शनिबार, चैत्र २२, २०७६

    स्वास्थ्य

    ललितपुरस्थित नेपाल क्यान्सर अस्पताल स्थापनाको दोस्रो बर्षमा प्रवेश, अझ राम्रो सेवा दिने प्रतिबद्दता

    आईतवार, जेष्ठ २०, २०७५ साल
    ललितपुर, जेष्ठ २० ।  नेपाली जनमानसमा क्यान्सर रोगले जरो गाड्दै आएको तथ्यलाई महसुस गर्दै खोलिएको नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरको स्थापनाको एक वर्ष पूरा भएको छ । ललितपुरको हरिसिद्धमा रहेको नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर निजी क्षेत्रबाट सञ्चालित पहिलो क्यान्सरमुखी सेवाग्राही अस्पताल हो । यस अस्पताल स्थापना भएको १ वर्ष पुगेको अवसर पारेर अस्पतालबाटै प्रकाशित हुने स्वास्थ्य पत्रिका “आशा” को..

    निःशुल्क स्वास्थ्य शिविर मार्फत १ हजार बढीले सेवा लिए

    आईतवार, जेष्ठ २०, २०७५ साल
    बैतडी,२० जेठ बैतडीको दोगडाकेदार गाउँपालिकामा शुक्रबारदेखि सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविर र एकीकृत घुम्ती शिविर शनिबार सम्पन्न भएको छ ।  शिविरमा नागरिकले स्वास्थ्य सेवा लिनुका साथै नेपाली नागरिकताको प्रमाणपत्रसमेत लिएका छन् । शिविरमार्फत १८० जनाले नेपाली नागरिकताको प्रमाणपत्र लिएको सहायक प्रमुख जिल्ला अधिकारी दीपककुमार आचार्यले जानकारी दिए । एकीकृत घुम्ती शिविरमा दोगडाकेदार गाउँपालिका–३ का ८० वर्षीय देउडीदेवी नाथले नेपाली नागरिकताको प्रमाणपत्र लिए..

    जाडोको तुलनामा गर्मीमा बढी रिस उठ्छ किन ? यस्तो छ कारण

    शनिबार, जेष्ठ १९, २०७५ साल
    एजेन्सी,१९ जेठ  गर्मीमा दिमागमा भएको कार्टिसोल नामक स्ट्रेस हर्मोनहरू बढी चार्ज हुन्छन् । अनि त्यसको आगो रिसका रूपमा बाहिर निस्कन्छ । यसले गर्दा व्यक्ति स्ट्रेस र मूड डिसअर्डरको स्थितिमा पुग्छ । स्ट्रेसले मनलाई अशान्त, भावनालाई अस्थिर र शरीरलाई अस्वस्थ बनाउँछ । कार्यक्षमता र शारीरिक तथा मानसिक विकासमा पनि यसले असर पार्छ । मकै, ओखर र रसबरी जस्ता कुरालाई आहारको अंग बनाउनुस् । यी..

    सात वर्ष बितिसके पनि निर्माण कार्य पूरा नहुँदा निर्माणाधीन स्वास्थ्य भवन अलपत्र

    शुक्रबार, जेष्ठ १८, २०७५ साल
    जाजरकोट, १८ जेठ जाजरकोटको नलगाड नगरपालिका दल्ली प्राथमिक स्वास्थ्य केन्द्रको भवन निर्माण कार्य थालनी गरेको सात वर्ष बितिसके पनि निर्माण कार्य पूरा नहुँदा निर्माणाधीन भवन अलपत्र परेको छ । निर्माण कार्यको जिम्मा लिएका निर्माण कम्पनीका मालिक बीचमै काम छोडेर बेपत्ता भएका छन् । सरकारी लगानीमा निर्माण हुनथालेको भवनको काम बीचमै अलपत्र परेपछि राज्यको बजेट बालुवामा पानी खन्याएजस्तै भएको छ भने, निकै जीर्ण..

    खेलाडीको स्वास्थ्य तथा दुर्घटना बीमा हुन्छ : मन्त्री जगतबहादुर सुनुवार

    बिहिवार, जेष्ठ १७, २०७५ साल
    काठमाडौँ, १७ जेठ  युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनुवार (विश्वकर्मा)ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा योगदान पुर्याउने खेलाडीका लागि स्वास्थ्य तथा दुर्घटना बीमाको व्यवस्था गर्ने बताएका छन्  ।  युवा तथा खेलकूद मन्त्रालयमा बिहिबार आयोजित सय दिनभित्र मन्त्रालयले गरेको कार्य योजनाको प्रगति विवरण सार्वजनिक गर्दै उनले देशको लागि खेल्ने क्रममा घाइते हुने खेलाडीको लागि यसपटकदेखि दुर्घटना बीमाको व्यवस्था गर्ने बताए ।  मन्त्री सुनुवारले तेह्रौं दक्षिण एसियाली..

    दाङमा फैलिरहेको झाडापखाला केहि हदसम्म नियन्त्रण हुँदै ! प्रभावित हुनेको संख्या एक हजार ६ सय ३१ पुग्यो

    बुधबार, जेष्ठ १६, २०७५ साल
    तुलसीपुर, दाङ, १६ जेठ  पश्चिम दाङको शान्तिनगर गाउँपालिका–३ र ४ मा गत शनिबारदेखि फैलिएको झाडापखाला नियन्त्रण हुँदैछ ।  बुधबार चौथो दिन १५५ बिरामी उपचारका लागि आएकामा पाँच जनाको चिराघाट स्वास्थ केन्द्रमा उपचार भइरहेको, एक जनालाई राप्ती अञ्चल अस्पतालमा थप उपचारका लागि पठाइएको र अन्य बिरामी उपचारपछि घर फर्किसकेको स्वास्थ्य केन्द्रले जनाएको छ ।  बुधबार उपचारका लागि आएका समेत दाङमा झाडापखालाबाट प्रभावित हुने एक..

    स्वास्थ्यकर्मीलाई एचआइभीसम्बन्धी प्रशिक्षण, सम्मानपूर्वक उपचार गर्न गराउन संयोजन

    सोमबार, जेष्ठ १४, २०७५ साल
    नगरकोट, १४ जेठ भक्तपुरका स्वास्थ्यकर्मीलाई एचआइभी एड्ससम्बन्धी प्रशिक्षण दिइएको छ ।  राष्ट्रिय एचआइभी एड्स महासंघ नेपाल (एनएपीएन) राष्ट्रिय एचआइभी तथा यौनरोग नियन्त्रण केन्द्र (एनसीएएससी) को लक्षित समुदायमा आधारित कार्यक्रमअन्तर्गत उक्त प्रशिक्षण दिइएको हो ।  प्रशिक्षणमा एचआइभी संक्रमित माथि हुने भेदभाव र लाञ्छना न्यूनीकरण गर्ने, मानवअधिकारको सिद्धान्त, नयाँ विश्वव्यापी मान्यता र अवधारणाबारे जानकारी दिइएको थियो ।  त्यस्तै एचआइभी एड्स संक्रमितले सेवन गर्ने औषधि एवं एआरटी..

    महामारीका रुपमा फैलिएको झाडापखाला नियन्त्रण हुँदै : बिरामी आउने क्रम जारी

    आईतवार, जेष्ठ १३, २०७५ साल
    तुलसीपुर, दाङ, १३ जेठ शान्तिनगर गाउँपालिका वडा नं ३ र ४को पातेटाकुरामा शनिबारदेखि महामारीका रुपमा फैलिएको झाडापखाला नियन्त्रण हुँदै गएको छ ।  गए राति १ बजेसम्म उपचारका लागि आएका ४१९ मध्ये ४१ गम्भीर बिरामीको राप्ती अञ्चल अस्पताल र तुलसीपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको र अहिले उनीहरुको अवस्था सामान्य रहेको राप्ती अञ्चल अस्पतालले जनाएको छ । अन्य बिरामी भने उपचारपछि घर फर्किसकेका छन्..

    अमरगढी नगरपालिकाकाभित्र २६ बालबालिकामा कडा कुपोषणमा

    शुक्रबार, जेष्ठ ११, २०७५ साल
    डडेल्धुरा, ११ जेठ डडेल्धुरा अमरगढी नगरपालिकाकाभित्र २६ जना बालबालिकामा कडा कुपोषण देखिएको छ ।  नगरपालिकाभित्र रहेका पाँच वर्षमुनिका दुई हजार चारजना बालबालिकामध्ये २६ जनामा कडा शीघ्र कुपोषण देखिएको छ भने २३५ बालबालिकामा मध्यम शीघ्र कुपोषण देखिएको अमरगढी नगरपालिका, स्वास्थ्य शाखाका प्रमुख लोकराज पनेरुले जानकारी दिए ।  शुक्रबार यहाँ आयोजित अमरगढी नगरपालिकास्तरीय शीघ्र कुपोषण एकीकृत व्यवस्थापन कार्यक्रमको पुनरावलोकन तथा समीक्षा कार्यक्रममा नगरपालिकाको कुल बालबालिकामध्ये..

    सुगन्धयुक्त हरियो धनिया सेवन गर्नुका यस्ता छन् फाईदा!

    शुक्रबार, जेष्ठ ११, २०७५ साल
    काठमाडौँ,११ जेठ हरियो धनिया सुगन्धयुक्त हुने भएकाले यसले खानाको स्वाद बढाउँछ। यो खानु शरीरलाई पनि निकै फाईदा जनक छ।  धनिया खानुँका फाईदाहरू-  हरियो धनियाले शारीरिक कमजोरी हटाउन मद्दत गर्छ। धनियाले रगतलाई शुद्धीकरण गर्छ। अरुचिको समस्या भएकाहरूले चटनी अथवा तरकारीमा हरियो धनिया मिसाएर खाँदा राम्रो हुन्छ। आँखासम्बन्धी सबै किसिमका समस्या भएकाहरूका लागि हरियो धनियाँ खानु लाभदायक हुन्छ। धनियाँ खाँदा शरीरमा सञ्चय भएका अक्सिडेन्टलगायत विकार शरीर बाहिर निस्किन्छ । हरियो..

    स्वास्थ्यका लागि धेरै लाभदायक नरिवल पानी, यो एउटा प्राकृतिक कन्डिस्नर

    बिहिवार, जेष्ठ १०, २०७५ साल
    काठमाडौँ, १० जेष्ठ नरिवलको पानी स्वास्थ्यका लागि धेरै लाभदायक मानिन्छ । बिहानै नरिवल पानी खाँदा दिनभर ऊर्जावान् भइरहन सकिन्छ । गर्मीयाममा नरिवलको पानीको माग निकै हुन्छ । यस्तो अभ्यासले शरीरमा पानीको कमी (डिहाइड्रेसन) हुन पाउँदैन । नरिवल पानी पेटको समस्या कम गर्न सहयोगी हुन्छ । मेटाबोलिज्मका बेला कोशिकामा फ्री र्‍याडिकल्स बन्न थाल्छन्, जसका कारण व्यक्तिविशेषमा तनाव उत्पन्न हुन सक्छ । शरीरमा बढी..

    उपचाररत् राष्ट्रकवि घिमिरेलाई थप उपचारका लागि आज भारतको मेदान्त अस्पताल लगिदै

    बुधबार, जेष्ठ ९, २०७५ साल
    काठमाडौँ, ९ जेठ : राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई थप उपचारको लागि आज भारत लैजाने तयारी गरिएको छ ।  धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार गराइरहनु भएका घिमिरेलाई थप उपचारका लागि भारतको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा लैजाने तयारी गरिएको उहाँका छोरी उषा अधिकारीले जानकारी दिइन् । घिमिरेको आन्तरिक रक्तस्राव नरोकिएपछि चिकित्सकको सल्लाहमा उपचारका लागि भारत लैजान लागिएको उनले बताइन् ।  गत वैशाख २८ गतेदेखि निरन्तर आन्तरिक..

    प्रकृतिको नियमलाई पछि पार्दै! नेपालमा मात्र पाउने सधैभरि जवान रहने औषधी

    मंगलवार, जेष्ठ ८, २०७५ साल
    काठमाडौँ, ८ जेठ बैज्ञानिकहरुले बुढो नदेखिने औषधी बनाएका छन् । प्रकृतिको नियम नै यस्तो छ कि मानिसले जन्म लिन्छ जवान हुन्छ बुढो हुन्छ अनि प्राण छोड्छ । बैज्ञानिकहरुले मान्छेलाई सँधै जवान राख्ने औषधी पत्ता लगाएको दावी गरेका हुन् । यो औषधीले बढीरहेको उमेरको प्रभाव शरीरमा पर्न नदिने र मानिसलाई लामो समय सम्म जवान राख्ने दावी शोधकर्ताहरुले गरेका छन् । सगरी मुटुको समस्या..

    विश्व स्वास्थ्य संगठनबाट नेपालले पायो खस्रे रोग निर्मूलन गरेको प्रमाणपत्र

    सोमबार, जेष्ठ ७, २०७५ साल
    काठमाडौँ, ७ जेठ नेपालले आँखामा लाग्ने खसरोग (ट्रकोमा) निर्मूलनमा सफलता हासिल गरेपछि विश्व स्वास्थ्य संगठनबाट निर्मूलनको प्रमाणपत्र पाएको छ ।  स्विटजरल्याण्डको जेनेभास्थित प्रधान कार्यालयमा चलिरहेको ७१औँ महासभामा यही जेठ ६ गते स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मा अर्याललाई रोग निर्मूलनको प्रमाणपत्र प्रदान गरिएको हो ।  राज्यमन्त्रीका स्वकीय सचिव राजेश शर्माले राससलाई दिएको जानकारीअनुसार विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा टेड्रोस अधानम देभ्रेयुसले राज्यमन्त्री अर्याललाई उक्त..

    किन आफैँ बिरामी छ अस्पताल ! इमर्जेन्सीमासमेत डाक्टर बस्दैनन्

    आईतवार, जेष्ठ ६, २०७५ साल
    गौशाला, ६ जेठ  महोत्तरीको जिल्ला अस्पताल जलेश्वरमा रहेको इमर्जेन्सी कक्षमा डाक्टर बस्ने गरेका छैनन् ।  अन्यत्र सिफारिस गरी पठाउने अस्पतालका रुपमा प्रख्यात रहेको जिल्ला अस्पताल जलेश्वरमा बिरामी उपचारका लागि जाँदा कराइरहन्छन् । तर इमर्जेन्सीमा डाक्टर आउँदैनन् ।  अस्पतालमै रहेको क्वाटरमा सुतिरहेका डाक्टरलाई इमर्जेन्सीमा खटिरहेका अन्य स्वास्थ्यकर्मीहरु बोलाउन सक्दैनन् । किनकि डाक्टरलाई बोलाउन जाँदा डाक्टरले गाली गर्छन् र यसैगरी बिरामी दिक्क भएर अन्य अस्पताल..

    धुलो र धुवाँले गर्दा चापागाउँ आसपास श्वास–प्रश्वासका बिरामी वृद्धि

    शनिबार, जेष्ठ ५, २०७५ साल
    ललितपुर, ५ जेठ धुलो र धुवाँका कारण चापागाउँ र त्यस आसपासका क्षेत्रमा श्वास–प्रश्वासका बिरामी वर्षेनी बढिरहेका छन् ।  गोदावरी नगरपालिका–१० स्थित बज्रबाराही सामुदायिक अस्पतालमा आउने बिरामीका आधारमा यस क्षेत्रमा श्वास–प्रश्वाससम्बन्धी समस्या धेरैमा रहेको पाइएको छ । अस्पतालका निमित्त कार्यक्रम निर्देशक गणेशराज श्रेष्ठ अस्पतालमा उपचारका लागि आउनेमध्ये सबैभन्दा बढी श्वास–प्रश्वाससम्बन्धी समस्याका बिरामी भएको बताए । बालबालिकादेखि ज्येष्ठ नागरिकमा श्वास–प्रश्वाससम्बन्धी समस्या पाइएको छ ।..

    चितवनका कुखुरामा बर्डफ्लु देखियो, थप परीक्षणका लागि केन्द्रीय प्रयोगशालामा पठाइयो

    शुक्रबार, जेष्ठ ४, २०७५ साल
    चितवन, जेठ ४  चितवनमा बर्डफ्लु देखापरेको छ। खैरहनी नगरपालिका–९ सुर्तनीका स्थानीय किसान राजन चौधरी र लक्ष्मण चौधरीले पालेको कुखुरामा बर्डफ्लु (एभिएन इन्फ्लुएन्जा एच फाइभ एन वान) देखिएको हो।  राष्ट्रिय पक्षी रोग अन्वेषण प्रयोगशाला भरतपुरका प्रमुख डा दयाराम चापागाईंले केही दिनअघि परीक्षणका लागि केन्द्रीय प्रयोगशालामा पठाइएकामा वैशाख ३१ गते बर्डफ्लु प्रमाणित भएको बताए।  बिहीबारको मन्त्रिस्तरको निर्णयपछि शुक्रबार फार्म र आसपासका क्षेत्रमा रहेका कुखुरा..

    अध्यक्ष पुष्पकमल दाहालद्वारा मन्त्री यादवको स्वास्थ्य अवस्थाको जानकारी

    शुक्रबार, जेष्ठ ४, २०७५ साल
    काठमाडौँ, ४ जेठ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् ।  अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटाले भने, “अध्यक्षले मन्त्री यादवको स्वास्थ्य अवस्थाको जानकारी लिँदै स्वास्थ्यलाभको कामना गरे ।” अध्यक्ष दाहालले स्वाथ्यमा सुधार नभए अन्य अस्पतालमा समेत उपचारमा जान सुझाव दिएका छन् । “सम्भव भएसम्म स्वदेशमा नै उपचार गरौ, भएन..

    कङ्गोमा इबोलाको प्रकोप देखियो, समयमै नियन्त्रण गर्न विश्व स्वास्थ्य संगठनको आग्रह

    बिहिवार, जेष्ठ ३, २०७५ साल
    कङ्गो, ३ जेठ प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा फेरि इबोला भाइरसको संक्रमण देखा परेको स्वास्थ्य अधिकारीले जनाएका छन् ।  दश लाख जनसंख्या भएको उत्तरपश्चिमी सहर ब्यान्डाकामा सो संक्रमण देखिएको त्यहाँका स्वास्थ्यमन्त्रीले जानकारी दिएका छन् ।  इबोला संक्रमणका विरामी यहाँ पुन-देखा परेका हुन् । झण्डै १० लाख व्यक्तिको बसोबास रहेको उक्त सहरमा यो संक्रमण देखा परेकोले यसको प्रकोप बढ्न सक्ने त्रास बढेको सो समाचारमा जनाइएको छ..

    भारतीय प्रधानमन्त्रीको घोषणाबाट क्यान्सर अस्पतालमा आशाको सञ्चार

    बुधबार, जेष्ठ २, २०७५ साल
    भक्तपुर, २ जेठ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाट नेपाल भ्रमणका बेला भक्तपुर दूधपाटीस्थित भक्तपुर क्यान्सर अस्पताललाई भाभाट्रोन रेडियो थेरापी उपकरण दिने घोषणा भएसँगै अस्पतालमा क्यान्सरका बिरामीलाई सहजरुपमा गुणस्तरीय रेडियो थेरापी सेवा दिन सकिने आशा पलाएको छ ।  अस्पतालका कार्यकारी निर्देशक डा ऋषिकेश नारायण श्रेष्ठले भारतीय प्रधानमन्त्री मोदीबाट क्यान्सर बिरामीको उपचारमा सहयोग हुने अत्याधुनिक भाभाट्रोन रेडियो थेरापी उपकरण (कोबाल्ट ६० विथ सिमुलेटर) दिने घोषणा..

    झापामा साना ठूला गरी दुईदर्जन भन्दा बढी अस्पताल सञ्चालनमा

    मंगलवार, जेष्ठ १, २०७५ साल
    काँकडभिट्टा, १ जेठ झापामा हाल साना ठूला गरी २७ वटा अस्पताल सञ्चालनमा छन् ।  जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार यहाँ पाँचदेखि ३०० सम्म शय्या क्षमता भएका अस्पताल सञ्चालन भइरहेका छन् ।  सबैभन्दा बढी शय्या क्षमता भएको बिर्तामोडस्थित बिएन्डसी अस्पताल हो, जसमा ३०० शय्या छ भने सबैभन्दा कम दमकस्थित दुई वटा छालासम्बन्धी उपचार गर्ने अस्पताल डेल्फी स्किन र मेडिपल स्किन अस्पतालमा पाँच–पाँच शय्या रहेको उक्त..

    स्वस्थकर बनौं! बिहानको नास्तामा के खाने के नखाने जानौं

    सोमबार, बैशाख ३१, २०७५ साल
    एजेन्सी, ३१ वैशाख प्रायजसो हामि सबैले बिहान खाजा खान्छाैँ तर ब्रेकफास्ट के कस्ता खानेकुरा खानुपर्छ भनेर धेरैलाई थाहा हुँदैन । अगाडि जे देख्छाैँ त्यहि खान्छाैँ तर ब्रेकफास्टमा खाने खानेकुरा गलत पर्दा स्वास्थ्यलाई ठूलो नोक्सानी हुन्छ । बिहानको समय कफी पिउँदा भोक मेटिन्छ । तर, यसले स्वास्थ्यमा भने खराब असर पुर्‍याउँछ । गर्मीमा कोल्ड कफी पिउने प्रचलन हुन्छ । यसो पनि गर्नु हुँदैन..

    प्रधानमन्त्री ओलीद्वारा हरिशरण लामिछानेको स्वास्थ्य अवस्थाबारे जानकारी

    सोमबार, बैशाख ३१, २०७५ साल
    भक्तपुर, ३१ वैशाख प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नं ३ का प्रदेश सदस्य हरिशरण लामिछानेको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।  मस्तिष्कघात भएपछि आइतबार दिउँसोदेखि काठमाडौँ मेडिकल कलेज, सिनामंगलमा उपचार गराएका लामिछानेको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुग्नुभएका प्रधानमन्त्री ओलीले चिकित्सकहरुसँग समेत उनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् । प्रधानमन्त्री ओलीले लामिछानेका परिवारसँग समेत भेटेर उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै शीघ्र स्वास्थ्यलाभको कामना..

    जिल्लाका आठ वटा स्थानीय तहमा ५२ वटा स्वास्थ्य संस्था हस्तान्तरण

    सोमबार, बैशाख ३१, २०७५ साल
    गुलरिया, बर्दिया, ३१ वैशाख यस जिल्लाका स्थानीय तह गाउँपालिका र नगरपालिकामा स्वास्थ्य संस्था हन्तान्तरण कार्यक्रम आइतबार सम्पन्न भएको छ ।  बर्दियाको ३० वटा स्वास्थ्य संस्था, तीन प्राथमिक स्वास्थ्य कार्यालय, नौवटा सहरी स्वास्थ्य कार्यालय, छवटा सामुदायिक स्वास्थ्य एकाइ र चारवटा आयुर्वेद औषधालय गरी जम्मा ५२ वटा जिल्ला स्वास्थ्य कार्यालयको मातहतमा रहेको स्वास्थ्य संस्थालाई औपचारिकरुपमा बर्दियाको आठवटा स्थानीय तहमा हस्तान्तरण गरिएको हो ।  स्वास्थ्य संस्था..

    मुख स्वास्थ्य सेवालाई स्थानीय तहसम्म पुर्याइनेः राज्यमन्त्री अर्याल

    आईतवार, बैशाख ३०, २०७५ साल
    काठमाडौँ, ३० वैशाख स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्माकुमारी अर्यालले मुख स्वास्थ्य सेवालाई सबै स्थानीय तहसम्म पुर्याउने बताएका छन् ।  शनिबार काठमाडौँमा ‘ओरल मेडिसिन एण्ड रेडियोलोजी’सम्बन्धी विशेषज्ञहरूकोे पहिलो कार्यशाला गोष्ठीमा बोल्दै राज्यमन्त्री अर्यालले सबैको रोगको जड मुखको रोग भएपनि प्राथमिकतामा नपरेकाले स्थानीय तहबाटै मुख स्वास्थ्य सेवा प्रदान गरिने बताए ।  उनले भने, ‘‘हिजो चेतना नहुँदाको कुरा अर्को हो तर अब सबै स्थानीय तहका स्वास्थ्य..

    सामुदायिक अस्पतालमा रगत अभाव हुन थालेपछि बेंशीशहररको चोक-चोकमा रगत परीक्षण

    शुक्रबार, बैशाख २८, २०७५ साल
    बेँसीशहर, लमजुङ, २८ वैशाख लमजुङको जिल्ला सामुदायिक अस्पतालमा रगत अभाव हुन थालेपछि सम्भावित रक्तदाताको रगत समूहको निःशुल्क परीक्षण गरीएको छ । विभिन्न युवाक्लब तथा संस्थासँग सहकार्य गरी बेँसीशहरका चोकचोकमा उत्प्रेरणासहित रक्त समूहको निःशुल्क परीक्षण गरिएको हो । रक्त समूह परीक्षण गरिएका सम्भावित रक्तदाताहरुलाई अस्पतालमा आवश्यक परेको बेला सम्पर्क गरी रगतको परिपूर्ति गर्ने अस्पतालका प्रशासन संयोजक हेमन्त श्रेष्ठले बताए । जिल्ला अस्पतालमा रक्तसञ्चार केन्द्र भए..

    त्रिपुरासुन्दरी नगरपालिका अन्तर्गत पर्ने डोल्पाका दुई वडालाई पूर्ण खोप घोषणा

    बिहिवार, बैशाख २७, २०७५ साल
    दुनै, डोल्पा, २७ वैशाख यहाँको त्रिपुरासुन्दरी नगरपालिकाअन्तर्गत पर्ने वडा नं १ र २ लाई पूर्ण खोप वडा घोषणा गरिएको छ ।  नगरका दुई वडामा भएका ८१ जना बालबालिकाले जन्मदेखि दुई वर्षसम्म लगाउनुपर्ने ११ प्रकारका खोप पूरा गरेका आधारमा पूर्ण खोप वडा घोषणा गरिएको स्थास्थ्य चौकी त्रिपुराकोटका प्रमुख तुलबहादुर श्रेष्ठले जानकारी दिए । पूर्ण खोप वडा घोषणासँगै दिगोपना पनि आवश्यक भएको स्वास्थ्य चौकी..

    वास्तविकता के हो ? दैनिक जीवनमा धेरै प्रयोग हुने गोलभेडा र भ्यान्टा मृगौलामा पत्थरीको सम्बन्ध

    बिहिवार, बैशाख २७, २०७५ साल
    एजेन्सी, २७ बैशाख  तरकारीको स्वाद बढाउन होस् वा सलाद, अचारका लागि गोलभेडाको प्रयोग दैनिक जीवनमा धेरै नै हुन्छ । भिटामिन, एन्टिअक्सिडेन्ट र मिनरल्सले भरिपूर्ण गोलभेडा स्वास्थ्यका लागि निकै फाइदाजनक छ । गोलभेडा भिटमिन सीको राम्रो स्रोत हुनुका साथै जैविक सोडियम, फस्फोरस, क्याल्सियम, पोटासियम, म्याग्नेसियम र सल्फरको राम्रो स्रोत हो । गोलभेडामा रहेको गलूटाथीयोनले शरिरको रोग प्रतिरोधात्मक क्षमतालाई बढाउँछ भने प्रोस्टेट क्यान्सरबाट..

    चार वर्षमा सबै स्थानीय तहमा सरकारी अस्पताल : राज्यमन्त्री पद्माकुमारी अर्याल

    बुधबार, बैशाख २६, २०७५ साल
    काठमाडौँ , २६ वैशाख संघीय सरकारले स्वास्थ्य सेवामा सर्वसाधारणको पहुँच वृद्धिका लागि आगामी चार वर्षभित्र सबै स्थानीय तहमा कम्तीमा एक सरकारी अस्पताल स्थापनाको लक्ष्य लिएको छ । नेपालको संविधानको मौलिक हकमा आधारभूत स्वास्थ्य सेवालाई समावेश गरिएको सन्दर्भमा सरकारको आउँदो नीति तथा कार्यक्रम र बजेटमा ‘एक स्थानीय तहः एक अस्पताल’ को कार्यक्रम आउने स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्माकुमारी अर्यालले जानकारी दिईन । ती..

    सरकारद्वारा तीलगंगा आँखा प्रतिष्ठानलाई १० करोड अनुदान, लेन्स उत्पादन गरी निर्यात गर्ने अपेक्षा !

    मंगलवार, बैशाख २५, २०७५ साल
    काठमाडौँ, २५ वैशाख सरकारले तीलगंगा आँखा प्रतिष्ठानलाई रु १० करोड अनुदान उपलब्ध गराएको छ । ‘नेपाल आँखा कार्यक्रम’ले उत्पादन गर्दै आएको मोतियाबिन्दुको शल्यक्रियापछि राखिने इन्ट्रअकुलर लेन्स उत्पादन क्षमता अभिवृद्धि गर्न सो अनुदान उपलब्ध गराएको हो । उद्योग, वाणिज्य तथा अपूर्ति मन्त्री मातृकाप्रसाद यादवले मन्त्रालयमा मंगलबार आयोजित कार्यक्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक तथा प्रमुख प्राडा सन्दुक रुइतलाई उक्त रकमबराबरको चेक हस्तान्तरण गरे । कार्यक्रममा मन्त्री..
    Results 1207: You are at page 32 of 41
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 Next Last
    Weather Forecast