आईतवार, भाद्र १, २०७६

    स्वास्थ्य

    नारायणी अस्पतालमा रहेको महँगो मेसिन सस्तोसँग सुटुक्क साटियो

    मंगलवार, बैशाख ३, २०७६ साल
    वीरगञ्ज, ३ वैशाख नारायणी अस्पतालको प्रयोगशालामा रहेको किलिया मेसिन गुपचुप साटिएको खुलासा भएको छ । करिब २ वर्षअगाडि अस्पतालले झन्डै २२ लाख पर्ने मेगलमी ८०० मोडलको किलिया मेसिन खरिद गरेको थियो । थाइराइड, क्यान्सर, बाँझोपनलगायत विभिन्न हार्मोन परीक्षण गर्ने किलिया मेसिन करिब २५ दिन अगाडि साटिएको प्रयोगशालाका कर्मचारीले दाबी गरेका छन् ।  महँगो मेसिन साटेर करिब ४ लाख ५० हजार पर्ने चीनमा बनेको..

    बिरामीको सङ्ख्या बढेसँगै बाँकेमा रगतको माग बढ्दो

    सोमबार, बैशाख २, २०७६ साल
    राँझा, २ वैशाख    अस्पतालमा आउने बिरामीका लागि रगतको माग बढ्दै गएको छ ।    बाँकेमा सञ्चालित अस्पतालहरुमा आउने बिरामीको सङ्ख्या बढेसँगै अहिले दैनिक सरदर ४० देखि ४५ पिन्टसम्मको रगत माग हुने गरेको नेपाल रेडक्रस क्षेत्रीय रक्त सञ्चार केन्द्र नेपालगञ्जले जनाएको छ ।    दैनिक रुपमा नेपालगञ्जबाट २५ देखि ३० र कोहलपुरबाट १५ देखि २० पिन्ट रगत माग हुने गरेको केन्द्रका प्रमुख उपेन्द्र रेग्मीले जानकारी दिनुभयो..

    सरकारी चिकित्सकहरुको आन्दोलन १५ दिनका लागि स्थगित

    आईतवार, बैशाख १, २०७६ साल
    काठमाडौं, १ वैशाख केही हप्ता यता आन्दोलनरत सरकारी चिकित्सक संघ नेपालले १५ दिनका लागि आन्दोलनका कार्यक्रम स्थगित गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै संघले आफ्ना मागहरुप्रति सकारात्मक सोच राखी १५ दिनभित्रै समस्याको सम्बोधन गर्ने सम्बन्धित निकायको प्रतिबद्धता आएकोले त्यतिञ्जेलसम्मका लागि आन्दोलन स्थगित गर्ने जनाएको हो । संघले आन्दोलनका क्रममा सक्रिय सहभागिता जनाउनुहुने सम्पूर्ण चिकित्सक वर्ग, कर्मचारी तथा संघलाई साथ दिने..

    स्वस्थ बच्चा जन्माउँदै एचआइभी सङ्क्रमित आमा

    आईतवार, बैशाख १, २०७६ साल
    बाँके, १ वैशाख    सरकारले एचआइभी सङ्क्रमित आमाबाट बच्चामा सर्ने एचआइभी रोकथाम (पिएमटिसिटी) कार्यक्रम लागू गरेपछि स्वस्थ बच्चा जन्माउन थालेका छन् । यसअघि सङ्क्रमित आमाले जन्माएका बच्चामा पनि एचआइभी सङ्क्रमण देखिन्थ्यो भने चिकित्सकहरुले पनि त्यस्ता आमालाई सन्तान नजन्माउन सुझाव दिन्थे ।    “एचआइभी सङ्क्रमित भएपछि बच्चा नजन्माउन चिकित्सकले सुझाव दिएका थिए तर अहिले भने यो सम्भव भएको छ,” एक आमाले भन्नुभयो, “सन्तान पाउने वर्षैको इच्छा..

    कालाजार रोग नियन्त्रणका लागि पाल्पामा अभियान

    शनिबार, चैत्र ३०, २०७५ साल
    रामपुर, ३० चैत लामखुट्टे तथा भुसुनाको टोकाइबाट लाग्ने कालाजार रोग उन्मूलनका लागि पाल्पामा भुसुना नियन्त्रण अभियान शुरु भएको छ ।  जनस्वास्थ्य तथा सरुवा रोग अनुसन्धान केन्द्र र रोग नियन्त्रण महाशाखा काठमाडौँले कालाजार रोग सार्ने भुसुनाका बारेमा अध्ययन अनुसन्धान गरी त्यसलाई नियन्त्रण गर्ने अभियान चलाएको हो ।  टोलीले पाल्पाको भुवनपोखरी, मस्याम, सिलुवा, गोठादी, अर्गली, कचल, दर्लमडाँडा, खानीछाप, पिपलडाँडा तथा फोक्सिङकोटलगायतका क्षेत्रमा गएको असार महीनादेखि..

    २० वर्षमुनिका ४ सय किशोरी गर्भवति, अस्पतालमा बच्चा जन्माउने बढे

    सोमबार, चैत्र २५, २०७५ साल
    लमही, २५ चैत  तुलसीपुर उपमहानगरपालिकामा बालविवाह न्यूनीकरणका लागि विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरे पनि प्रभावकारी हुनसकेको छै्रैन् । उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाको तथ्याङ्क अनुसार उपमहानगरमा २० वर्ष भन्दा मुनिका ३७५ गर्भवती गर्भवति भएका छन् ।  यो तथ्याङ्क हेर्दा अझै पनि बालविवाह न्यूनीकरण नभएको पाइएको महाशाखाका जनस्वास्थ्य निर्देशक बिमल केसीले बताउनुभयो । “अझै पनि तुलसीपुरमा बालविवाह न्यूनीकरण हुनसकेको छैन्”, उहाँले भन्नुभयो, “चालु आर्थिक वर्षको..

    खटाएका स्थानमा जान सरकारी चिकित्सकलाई स्वास्थ्यमन्त्रीको आग्रह

    सोमबार, चैत्र २५, २०७५ साल
    काठमाडौँ, २५ चैत उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सरकारले खटाएका स्थानमा जान सरकारी चिकित्सकलाई आग्रह गर्नुभएको छ । समायोजनमा असहमति राख्दै आन्दोलनमा उत्रेका सरकारी चिकित्सकलाई सो आग्रह गर्दै उहाँले भन्नुभयो, “सर्वप्रथम खटाएका ठाउँमा जानुहोस्, स्वास्थ्यसेवा पु¥याउनुहोस् यसपछि तपाईलाई पर्ने समस्या मन्त्रालयले सुन्छ र समाधान गर्छ । ”  नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सार्वजानिक गरेका विभिन्न प्रतिवेदन आज यहाँ सार्वजानिकपछि सञ्चारकर्मीको जिज्ञासामा..

    निःशुल्क आँखा शल्यक्रिया शिविर, ८ सय २९ को उपचार

    सोमबार, चैत्र २५, २०७५ साल
    खोटाङ, २५ चैत  दिक्तेलस्थित जिल्ला अस्पतालमा आयोजना गरिएको निःशुल्क आँखा शल्यक्रिया शिविरमा ८२९ को उपचार गरिएको छ । नेत्रज्योति सङ्घ खोटाङको आयोजना तथा सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक सहयोगमा चैत २२, २३ र २४ गते तीनदिने शिविर सञ्चालन गरिएको हो । शिविरमा आँखा अस्पताल लहानका शल्य चिकित्सक डा अभिषेक सहदेवको नेतृत्वमा आएको १४ स्वास्थ्यकर्मीको टोलीले ९५ को..

    यूनाइटेड सिमेन्ट्सको निःशुल्क स्वास्थ शिविर, ५ शय ५० बढी लाभान्वित

    सोमबार, चैत्र २५, २०७५ साल
    धुनिवेशी, धादिङ, चैत्र २४ ।  के.एल. दुगड ग्रुप अन्तर्गतको यूनाइटेड सिमेन्ट्स प्रा.लि. र धुनिवेशी नगरपालिकाको संयुक्त आयोजना तथा सहकार्यमा एक दिने निःशुल्क स्वास्थ शिविर सम्पन्न भएको छ । शिविर टायलघरस्थित बुद्ध भिजन एकेडेमी स्कुलको प्राङ्गणमा शनिबार भव्यताका साथ सम्पन्न भएको कम्पनीले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।  उचित तथा छरितो स्वास्थ उपचारबाट कसैले पनि बञ्चित हुन नपरोस् भन्ने चेतना समेत जगाउने उद्देश्यसहित यस..

    स्वर्णजयन्तिको अवसरमा बृहत रक्तदान कार्यक्रम सम्पन्न

    आईतवार, चैत्र २४, २०७५ साल
    काठमाडौँ, २४ चैत नेपाल रेडक्रस सोसाइटी काठमाडौ जिल्ला शाखाको स्वर्णजयन्तिको अबसरमा नेपाल रेडक्रस सोसाइटी कागेश्वरी मनोहरा उपशाखाद्वारा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।  तराईमा भएको हुरीवतास विपत्तिबाट सृजित रगतको आभावलाई न्यूनीकरण गर्ने उद्यस्यले यही शनिबार उक्त कार्यक्रम सम्पन्न भएको थियो । चलनटार नि.मा.बि. डांछीमा आयोजना गरिएको उक्त रक्तदान कार्यक्रममा उपशाखा अन्तर्गतका आजिबन सदस्य, शुभचिन्तक, पत्रकार तथा समाजका विभिन्न क्षेत्रका महानुभावहरुको सहभागिता..

    जायज माग यथाशीघ्र पूरा गर्न सरकारलाई गोदानको आग्रह

    आईतवार, चैत्र २४, २०७५ साल
    काठमाडौं, चैत २४ ।  सरकारी चिकित्सकहरुको आन्दोलनका कारण देशभरका सरकारी अस्पतालमा बिरामीहरु मार्कामा परेका छन् । कर्मचारी समायोजन विधेयकविरुद्ध विगत तीन दिनदेखि आन्दोलनरत चिकित्सकहरुका कारण उपचार गराउन अस्पताल पुगेका बिरामीहरु उपचार नगरी फर्कन बाध्य भएका छन् । गएको चार महिनामा चिकित्सकहरुको यो तेस्रो पटकको आन्दोलन हो। सरकारले सहमति गरे पनि कार्यन्वयन नगरेको भन्दै उनीहरु पटक पटक आन्दोलन गरिरहेका छन् । यो पटक..

    राजधानीकै स्वास्थ्य संस्थामा कर्मचारी र औषधि अभाव

    शुक्रबार, चैत्र २२, २०७५ साल
    काठमाडौँ, २२ चैत सङ्घीयता कार्यान्वयनसँगै गाउँ गाउँमा सिंहदरबार पुगेको भनिए पनि राजधानीकै नगरपालिकाका सामुदायिक स्वास्थ्य संस्थामा कर्मचारी र निःशुल्क औषधि नभेटिएको सेवाग्राहीको गुनासो छ ।    गोकर्णेश्वर नगरपालिकाका एक प्राथमिक स्वास्थ्य केन्द्र, चार स्वास्थ्यचौकी र एक शहरी स्वास्थ्य केन्द्रमा निःशुल्क औषधि र कर्मचारीको अभाव भएको हो । जिल्ला जनस्वास्थ्य कार्यालयले औषधी पठाउञ्जेल सहजै पाइए पनि नगरपालिकामार्फत् वितरण गर्ने नीति बनेपछि ढिलाइ भइरहेको हो..

    बरदान बन्यो निःशुल्क स्वास्थ्य शिविर

    बिहिवार, चैत्र २१, २०७५ साल
    म्याग्दी, २१ चैत  यसै त उराठ र पट्यारलाग्दो बुढ्यौली, त्यसमा पनि आँखाले देख्न छोडेपछि घरको चौघेराभित्र कैद भएर बस्नु पर्दाको पीडा कम दुःखदायी हुँदैन । यस्तै, दुःख र पीडामा हुनुहुन्थ्यो म्याग्दीको रघुगङ्गा गाउँपालिकाको कुइनेमंगलेकी ७१ वर्षीया सश्रुङ्गा छन्त्याल । दुर्गम कुइेमंगलेबाट दुई दिनको समय लगाएर मोतिया बिन्दुको शल्यक्रियाका लागि शिविरमा आउनुभएकी ७१ वर्षीया छन्त्यालले बुढेसकालमा छर्लङ्ग आँखा देख्न पाएकामा खुशी व्यक्त गर्नुभयो..

    एचआइभी एड्सका कारण सिरहामा २४ जनाको मृत्यु

    बुधबार, चैत्र २०, २०७५ साल
    लहान, २० चैत एचआइभी एड्सका कारण सिरहामा २४ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । आज यहाँ आयोजित पत्रकार र स्वास्थ्यकमीसँगको अन्तक्र्रिया कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत सरोज कर्णले जिल्लामा एचआइभी एड्सका कारण २४ को मृत्यु भइसकेको बताउनुभयो ।  लहानस्थित आरटी सेन्टरमा फागुन मसान्तसम्ममा पुरुष ९७, महिला ७१, तेस्रो लिङ्गी दुई, बालक १३ र बालिका चारजना एचआइभी सङ्क्रमितले उपचारका..

    हावाहुरी प्रभावित क्षेत्रमा थप चिकित्सक टोली परिचालन

    मंगलवार, चैत्र १९, २०७५ साल
    काठमाडौँ, १९ चैत   आइतबार साँझ तराईको बारा र पर्सामा भएको विनाशकारी हावाहुरीबाट घाइतेको उपचारको अनुगमन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विशेष चिकित्सक टोली पठाएको छ ।    चिकित्सा विज्ञान अध्ययन प्रतिष्ठान (न्याम्स)का प्राध्यापक चिकित्सक निलम खड्का, सुवास कर्ण र रविरामलाई आज बिहान त्यसतर्फ पठाइएको हो । प्रा डा खड्का न्युरोसर्जन, प्रा डा कर्ण अर्थाेपेडिक र प्रा डा रविराम क्रिटिकल केयरका विज्ञ हुनुहुन्छ ।..

    बारा-पर्सा क्षेत्रमा स्वास्थ्यमा समस्या आउन नदिन चिकित्सक सक्रिय

    मंगलवार, चैत्र १९, २०७५ साल
    काठमाडौँ, १९ चैत ।  आइतबार साँझ तराईको बारा र पर्सामा भएको विनाशकारी हावाहुरीबाट प्रभावित क्षेत्रमा स्वास्थ्य समस्या आउन नदिन र घाइतेको उपचार गर्न सरकारले उच्च प्राथमिता दिएको छ ।  विशेष गरी ती दुई जिल्लामा हावाहुरीले पुर्याएको क्षतिका बारेमा स्थलगत रुपमा जानकारी लिन उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव, राज्यमन्त्री डा सुुरेन्द्र यादव, सचिव चन्द्रकुमार घिमिरे, विभागका महानिर्देशक डा गुणराज लोहन पुगिसकेका..

    “मेयरलाई यिनै हातले भोट हालेको थिए, आज उनकै हातबाट उपचार भयो”

    सोमबार, चैत्र १८, २०७५ साल
    जाजरकोट, १८ चैत  भेरी नगरपालिका–९ का ६५ वर्षीय कालीबहादुर पुन लामो समयदेखि छाती दुख्ने समस्याबाट पीडित भएको बताउनुहुन्छ । पेट दुख्ने ब्यथा लागे पनि आफूलाई उपचार गर्न लैजाने आफन्त नहुँदा पीडा सहेर बसेको उहाँको दुखेसो थियो ।  शनिबार बिहान घर नजिकै स्वास्थ्य शिविर छ, भन्ने सुनेपछि जाँच गराएर औषधि सेवन गर्न थालेको उहाँको भनाइ छ । नजिक स्वास्थ्य संस्था नहुँदा हिँड्न नसक्ने..

    २ दिने अधिवेशन, नयाँ कार्यसमिति चयन

    आईतवार, चैत्र १७, २०७५ साल
    विराटनगर, १७ चैत  मधेशी स्वास्थ्यकर्मी फोरम नेपाल प्रदेश नं १ को सम्पन्न अधिवेशनले हरिशङ्करप्रसाद साहको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।  दुई दिने अधिवेशनले निर्विरोध नयाँ कार्यसमिति चयन गरेको सङ्घीय प्रेस फोरम नेपाल जिल्ला कार्यसमितिद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिएको हो ।  समितिका उपाध्यक्षमा सुरेशकुमार पण्डित, मञ्जु यादव, मनोजकुमार यादव, रामनारायण शर्मा र गिरधारीप्रसाद साह हुनुहुन्छ भने मुख्य सचिवमा..

    अनौठो रोग २ को मृत्यु, ४ ओछ्यानमा

    शुक्रबार, चैत्र १५, २०७५ साल
    खोटाङ, १५ चैत  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित रामपुरका वीरबहादुर विश्वकर्माका परिवारमा ठूलो समस्या देखापरेको छ । कम्मरमुनिको अङ्ग नचल्ने रोगले दुई जना छोरीको मृत्यु हुनुका साथै चार छोराछोरी थला परेपछि ठूलो समस्या देखापरेको हो ।  तीस वर्षीया माइली छोरी कोपिला, २२ वर्षीया जन्तरी अनिशा, २० वर्षीया लखन्तरी मनिषा र कक्षा ९ मा अध्ययनरत कान्छा छोरा चेतराज विश्वकर्माको कम्मरमुनिको भागमा समस्या देखिएको..

    मेडिकल कलेज स्थापना हुने भएपछि बर्दिवासमा उत्साह

    शुक्रबार, चैत्र १५, २०७५ साल
    बर्दिवास, १५ चैत महोत्तरीको बर्दिबास नगरपालिकामा मेडिकल कलेज सञ्चालनको काम अघि बढेपछि स्थानीयवासीमा उत्साह छाएको छ ।  बर्दिवासमा कलेजको पूर्वाधार निर्माण विकास आयोजनाको कार्यालय स्थापना गरिने तयारीसँगै स्थानीयवासीमा खुशी छाएको हो ।  “बर्दिवासमा मेडिकल कलेजको काम अघि बढेछ, यसअघि बर्दिवास–६ मा कृषि सङ्कायको स्नातकतहसम्म अध्ययन-अध्यापन हुने प्राकृतिक स्रोत व्यवस्थापन कलेजको पठनपाठन शुरु भइसकेको छ”, महोत्तरी–१ ‘क’ बाट निर्वाचित प्रदेशसभा सदस्य शारदा थापाले..

    सुत्केरी हुन नसकेपछि सेनाको हेलिकप्टरबाट उद्धार

    बिहिवार, चैत्र १४, २०७५ साल
    रारा, १४ चैत  जिल्लाको पश्चिम खत्याड गाउँपालिकास्थित प्राथामिक स्वास्थ्य केन्द्रमा तीन दिनदेखि सुत्केरी हुन नसकेर छट्पटाइरहेकी एक महिलाको बिहिबार उद्धार गरिएको छ ।  खत्याड गाउँपालिका–८ ठामलेख गाउँकी २२ वर्षीया ललिता थापालाई सुत्केरी व्यथा लागेपछि प्राथमिक स्वास्थ्य केन्द्र रातापानीमा चैत १२ गते लगिए पनि सुत्केरी हुन नसकेको पछि नेपाली सेनाको हेलिकप्टरबाट उनलाई उद्धार गरिएको हो ।  थापाको अहिले क्षेत्रीय अस्पताल सुर्खेतमा उपचार भइरहेको र..

    गण्डकी प्रदेश सरकार मातहतमा स्वास्थ्य कार्यालय पुनःस्थापना

    बिहिवार, चैत्र १४, २०७५ साल
    बेनी, १४ चैत गण्डकी प्रदेश सरकार मातहतमा रहेको स्वास्थ्य कार्यालय म्याग्दीको बेनीमा उद्घाटन गरिएको छ । सङ्घीयता कार्यान्वयनपछि गत साउनमा खारेज भएको जिल्ला स्वास्थ्य कार्यालय गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालयअन्तर्गत रहने गरी पुनःस्थापना भएको हो ।  नयाँ स्थापना गरिएको कार्यालयको गण्डकी प्रदेश, सामाजिक विकासमन्त्री नरदेवी पुनले बुधबार उद्घाटन गर्नुभयो । कार्यालयमा जनस्वास्थ्य अधिकृतसहित ११ कर्मचारीको दरबन्दी छ । प्रदेश सरकारमातहत रहेका जिल्लाका..

    मौसम बदलीसँगै भाइरल ज्वरोको सङ्क्रमण

    बुधबार, चैत्र १३, २०७५ साल
    डडेल्धुरा, १३ चैत  मौसम बदलीसँगै डडेल्धुरामा भाइरल ज्वरोको सङ्क्रमण फैलिएको छ । केही दिन यतादेखि भएको मौसम बदलीपछि डडेल्धुराका स्वास्थ्य संस्थामा ज्वरो, रुघाखोकीसहित निमोनियाका बिरामीको चाप बढेको जनाइएको छ ।  केही दिनयता डडेल्धुरा सदरमुकामस्थित डडेल्धुरा अस्पताललगायतका अन्य स्वास्थ्य संस्थामा ज्वरो र रुघाखोकीका बिरामीको चाप ह्वात्तै बढेको छ । दैनिक १०० बिरामी पुग्ने डडेल्धुरा अस्पतालमा आजभोलि १५० भन्दा बढी बिरामी आउने गरेको डडेल्धुरा..

    काङ्ग्रेस नेता कृष्णप्रसाद सिटौला डिस्चार्ज

    मंगलवार, चैत्र १२, २०७५ साल
    काठमाडौँ, १२ चैत  पूर्व उपप्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका पुर्व महामन्त्री कृष्णप्रसाद सिटौला अस्पतालबाट ‘डिस्चार्ज’ हुनुभएको छ ।  काठमाडौँको ह्याम्स अस्पतालमा पाँच दिनको उपचारपछि नेता सिटौला आज घर फर्कनुभएको उहाँका सहयोगी प्रेम भट्टराईले जानकारी दिनुभयो । शुुक्रबार साँझ अचानक स्वास्थ्यमा गडबडी भएपछि उहाँ अस्पताल भर्ना हुनुभएको थियो ।  उहाँको रगतमा हेमोग्लोबिनको मात्रा कम देखिएको र रक्तचाप समेत घटेकाले सघन उपचार कक्ष (आइसियु)मा राखेर उपचार..

    प्रसूतिका लागि सरकारी अस्पताल भरतपुर सबैको रोजाइँमा

    सोमबार, चैत्र ११, २०७५ साल
    चितवन, ११ चैत  सरकारी अस्पताल भन्ने वित्तिकै प्रायः सबैको मनमस्तिष्कमा ढिलासुस्ती र प्रभावकारी सेवा उपलब्ध गराउन नसक्ने छाप परेको पाइन्छ । तर यहाँको सरकारी भरतपुर अस्पताल प्रसूति सेवाका लागि सबैको पहिलो रोजाइँ बन्ने गरेको छ । जिल्लाका ठूला वडामात्रै होइन, अन्य अस्पतालका चिकित्सकको पनि प्रसूति सेवाका लागि यो अस्पताल पहिलो रोजाइँमा पर्ने गरेको छ ।  काठमाडौंको प्रसूति गृहपछि सबैभन्दा बढी प्रसूति गराउनेमा..

    मार्तडीमा बृहत् योग शिविर शुरु

    सोमबार, चैत्र ११, २०७५ साल
    बाजुरा, ११ चैत  बाजुराको सदरमुकाम मार्तडीमा बृहत् योग शिविर सञ्चालन भएको छ । बडिमालिका नगरपालिका र पतञ्जली योग समिति बाजुराको संयुक्त आयोजना र क्रिएटर जोन ऐकेडेमीको व्यवस्थापनमा शिविर सञ्चालन भएको योग समिति बाजुराका अध्यक्ष लालबहादुर ओलीले बताउनुभयो ।  शिविर आजबाट एक हप्तासम्म मार्तडीस्थित क्रिएटर जोन ऐकेडेमीमा सञ्चालन भएको छ । शिविर हरेक दिन बिहान ५ बजेबाट शुरु हुने समिति अध्यक्ष ओलीले जानकारी..

    काङ्ग्रेस नेता सिटौलाको स्वास्थ्यमा सुधार

    आईतवार, चैत्र १०, २०७५ साल
    काठमाडौँ, १० चैत नेपाली काङ्ग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको स्वास्थ्य अवस्था सुधारोन्मुख हुदै गएको छ ।  उहाँ उपचाररत हेम्स अस्पतालले आज स्वास्थ्य अवस्थाबारे जानकारी दिन जारी गरेको विज्ञप्तिमा नेता सिटौलाको उपचारमा सुधार हुँदै आएको जनाइएको छ । अस्पतालका मेडिकल डाइरेक्टर डा भाष्करराज पन्त र आइसियु इञ्चार्ज डा सबिन कोइरालाद्वारा जारी विज्ञप्तिमा उहाँको अवस्थामा क्रमिक सुधार भइरहेको उल्लेख छ ।  उहाँलाई अहिले पनि सघन उपचार..

    विश्व क्षयरोग दिवस : रोगभन्दा रोगीलाई हेर्ने दृष्टिकोण जटिल बन्दै

    आईतवार, चैत्र १०, २०७५ साल
    काठमाडौँ, १० चैत  ‘निरोगी छु, मलाई क्षयरोग नहुन सक्छ ।’ तपाई अनुमानमा हुनुहुन्छ ? ढुक्क नहुनुहोस् । हाम्रो शरीरमा क्षयरोगको किटाणुको जोखिम रहेको हुन्छ । यसरोगका किटाणु निष्कृय र सक्रिय दुई प्रकारका हुन्छन् । शरीरमा रहेको रोग प्रतिरोधात्मक क्षमताले निष्क्रिय क्षयरोगको कीटाणुलाई सक्रिय हुन दिइरहेको हुँदैन । तर सक्रिय क्षयरोगको कीटाणुले क्षयरोग लाग्ने गर्छ ।  विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा निष्क्रिय क्षयरोग..

    विज्ञ केन्द्रको स्पष्टीकरण - अहिलेसम्म चितवनमा बर्डफ्लु छैन !

    शनिबार, चैत्र ९, २०७५ साल
    चितवन, ९ चैत : भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चितवनले हालसम्म जिल्लामा बर्डफ्लु नदेखिएको जनाएको छ । देशका विभिन्न क्षेत्रमा कुखुराजन्य वस्तु आयातमा रोक लगाएपछि कार्यालयले जिल्लामा बर्डफ्लु नदेखिएकाले ढुक्कसँग प्रयोग गर्न आग्रह गरेको छ ।  केन्द्रका प्रमुख डा विजयकुमार श्रेष्ठले मकवानपुर, काठमाडौँ र पोखरामा बर्डफ्लु देखिए पनि यहाँ भने समस्या नभएको बताउनुभयो । नेपालमा दैनिक ५० लाखभन्दा बढी अण्डा..

    कांग्रेस नेता कृष्ण सिटौला अस्वस्थ, आईसियूमा राखियो

    शुक्रबार, चैत्र ८, २०७५ साल
    काठमाडौँ, ८ चैत काँग्रेस नेता एवं पूर्वगृहमन्त्री कृष्णप्रसाद सिटौला अस्वस्थ भएका छन् । सिटौलालाई शुक्रबार साँझ राजधानीको ह्याम्स अस्पताल भर्ना गरिएको छ । नियमित स्वास्थ्य परीक्षणका लागि शुक्रबार बिहान चक्रपथस्थित मेट्रो अस्पताल पुगेका सिटौलालाई चिकित्सकले रगतमा हेमोग्लोबिनको मात्रा कम भएको बताएका थिए । यस्तै उनको रक्तचाप पनि घटेको थियो । चिकित्सकले आईसियूमा राखेर उपचार गर्नुपर्ने बताएपछि साँझ उनलाई धुम्बाराहीस्थित ह्याम्स अस्पताल लगिएको हो..
    Results 864: You are at page 9 of 29
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 Next Last
    Weather Forecast