स्वास्थ्य
बुधबार, भाद्र ४, २०७६ साल

काठमाडौँ, ४ भदौ ।
गोदावरी नगरपालिका–६ मा रहेको आनन्दवन अस्पतालले नक्सा पासविना भवन निर्माण गरेको रहस्य खुलासा भएको छ। सो अस्पतालको नयाँ बनेका भवनको नक्सा पास नभएको रहस्य खुलेको हो। अस्पतालले पाहुना घर, कर्मचारीका लागि आवासगृहलगायत ६ वटा भवन नक्सापासविना बनाएको नगरपालिकाले जानकारी दिएको छ।
अहिले ट्रमा सेन्टर भन्दै अस्पतालले २५ करोड ७६ लाख रुपियाँको लागतमा भवन निर्माण गरिरहेको छ। भवन बनाउँदा..
मंगलवार, भाद्र ३, २०७६ साल

काठमाडाैं, ३ भदाै ।
लामखुट्ट्टेको टोकाइबाट सर्ने डेङ्गु रोग काठमाडाैं उपत्यकासहित मुलुकका विभिन्न स्थानमा देखा परेको छ। डेङ्गी भाइरसका कारण हुने उक्त रोग प्रकोपकै रूपमा फैलिन सक्ने हुँदा तत्काल सतर्कता अपनाइनुपर्ने धारणा जनस्वास्थ्य विज्ञहरूले राखेका छन्।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले दिएको पछिल्लो विवरणअनुसार काठमाडाैंमा मात्र करिब एक दर्जन व्यक्ति उक्त रोगबाट सङ्क्रमित भएका छन्। तर यो विवरण राजधानीका केही अस्पतालहरूबाट सङ्कलित सूचनामा..
मंगलवार, भाद्र ३, २०७६ साल

काठमाडौँ, ३ भदौ ।
प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौलाको कार्यक्षमतामा समस्या देखिएपछि आउँदो शनिबार पुनः सिंगापुर जाँदै छन् । १२ वर्षअघि दिल्लीस्थित इन्द्रप्रस्थ अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्रीको रगतमा ‘क्रिएटिनिन’ को स्तर बढेको छ । ‘क्रिएटिनिन’ बढ्नुको अर्थ मिर्गौलाको कार्यक्षमतामा ह्रास आउनु हो ।
सैनिक अस्पताल छाउनीमा स्वास्थ्य परीक्षणपछि चिकित्सकको सुझावअनुसार थप फलोअपका लागि प्रधानमन्त्री ओली गत साउन १८ गते सिंगापुर..
सोमबार, भाद्र २, २०७६ साल

पोखरा, २ भदौ
पोखरा महानगरपालिका–८ डेङ्गु सङ्क्रमण क्षेत्र हो । अघिल्लो वर्ष यही वडामा पर्ने शिवालय चोकबाट देखापरेको डेङ्गु यसवर्ष पनि सोही क्षेत्रमा डर लाग्दो रुपमा देखिएको हो ।
कास्कीमा यही भदौ १ गतेसम्म १०१ जना डेङ्गुका बिरामी देखिएका छन् । स्वास्थ्य कार्यालयका अनुसार भदौ १ गते मात्रै १६ जना डेङ्गुका बिरामी पोखराका विभिन्न अस्पतालमा भर्ना भएका छन् । वडा नं ८..
सोमबार, भाद्र २, २०७६ साल

डडेल्धुरा, २ भदौ
परशुराम नगरपालिकामा झाडापखालाको महामारी फैलिएको छ । झाडापखालाबाट ६६ जना बिरामी परेका नगरपालिकाका स्वास्थ्य शाखा उपसंयोजक हिक्मत धामीले बताउनुभयो ।
वडा नं ८ मा पर्ने जमरानी, गैरी गाउँ, गुप्टेगडाँ, सानुखोला लगायतका क्षेत्रमा शनिबारदेखि झाडापखालाको प्रकोप फैलिएको उहाँले बताउनुभयो । दुई जनाको जोगबुडास्थित अस्पतालमा उपचार भइरहेको छ भने एक जनालाई थप उपचारका लागि सेती अञ्चल अस्पताल धनगढी पठाइएको धामीले बताउनुभयो..
सोमबार, भाद्र २, २०७६ साल

गाईघाट, २ भदौ
उदयपुर जिल्लाको तराई क्षेत्रका भूभागमा केही दिनदेखि डेङ्गु फैलन थालेको छ । केही हप्तायता आएर जिल्लाको पूर्वी क्षेत्रको बेलका चौदण्डीगढी, त्रियुगा नगरपालिकासहित जिल्लाको पश्चिमी क्षेत्रको कटारी क्षेत्रमा समेत डेङ्गु फैलन थालेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार अहिले सबैभन्दा बढी डेङ्गु कटारी क्षेत्रमा फैलन थालेको र त्यसपछि क्रमशः त्रियुगा नगरपालिकाको गाईघाट र चौदण्डीको बेल्टार बसाहा तथा बेलकाको रामपुर..
आईतवार, भाद्र १, २०७६ साल

काठमाडौँ, १ भदौ
भक्तपुर क्यान्सर अस्पतालले स्थापना कालदेखि नै सस्तो तथा सुलभ ढङ्गले बिरामीको सेवा गर्दै आएको जनाएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सो अस्पतालको व्यवस्थापन समितिले दिएको जानकारीअनुसार अस्पतालले अर्बद रोगका बिरामीलाई रु एक लाखसम्ममा उपचार गर्दै आएको जनाएको छ ।
अस्पाताल व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठले १५ शय्याबाट शुरु भएको अस्पतालमा हाल १०० शय्या रहेको बताउँदै अरु अस्पतालमा..
आईतवार, भाद्र १, २०७६ साल

काठमाडौँ, १ भदौ ।
सिरहास्थित मिर्चैया नगरपालिका–३ राघोपुरकी शोभादेवी चौधरीलोरी व्यथा लागेपछि परिवारका सदस्यले एम्बुलेन्समा लहान–३ अस्पताल चोकस्थित सुनिता श्रेष्ठको निजी क्लिनिकमा लगे। तीन छोरीकी आमा शोभा मिर्चैयामा अस्पताल भए पनि लहानमा भरपर्दो उपचारको आसमा आएकी थिइन्। उनले पहिला पनि नर्सिङ निरीक्षक श्रेष्ठसँग जाँच गराएकी थिइन्। त्यसैले उनी श्रेष्ठकै क्लिनिकमा आएकी हुन्।
त्यहाँ आएपछि श्रेष्ठले मेरीगोल्ड हेल्थ पोलिक्लिनिक एन्ड डाइग्नोस्टिक सेन्टरमा पठाएको..
शनिबार, श्रावन ३२, २०७६ साल

काठमाडौँ, ३२ साउन
हाम्रो शरीरका लागि कलेजो निकै महत्वपूर्ण अंग हो । त्यसैले यसको स्वास्थ्यबारे हामी निकै सचेत हुनुपर्छ । तल दिइएका सात लक्षण देखिए कलेजोबारे समयमा नै सचेत हुनुपर्छः
छाला चिलाइरहने
हाम्रो छाला अत्यधिक चिलायो भने हामीले बुझ्नु पर्छ, कलेजोमा समस्या भएको हुनसक्छ । किनकि हाम्रो रगतमा कलेजो बिग्रिएर बाइल जम्मा भएमा हामीलाई अत्यधिक चिलाउँछ ।
छालामा विमिरा देखिनु
छालामा ससाना फोका देखिएका छन् भने..
शुक्रबार, श्रावन ३१, २०७६ साल

सुरुङ्गा, ३१ साउन ।
झापाको दमकमा तीन महीना अघि देखा परेको डेङ्गु रोग अझै नियन्त्रणमा आएको छैन । अहिले दमकका विभिन्न अस्पतालमा डेङ्गुका बिरामीको सङ्ख्या १२० नाघेको छ ।
दमक नगरपालिका स्वास्थ्य शाखा प्रमुख इन्द्र अर्यालका अनुसार दमक अस्पतालसहित आम्दा, लाइफलाइन, एडभान्स अस्पताललगायतमा डेङ्गुका बिरामीले उपचार गराइरहेका छन् । डेङ्गुको सङ्क्रमणले महामारीको रुप लिएपछि अहिले बिरामीलाई अस्पताल भित्र झुल टाँगेर राखिएको छ..
शुक्रबार, श्रावन ३१, २०७६ साल

काठमाडौँ, ३१ साउन ।
प्रधानमन्त्रीको स्वास्थ्य ठीक रहेको उनको सचिवालयले जनाएको छ । ‘प्रधानमन्त्रीको स्वास्थ्य ठीक छ, उहाँ भोलि शुक्रबार बिहानैबाट नियमित भेटघाट र बैठकहरूमा संलग्न रहनुहुनेछ । उहाँको स्वास्थ्य अवस्थाप्रति निश्चिन्त रहन आग्रह गर्दै चासो राख्नुहुने सबै शुभचिन्तकमा धन्यवाद छ,’ प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले बिहीबार राति ट्विट गरेका छन् ।
चिकित्सकले ओलीलाई आराम गर्न सुझाब दिएका छन् । ओली अस्वस्थ..
बिहिवार, श्रावन ३०, २०७६ साल

दमक, ३० साउन
पछिल्लो साता झापाको दमकमा डेङ्गुको सङ्क्रमण बढ्दै गएको देखिएको छ । तीन वर्षअघि दमकमा डेङ्गुले महामारीका रुपमा देखापरेको डेङ्गुको सङ्क्रमण यस वर्ष पनि अहिले ह्वात्तै बढ्दै गएको हो ।
दमक नगरपालिकाको स्वास्थ्य शाखाप्रमुख इन्द्र अर्यालका अनुसार दमकको जिल्ला अस्पताल दमकसहित अन्य निजी अस्पतालमा डेङ्गुका बिरामी भर्ना हुने क्रम बढेको पाइएको छ ।
सरकारी दमक अस्पतालसहित यहाँका आम्दा, लाइफलाइन, नमस्ते र..
बिहिवार, श्रावन ३०, २०७६ साल

काठमाडौं, ३० साउन ।
प्रदेश ३ का १ सय २१ वटा विद्यालयमा 'एक विद्यालय एक नर्स' कार्यक्रम विस्तार गरिने भएको छ। कार्यक्रमकी संयोजक नर्स मिलन घिमिरेका अनुसार कार्यक्रम प्रभावकारी भएकाले १ सय १९ स्थानीय तहको १ सय २१ विद्यालयमा विस्तार गरिन लागेको हो।
प्रक्रिया अगाडि बढिसकेको र छनोट कार्यक्रम हुँदै गरेको घिमिरेकाे भनाइ छ । यसका लागि प्रदेशले ६ बरोड ६५ लाख बजेट छुट्याइएको..
बुधबार, श्रावन २९, २०७६ साल

विराटनगर, २९ साउन
प्रदेश नं–१ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले गएको वैशाखदेखि सुनसरीको धरानमा देखिएको डेङ्गुले प्रदेशभरिमा तीन हजार १५२ जना प्रभावित भएको बताउनुभएको छ ।
प्रदेशसभाको बैठकमा विभिन्न सदस्यले उठाएको प्रश्नको जवाफको क्रममा आज उहाँले सो जानकारी दिनुभएको हो । उहाँले डेङ्गु सुनसरीको धरानबाट फैलिँदै अन्य जिल्लामा विस्तार भएको र सुनसरीमा सबै भन्दा बढी तीन हजार २५ बिरामी रहेको बताउनुभयो ।
मन्त्री..
बुधबार, श्रावन २९, २०७६ साल

भक्तपुर, २९ साउन
भक्तपुर क्यान्सर अस्पतालमा अनियमितता भएको दावीसहित त्यसलाई रोक्न माग गर्दै भक्तपुर नगरपालिका वडा नं १ देखि १० सम्मका वडावासीले आज भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई ज्ञापनपत्र बुझाएका छन् ।
नगरवासीले अस्पतालमा भ्रष्टाचार भएको आरोप लगाउँदै त्यसलाई रोकेर अस्पताल सञ्चालनमा भूमिका निर्वाह गर्न नगरप्रमुख प्रजापतिलाई ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्र बुझेपछि नगरप्रमुख प्रजापतिले क्यान्सर अस्पताल कुनै निजी व्यक्तिले खोलेको नभई..
बुधबार, श्रावन २९, २०७६ साल

हेटौँडा, २९ साउन ।
हेटौँडामा डेङ्गुले महामारीको रूप लिन थालेपछि नियन्त्रण अभियानमा आजबाट नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी सहभागी भएका छन् ।
हेटौँडाको पशुपति मन्दिर परिसरबाट ठूलो सङ्ख्यामा सर्वसाधरण, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, राजनीतिक दलका पदाधिकारी, प्रदेशसभा सदस्य, नेपाली सेना, प्रहरी तथा सशस्त्र प्रहरीका अधिकृत हेटौँडा उपमहानगरपालिकाका पदाधिकारी, नगर प्रहरीलगायत सयौँको सङ्ख्यामा स्थानीयवासी तथा सुरक्षाकर्मी बिहानैबाट लामखुट्टे नष्ट गर्ने अभियान ‘सर्च..
मंगलवार, श्रावन २८, २०७६ साल

काठमाडौँ, २८ साउन
जापानी डाक्टरहरुको समूहले गरेको एक अध्ययनले तातोपानी स्वास्थ्यका लागि शतप्रतिशत फाइदाजनक भएको पत्ता लगाएको छ ।
हरेक दिन विहान खाली पेटमा करिब चार गिलास तातो पानी पिउनाले माइग्रेन, उच्च रक्तचाप, न्यून रक्तचाप, जोर्नी दुख्ने, एक्कासी मुटुको गती घट्ने बढ्ने जस्ता समस्यामा फाइदा हुने बताईएको छ ।
त्यस्तै क्यालेस्ट्रोल नियन्त्रण , खोकी, शारीरिक असहजता, आस्थामा, पिसाबसम्बन्धी रोग, नसा सम्बन्धी रोग, पेटको..
मंगलवार, श्रावन २८, २०७६ साल

हेटौँडा, २८ साउन
मकवानपुरमा डेङ्गुका बिरामीको सङ्ख्या बढ्दै गएको छ । हालसम्म डेङ्गुका बिरामीको सङ्ख्या बढेर १२४ पुगेको छ ।
साउन १० गते यहाँ डेङ्गुको सङ्क्रमण देखिएको थियो । डेङ्गुबाट जोगिन लामखुट्टे नियन्त्रणको आवश्यकता छ । सरसफाइ तथा लामखुट्टे नियन्त्रण अभियान सञ्चालन गरिएको स्वास्थ्य कार्यालयका प्रमुख शशीकान्त सिंहले जानकारी दिनुभयो । बालबालिका, वृद्धवृद्धा, गर्भवती र सुत्केरीलगायत डेङ्गुबाट प्रभावित छन् ।
डेङ्गुबाट सबैभन्दा बढी..
मंगलवार, श्रावन २८, २०७६ साल
.jpg)
काठमाडौँ, २८ साउन
‘गोल्डेन ब्लड’ रगतको एक प्रकार हो । संसारमा यो ग्रुपको रगत अति दुर्लभ छ ।
त्यसैले, गोल्डेन ब्लड भएका मानिसलाई विशेष मानिन्छ । तर, कहिलेकाहीँ यो ब्लड ग्रुप हुनु उनीहरुकै लागि खतरा पनि बन्न सक्छ ।
गोल्ड ब्लड ग्रुपपको असली नाम आरएच नल (Rh null) हो । आरएच नल के हो ? यसलाई किन यति महत्वपूर्ण मानिन्छ ? अनि यो..
मंगलवार, श्रावन २८, २०७६ साल

काठमाडौँ, २८ साउन ।
नेपालका औषधि उद्योगले सोझै चीनबाट कच्चा पदार्थ ल्याएर उत्पादन गरे औषधि करिब ४० प्रतिशत सस्तो पर्ने विज्ञहरूले बताएका छन् । मुलुकमा करिब ८० प्रतिशत औषधिको कच्चा पदार्थ भारतबाट आउँछ ।
नेपालमा बर्सेनि ५५ अर्ब रुपैयाँ बराबरको औषधि खपत हुने गरेको छ । सबभन्दा बढी एन्टिबायोटिक र नसर्ने (मुटु, मधुमेहलगायत) रोगका औषधि बढी खपत हुन्छ ।
‘चीनबाट सोझै कच्चा पदार्थ..
सोमबार, श्रावन २७, २०७६ साल

काठमाडौँ, २७ साउन
नङको काम हात-खुट्टाका औलाको सौन्दर्य बढाऊने मात्र होइन । यसले शरीरभित्र लुकेर रहेका बिभिन्न रोगबारे संकेत पनि दिने गर्छ । नङमा आउने रङको परिवर्तनले शारीरिक तथा मानसिक स्वास्थ्यबारे जानकारी दिन्छ भन्ने ।
यदि नङमा सेतो दाग, गुलाबीपना या धर्सो देखिएमा त्यो कुनै गम्भीर रोगको संकेत पनि हुन सक्छ । लिभर, मुटु, फोक्सो, छाला एवं मानसिक स्वास्थ्य समस्या सम्बन्धि समस्याको..
सोमबार, श्रावन २७, २०७६ साल

काठमाडौँ, २७ साउन
नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंह अस्पतालबाट ‘डिस्चार्ज’ हुनुभएको छ । ‘हाइ सुगर’, उच्च ज्वरो र पिसाबमा सङ्क्रमण देखिँदा गत सोमबार ललितपुरको मेडिसिटी अस्पताल भर्ना हुनुभएका नेता सिंहको स्वास्थ्यमा सुधार आएपछि आज ‘डिस्चार्ज’ हुनुभएको उहाँका सहयोगी युपी लामिछानेले जानकारी दिनुभयो ।
नेता सिंहलाई डा मिमि गिरी नेतृत्वको टोलीले उपचार गरेको थियो । नेता सिंहलाई अझै केही दिन घरमा बसेर आराम..
सोमबार, श्रावन २७, २०७६ साल

काठमाडौँ, २७ साउन
नङले हात-खुट्टाका औलाको सौन्दर्य बढाऊने मात्र होइन शरीरभित्र लुकेर रहेका बिभिन्न रोगबारे संकेत पनि दिने गर्छ ।
नङमा आउने रङको परिवर्तनले शारीरिक तथा मानसिक स्वास्थ्यबारे जानकारी दिन्छ भन्ने । यदि नङमा सेतो दाग, गुलाबीपना या धर्सो देखिएमा त्यो कुनै गम्भीर रोगको संकेत पनि हुन सक्छ ।
लिभर, मुटु, फोक्सो, छाला एवं मानसिक स्वास्थ्य समस्या सम्बन्धि समस्याको संकेत नङले पनि..
सोमबार, श्रावन २७, २०७६ साल

काठमाडौँ, २७ साउन ।
नियमित स्वास्थ्य परीक्षणका लागि सिंगापुर पुगेका प्रधानमन्त्री केपी शर्मा ओली सोमबार स्वदेश फर्कदै छन् । सोमबार अपराह्न थाइ एयरलाइन्सबाट उनी काठमाडौं फर्किने बताइएको छ ।
यसअघि ओली आइतवार स्वदेश फर्कने तयारीमा थिए । तर, स्वास्थ्य परीक्षण सम्बन्धी सबै रिपोर्ट आउन समय लागेपछि उनको सिंगापुर बसाई लम्बिएको हो ।
स्वास्थ्य परीक्षण सम्बन्धी सबै रिपोर्ट सकारात्मक भएको पाइएपछि प्रधानमन्त्री सोमबार दिउँसो..
आईतवार, श्रावन २६, २०७६ साल

एजेन्सी, २६ साउन
मेथीदानामा अत्यधिक पौष्टिक तत्व पाइन्छन् । यसलाई राती भिजाएर बिहान खाली पेटमा मज्जाले चपाएर खाँदा र यसको पानी पनि पिउँदा विभिन्न स्वास्थ्य समस्यालाई फाइदा पुर्याउने गर्दछ ।
के हुन् मेथी दानाका फाइदा ?
भारतको उत्तराखण्ड आयुर्वेदिक विश्वविद्यालयका स्वस्थ वृत्त विभागका एचओडी डा. अवधेश मिश्राका अनुसार मेथीले भोक बढाउँछ र यसको नियमित सेवनले पित्त, कफ र ज्वारोको समस्यालाई टाढा राख्छ ।
मेथीमा..
आईतवार, श्रावन २६, २०७६ साल

काठमाडौँ, २६ साउन
प्रकृतिले फलफूलमा धेरैथरी रंग दिएका हुन्छन् । स्याउ रातो हुन्छ, सुन्तला पहेंलो । प्रकृतिले सागसब्जीमा किन अनेकथरी रंग दिएको होलान् ? कुनै हरियो हुन्छ, कुनै बैजनी ।
प्रकृतिले हाम्रो खानेकुरामा थरीथरीको रंग दिएको छ । खास कुरा त के भने प्रकृतिमा जसरी सात रंग हुन्छ, हामीले खाने फलफूल, सागसब्जी आदिमा पनि सात रंग हुन्छ । साथै यी सात रंग..
शनिबार, श्रावन २५, २०७६ साल

काठमाडौँ, २५ साउन
मानिस प्रायः कान चिलाउँदा कन्याउन हातका औँला प्रयोग गर्छन् । यति मात्रै नभएर कानभित्र सिन्का, सिसाकलम, कनकर्नुजस्ता तीखा वस्तु पनि घुसार्छौँ ।
तर, कानभित्र यस्ता वस्तुको प्रयोग घातक हुन सक्छ । लगातार कान चिलाउँछ भने तपाईंको कानमा इन्फेक्सन भएको हुन सक्छ । चिलाइ मार्न कानभित्र औँला घुसार्दा उल्टै इन्फेक्सन बढ्ने खतरा हुन्छ ।
सबैभन्दा पहिले कान किन चिलाउँछ, त्यसमा ध्यान..
शुक्रबार, श्रावन २४, २०७६ साल

काठमाडौँ, २४ साउन ।
चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्जले स्नातक तहका शैक्षिक कार्यक्रममा पाँच प्रतिशत शुल्क वृद्धि गरेको छ ।
त्रिभूवन विश्वविद्यालयअन्तर्गत संस्थान सञ्चालित रहेको छ । शैक्षिक कार्यक्रमअन्तर्गत संस्थानले एमबिबिएस र बिडिएससहित अन्य ११ विभिन्न विषयको अध्यापनमा शुल्क वृद्धि गर्ने निर्णय संस्थान अन्तर्गतको विद्या परिषद्को बैठकले बिहीबार गरेको थियो । तर सो निर्णय सार्वजनिक गरिएको छैन ।
चिकित्सा शिक्षा ऐन विपरीत संस्थानले सो..
बिहिवार, श्रावन २३, २०७६ साल

चितवन, २३ साउन ।
प्रसूति सेवामा नेपालमा नै अग्रणी मानिएको भरतपुर अस्पतालमा बच्चा जन्माउने महिलाको सङ्ख्या बढ्दो छ ।
गत आर्थिक वर्षमा १३ हजार ५४५ महिलाले अस्पतालमा बच्चा जन्माएका हुन् । तीमध्ये १३ हजार ३२७ जीवित बच्चा जन्मेका थिए भने बाँकी मृत अवस्थामा जन्मेका थिए ।
अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार हरेक वर्ष सुत्केरी हुने आमाको सङ्ख्या बढ्दो छ । प्रसूतिगृह पछि..
बिहिवार, श्रावन २३, २०७६ साल

प्राय सबैले अनुभव गर्नु भएकाे हाेला टन्न खाना खाए लगत्तै हामीलाई निन्द्रा लाग्छ। खाना खाए लगत्तै धेरैलाई आराम गर्नु पर्ने वा सुत्नु पर्ने हुन्छ ।
केहि मानिसहरूले त खानापछि आराम गर्ने वा केही बेर सुत्ने तालिका नै बनाएका पनि हुन्छन्। कसैलाई प्रत्येक दिन खानालगत्तै निद्रा नलाग्न पनि सक्छ। तर, वास्तविकता के हो भने प्रायःलाई खाना खाएपछि निद्रा लाग्ने गर्छ।
चिकित्सकसँग यस विषयमा कुराकानी गर्दा..
Results 1080: You are at page 8 of 36