छ ।  पितृ पक्षको पहिलो दिन मंगलबार प्रतिपदा तिथि श्राद्ध गरियो । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्र तिथिमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो । चाडपर्व यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धाभक्तिका साथ सम्झिने वैदिक..

    राष्ट्रपतिबाट इन्द्रजात्रा अवलोकन, नाचगान, रथयात्रा र देवदेवताको पूजाआजा गरी मनाईदै

    सोमबार, असोज ८, २०७५ साल
    काठमाडौँ, ८ असोज  राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्तपुर दरबार क्षेत्रमा गई सोमबार श्रीकुमारी, श्रीगणेश र श्रीभैरवको दर्शन गरेकि छन् ।  राष्ट्रपतिले वसन्तपुर गद्दी बैठकबाट इन्द्रजात्रा पनि अवलोकन गरीन् । विभिन्न देवदेवताको गण, पुलुकिसी(ऐरावत हात्ती), सवःभक्कु, महाकाली, लाखे, झ्यालिञ्चा, ख्याक आदिले पनि तिनै देवदेवताको रथसँगै सोमबार शहर परिक्रमा गरेका छन् ।  भाद्र शुक्ल चतुर्दशीका दिन मुख्य रूपमा मनाइने इन्द्रजात्रा अवलोकनका लागि कार्यवाहक प्रधानमन्त्री, प्रधानन्यायाधीश, राष्ट्रियसभाका..

    परम्परागतरुपमा इन्द्रजात्रा पर्व मनाइँदै, पुनःनिर्मित गद्दी बैठकमा विविध कार्यक्रम

    सोमबार, असोज ८, २०७५ साल
    काठमाडौं, असोज ८ ।  वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आरधना गरी आज परम्परागतरुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । भूकम्पले भत्किएको गद्दी बैठक यस वर्ष पुनःनिर्माण सम्पन्न भएकाले त्यहीँ नै इन्द्रजात्राका कार्यक्रम गरिने समेत जनाइएको छ । गद्दी बैठकमा तीन वर्षपछि यसपटक इन्द्रजात्रा गर्न लागिएको हो ।   प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने इन्द्रजात्रा काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका स्थानमा मनाउने..

    कात्तिक २ गते शुक्रबार विजयादशमीको साइत सार्वजनिक, नवरात्र आरम्भ देखी जमरा सेलाउने सम्म

    शनिबार, असोज ६, २०७५ साल
    काठमाडौँ, ६ असोज  नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दशैँका विभिन्न साइत सार्वजनिक गरेको छ ।  यसवर्ष असोज २४ गते नवरात्र आरम्भ हुने र त्यस दिन बिहान ७ बजेर १५ मिनेटमा घटस्थापनासहित जमरा राख्ने साइत छ । असोज २५ गते बिहीबार बिहान १० बजेर २४ मिनेटमा झण्डा फेर्न शुभ हुने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिए । झण्डा फेर्दा..

    भक्तपुरमा इन्द्रजात्रा शुरु, ८ दिनसम्म मनाइने जात्राको धार्मिक र सांस्कृतिक महत्व

    शुक्रबार, असोज ५, २०७५ साल
    मध्यपुर, ५ असोज :  धार्मिक तथा सांस्कृतिक महत्व बोकेको परम्परागत इन्द्रजात्रा भक्तपुरमा आजबाट शुरु भएको छ ।  इन्द्रजात्राको अवसरमा टोलटोलमा इन्द्रको मूर्तिस्वरुप सानो लिङ्गो ठड्याइन्छ । प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीको दिनमा भक्तपुरमा इन्द्रको मूर्तिस्वरुप लिङ्गो उठाउने प्रचलन रहेको छ । देवराज इन्द्रकी आमा बसुन्धरालाई भाद्र शुक्ल चौथीका दिन व्रत बस्न पारिजातको फूलको आवश्यकता भएकाले छोरा जयन्तलाई उक्त फूल खोज्न पठाइउँदा फूल..

    विश्वकर्माको विधिपूर्वक पूजा, मङ्गलबारदेखि मूर्ति सेलाइने

    सोमबार, असोज १, २०७५ साल
    काठमाडौँ, १ असोज  कालीगढहरुले विधिपूर्वक विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाएका छन् ।  द्वापरयुगमा भगवान् कृष्णलाई राक्षसहरुले दुःख दिएपछि बाबा विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको हो ।  प्राचीन भारतवर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रुपमा..

    कागेश्वरीमा बिहानैदेखि लाखौँ भक्तजनको भीड, अनिष्टबाट बचिने धार्मिक विश्वास

    सोमबार, असोज १, २०७५ साल
    काठमाडौँ, १ असोज  प्रत्येक वर्ष भाद्रशुक्ल अष्टमीका दिन मेला लाग्ने राजधानीको उत्तर पूर्वी भेगस्थित कागेश्वरी महादेव मन्दिरमा बिहानैदेखि लाखौँ भक्तजनको भीड लागेको छ ।  कागे अष्टमीसमेत भनिने आजका दिन यहाँ आई कागरुपी महादेवको पूजा तथा आराधना गरेमा काग स्पर्शबाट हुने अनिष्टबाट बचिने धार्मिक विश्वास छ । आईतबार यहाँ लाग्ने मेलाको विशेष धार्मिक एवं सांस्कृतिक महत्व रहेको बताइन्छ । किंवदन्तीअनुसार परापूर्वकालमा कागले गाईको..

    आज विश्वकर्मा पूजा तथा वास्तु दिवस, बिबिध कार्यक्रमको आयोजना गरी मनाइदै

    सोमबार, असोज १, २०७५ साल
    काठमाडौँ, १ असोज : कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदैछन् ।  प्राचीन भारत वर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रुपमा समेत मानिन्छ । विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रको बीचमा रहेको विश्वास गरिन्छ । विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रुपमा समेत मानिन्छ ।  द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले..

    चौधरी–डगौरा समुदायको ‘अटवारी’ पर्व शुरु, मुख्यमन्त्रीद्वारा शुभकामना व्यक्त

    आईतवार, भाद्र ३१, २०७५ साल
    धनगढी, ३१ भदौ  पश्चिम नेपालको तराई क्षेत्रमा बसोवास गर्ने चौधरी–डगौरा समुदायमा आईतबारदेखि ‘अटवारी’ पर्व शुरु भएको छ ।  आपसी सद्भाव, एकता र सम्बन्ध सुदृढ पार्ने पर्वको रुपमा लिइने ‘अटवारी’ पर्व खास गरी दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा बसोवास गर्ने चौधरी–डगौरा समुदायमा परम्परागत रूपमा मनाइने गरिन्छ ।  यो समुदायले आइतबारको दिनलाई ‘अटवार’ नामले चिन्ने हुँदा आज आइतबार यो पर्व प्रारम्भ हुन्छ । हरेक..

    बढ्दै गएको महङ्गीका कारण जात्रा पर्व संरक्षणमा चुनौती

    शनिबार, भाद्र ३०, २०७५ साल
    काठमाडौँ, ३० भदौ  बढ्दै गएको महङ्गीका कारण काठमाडौँ उपत्यकामा परापूर्वकालदेखि सञ्चालनमा रहेका विभिन्न जात्रा पर्व संरक्षणमा चुनौती देखिएको छ ।  मजिपा लाखे व्यवस्थापन समितिले शनिबार यहाँ आयोजना गरेको जात्रा पर्व संरक्षणसम्बन्धी अन्तक्र्रियाका वक्ताले पछिल्लो समय भइरहेको मूल्य वृद्धिले जात्रा पर्वको निरन्तरता दिन कठिनाइ भइरहेकामा चिन्ता व्यक्त गरेका हुँ ।  प्रतिनिधिसभा सदस्य जीवनराम श्रेष्ठले प्राचीन समयदेखि हाम्रा पूर्वजले निर्माण गरेका विभिन्न कला तथा संस्कृतिले..

    आज ऋषि पञ्चमी, नेपाली नारीहरूले सप्त ऋषिको पूजा आराधना गरी मनाउँदै

    शुक्रबार, भाद्र २९, २०७५ साल
    काठमाडौँ, २९ भदौ : भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरूले सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् ।  महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्दछन् । रजस्वलाका समयमा छाइछुइलगायत कुनै त्रुटि भए आज ऋषि पञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले..

    कास्की जिल्लाको भरतपोखरीस्थित प्रसिद्ध मल्लकालीन मन्दिर नयाँ स्वरुपमा बन्दै

    बिहिवार, भाद्र २८, २०७५ साल
    पोखरा, २८ भदौ कास्की जिल्लाको दक्षिण भेग भरतपोखरीस्थित प्रसिद्ध मल्लकालीन मन्दिर नयाँ स्वरुपमा बन्ने भएको छ ।  मन्दिर निर्माणको पहल स्थानीयरुपमा भइरहेका बेला २०७२ को भूकम्पले मन्दिरमा थप क्षति पुर्याएपछि भित्री संरचना एवम् मौलिकता कायमै राख्ने गरी नयाँ स्वरुपमा बनाउने सोच अघि बढेको थियो । लगभग रु ३० लाखको लागतमा प्यागोडा शैलीको तीनतले मन्दिर निर्माण गर्ने लक्ष्य राखिएको कोटभैरव मन्दिर संरक्षण एवम्..

    प्रधानमन्त्री ओलीद्वारा तीजको शुभकामना, पर्वको मौलिकता नबिर्सन आग्रह

    बुधबार, भाद्र २७, २०७५ साल
    काठमाडौँ, २७ भदौ   प्रधानमन्त्री केपी शर्मा ओलीले हरितालिका तीजको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन् ।  प्रधानमन्त्री ओलीले बुधबार शुभकामना सन्देश दिनुहुँदै तीज पर्वले सम्पूर्ण महिलालाई एकताबद्ध भएर अगाडि बढ्न प्रेरणा मिलोस् भने । नेपालजस्तो बहुसांस्कृतिक, बहुधार्मिक तथा बहुजातीय देशमा मनाइने विभिन्न चाडपर्वले आम नेपालीलाई एक सूत्रमा बाँध्न सहयोग गर्ने प्रधानमन्त्रीको शुभकामना सन्देशमा उल्लेख छ ।  तीज पर्वलाई समयानुसार परिस्कृत गरे..

    तीजका अवसरमा पशुपतिनाथमा भक्तजनहरूको भीड, गोकर्णेश्वर, डोलेश्वरलगायतका शिव मन्दिरमा पनि घुइँचो

    बुधबार, भाद्र २७, २०७५ साल
    काठमाडौँ, २७ भदौ : भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्ने भक्तजनको आज बिहानैदेखि भीड लागेको छ ।  दर्शनार्थीले छिटोभन्दा छिटो मन्दिरमा दर्शन गर्न सकून् भन्ने उद्देश्यले बिहान तीन बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको छ । मन्दिरका चार ढोका बेलुकी आठ बजेसम्म खुला गरिनेछ । रातो, हरियो र पहेँलो पहिरनमा सजिएका..

    नेपालभरि तीजमय माहाेल ! आज दर खाने दिन : दरमा के खाने, के नखाने ?

    मंगलवार, भाद्र २६, २०७५ साल
    काठमाडौं, २६ भदौ नेपाल तीजमय छ, विश्वभर नेपालीहरु जहाँ जहाँ छन् तीजमय माहाेल बनाएर बसेका छन्, कि कसो दिदी बहिनीहरू ? टिभी रेडियोमा आएका तीजाम्य गीतहरु, पत्रपत्रिकाका तीजाम्य शुभकामना, सामाजिक सञ्जालका तीजाम्य अनुभूतिका संगालोहरु अनि बाटाघाटामा राताम्य तीजाम्य सजावट अनि सौन्दर्य, तीजले नछोएको कहाँ छ र ? हिन्दु महिलाहरूको महान चाड हरितालिकाको अघिल्लो दिन आज दर खाने चलन छ । तीजको अघिल्लो..

    ऋखार जाने भक्तजन बढे, ऋखार मन्दिरमा पूजा गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास

    सोमबार, भाद्र २५, २०७५ साल
    बेनी, २५ भदौ डुँगा आकारको ढुँगा । ढुँगा माथि मन्दिर । ढुँगाको फेदीमा तलाउ । पहाडको टुप्पोमाथि रहेको यो क्षेत्र पवित्र धार्मिक स्थल ऋखार हो । रघुगंगा गाउँपालिका–८ मा अवस्थित ऋखार धार्मिक स्थल त हो नै प्राकृतिक सौन्दर्यको हिसाबले पनि मनोरम छ । धौलागिरि हिमालको फेदीमा करीब ४ हजार ६०० मिटर उचाइमा पर्ने यो ठाउँमा वैशाखदेखि असोजसम्म नै पूजाआजा हुने गर्छ..

    इन्द्रजात्राको साइतका कार्यक्रमहरू यही भदौ २६ गते मंगलबारदेखि शुरु हुँदै

    सोमबार, भाद्र २५, २०७५ साल
    काठमाडौँ, २५ भदौ : नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको इन्द्रजात्राको साइतका कार्यक्रम भदौ २६ गते मंगलबारदेखि शुरु हुने बताएको छ । मंगलबार बिहान ११ बजेर ४९ मिनेटमा इन्द्रध्वजोत्थानको लिङ्गो लिन जानका लागि वनयात्राको साइत निस्किएको समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।  मङ्गलबार राति ९ बजेर २१ मिनेटमा लिङ्गोको रुख काट्ने साइत छ । काटिएको लिङ्गोलाई..

    कुशे औँशी तथा पितृ सम्मान दिवस मनाइदै, आजै मोतीराम भट्टको १५३ औँ जन्मजयन्ती

    आईतवार, भाद्र २४, २०७५ साल
    काठमाडौँ, २४ भदौ : भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँशी पर्व आज वैदिक सनातन धर्मावलम्वीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् ।  शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कशु त्यसै दिन..

    बाबुको मुख हेर्ने अवसरमा गोकर्णेश्वर महादेव मन्दिर परिसरमा सफाइ

    शुक्रबार, भाद्र २२, २०७५ साल
    काठमाडौँ, २२ भदौ बाबुको मुख हेर्ने दिन यही भदौ २४ गते गोकर्णेश्वर महादेव मन्दिर परिसरलाई सफा बनाउने उद्देश्यले शनिबार मुहानबाट वाग्मती सफाइ अभियान गरिने भएको छ ।  पितृ तीर्थस्थलका रुपमा परिचित गोकर्णेश्वरमा प्रत्येक वर्षको भाद्र कृष्ण औँसीका दिन मेला लाग्ने गर्छ । उक्त दिन गोकर्णेश्वरमा स्नान, तर्पणसहित श्राद्ध गरेमा २१ पुस्तासम्मका पितृ तर्छन् भन्ने धार्मिक विश्वास छ ।  गोकर्णेश्वर नगरपालिका–४ का वडाध्यक्ष श्रीकुमार..

    पूजाआजामा ठेक्का हटाउँदा कालिका भगवती मन्दिरमा भेटीबाट हुने आम्दानीमा वृद्धि

    बिहिवार, भाद्र २१, २०७५ साल
    बागलुङ, २१ भदौ पूजाआजामा ठेक्का हटाउँदा कालिका भगवती मन्दिरमा भेटीबाट हुने आम्दानीमा वृद्धि हुँदै गएको छ ।  विसं २०३२ देखि चलेको ठेक्का प्रणाली हटाएर मन्दिर गुठी व्यवस्थापन समिति आफैँले तीन वर्षदेखि पूजा सञ्चालन गर्दै आएको छ । आव २०७१÷७२ मा रु ४१ लाखमा पूजा सञ्चालन तथा व्यवस्थापनको जिम्मा ठेकेदारले लिएका थिए । ठेक्का नदिई समिति आफैँले पूजाआजा चलाउँदा आव २०७२÷७३ मा भेटीको..

    पाटन दरबार क्षेत्रमा रहेको देगु तलेजु मन्दिर पुनःनिर्माणको टुङ्गो लाग्न सकेन

    बुधबार, भाद्र २०, २०७५ साल
    ललितपुर, २० भदौ  पाटन दरबार क्षेत्रमा रहेको देगु तलेजु मन्दिर पुनःनिर्माणको टुङ्गो लाग्न सकेको छैन । भूकम्पबाट क्षति पुगेको तीन वर्ष वित्दा समेत मन्दिर पुनःनिर्माणको जिम्मा कसलाई दिने भन्नेबारे अन्योल छ । पाटन स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख काजिमान प्याकुरेलका अनुसार जापान सरकारले उक्त मन्दिर निर्माणका लागि रु १३ करोड सहयोग गर्ने भएको छ । उनले भने, ‘कसले पुनःनिर्माण गर्ने..

    उमा महेश्वरसहित दुबोको पूजा गरेर गौरा एवं दुर्वाष्टमी पर्व मनाइँदै

    सोमबार, भाद्र १८, २०७५ साल
    काठमाडौँ, १८ भदौ    उमा महेश्वरसहित दुबोको पूजा गरेर सुदूरपश्चिम र मध्यपश्चिमवासीले सोमबार गौरा एवं दुर्वाष्टमी पर्व मनाउँदैछन् । दुबोको समेत पूजा गरिने भएकाले यो अष्टमीलाई दुर्वाष्टमी पनि भनिन्छ ।    यो पर्व भाद्र शुक्ल अष्टमीका दिन मनाउनुपर्ने भए पनि यस वर्ष त्यसअगावै अगस्ति ऋषिको उदय हुने भएकाले कृष्ण अष्टमीकै दिन मनाउनुपर्ने शास्त्रीय विधान रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा..

    आज देशभर श्रीकृष्ण जन्माष्टमी मनाइँदै, ३ बर्षपछि पाटनको कृष्णमन्दिरमा दर्शन गर्न खुला

    आईतवार, भाद्र १७, २०७५ साल
    ललितपुर, १७ भदौ :  आज श्रीकृष्ण जन्माष्टमी पर्व, देशभर भगवानको श्रीकृष्णको पूजा आराधना गरी मनाइंदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्र अष्टमीको मध्यरातमा भएको सम्झनामा यो पर्व मनाउने गरिएको हो । कंशको अत्याचारबाट मानवजातिलाई मुक्ति दिनका लागि वासुदेव र देवकीको गर्भबाट विष्णुको आठौं अवतारका रुपमा श्रीकृष्णको जन्म भएको धार्मिक मान्यता रहँदै आएको छ ।   पाटनको प्रसिद्ध कृष्ण मन्दिरमा..

    विश्व शान्ति तथा मानव कल्याणको कामना गर्दै चारुमति बुद्ध विहारमा महापरित्राण पाठ

    शनिबार, भाद्र १६, २०७५ साल
    काठमाडौँ, १६ भदौ   विश्व शान्ति तथा मानव कल्याणको कामना गर्दै चाबहिलस्थित चारुमति बुद्ध विहारमा महापरित्राण पाठ (विशेषपूजा) गरिएको छ ।  देशमा शान्ति, समृद्धि र सबैको प्रगतिको कामना गर्दै सम्बन्धित धर्मगुरुले मङ्गलध्वनिका साथ शनिबार पाठ गरेका हुन् ।  सो अवसरमा काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गीले महानगरभित्रका प्राचीन सम्पदा तथा संस्कृतिले अन्तर्राष्ट्रिय परिवेशमा देशको विशिष्ट पहिचान कायम गरेको उल्लेख गर्दै पुराना कला, कौशलबाट निर्मित सम्पदाले..

    भारतीय कांग्रेस अध्यक्ष राहुल गान्धीले पहिलो पटक गरे पशुपति दर्शन

    सोमबार, भाद्र १८, २०७५ साल
    काठमाडौं, भदौ १६ ।  चौंथो बिमस्टेक सम्मेलनमा भाग लिन नेपाल आएका भारतीय प्रधानमन्त्री नरेन्द्र भारत प्रस्थान गरकै दिन यही आइपुगेका भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धीले हिन्दुहरुका भगवान शिवको दर्शन गरेका छन् । अकस्मात नेपाल आइपुगेका गान्धी शनिबार बिहानै पशुपति दर्शन गर्न पुगेका हुन् । शुक्रबारमात्रै काठमाडौं ओर्लिएका राहुल शनिबार बिहान पशुपति पुगेका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणकै क्रममा..

    प्रदेश नं ७ मा आजदेखि गौरा पर्व शुरु, देउडा र ठाडो खेल समेत खेलेर रमाइलो गरिदै

    शुक्रबार, भाद्र १५, २०७५ साल
    कञ्चनपुर, १५ भदौ : प्रदेश नं ७ मा आजदेखि गौरा पर्व शुरु भएकोे छ । यस पर्वमा आज पञ्चमीका दिन महिलाले बिहानै स्नान गरी घर घरमा बिरुडा राखेका छन् ।  घरको एक कोठामा गाईको गोबरले लिपेर तामा पितलका भाँडाको बाहिरपट्टि पाँच ठाउँमा गाईको गोबर र दुबो लगाइ टीका र अक्षताले सिङ्गारेर धुप बत्ती बालेर पञ्चअन्न गहुँ, मास, गहत, गोरस र कलौ..

    श्रीलङ्काली राष्ट्रपति आउने भएपछि चाबहिलस्थित बौद्ध चैत्यको विशेष सरसफाइ !

    बुधबार, भाद्र १३, २०७५ साल
    काठमाडौँ, १३ भदौ चाबहिलस्थित बौद्ध चैत्यको दर्शनका लागि श्रीलङ्काली राष्ट्रपति मैत्रीपाल सिरीसेना आउने भएपछि बुधबार विशेष सरसफाइ गरिएको छ ।  करीब दुई हजार ३०० वर्ष पुरानो उक्त चैत्यको दर्शनका लागि श्रीलङ्काका राष्ट्रपति मैत्रीपाल सिरीसेना आउने भएपछि नेपाली सेना, प्रहरी, स्थानीयवासीलगायतले सफासुग्घर तथा रङरोगन गरेका छन् ।  चारुमती बुद्धिष्ट मिसन नेपालका अध्यक्ष भिक्षु तपस्सी धम्मले श्रीलङ्काका राष्ट्रपति सिरीसेना बिम्स्टेकको बैठकमा सहभागी हुन आउने क्रममा..

    मुक्तिनाथमा मनाईयो यार्तुङ पर्व, बाह्य पर्यटक भित्र्याउने मुख्य उद्देश्य !

    सोमबार, भाद्र ११, २०७५ साल
    मुस्ताङ, ११ भदौ मुक्तिनाथमा मनाइँदै आएको यार्तुङ पर्व सोमबार सम्पन्न भएको छ ।  जिल्लाको बाह्र गाउँले गुरुङ समुदायले वारागुङ मुक्ति क्षेत्र गाउँपालिका–१ मा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यका साथ उक्त पर्वका अवसरमा महोत्सव आयोजना गरेको थियो । जनप्रिय युवा क्लब पुराङ रानीपौवाले यार्तुङ महोत्सवमा विभिन्न प्रतियोगिता सञ्चालन गरेको थियो । वर्षायाम सकिएको सङ्केत स्वरुप यार्तुङ पर्व मनाउने परम्परा रहेको मुक्तिनाथ, जनप्रिय..

    आफन्तको सम्झना तथा आत्माको शान्तिका लागि मनाइने गाईजात्रा पर्व शुरु [फोटो सहित]

    सोमबार, भाद्र ११, २०७५ साल
    भक्तपुर, ११ भदौ  तलेजुस्थानबाट भक्तपुरका नगरवासीले बिहान कुखुरा नबास्दै तःहामचा बनाई तलेजुबाट आफ्नो क्षेत्रमा परिक्रमा गराएपछि सात दिनसम्म मनाइने यस वर्षको गाईजात्रा पर्व सोमबारबाट यहाँ शुरु भएको छ ।  दिवङ्गत आफन्तको सम्झना तथा उनीहरूको आत्माको शान्तिका लागि हरेक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि श्रीकृष्ण जन्माष्टमीसम्म मनाइने गाईजात्रा भक्तपुरमा सोमबार बिहानैदेखि शुरु भएको हो । नेवार समुदायका परिवारले मृतक व्यक्तिको संझनामा निकालेका गाईजात्रामा जिउँदो..
    Results 490: You are at page 10 of 17
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 Next Last
    Weather Forecast