सोमबार, आषाढ २२, २०७७

    स्वास्थ्य

    चितवन राष्ट्रिय निकुञ्जस्थित लोकतन्त्रकलीले छावा जन्मायो

    शुक्रबार, फागुन १०, २०७५ साल
    चितवन, १० फागुन : चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालीम केन्द्रमा रहेको लोकतन्त्रकलीले बिहीबार छावा जन्माएको छ । बिहान ४ः१५ बजे १२ वर्षकी कलीले छावा जन्माएको निकुञ्जका पशु स्वास्थ्य प्राविधिक पुरुषोत्तम पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार यस वर्ष निकुञ्जमा लोकतन्त्रकलीसहित पाँच माउ हात्तीले छावा जन्माएका छन् ।  निकुञ्जको हात्ती प्रजनन एवं तालीम केन्द्र, सौराहा र कसराको हात्तीसार एवं पोष्टमा हात्ती..

    भरोसा बटुल्दै जाजरकोट अस्पताल

    बिहिवार, फागुन ९, २०७५ साल
    जाजरकोट, ९ फागुन एक समय थियो, जाजरकोट अस्पताल भन्नबित्तिकै सामान्य उपचार हुँदैन भन्दै अस्पतालमा पाइलासमेत टेक्न स्थानीयवासी हिच्किचाउँथे । अहिले नयाँ व्यवस्थापन समिति पाएसँगै नयाँ सेवासुविधा थपिएपछि जिल्ला अस्पताल सबैको भरोसाको केन्द्रविन्दु बनेको छ । अहिले अस्पतालले शल्यक्रिया सेवादेखि बिरामीलाई उचित सल्लाह, सुझाव र परामर्श दिएर राम्रो विश्वास आर्जन गरेको छ ।  हप्ता दिनदेखि शल्यक्रिया सेवा शुरु गरेर अस्पतालमा आधा दर्जन जिल्लावासीको..

    चितवनमा निशुल्क आयुर्वेद स्वास्थ्य शिविरको आयोजना हुँदै

    बुधबार, फागुन ८, २०७५ साल
    चितवन, ८ फागुन आमा आयुर्वेद सेवा प्रा.लि.को आयोजनामा चितवनमा यही फागुन ११ गते निशुल्क बृहत आयुर्वेद स्वास्थ्य शिविर कार्यक्रम हुने भएको छ । उक्त कार्यक्रममा निशुल्क औषधि पनि बितरण गरिने जानकारी संस्थाले दिएको छ । संस्थाका अनुसार शिविरमा विभिन्न प्रकारका स्वास्थ्य सेवाहरु दिईनेछ। जसअन्तर्गत पेट, हाडजोर्नी, नशा, मलद्वार, स्त्री तथा प्रसुती रोगहरु, मानसिक रोगहरु, छाला सम्बन्धि रोगहरु, यौनजन्य रोगहरु, नाक, कान, घाँटीका रोगहरु,..

    डोटीमा सुरक्षित गर्भपतन सेवा लिने बढ्दै

    बुधबार, फागुन ८, २०७५ साल
    डोटी, ८ फागुन चालू आर्थिक वर्षमा जिल्लामा सुरक्षित गर्भपतन सेवा लिन आउनेको सङ्ख्यामा वृद्धि भएको छ ।  नेपाल सरकारबाट सुरक्षित गर्भपतनको सेवा निःशुल्क दिइने भएपछि सो सेवा लिन आउनेको सङ्ख्यामा वृद्धि भएको स्वास्थ्यकर्मी बताउँछन् । डोटीमा सात महीनाको अवधिमा ३६२ महिलाले सुरक्षित गर्भपतन सेवा लिएको जिल्ला अस्पतालले जनाएको छ ।  आव २०७५÷०७६ को साउनदेखि माघसम्म ३६२ महिलाले उक्त सेवा लिएका छन् । सोमध्ये..

    स्वास्थ्य शिविरमा बिरामीको लडेर मृत्यु

    मंगलवार, फागुन ७, २०७५ साल
    सप्तरी, ७ फागुन  नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र नेपाली सेनाको आयोजनामा राजविराजमा सञ्चालित बृहत् स्वास्थ्य शिविरमा मंगलवार एक बिरामीको मृत्यु भएको छ ।  राजविराज नगरपालिका–५ मा राखिएको स्वास्थ्य शिविरमा उपचारका लागि आएका सप्तरीको कञ्चनरुप नगरपालिका–६ धर्मपुर का ६२ वर्षीया गङ्गा मोचीको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । गए रातिदेखि नै उपचारका लागि प्रतिक्षा सूचीमा बसेका मोचीको मंगलवार बिहान पिसाब..

    डाक्टरहरु आन्दोलन बाबजुत समायोजन पत्र थमाउँदै सरकार

    सोमबार, फागुन ६, २०७५ साल
    काठमाडौं, ६ फागुन  सरकारले आजदेखि नै एघारौं तहका कर्मचारीहरुलाई समायोजन पत्र दिने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्यसेवाका एघारौं तहका कर्मचारीसहितका सहसचिवलाई समायोजन पत्र उपलब्ध गराउने भएको हो । सरकारले शुरु गरेको कर्मचारी समायोजनप्रति असन्तुष्टि जनाउँदै सरकारी डाक्टरहरु आन्दोलित भएका छन् । उनीहरुले सेवाबहिस्कार देखि सामुहिक राजिनामा दिने चेतावनी समेत दिएका छन् । प्रतिनिधिसभाबाट सो विधेयक आफूहरुको मागलाई सम्बोधन नगरी..

    झापामा बिरामी ठगीने क्रम व्यापक, कर्मचारीदेखि तस्करसम्मको मिलेमतो

    आईतवार, फागुन ५, २०७५ साल
    झापा, ५ फागुन भन्सारकर्मचारी, प्रहरी, प्रशासन र औषधी तस्करको मिलेमतोमा झापामा बिरामी ठगीने क्रम बढेको छ । काकरभिट्टा नाकाहुँदै भारतबाट एमआरपी नभएका औषधी ल्याएर कमिशका लागि बिरामीको स्वास्थ्यमा खेलबाड गरी झापामानै एमआरपी लगाएर बिक्रीहुने गरिएको छ । यस्ता औषधीले सेवाग्रहीको स्वास्थ्यमा मात्र नोक्सान गरेको छैन लाखौ राजस्व पनि छली गरेको छ ।  सरकारले औषधिमा पाइने कमिशनका कारण केही चिकित्सकहरुले विरामीलाई आवश्यकता भन्दा..

    सरकारी चिकित्सकद्धारा सशक्त आन्दोलनको घोषणा

    आईतवार, फागुन ५, २०७५ साल
    काठमाडौं, ५ फागुन  सरकारले ल्याएको कर्मचारी समायोजन विधेयकविरूद्ध आन्दोलनरत सरकारी चिकित्सकहरूले आइतबार सामूहिक राजीनामा दिनेलगायतका सशक्त आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् । सरकारी चिकित्सक संघ, नेपाल (गोदान)ले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी  कर्मचारी समायोजन विधेय सच्याउन सरकारलाई बाध्य पार्न सामूहिक राजीनामा दिने लगायतका एक हप्ते सशक्त आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।  घोषित कार्यक्रममा सो विधेयक सच्याउन राष्ट्रपति विद्या भण्डारी र राष्ट्रिय सभाका..

    कुष्ठरोगका वर्षेनी ३ हजार नयाँ बिरामी थपिदैँ, निवारण कहिले ?

    आईतवार, फागुन ५, २०७५ साल
    काठमाडौँ, ५ फागुन  सरकारले कुष्ठरोग निवारणको घोषणा गरेको एक दशक बित्न लागे पनि वर्षेनी यो रोगका तीन हजार नयाँ बिरामी फेला परिरहेका छन् ।  कुष्ठरोगको किटाणु शरीरमा प्रवेश गरेपछि पनि दाग नदेखिँदा रोगले हातखुट्टालगायतका अङ्गमा असर गरेपछि मात्रै बिरामी उपचारका लागि स्वास्थ्य संस्था पुग्ने गरेका छन् ।  कुष्ठरोग लाग्नासाथ अधिकांशमा शुरुमा रातो वा फुस्रो रङ्गको दाग र गीर्खा देखिनेलगायतका लक्षण देखिए पनि थोरैमा..

    आयुर्वेदिक औषधिको प्रयोगकर्ता बढ्दै, मेडिकल धाउन छाडे सेवाग्राही

    शनिबार, फागुन ४, २०७५ साल
    बेझाड, ४ फागुन  घरायसी आयुर्वेदिक औषधिले निको भएपछि पाल्पाको रामपुर नगरपालिका–५ मटेरी बस्ने सावित्री पङ्गेनीले अन्य औषधि प्रयोग गर्न छाड्नुभएको छ ।  दुई छोराछोरी र आफूले नियमित रूपमा आयुर्वेदिक औषधि सेवन गरेपछि ‘एलोपेथिक’ औषधि प्रयोग गर्नै छाडेको उहाँले बताउनुभयो । छोरालाई आङको रोगले सताएपछि आयुर्वेदिक औषधि नियमित सेवनले रोग निको भएपछि यसमै विश्वास गर्न थालेको पङ्गेनीले बताउनुभयो । “ आधुनिक अस्पताल, मेडिकलको..

    औषधीय गुण बोकेको वनस्पती सजिवन, प्रयोग गर्ने तरिका र फाईदा

    शुक्रबार, फागुन ३, २०७५ साल
    काठमाडौं, ३ फागुन भारतबाट सुरु भएको सजिवनको खेती विस्तारै एसिया हुँदै रसिया पुग्यो र संसारभर छायो । यो सब्जीको औषधीय गुण यति धेरै छन् कि, सायदै अन्य कुनै सब्जीमा पाइएला । सजिवन दक्षिण भारतमा व्यापक प्रयोग गरिन्छ भने नेपालमा पनि यसको खेती गर्न थालिएको छ । सजिवनको पात पनि औषधीय गुण बोकेको वनस्पतीमा पर्छ, जसलाई सितलचिनी भनेर चिनिन्छ । वनस्पती वैज्ञानिकहरुका अनुसार..

    सिंगापुरका एचआईभी सम्बन्धी गोप्य विवरण इन्टरनेटमा सार्वजनिक !

    आईतवार, माघ २७, २०७५ साल
    सिंगापुर, २७ माघ  रिकोलाई एचआईभी भएको एक दशक भइसक्यो । सामाजिक व्यवहार गोप्य राख्न रुचाउने सिंगापुरमा उनलाई एचआईभी भएको बारेमा केही निकट व्यक्तिलाई मात्र थाहा थियो । गत महिना उनलाई एउटा फोन कल आयो । ती व्यक्तिले आफ्नो व्यक्तिगत जानकारी अनलाइनमा सार्वजनिक भएको जानकारी दिए ।  रिको एक प्रतिनिधि पात्र मात्र हुन् । उनीजस्तै एचआईभी भएका १४ हजार २०० जनाको स्थिति, नाम..

    दाङमा अग्निकर्म उपचार पद्धतिको सफल परीक्षण

    बिहिवार, माघ २४, २०७५ साल
    लमही, २४ माघ   मध्यपश्चिमाञ्चल क्षेत्रीय आयुर्वेद चिकित्सालय दाङमा अग्निकर्म पद्धतिबाट उपचार सेवा शुरु भएको छ ।    आयुर्वेद चिकित्सा पद्धतिअन्तर्गत नेपालमै पहिलोपटक अग्निकर्ममार्फत दाङमा छ जनाको उपचार गरिएको चिकित्सालयका निर्देशक डा रामकामेश्वर ठाकुरले बताउनुभयो । “अहिलेसम्म नेपालमा यो अग्निकर्मको उपचार पद्धति कुनै पनि आयुर्वेद अस्पतालमा शुरु भएको छैन”, उहाँले भन्नुभयो, “पहिलोपटक दाङमा हामीले यो अग्निकर्म पद्धतिबाट उपचार शुरु गरेका छौँ ।”    बढी काम गर्दा..

    जग्गा उपलब्ध गराउनुस् लगानी म गर्छु : आयुर्वेद शिरोमणि बालकृष्ण

    बिहिवार, माघ २४, २०७५ साल
    वालिङ, २४ माघ  आयुर्वेद शिरोमणि आचार्य बालकृष्णजी महाराजले नेपालमा लगानीका लागि आफू तयार रहेको बताउनुभएको छ ।  जन्म जिल्ला स्याङ्जाको वालिङमा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा आचार्य बालकृष्णले शैक्षिक संस्था, जडीबुटी, उद्यान र उद्योगको विकासका लागि पहिलो चरणमा एकसय करोड लगानी गर्ने बताउनुभयो । मैले यहाँबाट कमाएर लाने पनि होइन यहीको विकासका लागि लगानी गर्छु,” आचार्य बालकृष्णले भन्नुभयो, “तपाईंहरुको माया र स्नेह..

    स्वास्थ्य बीमाप्रति आकर्षण बढ्दै, बिरामी भन्छन् - सजिलो र भरपर्दो

    बुधबार, माघ २३, २०७५ साल
    टीकापुर, २३ माघ  केही महीनाअघि टीकापुर नगरपालिका–१ की शान्ति काफ्लेको छातीमा समस्या भयो । टीकापुर अस्पतालबाट केही दिन औषधि खाँदा सञ्चो नभएपछि भक्तपुर क्यान्सर अस्पताल सिफारिश गरियो र उहाँको त्यही उपचार भयो । “मलाई कति पैसा लाग्यो भन्ने कुराको चिन्ता भएन, आउनेजाने खर्चबाहेक सबै खर्च स्वास्थ्य बीमा बोर्डले तिर्यो,” काफ्ले भन्नुहुन्छ, “स्वास्थ्य बीमा गरिराखे बिरामी भएका बेला कार्ड बोकेर गए निःशुल्क..

    बेलैमा उपचार गरे निको हुन्छ क्यान्सर, रोगलाई जित्दाका ती क्षण !

    मंगलवार, माघ २२, २०७५ साल
    काठमाडौँ, २१ माघ आज (सोमबार) विश्व क्यान्सर दिवस । क्यान्सरसम्बन्धी जनचेतना जागृत गर्नका लागि विश्वभरनै यो दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिन्छ ।  तर अहिलेसम्म पनि नेपालमा कति क्यान्सर रोगी छन् भन्ने एकीन तथ्याङक छैन । हाल जनसंख्यामा आधारित (पपुलेसन वेस) अनुसन्धानको काम चलिरहेको सरकारको भनाइ रहेको छ ।  नेपालमा पनि क्यान्सर दिवसको अवसरको विभिन्न कार्यक्रमको आयोजना गरिन्छ । क्यान्सर दिवस आउनुभन्दा १५..

    पूर्वयुवराज पारस घर फिर्ता, १० वर्षको अवधिमा ३ पटक हृदयाघात

    शुक्रबार, माघ १८, २०७५ साल
    काठमाडौँ, १८ माघ  पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा सुधार आएपछि नर्भिक इन्टरनेशनल हस्पिटलबाट शुक्रबार निर्मल निवास फर्कनुभएको छ ।  हृदयाघात भएपछि गत आइतबार अस्पताल भर्ना हुनुभएका शाहलाई लिन बहिनी प्रेरणालगायत आफन्तहरु अस्पताल पुग्नुभएको थियो । उहाँको मुटुको एन्जिओप्लास्टिक गरिएको अस्पतालले जनाएको छ ।  उहाँ अहिले सामान्य खानपिन र हिँड्डुुल गर्न सक्षम भएको भए पनि नियमित औषधि सेवन गर्नुपर्ने भएको छ । एक सातापछि स्वास्थ्य..

    अब देशभर आकस्मिक बाहेकका सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा

    बिहिवार, माघ १७, २०७५ साल
    काठमाडौं, १७ माघ ।  डा. गोविन्द केसीको जीजन रक्षाका लागि गरिएको कार्यक्रमलाई बेवास्ता गरिएकोमा स्तब्ध भएको संघले बताएको छ ।  नेपाल चिकित्सक संघले देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गर्ने घोषणा गरेको छ । बिहीबार राष्ट्रियसभाले चिकित्सा शिक्षा विधेयक पास गरलगतै संघले आन्दोलनको घोषणा गरेको हो । डा. केसीको जीवनरक्षाका लागि सरकारले कुनै पहल नगरेको भन्दै चिकित्सक संघले भोलि शुक्रबार सांकेतिक आन्दोलन स्वरुप..

    पूर्वयुवराज पारसको स्वास्थ्यमा सुधार, मुटुको अवरोध खोल्न एन्जियोप्लाष्ट

    बुधबार, माघ १६, २०७५ साल
    काठमाडौँ, १६ माघ  : हृदयाघातका कारण अस्पताल भर्ना भएका पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा सुधार देखिएको छ ।  शाहको बन्द रहेको मुटुको अवरोध खुलाउन कोरोनरी एन्जियोप्लाष्ट सकिएसँगै उहाँको अवस्थामा सामान्य सुधार आउन थालेको नर्भिक इन्टरनेशनल अस्पतालका डेपुटी जनरल म्यानेजर रामप्रसाद मैनालीले जानकारी दिनुभयो ।  शाहको उपचारमा प्रा डा यादव देव भट्टको नेतृत्वमा डा जेपी अग्रवाल, डा नग्मा श्रेष्ठ, डा सन्तोष श्रेष्ठलगायतको टोली खटिइएको अस्पतालले..

    पारस शाहको अवस्था माथि चिकित्सकहरुको ब्रिफिङ : मुटु एकदमै कमजोर

    मंगलवार, माघ १५, २०७५ साल
    काठमाडौं, १५ माघ   पूर्व युवराज पारस शाहको अवस्था स्थिर भए पनि खतरामुक्त नभएको भन्दै सीसीयुमा सारिएको छ।  हर्ट अट्याएक भएपछि नर्भिक अस्पताल पुर्‍याइएका शाहको स्वास्थ्य अवस्थाबारे जानकारी दिन आयोजित प्रेस ब्रिफिङमा जनाइएअनुसार उनको ब्लड प्रेसर र सुगर नर्मल छ। तर, ७२ घन्टा अघि उनलाई खतरामुक्त भन्न नमिल्ने अस्पतालले जनाएको छ। शाहको उपचारमा संलग्न चिकित्सकको टोलीले मंगलबार पत्रकार सम्मेलन गरेर उनको स्वास्थ्य अवस्था खतरामुक्त..

    सरकारद्वारा कांग्रेसको माग सम्बोधन, व्यक्तिगत नामका २ अस्पताल संघको मातहतमा

    मंगलवार, माघ १५, २०७५ साल
    काठमाडौँ, १५ माघ मन्त्रिपरिषद् बैठकले गिरिजाप्रसाद कोइराला स्वासप्रश्वास अस्पताल र बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई संघीय सरकारमातहत ल्याउने निर्णय गरेको हो ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संस्थापक नेताको नाममा रहेका दुई अस्पताललाई संघीय सरकार मातहत ल्याइएको छ ।  स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले ती दुवै अस्पताल आवश्यक मापदण्ड पुरा गरेपछि संघीय सरकारमा ल्याउँदा राम्रो हुने बताए पनि कांग्रेसले नमानेपछि..

    चिकित्सकहरु अनशन बसेको स्थानबाट रातारात टेन्ट हटाइयो, रिले अनसन जारी

    मंगलवार, माघ १५, २०७५ साल
    काठमाडौँ, १५ माघ  नेपाल चिकित्सक संघले शिक्षण अस्पतालमा रिले अनशन बस्न राखेको टेन्ट रातारात हटाइएको छ । अस्पताल परिषरमा लगाइएको टेन्ट रातारात हटाइएको संघले जनाएको छ । त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालले अस्पताल परिसरभित्र कुनै धर्ना, विरोध तथा बन्द हड्तालका कार्यक्रम नराख्न तथा नगर्न गरेको आग्रहलाई चिकित्सकहरुले बेवास्ता गरेका छन् ।  प्रहरीले पनि सामान्य अन्तरक्रिया गर्ने र अनसनरत गोविन्द केसीको ब्यानर नराख्ने सर्तमा डाक्टरहरुलाई..

    पूर्वयुवराज पारस शाह अस्पताल भर्ना, हृदयघात भएको प्रारम्भिक अनुमान

    सोमबार, माघ १४, २०७५ साल
    काठमाडौं, माघ १४ । अचानक बिरामी भएपछि पूर्व युवराज पारस शाह थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका छन्। सामान्य अवस्थामा रहेका उनमा एक्कासी छाती दुख्ने समस्या आएपछि अस्पताल भर्ना भएको जनाइएको छ।    हाल उनलाई नर्भिकको आकस्मिक कक्षमा राखेर  मुटुरोग विशेषज्ञ डा यादवदेव भट्टको टोलीले उपचार गरिरहेको  बताइएको छ।  प्रारम्भिक लक्षणका आधारमा उनलाई हलुका ढंगको हृदयाघात भएको अनुमान गरिएको छ ।    यसअघि पनि उनलाई हृदयाघात..

    यी ४ बुँदा जसले तोडिन्छ डा. केसीको अनसन ! आजदेखि डाक्टरहरू सामूहिक अनसन बस्दै

    सोमबार, माघ १४, २०७५ साल
    काठमाडाैं, १४ माघ ।  अनसनरत डा. गोविन्द केसीको जीवनरक्षा माग गदै चिकित्सकहरु आजबाट रिले अनसनमा बस्ने भएका छन् । संघका अनुसार, अनसन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ । उपत्यकाका चिकित्सकले त्रिवि शिक्षण अस्पताल र जिल्ला बाहिरका चिकित्सकले आफू कार्यरत अस्पताल वा संघको शाखा कार्यालयमा धर्ना दिने जानकारी श्रेष्ठले दिए ।  देशभर करिब ८ हजार संघ सम्बद्ध चिकित्सिक रहेको संघको..

    पहिलो बच्चा जन्माउनेमध्ये आधा प्रसूति शल्यक्रियाबाट, सर्वेक्षण गर्दा जे देखियो !

    आईतवार, माघ १३, २०७५ साल
    सियोल, १३ माघ  दक्षिण कोरियामा पहिलो बच्चा जन्माउने कुल महिलामध्ये आधाले शल्यक्रिया मार्फत् बच्चा जन्माउने गरेको पाइएको छ ।  आइतबार सार्वजनिक गरिएको तथ्याङ्क अनुसार सन् २०१७ मा शल्यक्रिया मार्फत् बच्चा जन्माउने महिलाको संख्या करिब आधा पुगेको हो ।  स्वास्थ्य बिमा पुनरावलोकन तथा मूल्याङ्कन सेवाका अनुसार सन् २०१७ मा बच्चा जन्माएका मध्ये ४८.८ प्रतिशतले पहिलो बच्चा जन्माउँदा शल्यक्रिया गरेका छन् ।  सो संख्या सन् २०१६..

    के होला डा. केसीको अनसन ? चिकित्सकहरु भन्छन् - जुनसुकै मूल्‍य चुकाउन तयार छौँ

    आईतवार, माघ १३, २०७५ साल
    काठमाडौं, १३ माघ शुक्रबार चिकित्सा शिक्षा विधेयक पारित भएपछि अब अनसनरत डा. गोविन्द केसीको अनसन के हुन्छ भन्ने कौतुहलता बढेको छ ।  डा. गोविन्द केसीको जीवन रक्षाका लागि जुनसुकै मूल्‍य चुकाउन तयार रहेको चिकित्सकहरुले बताएका छन्। अनसन बसेको १८औ दिन सम्मपनि सरकारले कुनै किसिमको वार्ता तथा छलफलको पहल नगर्नुले डा. केसीको अनसनको भविष्य के होला वा अनसन कसरी अन्त्य होला भन्ने विषयमा थप..

    सशस्त्र एसपीको मृत्यु , सिडिओ गम्भिर घाईते, हेलिकप्टरबाट काठमाडौं ल्याइयो

    आईतवार, माघ १३, २०७५ साल
    बारा , १२ माघ जीप दुर्घटनामा गम्भीर घाइते भएका बाराका प्रमुख जिल्ला अधिकारी (सह–सचिव) गणेश भट्टराईलाई थप उपचारको लागि काठमाडौं ल्याइएको छ ।  बाराका प्रमुख जिल्ला अधिकारी (सिडिओ) चढेको गाडी शनिवार राती दुर्घटना हुदा सशस्त्र प्रहरी उपरिक्षक (एसपी) को मृत्यु भएको छ । दुर्घटनामा सिडिओ गम्भिर घाईते भएका छन् ।  कर्मचारी मिलन केन्द्र बाराको वनभोज कार्यक्रमबाट फर्कने क्रममा पथलैया–निजगढ सडकखण्डको पसाहा पुलनजिक ना१झ..

    हिमपातले पोलियो खोप अभियान प्रभावित, स्वास्थ्यकर्मी र सामग्री लैजान नसकेपछि...

    आईतवार, माघ १३, २०७५ साल
    हुम्ला, १३ माघ  हुम्लामा माघ लागेसँगै निरन्तर परेको हिमपातले राष्ट्रिय पोलियो खोप अभियानलाई प्रभावित बनाएको छ । यही माघ ८ र ९ गते सञ्चालन हुने राष्ट्रिय पोलियो खोप कार्यक्रम भारी हिमपातका कारण अवरुद्ध भएको जिल्ला अस्पतालका अनमी सरिता बोहराले बताउनुभयो ।  जिल्लाका अधिकांश खोप केन्द्रमा पोलियो खोप खुवाउने कार्यक्रम दुईदिन सञ्चालन गर्ने भनिए पनि सोमबारदेखि लगातार परेको हिमपातले खोप सञ्चालन गर्न नसकिएको..

    काठमाडौंमा १ महिनामा २ सय १२ जनालाई स्वाइन फ्लु, १ को मृत्यु, यस्तो छ बच्ने उपाय !

    बिहिवार, माघ १०, २०७५ साल
    काठमाडौँ,  १० माघ  स्वाइन फ्लु एक खतरनाक भाइरस हो जुन सुँगुरको कारण फैलिने गर्दछ । सबैभन्दा यसको संक्रमण मेक्सिकोको वेराक्रूज ईलाकाको सुगुँर फार्ममा सबैभन्दा पहिले देखिएको थियो । यस लाई कतै-कतै सुँगुर ज्वरो पनि भन्ने गरीन्छ र यो रोग फैलाउन मुख्यतया ४ प्रकारका भाइरसहरु जिम्मेबार हुन्छन । १. H1N1 २. H1N2 ३. H3N2 ४. H3N1 राजधानी काठमाडौंमा एक महिनामा दुई सय १२ जनामा..

    के कारणले गर्दा गोविन्द केसी अनशन बसे ? अनशन बसेका डा. केसीलाई मनाउने यी ४ उपायहरु

    बुधबार, माघ ९, २०७५ साल
    काठमाडौँ, ९ माघ अनशनको १४ औं दिन डा. गोविन्द केसीले जनता र बिद्यार्थीमुखी बुँदा थपेर चिकित्सा शिक्षा विधेयक परित गर्न सांसदहरूलाई अनुरोध गरेका छन्। जवाफमा सत्तापक्षका सांसद योगेश भट्टराईले संसद्‍बाट आफूहरूले पारित प्रयास गरिरहेको विधेयक राष्ट्र, जनता र बिद्यार्थीको हितमा रहेको भन्दै त्यसप्रति विश्वस्त हुन केसीलाई आग्रह गरेका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, "कुनै कमीकमजोरी रहेमा यहाँ र यहाँ जस्तै व्यक्तित्वको सुझावमा..
    Results 1425: You are at page 30 of 48
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 Next Last
    Weather Forecast