शनिबार, कार्तिक २, २०७६

    स्वास्थ्य

    कर्मचारीको हस्ताक्षर अभियान, क्यान्सर अस्पतालमा पदाधिकारी प्रवेश निषेध

    सोमबार, भाद्र १६, २०७६ साल
    भक्तपुर, १६ भदौ भक्तपुर क्यान्सर अस्पतालका कर्मचारीले नेपाल अर्बुद रोग निवारण संस्थाका अनियमितताको आरोपी पदाधिकारीलाई अस्पताल प्रवेश निषेध गरेका छन् ।   देशभरिका क्यान्सर बिरामीको उपचार गराउने अस्पतालमा अनियमितता गरेको आरोप लागेका संस्थाका अध्यक्ष लोकेन्द्रबहादुर श्रेष्ठ ‘ईश्वर’ र महासचिव विमलकुमार होडालाई भक्तपुर क्यान्सर अस्पताल कर्मचारी कल्याणकारी समितिले अस्पताल प्रवेशमा निषेध गरेको हो ।  अस्पतालमा आज आयोजित विरोध कार्यक्रममा कर्मचारीले हस्ताक्षर अभियानसमेत सञ्चालन गरेर संस्थामा..

    डेङ्गु किटको अभाव हुन दिँदैनौँ : महानगर प्रमुख दाहाल

    सोमबार, भाद्र १६, २०७६ साल
    चितवन, १६ भदौ भरतपुर महानगरपालिकाले डेङ्गुको परीक्षणका लागि सरकारी अस्पतालमा किटको अभाव हुन नदिने जनाएको छ । भरतपुर अस्पतालमा गत शुक्रबारदेखि किटको अभावमा डेङ्गुको परीक्षण रोकिएको छ ।  महानगरप्रमुख रेनु दाहालले डेङ्गु परीक्षणका लागि आवश्यक पर्ने किट सरकारी अस्पतालमा उपलब्ध गराइने बताउनुभयो । भरतपुर अस्पतालले किटको अभाव भएको भन्दै आइतबार भरतपुर महानगरपालिकालाई पत्राचार गरेको थियो । त्यसलगत्तै महानगरले इपिडिमियोलोजी तथा रोग नियन्त्रण..

    डेङ्गु रोग स्वास्थ्य मन्त्रालयले मात्र नियन्त्रण गर्न सक्दैन : राज्यमन्त्री डा यादव

    आईतवार, भाद्र १५, २०७६ साल
    काठमाडौँ, १५ भदौ । पछिल्लो समय देशका ४५ भन्दा बढी जिल्लामा देखापरेको डेङ्गु रोग नियन्त्रण गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो एकल प्रयासले मात्र सम्भव नहुने जनाएको छ ।  अघिल्लो आवमा तीन हजार ८३४ जनामा देखिएको सो रोगको सङ्क्रमण चालू आवको एक महीना १२ दिनमा एक हजार ५३७ जनामा प्रमाणित भएको छ । एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सो रोग सङ्क्रमण हुने..

    १२ जनामा डेङ्गु, सङ्क्रमणबाट जोगिन के गर्ने ?

    आईतवार, भाद्र १५, २०७६ साल
    भक्तपुर, १५ भदौ  देशभरि फैलँदै गएको डेङ्गुको असरले भक्तपुर जिल्लालाई पनि  उच्च जोखिममा पारेको छ ।  जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत पार्थमणि न्यौपानेले गत वर्षभन्दा यस वर्ष चार दोब्बर डेङ्गुको बिरामी भेटिएकाले यो जिल्ला डेङ्गुको उच्च जोखिममा परेको जानकारी दिनुभयो ।  भक्तपुर अस्पतालमा कार्यरत एक कर्मचारीसहित अहिलेसम्म १२ जनामा डेङ्गुको सङ्क्रमण फेला परेको हो । अहिले दुई जनाको सोही अस्पतालमा र अन्यको टेकु..

    बढ्दै किशोरी आमा

    आईतवार, भाद्र १५, २०७६ साल
    काठमाडौँ, १५ भदौ ।   “रातभर सुत्न पाउँदिनँ, अनिँदो रहनुपर्दा दिनमा नि काम गर्न सक्दिनँ अनि सुुरु हुन्छ सासूको कचकच,” यी भनाइ हुन् १६ वर्षमै भागी विवाह गरेपछि १७ को उमरमै आमा बनेकी सवनम स्याङ्तानको ।  नुवाकोट तादी गाविस, अमारे–६ निवासी आफैँ खेल्ने उमेरकी स्याङ्तानले बच्चा जन्माएपछि पाएको सास्ती बयान गर्दै भन्नुहुन्छ, “मैले स्याहार्न नजानेर हो कि, के भएर हो, बच्चा धेरैजसो..

    एम्बुलेन्स सेवा शुरु हुँदा स्थानीयवासीलाई सहज

    शनिबार, भाद्र १४, २०७६ साल
    मान्म, १४ भदौ  जिल्लाको रास्कोट नगरपालिकाले एम्बुलेन्स खरीद गरेको छ । नगरवासीको सेवासुविधाका लागि एम्बुलेन्स खरीद गरिएको हो । एम्बुलेन्स नहुँदा बिरामीलाई स्टेचर, डोको र पिठ्युमा बोकेर अस्पताल लैजानुपर्ने बाध्यता रहेको थियो ।    ‘नगरवासीको सेवासुविधालाई ध्यान दिएर एम्बुलेन्स किनिएको हो”, नगरपालिका प्रमुख काशीचन्द्र बरालले भन्नुभयो ।  “विगतमा जिल्ला अस्पतालसम्म बिरामी बोक्न दुई दिन लाग्थ्यो”, उहाँले भन्नुभयो, “अब सडक पुगेको छ, एम्बुलेन्सबाट बिरामी बोक्न..

    डेंगु नियन्त्रणबाहिर, स्वास्थ्य मन्त्रालय भन्छ- हामी एक्लैले नियन्त्रण गर्न सकेनौं

    शुक्रबार, भाद्र १३, २०७६ साल
    काठमाडौँ, १३ भदौ । प्राणघातक रोग डेंगुको प्रकोप दिन प्रतिदिन बढ्दै गएको छ । समयमै गम्भीर नभएको अवस्थामा यसले विकराल रूप लिने आशंका बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगु नियन्त्रण आफ्नो एकल प्रयासबाट सम्भव नरहेको समेत प्रस्ट पारेको छ । डेंगु नियन्त्रणभन्दा त्यसको प्रकोप बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियन्त्रणका लागि आमनागरिकसमक्ष आग्रह गरेको छ । डेंगुको प्रकोप..

    लामो आयु चाहनुहुन्छ ? बेस्सरी हिँड्नुहोस्

    बिहिवार, भाद्र १२, २०७६ साल
    काठमाडौँ, १२ भदौ  तपाईंले पैदलयात्रामा गति बढाएर जीवनका केही वर्ष थप्न सक्नुहुन्छ । वैज्ञानिकहरूका अनुसार सुस्त गतिमा हिँड्नुभन्दा औसत गतिको हिँडाइले कुनै पनि कारणले हुने मृत्युलाई २० प्रतिशतसम्म कम गर्न सक्छ ।   एक ब्रिटिश जर्नल अफ स्पोर्ट्स मेडिसिनमा प्रकाशित रिपाेर्ट अनुसार, चालको गतिको प्रभावलाई वृद्धहरूमा बढी स्पष्ट रूपमा देखियो । औसत गतिमा हिँड्ने ६० वा त्यसभन्दा बढी उमेरका व्यक्तिहरूमा मुटुसम्बन्धी रोगबाट हुने..

    दुवै मिर्गौैला खराब भएका युवालाई सहयोगको अपिल

    बिहिवार, भाद्र १२, २०७६ साल
    बलेवा, १२ भदौ बागलुङ नगरपालिका–१० भकुण्डेका एक युवाको दुवै मिर्गौला काम नलाग्ने भएको छ । वडाध्यक्ष प्रेमबहादुर थापाका छोरा २८ वर्षीय रबिन थापा बिरामी परेपछि जचाउन पुग्दा सो समस्या भेटिएको हो । रबिनको मिर्गौलामा समस्या देखिएपछि प्रत्यारोपण गर्नुपर्ने भएको छ । अङ्ग प्रत्यारोपणका लागि लाखौँ खर्च हुने भएकाले परिवारका सदस्यले सहयोगको याचना गरेका छन् । घरको आर्थिक अवस्थाले उपचार गर्ने सम्भव नभएपछि..

    प्रधानमन्त्री ओलीको उपचार अवधि लम्बियो, कस्तो छ स्वास्थ्य अवस्था ?

    बिहिवार, भाद्र १२, २०७६ साल
    काठमाडौं, १२ भदौ ।  शरीरमा मिर्गौलासम्बन्धी एन्टिबडी निष्काशन गर्न प्लाज्मा फेरेसिस उपचार विधि अपनाउँदै आएका प्रधानमन्त्री केपी शर्मा ओलीको सिंगापुर बसाई लम्बिएको छ। शरीरमा बढेको मिर्गौलासम्बन्धी एन्टिबडी नष्ट गर्न यो स्वास्थ्योपचार सुरु गरिएको हो। सिंगापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा उपचाररत प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य छ। प्रधानमन्त्री ओलीको उपचारअवधि लम्बिएपछि निजी चिकित्सक डा. दिव्यासिंह शाह स्वदेश फर्किएकी छन्। प्रधानमन्त्रीको स्वास्थ्य अवस्था जानकारी गराउँदै मुख्य..

    बालकृष्णलाई आफ्नै कर्मचारीले विष खुवाएको खुलासा

    बिहिवार, भाद्र १२, २०७६ साल
    काठमाडौं, १२ भदौ ।  आचार्य बालकृष्णलाई उहाँनिकटकै पूर्वकर्मचारीले पेडामा विष मिसाए खुवाएको तथ्य फेला परेको छ। केही वर्षसम्म पतञ्जली योगपीठको मुख्यालयमा कार्यरत अग्रवाल थरका पूर्वकर्मचारीले कृष्ण जन्माटमीको दिन पेडामा विष खुवाएर हत्या प्रयास गरेको खुलेको हो। कृष्ण जन्माष्टमीको दिन गुरुको हैसियतले एक पाकेट पेडा लिएर हरिद्वारस्थित निवासमा आएका ती कर्मचारीले धेरै पेडामध्ये आफ्नै हातले विष मिसाएको पेडा खान दिएको खुलेको छ। आचार्य..

    हिमालय आँखा अस्पतालद्वारा २० लाखको उपचार, साढे ४ लाखको शल्यक्रिया

    बुधबार, भाद्र ११, २०७६ साल
    पोखरा, ११ भदौ । नेत्र ज्योति सङ्घ कास्कीद्वारा सञ्चालित हिमालय आँखा अस्पताल, पोखराले स्थापनाको साढे दुई दशकमा २० लाख आँखाका बिरामीको उपचार गरेको छ भने साढे चार लाखको मोतियाविन्दुको शल्यक्रिया गरेको छ । साविकका गण्डकी, धौलागिरि र कर्णाली अञ्चललाई मुख्य सेवा क्षेत्र बनाएको अस्पतालबाट दैनिक ५०० बिरामीले आँखाको उपचार सेवा लिँदै आएका छन् । अघिल्लो वर्ष मात्रै एक लाख ४६ हजार बिरामीले..

    फाइदाजनक भटमास यस्ता व्यक्तिका लागि बिष समान हुन सक्छ

    बुधबार, भाद्र ११, २०७६ साल
    काठमाडौँ, ११ भदौ  खान–पिनमा शौकीन व्यक्तिलाई खाद्य पदार्थको लाभ तथा हानीबारे कुराले फरक पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ छाड्दैनन् ।  तर आफ्नो स्वास्थ्यको ख्याल राख्नेहरु हरेक समयमा हरेक खाद्य पदार्थको राम्रा तथा नराम्रा गुणबारे जानकारी हासिल गर्न इच्छुक हुन्छन् । यसकारण यो आलेखमा हामी तपाईलाई भटमास (सोयाबीन)सँग सम्बन्धित केही कुराहरु बताउँदै छौं ।  भटमासलाई प्रोटीनको स्रोत मानिन्छ..

    आयातित पत्रुखानाले अल्पायु मृत्यु

    बुधबार, भाद्र ११, २०७६ साल
    काठमाडौँ, ११ भदौ ।  धेरै नेपाली घरको अत्यावश्यक ब्रेकफास्टका रुपमा सिरियल लोकप्रिय भइरहेको छ। नेपाली बजारमाअन्तर्राष्ट्रिय ब्रान्डका यस्ता खाद्यपदार्थ उपलब्ध छन्। सिरियल सामान्यता भुटेको मकै, गहुँ आदिबाट बनाइन्छ। नेपाली बजारमा उपलब्ध यस्ता ब्रान्डलाई अति प्रशोधित (पत्रुखाना) खाद्यवस्तुका रुपमा पोषणविद्ले चित्रण गर्दै आएका छन्। यस्ता अधिकांश खाद्य पदार्थमा फाइबर र प्रोटिन हुँदैन, अत्यधिक चिनी पाइन्छ। यसले रगतमा चिनीको मात्रा बढाउन सक्छ। ब्रिटिस मेडिकल..

    परिवार नियोजनका साधन प्रयोग गर्न नमान्दा १० वर्षमा ७ पटक गर्भपतन !

    बुधबार, भाद्र ११, २०७६ साल
    काठमाडौँ, ११ भदौ ।  उमेरले तीन दशक पनि नकाटेकी उनको अनुहारमा चाउरी देखिन्छ । शरीर पनि ख्याउटे छ । काखमा पाँच सन्तान छन् । थोरै काम धेरै थकानले उनी दिक्क छिन् । २७ वर्षको उमेरमा सात पटक गरेको गर्भपतनका कारण शारीरिक, मानसिक र आर्थिक हिसाबले कमजोर भइसकेको उनी बताउँछिन् । ‘पाँचचोटि त औषधि खाएर बच्चा फालें । दुई पटक अप्रेसन गरें,’..

    क्यान्सर अस्पतालमा सबै प्रकारका रोगको शल्यक्रिया सेवा शुरु

    मंगलवार, भाद्र १०, २०७६ साल
    मध्यपुरथिमि, १० भदौ   भक्तपुर क्यान्सर अस्पतालले क्यान्सर रोगसँगै अन्य सबै किसिमका रोगहरुको शल्यक्रिया सेवा शुरु गरेको छ । अस्पतालका मेडिकल डाइरेक्टर एवं अस्पताल व्यवस्थापन समितिका सदस्य सचिव प्राडा ऋषिकेशनारायण श्रेष्ठले यही भदौ १ गतेदेखि अस्पतालले सबै किसिमका रोगहरुको शल्यक्रिया सेवा शुरु गरेको जानकारी दिनुभयो ।    देशभरिका क्यान्सर रोगीहरुको उपचार गर्दै आएको अस्पतालले भक्तपुर नगरपालिकाका प्रमुखको अध्यक्षतामा गठन भएको अस्पतालको नयाँ व्यवस्थापन समिति..

    प्रधानमन्त्रीको स्वास्थ्यः दिन बिराएर ‘प्लाज्माफेरेसिस’

    मंगलवार, भाद्र १०, २०७६ साल
    काठमाडौँ, १० भदौ ।  प्रधानमन्त्री केपी शर्मा ओलीको शरीरमा देखिएको ‘मृगौलासम्बन्धी एन्टिबडी’ को उपचारअन्तर्गत ‘प्लाज्माफेरेसिस’ प्रक्रिया ७ पटक गरिने भएको छ । बिहीबार सिंगापुर पुगेका प्रधानमन्त्री ओलीको शुक्रबारदेखि नेसनल युनिभर्सिटी अस्पतालमा दिन बिराएर ‘प्लाज्माफेरेसिस’ थालिएको हो । हालसम्म उनको शुक्रबार र आइतबार गरी दुई पटक प्लाज्माफेरेसिस भइसकेको छ । मंगलबार फेरि गरिँदै छ ।  सिंगापुरबाट प्राप्त जानकारीअनुसार उनको शरीरका लागि आवश्यकभन्दा भिन्न प्रकारको..

    कास्कीमा डेङ्गु नियन्त्रणबाहिर, ३ साताभित्र २ सय ८० जना सङ्क्रमित

    सोमबार, भाद्र ९, २०७६ साल
    चिप्लेढुङ्गा, ९ भदौ   कास्कीमा फैलिँदै गएको डेङ्गुको सङ्क्रमण नियन्त्रणबाहिर गएको छ । डेङ्गु नियन्त्रणका लागि विभिन्न सरोकारवालाले सचेतना एवं अन्तरक्रिया कार्यक्रम गरे पनि नियन्त्रण नभएपछि सबैलाई चिन्ताको विषय बनेको छ । कास्कीमा गत वर्ष पनि छ सयमा डेङ्गु देखिएको थियो ।    यस वर्ष तीन साताभित्र २८० मा डेङ्गु देखिसकेको छ । पोखरा महानगरपालिका–८ भित्र रहेको कवाडी सङ्कलन केन्द्रबाट सो रोग फैलिएको बताइएको..

    मिर्गौला जाेगाउन यी ३ चिज तपाईँले छाड्नैपर्छ !

    बुधबार, भाद्र १८, २०७६ साल
    काठमाडौँ, ८ भदौ व्यस्त जीवनशैली र सही खानपान नहुनुको असर प्रत्यक्ष रुपमा हाम्रो स्वास्थ्यमा परिरहेको छ । पछिल्लो समय मुटुसम्बन्धी रोग, मोटोपना र डायबिटिजका साथै मिर्गौलासम्बन्धी समस्या पनि तिव्र रुपमा बढिरहेको छ ।  मिर्गौला स्वस्थ राख्न आवश्यक मानिन्छ  रेनल डाइट ।    के हो रेनल डाइट ? रेनल डाइट यस्तो खाना हो, जसमा सोडियम, फस्फोरस र प्रोटिनको मात्रा केही कम हुन्छ । यस डाइटले रगतमा..

    प्रधानमन्त्री पूर्ण रूपमा खतरामुक्त, यसरी हुँदैछ सिंगापुरमा उपचार

    आईतवार, भाद्र ८, २०७६ साल
    काठमाडौँ, ८ भदौ । करोडौं नेपालीलाई अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे निकै चासो छ । उपचारका लागि सिंगापुर पुगेका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे धेरैले प्रश्नसमेत गरिरहेका छन्, ‘प्रधानमन्त्रीलाई कस्तो होला ?’ प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिलिप शर्माले भने सिंगापुरमा प्रधानमन्त्रीको नियमित उपचार प्रक्रिया थालिएको र उहाको अवस्था सामान्य रहेको जानकारी दिए । डा. शर्माका अनुसार प्रधानमन्त्री ओलीको सिंगापुरस्थित न्यासनल..

    करेला: स्वाद तितो तर फाइदा मिठो !

    शनिबार, भाद्र ७, २०७६ साल
    काठमाडौँ, ७ भदौ  खाँदा तीतो भए पनि करेला स्वास्थ्यका लागि अति लाभदायक हुन्छ । तीतो कतिपयलाई मन नपर्न पनि सक्छ तर करेला तीतो भए पनि महत्त्वपूर्ण औषधि सरह नै भूमिका निर्बाह गर्छ ।  तीते करेला स्वास्थ्यका लागि निक्कै फाइदाजनक हुन्छ। नियमित करेला सेवन गर्नाले हाम्रो शरीरमा देखिने विभिन्न खालका समस्याबाट हामी बच्न सक्छौ।   करेला सेवनका फाइदाहरु बान्ता, हैजा आदि भएमा करेलाको रसमा थोरै पानी..

    मानसिक तनाव खेप्नुपरेको भन्दै २२ चिकित्सकले दिए सामूहिक राजीनामा

    शुक्रबार, भाद्र ६, २०७६ साल
    काठमाडौं, ६ भदाै ।  मानसिक तनाव खेप्नुपरेको भन्दै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका २२ जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन् । प्रतिष्ठानका चिकित्सक तथा कर्मचारीबाट बारम्बार धम्कीसँगै मानसिक तनाव खेप्नुपरेको उनीहरूकाे गुनासाे छ ।  प्रतिष्ठान दाङका २५ जनामध्ये २२ जना चिकित्सकले सामूहिक राजीनामा दिएका हुन् ।चिकित्सकहरुलाई उपकूलपति डा. संगीता भण्डारीले बारम्बार अनुचित बहानामा स्पष्टीकरण सोध्ने, बर्खास्ती, धम्कीलगायत मनोबल खस्काउने खालका दबाब दिएका कारण शारिरीक..

    प्रधानमन्त्री ओली सिंगापुर जानुको कारण पुनः मृगौला ट्रान्सप्लान्ट ?

    बिहिवार, भाद्र ५, २०७६ साल
    काठमाडौँ, ५ भदौ प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि आज पुनः सिंगापुर गएका छन्। प्रधानमन्त्री ओली थाई एयरबाट दिउसो साढे १ बजे सिंगापुरतर्फ  गएका हुन् । यसअघि साउन १८ गते उनी स्वास्थ्य उपचारका लागि सिंगापुर गई एक साताभन्दा बढी समयको उपचारपछि स्वदेश फर्किएका थिए। प्रधानमन्त्री ओलीले सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा उपचार गराउने बताइएको छ। यसअघि पनि उनी सोही अस्पतालमा उपचार गराएर स्वदेश..

    खाजा रकमबाट क्यान्सर पीडितलाई सहयोग

    बिहिवार, भाद्र ५, २०७६ साल
    काठमाडौँ, ५ भदौ  एक विद्यालयमा अध्ययनरत छात्र छात्राले अर्काे विद्यालयमा अध्ययनरत छात्र छात्रालाई आइपरेका समस्या समाधान गर्न गरेका प्रयास उदाहरणीय बनेको छन् । गौरीशङ्कर इङ्लिस बोर्डिङ विद्यालय बालकुमारी इमाडोलमा कक्षा १० मा अध्यययनरत छात्रा छात्राले सागर माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत एक छात्रलाई गरेको सहयोग अरुका लागि अनुकरणीय बनेको छ । गौरीशङ्करका छात्र छात्राले आफ्ना खाजा खर्च कटाई एवं अभिभावकसित सङ्कलन भएको..

    अन्धोपन न्यूनीकरणमा विराटनगर आँखा अस्पतालको महत्वपूर्ण भूमिका

    बिहिवार, भाद्र ५, २०७६ साल
    विराटनगर, ५ भदौ  अन्धोपन न्यूनीकरणमा विराटनगर आँखा अस्पतालको सेवा उल्लेखनीय भएको सरोकारवालाहरूले बताएका छन् ।सामाजिक विकास मन्त्रालय, नेपाल नेत्रज्योति सङ्घ पूर्वाञ्चल क्षेत्रीय उपचार केन्द्र र विराटनगर आँखा अस्पतालद्वारा संयुक्त रुपमा आज यहाँ आयोजित आँखा कान तथा पुनस्र्थापना  वर्तमान स्थिति  र भविष्यका  रणनीति सम्बन्धी एकदिने गोष्ठी शुभारम्भका  सो कुरा बताइएको हो । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले गुणस्तरीय सेवाकै  कारण..

    स्वास्थ्यमा २६ वर्षदेखि संगठन तथा व्यवस्थापन सर्वेक्षण भएन

    बिहिवार, भाद्र ५, २०७६ साल
    काठमाडौँ, ५ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्र्तगत विगत २६ वर्षदेखि स्वास्थ्य क्षेत्रमा आवश्यक पर्ने जनशक्ति,अस्पताललगायतको एकीकृत सर्वेक्षण नहुँदा बिरामी र सेवाग्राही मारमा परेका छन् । समयसमयमा केही अस्पतालको संगठन तथा व्यवस्थापन सर्वेक्षण ( ओ एन्ड एम ) गरिए पनि एकीकृत तवरबाट हुन सकेको छैन ।  नेपालको निजामती सेवामा संगठन तथा जनशक्ति विस्तार तथा संकुचन गर्दा निश्चित आधारसहितको संगठन तथा व्यवस्थापन..

    मण्डनदेउपुरमा कमलपित्तका बिरामी बढे

    बुधबार, भाद्र ४, २०७६ साल
    काभ्रेपलाञ्चोक, ४ भदौ   मण्डनदेउपुर नगरपालिकास्थित वडा नं ७, ८ र ९ का बालबालिका कमलपित्त रोगबाट प्रभावित भएका छन् । सो रोगको प्रकोपले हालसम्म छ देखि १५ वर्षसम्मका बालबालिका प्रभावित भएका हुन् ।    विगत एक महीनादेखि कमलपित्तका कारण तीन वटा वडाका २७ बालबालिकाकोे उपचार गरिरहेको मण्डनदेउपुर नपा–८ का वडाध्यक्ष झलकप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार विशेषगरी वडा नं ७ को कुन्ताबेंसी, ८..

    उदयपुर जिल्लामा डेङ्गुको भय बढ्दै

    बुधबार, भाद्र ४, २०७६ साल
    गाईघाट, ४ भदौ उदयपुर जिल्लाको कटारी नगरपालिकासहित कटारी बजारमा पनि डेङ्गुको भय बढेको छ । एक हप्ताभित्र मात्र कटारी क्षेत्रमा डेङ्गुबाट २९ जनाभन्दा बढी प्रभावित भई बिरामी परेका छन् भने अन्य डेङ्गुबाट प्रभावित बिरामीसमेत अहिले उपचारको लागि कटारी अस्पतालमा आउने क्रम बढ्दै गएको बताइएको छ ।  अस्पतालका प्रमुख डा पवन साहकाअनुसार १५ श्ययाको कटारी अस्पतालमा अहिले डेङ्गुका बिरामीले अस्पतालका श्यया भरिभराउ भएपछि..

    बाँकेको डुडुवा स्वास्थ्यचौकीमा सेवाग्राहीको बढ्दो चाप

    बुधबार, भाद्र ४, २०७६ साल
    नेपालगञ्ज, ४ भदौ  बाँकेको डुडुवा गाउँपालिकास्थित स्वास्थ्यचौकीमा अहिले सेवाग्राहीको चाप थामिनसक्नु भएको छ । दुई वर्षअघिसम्म वर्षमा नौ हजार बिरामी आउने सो स्वास्थ्य केन्द्रमा प्रयोगशालासहितको उपचार सेवा निःशुल्क भएपछि वार्षिक २४ हजार बिरामी उपचारका लागि आउने गरेका छन् ।  स्थानीय तह गठनपछि सो गाउँपालिकाले आफ्नो मातहतको स्वास्थ्यचौकीमा २०७४ फागुनदेखि निःशुल्क प्रयोगशालासहितको  उपचार सेवा उपलब्ध गराउँदै आएकाले सेवाग्राहीको चाप बढेको जनाइएको छ ।..

    आनन्दवन अस्पताल तानियो विवादमा, नक्सा पासविना भवन निर्माण

    बुधबार, भाद्र ४, २०७६ साल
    काठमाडौँ, ४ भदौ ।  गोदावरी नगरपालिका–६ मा रहेको आनन्दवन अस्पतालले नक्सा पासविना भवन निर्माण गरेको रहस्य खुलासा भएको छ।  सो अस्पतालको नयाँ बनेका भवनको नक्सा पास नभएको रहस्य खुलेको हो।   अस्पतालले पाहुना घर, कर्मचारीका लागि आवासगृहलगायत ६ वटा भवन नक्सापासविना बनाएको नगरपालिकाले जानकारी दिएको छ। अहिले ट्रमा सेन्टर भन्दै अस्पतालले २५ करोड ७६ लाख रुपियाँको लागतमा भवन निर्माण गरिरहेको छ। भवन बनाउँदा..
    Results 989: You are at page 4 of 33
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 Next Last
    Weather Forecast