मंगलवार, श्रावन ७, २०७६

    धर्म-संस्कृति

    किन बस्छन् महिलाहरू साउने साेमबारकाे व्रत, यसकाे धार्मिक दृष्टिकाेण र महत्व

    सोमबार, श्रावन ६, २०७६ साल
    काठमाडाैं, ६ साउन । नेपाली हिन्दु समाजमा साउन महिना यसमा पनि विशेष गरी साउने साेबमारलाई विशेष महत्वका साथ हेरिन्छ । हिन्दु महिलाहरू विशेष गरी साउनको सोमबार शिवजीको व्रत एवं पूजा गर्ने गर्दछन् । पार्वतीले साउन महिनाभरि निराहर रही कठोर व्रत बसेर भगवान शिवलाई प्राप्त गरेको किम्वदन्तीअनुसार महिलाहरू यसलाई विशेष महत्व दिन्छन् । उनीहरूमा साउन महिनामा शिवको पूजा गरे सबै देवताको पूजा गरेबराबर फल..

    पशुपतिलगायत देशभरका शिवालयमा भक्तजनको भीड

    सोमबार, श्रावन ६, २०७६ साल
    काठमाडौँ, ६ साउन ।  साउन महीनाको पहिलो सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजाआजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ । साउने सोमबारका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिनुभयो । भक्तजन भने बिहान ३ः३० बजेदेखि पूजा एवं दर्शनका लागि लाममा बसेका थिए ।    अन्य विशेष पर्वमा..

    कुमारीको हीराजडित मुकुटको खोजी

    शुक्रबार, श्रावन ३, २०७६ साल
    काठमाडौँ, ३ साउन ।  वसन्तपुरकी कुमारीको हीराजडित मुकुट खोजीको विषय भएको छ । कुमारीका साथमा रहेका गरगहना जाँच गर्दा यो मुकुट जाँच समितिले पनि अवलोकन गर्न पाएको छैन । गत वर्ष गुठी संस्थानको एक समितिबाट गहना जाँच भएको थियो । गहना जाँचका क्रममा कुमारीलाई राज्यका तर्फबाट चढाइएका २२ वटा औँठीमा सुन नै नभएको पाइएको थियो । विसं १९९१ मा सरकारका तर्फबाट गुठी..

    बौद्ध विहारको संरक्षण र सम्बद्र्धनमा ध्यान दिन आग्रह

    बिहिवार, श्रावन २, २०७६ साल
    काठमाडौँ, २ साउन राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा रहेका बौद्ध विहारको संरक्षण र सम्बद्र्धनका साथै सरसफाइ तथा हरियालीका साथ स्वच्छ वातावरण निर्माणमा ध्यान दिन आग्रह गर्नुभएको छ ।   नेपाल बज्रयान महाविहार सञ्चालन समितिको व्यवस्थापनमा महाविहारका पदाधिकारीलगायत काठमाडौँ उपत्यकाका महास्थविर र स्थविरसँग राष्ट्रपति कार्यालयमा आज भएको भेटमा उहाँले गुठीको संरक्षण तथा सम्बद्र्धन गर्न सरकारले सरोकार पक्षसँग छलफल गरेर अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।  उपत्यकाका..

    हजयात्रीलाई बिदाई गर्न विमानस्थल पुगे ३ मन्त्री, नेपाल समृद्धिको प्रार्थना !

    बिहिवार, श्रावन २, २०७६ साल
    काठमाडौँ, २ साउन । गृहमन्त्री रामबहादुर थापाले साउदी अरबको मक्कामदिनामा हजयात्रा गर्न जाने हजयात्रीलाई बिदाइ गर्नुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गृहमन्त्री थापाले १५६ हजयात्रीलाई बिदाइ गर्नुभएको हो ।   आज पहिलो चरणमा उनीहरु हज गर्नका लागि त्यसतर्फ जान लागेका हुन् । सो अवसरमा मन्त्री थापाले धर्मनिरपेक्ष मुलुक नेपालले सबै धर्मलाई सम्मान गर्ने भएकाले मुस्लिम समुदायलाई पनि हज गर्नका लागि मक्कामदिना पठाइएको बताउनुभयो..

    साउन शुरु भएसँगै पशुपतिमा भक्तजनको भीड व्यवस्थापनका लागि तयारी

    बुधबार, श्रावन १, २०७६ साल
    काठमाडौँ, १ साउन   यस वर्ष साउन महीनामा पशुपति आउने भक्तजनको भीड व्यवस्थापन गर्न पशुपति क्षेत्र विकास कोषले तयारी गरेको छ ।     साउन महीना शुरु भएसँगै पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड बढ्न थालेकाले लाम व्यवस्थापन, सुरक्षा, जुत्ता तथा चप्पल कक्ष थप गर्नेलगायत तयारी शुरु गरिएको कोषका उपनिर्देशक प्रेमहरि ढुङ्गानाले राससलाई जानकारी दिनुभयो । साउनमा भगवान् शिवको महिमाबारे वर्णन र श्रवण गरिने भएकाले पशुपतिनाथलगायत देशभरका..

    साउनको रमझम : हरियो चुरा, हरियै मेहेन्दी ! किन चढाइन्छ शिवलाई जल ?

    बुधबार, श्रावन १, २०७६ साल
    १ साउन, काठमाडौं । साउन लागेलगत्तै हिन्दू महिलामा छुट्टै उत्साह र उमङ्ग हुन्छ ।  रातो, पहेँलो र हरियो चुरापोते तथा कपडामा सजिएका महिलाको मन्दिर र बाटोघाटोमा चहलपहल देखिन्छ । पछिल्ला वर्षमा किशोरीमा समेत मेहन्दी र हरियो चुरा लगाउने ‘क्रेज’ बढेको छ । धेरैले धार्मिक विश्वासमा यसो गरेका छन् भने कतिले फेसनका रूपमा । खासगरी साउनको सोमबार शिवजीको व्रत र पूजा गर्ने चलन..

    मठमन्दिरको जग्गा हिनामिना गर्ने महन्त निलम्बित

    बुधबार, श्रावन १, २०७६ साल
    काठमाडौँ, १ साउन ।  विभिन्न मठमन्दिरका अर्बौं रुपैयाँ पर्ने जग्गा आफ्नो स्वामित्वमा ल्याएर बेचेको आरोप लागेका महोत्तरीको लक्ष्मीनारायण मठ मटिहानीका मानमहन्त जगन्नाथ दास वैष्णवलाई गुठी संस्थानले निलम्बन गरेर छानबिन सुरु गरेको छ। जगन्नाथले सरकारी जग्गा बिक्री गरेर दुरुपयोग गरेको आरोप लागेपछि छानबिनका लागि निलम्बन गरिएको संस्थानका अध्यक्ष मीनराज चौधरीले बताए। ‘विभिन्न जिल्लामा जग्गा बिक्री गरेको सञ्चारमाध्यमबाट थाहा पाएपछि जगन्नाथलाई निलम्बन गरेका..

    सरकारी जमिनमा रजाइँ, महन्तले बेचे मठमन्दिरको जग्गा

    मंगलवार, आषाढ ३१, २०७६ साल
    काठमाडौँ, ३१ असार । जनकपुर–एक महन्तले गुठी संस्थानअन्तर्गत विभिन्न मठ मन्दिरका अर्बौं रुपैयाँ पर्ने जग्गा आफ्नो स्वामित्वमा ल्याएर बेचेको तथ्य फेला परेको छ। महोत्तरी महिटानी गाविस स्थायी घर भएका लक्ष्मीनारायण मठ मटिहानीका मानमहन्त जगन्नाथ दास वैष्णवले सबा तीन अर्ब रुपैयाँभन्दा बढीको सरकारी जमिन बिक्री गरेका हुन्। सरकारी जमिनको संरक्षण नहुँदा संस्थानअन्तर्गत रुपन्देही र धनुषा जिल्लामा लक्ष्मी नारायण, रामजानकीलगायत मन्दिरको करिब सात बिघा..

    भाेलि खण्डग्रास चन्द्रग्रहण लाग्ने, यी राशीलाई हुनेछ शुभ

    सोमबार, आषाढ ३०, २०७६ साल
    काठमाडौं, ३० असार । असार ३१ गते अर्थात मंगलबार राति खण्डग्रास चन्द्रग्रहण लाग्ने भएको छ । नेपाली समय अनुसार मंगलबार राति १ बजेर ४६ मिनेटमा प्रारम्भ हुने ग्रहण बुधबार बिहान ४ बजेर ४४ मिनेटसम्म लाग्ने बताइएको छ । सूर्य, पृथ्वी र चन्द्रमा सीधा रेखामा पर्दा पृथ्वीको छायाँ चन्द्रमामा पर्छ र खण्डग्रास ग्रहण लाग्ने गर्दछ । खण्डग्रास पूर्णिमाको रातिमा मात्रै लाग्छ। महर्षि वेदव्यासको..

    फेरियो धान रोप्ने शैली, विरानो बन्यो असारे मौलिक भाका

    सोमबार, आषाढ ३०, २०७६ साल
    बेझाड, ३० असार   ‘हलगोरु झरे खेताली झरे वेंशीको रोपाइँमा, सङ्गी र साथीको झझल्को आउँछ एकलो बेलैमा’............. ।   धान रोपाइँ गर्दा गाइँने यस्ता पुराना मौलिक गीत अहिले सुन्न पाइँदैन । यी मौलिक संस्कृति गाउँघरमा हराइसकेका छन् ।   पहिले पहिले गाउँघरमा असारे गीत, उवाली गीत गाउने र पञ्चेबाजाको तालमा खेतमा धान रोप्ने चलन थियो । अहिले भने यो परम्परा समुदायबाटै लोप हुन थालेको छ ।    ‘आज नि..

    हरिशयनी एकादशी, घरघरमा तुलसीको बिरुवा सारिँदै, मन्दिरमा भक्तजनको भीड

    शुक्रबार, आषाढ २७, २०७६ साल
    काठमाडौँ, २७ असार । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महीनासम्म गरिने विशेष पूजा शुरु गरिँदैछ । एक महीनाअघि जेष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ । आजदेखि कात्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ ।   आषाढ शुक्ल एकादशीदेखि कात्तिक शुक्ल..

    काठमाडौंमा ‘तीज विशेष’ मेला आयोजना हुने

    बिहिवार, आषाढ २६, २०७६ साल
    काठमाडौँ, २६ असार श्रावणको १६ गतेदेखि २० गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ‘तीज विशेष मेला’ आयोजना हुने भएको छ ।   महिला सृजनशील केन्द्रले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी तीजको अवसर पारेर सदाझैं यस वर्ष पनि सो मेला आयोजना गर्न लागिएको जानकारी गराएको हो ।  देशभरका महिला उद्यमीहरु सहभागी हुने सो मेलामा  तीज विशेषका सामग्रीहरुको प्रर्दशनी रहने केन्द्रकी अध्यक्ष मिलु थापाले बताइन् । मेलामा २ सय भन्दा..

    'पार्टीभन्दा माथि उठेर संस्कृतिको रक्षा गरौं'

    बुधबार, आषाढ २५, २०७६ साल
    मकवानपुर, २५ असार  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले धर्म, संस्कृति र पहिचान रक्षाको निमित्त पार्टीगत राजनीतिभन्दा माथि उठेर सबै एक ठाउँमा उभिनु पर्नेमा जोड दिएका छन् । मकवानपुरको थाहा नगरपालिकास्थित फाँट बजारमा आयोजित सप्ताह ज्ञान महायज्ञको समापन समारोहमा आज अध्यक्ष थापाले बढ्दो धर्म परिवर्तनलाई रोक्न नसके समस्या उत्पन्न हुनेतर्फ सबैलाई सचेत हुन आग्रह गर्नुभयो । समय क्रममा सरकार तथा व्यवस्था परिवर्तन हुने..

    ऐतिहासिक एवं पुरातात्विक महत्त्वको रानीमहलमा पनि भूमाफिया

    बुधबार, आषाढ २५, २०७६ साल
    काठमाडौँ, २५ असार ।  ऐतिहासिक एवं पुरातात्विक महत्त्वको पाल्पास्थित रानीमहल दरबारको जग्गा अतिक्रमण भएको छ। मालपोत–नापीका कर्मचारीको मिलेमतोमा रानीमहलको जग्गा व्यक्तिको नाममा कायम गरिएको हो। राष्ट्रिय सतर्कता केन्द्रको छानबिनले रानीमहलको ३० रोपनी जग्गा अतिक्रमणमा भएको देखाएको छ। नापी विभागको नक्सामा कित्ताकाट नभएको जग्गा नापी कार्यालय पाल्पाको नक्सामा कित्ताकाट पाइएको केन्द्रका सूचना अधिकृत डालनाथ अर्यालले जानकारी दिए। साविकको बोधगुम्बा गाविस वडा नम्बर २..

    कांग्रेस नेता कार्कीले ६२ वर्षकाे उमेरमा तेस्रो बिहे गर्दै

    सोमबार, आषाढ २३, २०७६ साल
    काठमाडौं, २३ असार । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले तेस्रो पटक बिहे गर्ने भएका छन् । तेस्राे विवाह उनले उत्सव सम्शेर राणाकी नातिनीसँग ६२ वर्षकाे उमेरमा गर्न लागेका हुन् । यद्यपि दुलहिको नाम भने खुलेको छैन । बिहेअघि उनले आइतबार साँझ थापाथलीस्थित एक पार्टी प्यालेसमा टीकाटालो गरेका छन् । बिहेको मिति भने सार्वजनिक गरिएको छैन । टीकाटालो कार्यक्रममा परिवारका सीमित सदस्यहरुमात्र रहेको स्रोतले बतायो । कार्कीले यसअघि..

    मल्लकालीन दरबारको रक्षाका लागि पाटनमा यमदूतको चित्र बनाइदै

    शनिबार, आषाढ २१, २०७६ साल
    काठमाडौँ, २१ असार मल्लकालीन परम्पराको निरन्तरताका साथ पाटनमा यमदूतको चित्र बनाइएको छ । पाटन दरबार क्षेत्रमा रहेको ठूलो घण्ट अगाडी दरबार प्रवेश गर्ने पुरानो ढोका छ। असारमा धान रोप्ने सिजन सुरु भएसँगै हरेक वर्ष सुमन चित्रकार ढोकाको दायाँ बायाँ यमदूतको चित्र बनाउन आइपुग्छन्। ढोकामा खड्ग र बज्र बोकेको दुई यमदूतका चित्र बनाउने गरिन्छ। दरबारको सुरक्षाका लागि करिब ३०० वर्ष अघि देखि प्रवेशद्वारमा..

    पर्यटकीय लेक घुम्टेमा ऐतिहासिक सिद्ध र भैरव मन्दिरको पुनः निर्माण

    शुक्रबार, आषाढ २०, २०७६ साल
    बागलुङ, २० असार  पर्यटकीय लेक घुम्टेमा अवस्थित सिद्ध र भैरव मन्दिरको पुनःनिर्माण गरिएको छ । दुई महीनामा मन्दिर पुनःनिर्माण सकिएको उपभोक्ता समितिका अध्यक्ष झङ्कबहादुर बस्नेतले बताउनुभयो । पुनःनिर्मित मन्दिरमा बिहीबार सिद्ध र भैरवको मूर्ति प्रतिस्थापन गरिएको छ । ऐतिहासिक महत्वको मन्दिर पुनःनिर्माणका लागि पर्यटन मन्त्रालयले रु २० लाख उपलब्ध गराएको थियो । सदियौँदेखि झुपडीमा रहेका मन्दिरलाई स्थानीयवासीले विसं २०५६ मा आधुनिक र..

    महाभारत पर्वत शृङ्खलामा प्राचीन शैलीमा निर्मित सुपा देउराली धार्मिक पर्यटनको गन्तव्य स्थल बन्दै

    मंगलवार, आषाढ १७, २०७६ साल
    अर्घाखाँची, १७ असार ।   नेपालका विभिन्न तीर्थस्थल जसको आआफ्नै महत्व छ । तीमध्येको एक हो अर्घाखाँचीको सुपा देउराली । जे भाकल गर्योे त्यो पुग्ने जनविश्वासका आधारमा यस तीर्थस्थलको महिमा र गरिमा बढ्दै गएको छ ।   अर्घाखाँचीको गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डअन्तर्गत ४७ किमि दूरीमा महाभारत पर्वत शृङ्खलाको ठूलाठूला पहाडको खोचमा प्राचीन शैलीमा निर्मित सुपा देउरालीको मन्दिर छ । प्राकृतिक रुपमा अत्यन्त रमणीय, शान्तियुक्त स्थानमा रहेको..

    ‘हरेक राजनीतिक दलमा मुस्लिम समुदायको सहभागिता बढ्नुपर्छ’

    बुधबार, आषाढ ११, २०७६ साल
    ललितपुर, ११ असार   शहरी विकासमन्त्री महोम्मद इस्तियाक राईले हरेक राजनीतिक दलमा मुस्लिम समुदायको सहभागिता अझ बढ्नुपर्नेमा जोड दिनुभएको छ ।    मुस्लिम आयोगले आज जावलाखेलमा आयोजना गरेको ‘मुस्लिम समुदायको हकहितको संरक्षण, सम्वद्र्धन र सशक्तीकरण’सम्बन्धी अन्तक्र्रिया कार्यक्रममा उहाँले जति धेरै मुस्लिम जातिको बाहुल्यता राजनीतिक दलमा बढ्छ उत्ति नै अधिकार सुनिश्चित गराउन सहयोग पुग्ने बताउनुभयो ।    मुस्लिम आयोगका पहिलो अध्यक्ष शमीम अन्सारीलाई मन्त्री राईले मुस्लिम हकहितका..

    पर्यटन प्रवद्र्धनका लागि सांस्कृतिक सङ्ग्रहालयको व्यवस्था गर्ने

    मंगलवार, आषाढ १०, २०७६ साल
    भादगाउँ, १० असार । आन्तरिक आम्दानीको प्रमुख स्रोतको रुपमा रहेको पर्यटन उद्योगको प्रवद्र्धनका लागि भक्तपुर नगरपालिकाले सांस्कृतिक सङ्ग्रहालयको स्थापना गर्ने भएको छ । नगरपालिकाको चालू पाँचौँ नगरसभाले आगामी आर्थिक वर्ष २०७६-७७ को नीति तथा कार्यक्रम पारित गर्दै पर्यटन उद्योगको प्रवद्र्धनको लागि विशेष कार्यक्रम सञ्चालन गर्ने नीतिअनुरुप भक्तपुरको जीवनशैली, रहनसहन र संस्कृति झल्किने सांस्कृतिक सङ्ग्रहालयको स्थापना गर्ने नीति लिएको हो । पारित गरेको नीतिमा..

    रातो मच्छिन्द्रनाथको रथको अस्थायी प्रदर्शनी शुरु, ४० दिनसम्म राखिने !

    आईतवार, आषाढ ८, २०७६ साल
    काठमाडौँ, ८ असार वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथको अस्थायी प्रदर्शनी आजदेखि पाटन सङ्ग्रहालयले शुरु गरेको छ ।   पाटन दरबार क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण बढाउन सङ्ग्रहालयले २७ इञ्च लामो रथको ४० दिनका लागि प्रदर्शनी गरेको हो । गत वैशाख शुक्लपक्ष प्रतिपदादेखि असार शुक्ल चौथीसम्म  जिल्लामा करीब दुई महिना रातो मच्छिन्द्रनाथको जात्रा चलेको थियो ।  सङ्ग्रहालयका कार्यकारी निर्देशक सन्दीप पोखरेलले विगतका..

    चितवनको ऐतिहासिक धार्मिकस्थल इच्छाकामना मन्दिरको पुनःनिर्माण शुरु

    आईतवार, आषाढ ८, २०७६ साल
    मुग्लिन, ८ असार चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिका–५ मा रहेको ऐतिहासिक धार्मिकस्थल इच्छाकामना मन्दिरको पुनःनिर्माण कार्य शुरु भएको छ । सो मन्दिरको शनिबार प्रदेश नं ३ का प्रमुख अनुराधा कोइरालाले शिलान्यास गर्नुभयो । मन्दिरको शिलान्यास गर्दै प्रमुख कोइरालाले धार्मिकस्थलको संरक्षणमा जुट्न सबैलाई आग्रह गर्नुभयो । उहाँले मन्दिर पुनःनिर्माणका लागि आफ्नोतर्फबाट आवश्यक पहल गर्ने आश्वासन दिनुभयो ।  जिल्ला समन्वय समिति चितवनका प्रमुख..

    ‘गुठीको मर्म र भावनामा कुनै असर नपरोस् भन्नेमा सरकार सचेत’

    शुक्रबार, आषाढ ६, २०७६ साल
    काठमाडौँ, ६ असार । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले मुलुकका  विभिन्न समुदायको धार्मिक र सांस्कृतिक तथा  गुठीको मर्म र भावनामा कुनै असर नपरोस् भन्नेमा सरकार सचेत रहेको बताउनुभएको छ ।  प्रतिनिधिसभामा विनियोजन विधेयक २०७६ अन्तर्गत भूमि व्यवस्था मन्त्रालयमाथिको छलफलमा  सांसदले उठाएको प्रश्नको जवाफ दिँदै उहाँले भन्नुभयो, “सरकारका तर्फबाट एउटा सङ्कल्प व्यक्त भइसकेको छ, हाम्रो धर्म,  परम्परा, मान्यता र ..

    परम्परागत नौमती र पञ्चेबाजा संरक्षणमा जुट्दै युवा समूह

    बिहिवार, आषाढ ५, २०७६ साल
    मुग्लिन, ५ असार विवाह व्रतबन्ध पूजालगायत शुभकार्यमा बजाउने परम्परागत नौमती र पञ्चेबाजा पछिल्लो समय लोप हुँदै गएपछि चितवनका युवाहरु यसको संरक्षणमा जुटेका छन् । चितवनको इच्छाकामना गाउँपालिका–७ स्याङ्दीका आदिवासी जनजाति समुदायका १५ युवा समूह नै गठन गरी नौमती र पञ्चेबाजा संरक्षणमा जुटेका हुन् ।  विशेषगरी दलित समुदायले पछिल्लो समय नौमती पञ्चेबाजा बजाउन छाड्दै गएकाले यसको संरक्षणका लागि बाजा बजाउन शुरु गरिएको नयाँबारी..

    सरकारले गुठी विधेयक फिर्ता लिए पनि नेवार समुदाय माइतीघरमा किन ओइरिए ?

    बुधबार, आषाढ ४, २०७६ साल
    काठमाडौँ, ४ असार । गुठीसम्बन्धी विधेयक खारेजीको माग गर्दै काठमाडौंको माइतीघरमा विशाल प्रदर्शन भएको छ । सरकारले मंगलबार गुठी सम्बन्धी विधेयक फिर्ता लिएपनि काठमाडौंको माइतीघरमा विशाल खरबारी सभा आयोजना भइरहेको छ । माइतीघरको खरबदारी सभामा भाग लिनका लागि काठमाडौं उपत्यकाका लगभग सबै स्थानबाट गुठी सरोकारवाला तथा गुठीयारहरु माइतीघरमा भेला भएका छन् । खबरदारीसभा अघि  ‘हाम्रो संस्कृति कसैको दाइजो होइन’, ‘सम्पदा मास्न पाइँदैन’लगायतका प्लेकार्ड..

    गुठी विधेयकको विरोधमा पशुपति क्षेत्रमा प्रदर्शन

    मंगलवार, आषाढ ३, २०७६ साल
    काठमाडौँ, ३ असार  श्री पशुपतिनाथ ग्वल पुचः समाजले गुठी विधेयकको विरोधमा पशुपतिनाथ मन्दिरबाट सांस्कृतिक झाँकी र बाजागाजासहित प्रदर्शन गरेको छ । विहान पशुपतिनाथ मन्दिरबाट शुरु भएको झाँकीसहितको प्रदर्शन जयबागेश्वरी–सिफल–लामपोखरी–चाबहिल गणेशस्थान–चाबहिल चोक–मित्रपार्क–जयबागेश्वरी हुँदै पशुपतिनाथ मन्दिरको दक्षिणढोका अघिको भण्डारी गुठी घर आई सभामा परिणत भएको थियो । प्रदर्शनमा सांसद एवं नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापा, प्रदेशसभा सदस्य नरोत्तम वैद्य, काठमाडौँ महानगरपालिका वडा नं..

    गुठी भनेको के हो? गुठीसम्बन्धी विधेयकले संस्कृति र सभ्यता कसरी धराशयी बनाउँछ ?

    आईतवार, आषाढ १, २०७६ साल
    काठमाडौँ, १ असार कुनै पनि परम्परागत जात्रा वा चाडपर्व सञ्चालन गर्न तथा मन्दिर वा धार्मिक स्थल संरक्षण र सम्भार गर्न स्थानीय सहभागितामा बन्ने समूह नै गुठी हो। यो यस्तो संस्था हो, जसले नेपालको मौलिक मूर्त–अमूर्त सम्पदा जोगाउँदै आएको छ। यसको सुरुआत लिच्छविकालमै भएको इतिहास छ। ‘गुठी’ शब्दको पहिलो उल्लेख मानदेवको पालामा भएको थियो। गुठी भनेका धार्मिक वा सांस्कृतिक कामका लागि मात्र हुँदैनन्। बाटोघाटो..

    गुठी विधेयकको विरोधमा काठमाडौं उपत्यका बन्दको घोषणा

    आईतवार, आषाढ १, २०७६ साल
    काठमाडौं, १ असार । सरकारले ल्याएको गुठी विधेयकको विरोधमा आगामी असार १० गते काठमाडौं उपत्यका बन्द आह्वान गरेका छन् ।  विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रिय समितिले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो विधेयकको विरोधमा आगामी असार १० गते काठमाडौं उपत्यका बन्द आह्वान गरिएको जानकारी गराएको हो । समितिले सो विधेयकको विरोधमा असार २ गतेबाटै चरणवद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।   असार २..

    जब पाटनबाट गुठी विधेयक खारेज गर्न माग गर्दै मशाल जुलुस निकालियो...

    शुक्रबार, जेष्ठ ३१, २०७६ साल
    काठमाडौं, ३१ जेठ ।  गुठी विधेयक खारेज गर्न माग गर्दै आन्दोलन गरिएको छ । स्थानीय नेवार समुदायले शुक्रबार साँझ मशाल जुलुस निकालेका हुन् । गुठी विधेयकले नेवार संस्कृतिमाथि प्रहार गरेको भन्दै नेवार समुदायले पाटनमा मशाल जुलुस निकालेका हुन् । सरकारले गुठी विधेयक ल्याएसँगै त्यसको विरोधमा उत्रिएका नेवार समुदायले केही दिनदेखि आन्दोलन गर्दै आएको हो । विभिन्न आन्दोलनको कार्यक्रम गर्दै आएको नेवार समुदायले शुक्रबार..
    Results 419: You are at page 1 of 14
    1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 Next Last
    Weather Forecast