आईतवार, चैत्र २३, २०७६

    स्वास्थ्य

    क्यान्सर अस्पतालले भित्रायो अत्याधुनिक उपकरण, १८ करोडमा खरिद गरिएको अस्पतालको जानकारी

    बुधबार, फागुन २३, २०७४ साल
    काठमाडौँ । फागुन २३  भरतपुरको  बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा अत्याधुनिक प्रविधिको सेकाइ उपकरण भित्रिएको छ । लिनियाक नामक उपकरण रु १८ करोडमा खरिद गरिएको  अस्पतालले जनाएको छ । अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यका अनुसार अहिले सञ्चालनमा रहेका दुईवटा सेकाइका उपकरणभन्दा आधुनिक प्रविधिको उपकरण भित्र्याइएको हो ।  यो उपकरणले बिरामीको क्यान्सर देखिएको कोशिकामा मात्र विकिरणमार्फत रोगको निदान गर्नेछ । हाल सञ्चालनमा रहेका..

    एड्सबाट कञ्चनपुरमा १४२ जनाको मृत्यु, ५० जनाभन्दा बढी बालबालिका संक्रमित

    बुधबार, फागुन २३, २०७४ साल
    भीमदत्तनगर, २३ फागुन  कञ्चनपुरमा एचआइभी एड्सको संक्रमणबाट हालसम्म १४२ जनाको मृत्यु भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार जिल्लामा एचआइभी संक्रमितको संख्या ४८९ जना रहेको छ । कार्यालयका जनस्वास्थ्य निरीक्षक रतन विष्टले जिल्लाका २५८ एचआइभी संक्रमितले महाकाली अञ्चल अस्पतालमा नियमित औषधि सेवन गरिरहेको जानकारी दिए ।  “शुरुवातका दिनमा संक्रमितहरु खुलेर आउन अप्ठ्यारो मान्ने गरेका थिए । पछिल्लो समय उनीहरु स्वास्थ्य..

    चितवनको भरतपुर अस्पतालमा दन्त उपचार सेवा विस्तार

    बुधबार, फागुन २३, २०७४ साल
    चितवन, २३ फागुन ।  भरतपुर अस्पतालको दन्त चिकित्सा विभागमा सेवा विस्तार गरिएको छ ।  दाँतको उपचारको लागि सुविधा सम्पन्न ‘डेण्टल चियर’ राखिएको छ । अस्पतालको सेवाप्रति विश्वस्त हुँदै बिरामी आउन थालेपछि दन्त चिकित्सा विभागलाई सुविधा सम्पन्न बनाइएको अस्पतालका सूचना अधिकारी गोपालप्रसाद पौडेलले जानकारी दिए  ।  करिब रु ४० लाखको लागतमा चारवटा सुविधा सम्पन्न कुर्ची थपिएसँगै विभागमा बिरामीले सहजै उपचार पाउने भएका हुन् । दन्त..

    म्याग्दीमा स्वास्थ्य शिविर सम्पन्न, एक हजाभन्दा बढी सहभागी भएको आयोजकको दाबी

    मंगलवार, फागुन २२, २०७४ साल
    फागुन २२ काठमाडौँ ।   म्याग्दीको बाबियाचौरमा सोमबार सम्पन्न निःशुल्क स्वास्थ्य शिविरबाट एक हजारभन्दा बढी सर्वसाधारण लाभान्वित भएको आयोजक जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ।  जिल्ला स्वास्थ्य कार्यालयको प्राविधिक सहयोगमा मंगला गाउँपालिकाले आयोजना गरेको शिविरमा एक हजाभन्दा बढीले  निःशुल्क स्वास्थ्य परीक्षण गराएका हुन्।   शिविरमार्फत कुहुँ, बाबियाचौर, बरंजा र अर्मनका बासिन्दालाई स्वास्थ्य परीक्षण, परामर्श र निःशुल्क औषधि वितरणको सेवा दिइएको गाउँपालिकाका उपाध्यक्ष सिर्जना केसीले जानकारी..

    कतै तपाइलाई ब्रेन ट्युमर त छैन? जन्नुहोस यसको लक्षणहरु !

    सोमबार, फागुन २१, २०७४ साल
     तपाईंलाई बारम्बार टाउको दुखिरहेको त छैन ? यदि छ भने, जचाइहाल्नुस् । त्यो गम्भीर समस्या हुनसक्छ । बारम्बार टाउको दुख्नु ब्रेन ट्युमरको संकेत पनि हुनसक्छ । ब्रेन ट्यूमर एक गम्भीर समस्या हो । समयमै रोग पत्ता लागेर उपचार भएको खण्डमा यो रोग निको हुन्छ । तर उपचारमा ढिलाई भए ज्यान सम्म लान सक्छ ।  कुनै ब्रेन ट्युमर वंशाणुगत कारणले हुनसक्छ भने कुनै रेडियसनमा..

    ‘म प्रधामन्त्री रहुँञ्जेल कोही नेपाली भोकै मर्नु पर्दैन': प्रधानमन्त्री ओली

    शुक्रबार, फागुन १८, २०७४ साल
    काठमाडौँ, १८ फागुन ।  प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षण अस्पताल महाराजगञ्जमा मनमोहन सेन्टर एनेक्स भवनको शिलान्यास गर्दै ‘अब कोही नेपाली भोकै नमर्ने’ भन्दै आफ्नो अभिव्यक्ति दिए ।  शुक्रबार शिलान्यास गर्दै ओलीले भने ‘‘अब कोही पनि नेपाली भोकै मर्नुपर्ने अवस्थाको अन्त्य हुन्छ। केही वर्षभित्र नेपाल अल्पविकशित देशको सूचीबाट विकसित देशमा पुग्छ।’’ उनको यो भनाइ पहिलो भने होइन । प्रधामन्त्री ओलीले विभिन्न कार्यक्रममा मन्तव्य राख्दै..

    बागलुङको दुर्गममा खोलिएका 'सामुदायिक स्वास्थ्य एकाइ' प्रभावकारी बन्दै

    शुक्रबार, फागुन १८, २०७४ साल
    बागलुङ, १८ फागुन ।  स्वास्थ्य सेवाको पहुँच बढाउन तमानखोला गाउँपालिका–२ बोङ्खानीमा खोलिएको सामुदायिक स्वास्थ्य एकाइ प्रभावकारी बनेको छ । सहज रुपमा स्वास्थ्य सेवा पाउनबाट वञ्चित सर्वसाधारणलाई लक्षित गरी अघिल्लो महिना एकाइ सञ्चालनमा ल्याइएको थियो ।  उक्त सामुदायिक स्वास्थ्य एकाइबाट बोङ्खानीका ७०० घरधुरीले प्रत्यक्ष लाभ लिइरहेका छन् । सरकारले प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीको पहुँच बाहिर रहेका क्षेत्रमा स्वास्थ्य एकाइ स्थापना गर्दै आएकोे..

    दाङमा डाक्टर र इमर्जेन्सी सेवासहितको एम्बुलेन्स सञ्चालन

    शुक्रबार, फागुन १८, २०७४ साल
    दाङ, १८ फागुन  ।  यहाँ पहिलो पटक डाक्टर र इमर्जेन्सी सेवासहितको एम्बुलेन्स सञ्चालनमा आएको छ ।  दाङको लमहीमा रहेको फ्लोरेन्स अस्पतालले ‘क’ वर्गको एम्बुलेन्स सञ्चालनमा ल्याएको हो । निजी क्षेत्रको लगानीमा सञ्चालन भएको अस्पतालले रु २० लाख खर्च गरेर एम्बुलेन्स सञ्चालन गरेको हो ।  एम्बुलेन्समा डाक्टरसहित इमर्जेन्सी औषधि, मुटुको चाल थाहा पाउने मेसिन, फोक्सोलाई दिइने कृत्रिम अक्सिजन, नेबुलाइजर, रक्तचाँप जाँच्ने व्यवस्थासहित सुविधा रहेको अस्पतालका..

    डाक्टरको लापर्बाहीले गर्भवतीको मृत्यु, स्थानीयद्वारा अस्पताल तोडफोड

    शुक्रबार, फागुन १८, २०७४ साल
    राजविराज, १८ फागुन : राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा डाक्टरको लापर्बाहीले एक गर्भवती महिलाको मृत्यु भएको भन्दै आक्रोशित स्थानीयले तोडफोड गरेपछि अस्पताल तनावग्रस्त भएको छ ।  राजविराज–भारदह सडकखण्डअन्तर्गत अस्पताल गेटमा टायर बालेर यातायात अवरुद्ध पारेपछि अवस्था झन तनावग्रस्त भएको प्रहरीले जनाएको छ । सुत्केरी व्यथाले च्यापेपछि जिल्लाको विष्णुपुर गाउँपालिका–१ पिप्राहीकी २५ वर्षीया अनिता यादवलाई दुई दिनअघि अस्पताल भर्ना गरिएको थियो ।  शुरुदेखि..

    होली खेल्दा यि कुराहरुमा सावधानी अपनाउनुहोस्, के के छन् त उपायहरु ?

    बुधबार, फागुन १६, २०७४ साल
    एजेन्सी, १६ फागुन ।  होली रङहरूको पर्व हो । होली हिन्दू संस्कृतिमा प्रत्येक वर्षको फागुन शुक्ल पूणिर्मा अर्थात होली पूर्णिमाको दिन मनाइन्छ ।  यो पर्वमा एक–अर्कालाई रङ छ्यापेर खुसी साटासाट गरिन्छ । यो चाड वसन्त ऋतुमा फाल्गुनको महिनामा मनाइन्छ।  यसको आफ्नै सामाजिक, सांस्कृतिक, मनोवैज्ञानिक महत्व छ ।  होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रङ्गिन बनाउँछन् । विभिन्न रंगले..

    चितवनमा जिल्ला सरकारी अस्पतालको फार्मेसी सेवा विस्तार

    बुधबार, फागुन १६, २०७४ साल
    चितवन १६ फागुन ।  जिल्लाको सरकारी अस्पताल भरतपुर अस्पतालमा शुरु गरिएको आफ्नै फार्मेसी प्रभावकारी भएपछि यसलाई विस्तार गरिएको छ । निजी क्षेत्रलाई भाडामा फार्मेसी दिइँदै आएकोमा गत वर्षको कात्तिक ७ गतेबाट अस्पताल आफैंले  फार्मेसी सञ्चालनमा ल्याएको थियो ।  बाहिर मात्र फार्मेसी भएपछि औषधि किन्नेलाई लामो समय पालो पर्खनुपरेको थियो । यसलाई मध्यनजर गर्दै बहिरंग विभागमा नयाँ फार्मेसी शुरुवात गरिएको छ ।  अस्पताल विकास समितिका..

    बागलुङमा प्रभावकारी बन्दै स्वास्थ्य बीमा, २४ हजारले गरे स्वास्थ्य बिमा

    बुधबार, फागुन १६, २०७४ साल
    बागलुङ, १६ फागुन ।  दुई वर्षको अवधिमा यहाँका पाँच हजार १७२ परिवारका २४ हजार ३५५ जनाको स्वास्थ्य बीमा गरिएको छ ।  स्वास्थ्य बीमा कार्यक्रम लागू भएयता १४ हजार ५३० जनाले उपचार सेवा लिएका छन् । स्वास्थ्य बीमा बोर्डका अनुसार अति गरिबमा सूचीकृत ५४४ परिवारका दुई हजार ८४५ जनाको निःशुल्क बीमा गरिएको छ ।  दायित्व रकम तिर्न नसक्ने परिवार बीमा कार्यक्रमबाट छुटेपछि निःशुल्क गरिएको हो..

    म्याग्दीमा ‘आइरन चक्की’ दिनुपर्ने गर्भवतीलाई ‘अल्वेण्डाजोल’ दिएको खुलासा

    मंगलवार, फागुन १५, २०७४ साल
    बाबियाचौर, म्याग्दी, १५ फागुन  ।  म्याग्दीको बेनी अस्पतालको औषधि वितरण कक्षका स्वास्थ्यकर्मीले आइरन चक्की दिनुपर्ने गर्भवती महिलालाई जुकाको औषधि (अल्वेण्डाजोल)को बट्टा दिएको खुलासा भएको छ ।  विसं २०७४ मंसिर ४ गते अस्पतालमा गर्भपरीक्षण गराएकी बेनी नगरपालिका–५ सेतोढुङ्गाकी समीक्षा खत्री कुँवरलाई सोही दिन औषधि वितरण कक्षमा रहेका स्वास्थ्यकर्मीले अल्बेण्डाजोलको बट्टा दिएका थिए ।  कुँवर र उनका परिवारले माघको २३ गतेमात्रै आफूलाई आइरन चक्की नभएर जुकाको..

    महोत्तरीमा सर्वसाधारण आकस्मिक उपचारका लागि एम्बुलेन्स सुविधा नपाउँदा मर्कामा

    मंगलवार, फागुन १५, २०७४ साल
    बर्दिवास, १५ फागुन ।  महोत्तरी जिल्लाको बर्दिवास क्षेत्रका सर्वसाधारण आकस्मिक उपचार सेवाका लागि एम्बुलेन्स सुविधा नपाउँदा मर्कामा परेका छन् ।  एक वर्षदेखि बिग्रेर थन्किएका बर्दिवासको सरकारी अस्पताल (बर्दिवास अस्पताल) का दुवै एम्बुलेन्स मर्मत गरेर सञ्चालनमा नल्याउँदा यस क्षेत्रका सर्वसाधारणले आकस्मिक उपचार सेवा लिन पाएका छैनन् । । अस्पतालले एम्बुलेन्स मर्मतसम्भार गरेर सञ्चालन गर्न तत्परता नदेखाउँदा यस भेगका विपन्न मान्छे चर्को मूल्यमा निजी एम्बुलेन्स..

    नवलपरासीमा कुष्ठरोगको ‘सर्च अभियान’, कुष्ठरोगका ८८ नयाँ बिरामी

    मंगलवार, फागुन १५, २०७४ साल
    नवलपरासी, १५ फागुन।  नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) र नवलपरासी (बर्दघाट –सुस्ता पूर्व ) जिल्लामा कुष्ठरोग उन्मूलनका लागि गरिएको ‘सर्च अभियान’ मा कुष्ठरोगका नयाँ ८८ बिरामी फेला परेका छन् ।  खोजी अभियानअन्तर्गत नवलपुर क्षेत्रमा १६ र परासी क्षेत्रमा ७२ बिरामी पहिचान भएका हुन् । नवलपुर र परासी क्षेत्रका १२ स्थानीय तहमा कुष्ठरोगका बिरामी पत्ता लगाउन सञ्चालन गरिएको अभियानबाट कुष्ठरोगका नयाँ बिरामी पहिचान भएको मध्यविन्दु..

    मुखमा चुम्बन गर्दा ब्याक्टेरिया सर्ने, होस् गरौँ !

    शुक्रबार, फागुन ११, २०७४ साल
    एजेन्सी , ११ फागुन ।  कमैलाई मात्र थाहा होला कि चुम्बन गर्दा ब्याक्टेरिया एक जनाको मुखबाट अर्कोको मुखभित्र प्रवेश गर्छ भन्ने । यो कुनै अनुमान होइन, नेदरल्याण्डका वैज्ञानिकको एक समूहले पत्ता लगाएको तथ्य हो । हालै वैज्ञानिकहरूले १० सेकेण्डको एक चुम्बनमा आठ करोड ब्याक्टेरिया एक अर्काको मुखमा ओहोर–दोहोर गर्ने तथ्य फेला पारेका हुन् । अध्ययन अनुसार मान्छेको मुखमा ७ सय प्रकारका ब्याक्टेरिया करोडौंको संख्यामा हुन्छ..

    के-के हुन् संसारका सबैभन्दा स्वस्थकर खानेकुराहरु ? जानी राखौं...!

    मंगलवार, चैत्र १३, २०७४ साल
    काठमाडौँ, ११ फागुन । बुढापाका भन्ने गर्छन् की नुहाएको कपाल र खाएको गाला अलग्गै हुनेगर्छ । हुन त झट्ट हेर्दा यो कुरा सामान्य लागेता पनि यसमा निकै गहिरो राज लुकेको छ । अवश्य पनि मानिसको आहार विहारले उसको शारिरिक सुगठन एवम् आकृतिमा समेत फरकपन ल्याउँछ । हाम्रो स्वास्थ्य पनि एक किसिमले लगानी जस्तै हो, जति वा जस्तोमा लगानी गछौं, त्यति नै एवम् त्यस्तै..

    के व्रत लिएको बेला यौनसम्पर्क गर्न मिल्छ ? जानी राखौं !

    बिहिवार, फागुन १०, २०७४ साल
    काठमाडौँ , १० फागुन :  नेपाली समाजको  परम्परा पूर्णतया हिन्दू दर्शनमा आधारित छ । नेपालमा भएका अन्य धर्मालम्बीहरु पनि एक आपसमा मिलीजुली बस्ने गरेको पाईन्छ । नेपाली  परम्परा अनुसार अधिकांश हिन्दूधर्मालम्बी महिलाहरु र पुरुषहरुपनि बेला बेलामा र बिभिन्न चार्डपर्वमा व्रत बसिरहेका हुन्छन् । धार्मिक आस्थाले भगवानप्रति भक्तिभाव लगाइरहेका यौन क्रिडामा लिप्त हुँदा व्रतको फल नपाइने पनि शास्त्रमा उल्लेख छ । हिन्दूशास्त्रमा भनेअनुसार..

    रसुवामा दूरदराजमा लुकेका कुष्ठरोगीको खोजी अभियान शुरु

    बिहिवार, फागुन १०, २०७४ साल
    रसुवा, १० फागुन । अन्जानका कारण ग्रामीण दूरदराजमा लुकेका कुष्ठरोगीको खोजी कार्य शुरु भएको छ ।  जिल्ला स्वास्थ्य कार्यालय रसुवाअन्तर्गत कार्यरत महिला स्वास्थ्य स्वयंसेविकाले घरदैलो अभियान शुरु गरी कुष्ठरोगीको खोजी भइरहेको महिला स्वयंसेविका दावा वाङमो तामाङले बताइन् ।  शरीरको अंगमा फुस्रो दागबाट लक्षण शुरु हुने गाउँघरमा धामीझाँक्री लगाई झारफुक गर्ने प्रथा अझै कायम रहेकाले त्यस्ता बिरामीको पहिचान गरी समयमै स्वास्थ्य केन्द्र पुर्याउन खोजीमा नौजना..

    मध्यपश्चिम क्षेत्रीय अस्पताललाई प्रदेशकै नमूना बनाइने : मुख्यमन्त्री महेन्द्रबहादुर शाही

    मंगलवार, फागुन ८, २०७४ साल
    सुर्खेत, ८ फागुन : प्रदेश नं ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतलाई प्रदेशकै नमूना अस्पताल बनाइने बताएका छन् ।  अस्पतालको १२औँ स्थापना दिवसका अवसरमा वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा उनले अपस्पताललाई सुविधा सम्पन्न बनाएर यहाँका नागरिक उपचारकै लागि बाहिर जानुपर्ने झन्झटको अन्त्य गर्ने बताए ।  प्रदेश सरकारले आगामी दिनमा अस्पताललाई प्रदेशकै नमूना अस्पताल बनाउनतर्फ कुनै कसर बाँकी नराख्ने मुख्यमन्त्री शाहीको भनाइ..

    यौन शक्ति बढाउन के गर्ने ? जानौं यौन शक्ति तुरुन्तै बढाउने घरेलु उपाएहरु

    सोमबार, फागुन ७, २०७४ साल
    काठमाडौं, फागनु ७ ।  यौन दुर्बलताबाट हाम्रो समाजमा धेरै मानिस पीडित छन् । यौन दुर्बलता भएका मानिसहरुलाई यौन शक्ति बढाउन कुनै न कुनै औषधिको प्रयोग गर्नु त अवस्य नै पर्छ । यसका लागि आधुनिक चिकित्सा पद्दति भन्दा घरेलु विधि नै उत्तम हुन्छ । तर यस्को मतलब यो होइन कि यौन क्षमता बढाउने नाममा जुनसुकै जडिबुटीको प्रयोग गर्ने । यस्ता औषधी आफ्नै..

    नारायणी उपक्षेत्रीय अस्पतालको ल्याबको मेसिन बिग्रिँदा उपचारमा समस्या

    सोमबार, फागुन ७, २०७४ साल
    पर्सा, ७ फागुन  ।  वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालको प्रयोगशालामा रहेका उपकरण बिग्रिएपछि उपचारका लागि अस्पताल आउने बिरामीले समस्या खेप्नुपरेको छ ।  एक घण्टामा ६० जना बिरामीको रगतबाट २०० भन्दा बढी प्रकारको परीक्षण गर्ने अटोमेटिक बायो–केमेस्ट्री एनलाएजर मेसिन एक सातादेखि बिग्रिएपछि सेवाग्राहीले उपचारमा कठिनाइ भोग्नुपरेको छ ।  प्रयोगशालामा रहेको दुवै एनलाएजर मेसिन बिग्रिएपछि एक घण्टामा हुने कामलाई चार घण्टा समय लाग्ने गरेको प्रयोगशालाका मेडिकल टेक्निसियन..

    इलाममा हात्तीपाइले रोगविरूद्धको औषधि खुवाउँदै जनस्वास्थ्य कार्यालय

    आईतवार, फागुन ६, २०७४ साल
    इलाम, ६ फागुन ।  इलाममा यो वर्ष अढाई लाख बढी जनसंख्यालाई हात्तीपाइले रोगविरूद्धको औषधि खुवाइने भएको छ ।  जनस्वास्थ्य प्रमुख जीवनकुमार मल्लले दुई वर्षदेखि माथि ७० वर्षसम्मका दुई लाख ६६ हजार ८३३ जनालाई फागुन १२ देखि १४ गतेसम्म हात्तीपाइले रोगविरूद्धको औषधि खुवाउन लागिएको जानकारी गराए  ।  हात्तीपाइले रोगलाई नेपालबाटै उन्मूलन गर्ने उद्देश्यले विगत छ वर्षदेखि सञ्चालन भइरहेको हात्तीपाइले रोगविरूद्धको औषधि खुवाउने अभियानमा सबै पक्षलाई..

    महत्वपूर्ण उपलब्धी : मिर्गौला प्रत्यारोपणमा ९८ प्रतिशत सफलता, बिरामीको चाप

    शनिबार, फागुन ५, २०७४ साल
    भक्तपुर, ५ फागुन : शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र (मानव अंग प्रत्यारोपण केन्द्र) भक्तपुरले चार सयभन्दा बढी मिर्गौला प्रत्यारोपण सफलताका साथ सम्पन्न गरेको छ ।  शुक्रबार यहाँ आयोजित पत्रकार सम्मेलनमा केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले विकेन्द्रले अहिलेसम्म ४०४ जनालाई सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरेको जानकारी दिए । केन्द्रले विसं २०६९ माघ ६ गतेदेखि मिर्गौला प्रत्यारोपण शुरु गरेको हो । यसअघि डा..

    नेपालमा मानसिक रोगको समस्या उच्च, हरेक ५ मध्ये १ जनामा मानसिक समस्या

    शुक्रबार, फागुन ४, २०७४ साल
    काठमाडौँ, ४ फागुन : नेपालमा हरेक पाँच जनामध्ये एक जनामा मानसिक स्वास्थ्यसम्बन्धी समस्या देखिएको छ । स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग, प्राथमिक तथा पुनर्जागरण महाशाखाद्वारा पहिलो पटक आयोजित “अन्तर्राष्ट्रिय मानसिक स्वास्थ्य सम्मेलन— २०१८” मा नेपालमा मानसिक रोगको समस्या उच्च रहेको जनाएको छ ।  सो अवसरमा राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मोहना अन्सारीले मानसिक समस्या भएका व्यक्ति सामाजिक सोचका कारण बाहिर आउन नसकेको..

    छाडा कुकुरको बन्ध्याकरण र रेबिजविरुद्धको खोप अभियान सञ्चालन

    शुक्रबार, फागुन ४, २०७४ साल
    भक्तपुर, ४ फागुन । भक्तपुर नगरपालिकाले शुक्रबारदेखि नगर क्षेत्रका छाडा कुकुरलाई बन्ध्याकरण तथा रेबिज रोगविरुद्ध खोप अभियान सञ्चालन गरेको छ ।  जथाभावी छाडा छोडिएका कुकुरको टोकाइले मानवीय क्षति नहोस् भनेर तालीम प्राप्त पशुविज्ञको टोली तथा नगरपालिकाका नौजना कर्मचारीको सहयोगमा कुकुरलाई समातेर बन्ध्याकरण गर्ने तथा रेबिजविरुद्ध खोप लगाइदिने अभियान थालेको हो ।  अभियानअन्तर्गत समातिएका कुकुरलाई गःपलीस्थित पशु स्वास्थ्य क्लिनिकमा लगेर बन्ध्याकरण गर्ने र खोप..

    डडेल्धुरामा १० दिने एकिकृत स्वास्थ्य शिविर, ३ हजारको स्वास्थ्य परीक्षण

    शुक्रबार, फागुन ४, २०७४ साल
    डडेल्धुरा, ४ फागुन ।  नवदुर्गा गाउँपालिकाले सञ्चालन गरेको १० दिने एकिकृत स्वास्थ्य शिविरमा तीन हजार २०७ विभिन्न किसिमका बिरामीको स्वास्थ्य परीक्षण गरिएको छ ।  नवदुर्गा गाउँपालिकाको आयोजनामा गाउँपालिकाको पाँचवटै वडामा सञ्चालन भएको उक्त एकिकृत स्वास्थ्य शिविरमा दाँत, आँखा, पाठेघर लगायतका बिरामीको उपचार गरिएको थियो । गत माघ २१ गतेदेखि सञ्चालन भएको सो स्वास्थ्य शिविरमा सामान्य स्वास्थ्य परीक्षण एक हजार ९२९, पाठेघर सम्बन्धी चेकजाँच..

    के तपाई दाँत कोट्याउन सिन्काको प्रयोग गर्नु हुन्छ ? गर्नुहुन्छ भने अब तुरुन्त छोडिहाल्नुस् !

    बुधबार, फागुन २, २०७४ साल
    एजेन्सी, काठमाडौं, फागुन २ ।   अवस्य नै कुनै पनि चिज खाइसकेपछि दाँतमा अड्किएको खाने कुरा कोट्याएर फाल्न हामी मध्ये कतिपयले सिन्का अर्थात टुथपिक प्रयोग गर्ने गर्छौं । तर, यसले हामीलाई के असर पुर्याइरहेको छ भन्ने थाहा पाएका हुँदैनौं । यसको असरबारे जानिराख्दा राम्रो हुन्छ ! – दाँतमा फसेको खाने कुरा निकाल्न खोज्दा सिन्का अन्जानमा गिजामा लाग्छ । जसले गर्दा रगत आउन थाल्छ र..

    मुलुकभरका २८ अस्पतालमा फार्मेसी सञ्चालनका लागि साढे ४ करोडको बजेट प्रस्ताव

    बुधबार, फागुन २, २०७४ साल
    काठमाडौं, फागुन २ ।  स्वास्थ्य मन्त्रालयले देशभरका २८ वटा अस्पतालमा फार्मेसी सञ्चालनका लागि करिब साढे चार करोड रुपैयाँ बराबरको बजेट प्रस्ताव गरेको छ । मन्त्रालयले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल, कान्ति बाल अस्पताल, परोपकार प्रसुती तथा स्त्री रोग अस्पताल लगायतका २८ अस्पतालहरुलाई फार्मेसी सञ्चालनका यस आर्थिक वर्षका लागि २८ करोड रुपैया बजेट प्रस्ताव गरेको हो । प्रस्तावित अस्पतालमध्य करिब २३ वटा अस्पतालहरुले..

    अभियान मास्कमाण्डु : प्रेम दिवसमा आफ्नो फोक्सोलाई माया गर्न आग्रह

    बुधबार, फागुन २, २०७४ साल
    काठमाडौँ, २ फागुन  वायु प्रदूषणको विरुद्धमा साझा संकल्प लिने प्रयत्नका साथ सञ्चालन भइरहेको साताव्यापी अभियान मास्कमाण्डुको आज ‘मास्कमाण्डु हैन हामीलाई काठमाडौँ चाहिन्छ’ भन्दै समापन गरिएको छ ।  प्रणय दिवसका अवसरमा ‘म मेरो फोक्सोलाई माया गर्छु’ भन्ने मुख्य नारा रहेको कार्यक्रममा हजार जनाभन्दा बढी युवा, विद्यार्थी, सर्वसाधारणको सहभागिता रहेको थियो ।  मास्कमाण्डु एक र दुई पश्चात वायुको गुणस्तरमा सुधारका लागि केही नीतिगत व्यवस्था भएता..
    Results 1208: You are at page 36 of 41
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 Next Last
    Weather Forecast