शनिबार, मंसिर २८, २०७६

    स्वास्थ्य

    नआत्तिनुहोस् ! अब उपचार केन्द्रमा सर्पको डसाइबाट अशक्त भएकाहरूको सजिलै उपचार हुन्छ

    सोमबार, बैशाख २४, २०७५ साल
    इटहरी, २४ वैशाख नेपाली सेनाको पूर्वी पृतना मुख्यालय हाताभित्र सञ्चालनमा रहेको सामुदायिक सर्पदंश उपचार केन्द्रले सर्पको डसाइबाट अशक्त भएकाहरुको सहज उपचार गर्दै आएको छ ।  विसं २०६९ देखि नेपाली सेनाको सहयोगमा सामुदायिक सर्पदंश उपचार केन्द्र सञ्चालनमा आएपछि सात हजार १०० जनाले उपचार पाइसकेको सामुदायिक सर्पदंश उपचार केन्द्र सञ्चालक समितिका अध्यक्ष दिवस पोख्रेलले जानकारी दिए ।  सर्पदंशका पीडितलाई सहज रुपमा उपचार सेवा उपलब्ध गराउँदै..

    नेपाल स्वास्थ्यकर्मी युनियन केन्द्रीय कार्यसमितिको १३ बुँदे काठमाडौँ घोषणापत्र जारी !

    आईतवार, बैशाख २३, २०७५ साल
    काठमाडौँ, २३ वैशाख नेपाल स्वास्थ्यकर्मी युनियन केन्द्रीय कार्यसमितिले औषधि आपूर्ति प्रक्रिया अवरोध भई सेवा सञ्चालनमा समस्या भएकाले तत्काल आपूर्ति गरिनुपर्ने लगायत माग राखी १३ बुँदे काठमाडौँ घोषणापत्र जारी गरेको छ ।  समितिको यही वैशाख १७ र १८ गते बसेको बैठकले दुर्गम एवं विकट जिल्ला र अन्य स्थानमा रिक्त दरबन्दीमा तत्काल पदपूर्तिको व्यवस्था गर्नुपर्ने, स्वास्थ्य संस्था र स्थानीय तहका कार्यालयमा भौतिक संरचना..

    सिरहामा अस्पताल मेसुसहित स्थायी चिकित्सक विहीन, बिरामीको उपचारमा समस्या

    आईतवार, बैशाख २३, २०७५ साल
    लहान, २३ वैशाख : सिरहा जिल्ला अस्पताल करारमा रहेका चिकित्सकको भरमा सञ्चालन हुँदैछ ।  कूल ५० श्ययाको अस्पतालमा मेडिकल सुपरिटेण्डेण्ट र स्थायी विशेषज्ञ चिकित्सक रिक्त हुँदा करारमा रहेका चिकित्सक तथा प्राविधिकले बिरामीको उपचार गर्दैआएका छन् ।  अस्पतालमा प्रमुख मेसुसहित कन्सल्टेण्ट पेडिया टिसियन स्त्रीरोग विशेषज्ञ, परामर्श शल्यचिकित्सक, परामर्शदाता हाड शल्यचिकित्सक, परामर्शदाता मनोरोगविशेषज्ञ, कन्सल्टेण्ट एनेस्थियोलोजिष्ट, जनरल फिजिसिएन रेडियोजोलिष्ट एक एक गरी नौ विशेषज्ञ चिकित्सकको दरबन्दी..

    कागतीको बोक्रा नाफाल्नुहोला ! बहुउपयोगी छ यो अनेकौं रोगका लागि

    आईतवार, बैशाख २३, २०७५ साल
    काठमाडौँ, २२ वैशाख हरेकको भान्सामा उपलब्ध हुन्छ कागती । यही कागती विभिन्न रोगका लागि फाइदा हुन्छ भन्ने कुरा कमैलाई मात्रै थाहा होला। पौष्टिक गुणहरूले भरपूर कागतीले शरीरलाई अनेकौं रोगबाट बचाउने चिकित्सकहरु बताउँछन् । कागतीको बोक्रा बहुगुणीको रुपमा लिइन्छ । कागतीको बोक्रा खानाले मानिसलाई तनावमुक्त गराउँछ । यसमा भएको फ्लेभोनाइडले तनाव घटाउन सहयोग गर्ने चिकित्सक बताउँछन् । यस्तै कागतीको बोक्रा खानाले क्यान्सर रोगीलाई निकै फाइदा..

    ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा छुट्टै ‘रिह्याबिलिटेसन’ वार्ड !

    बिहिवार, बैशाख २०, २०७५ साल
    काठमाडौं, बैशाख १९ ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा छुट्टै रिह्याबिलिटेशन वार्ड संचालनमा आएको छ । अस्पतालको सातौ तल्लामा सो वार्डमा अर्थोपेडिक तथा न्यूरो सर्जरीपछि लामो समय उपचार तथा पुर्नस्थापनाका लागि बस्नुपर्ने बिरामीहरुलाई सेवा उपलब्ध हुने छ। पाँचवटा बेड रहेको उक्त वार्डमा फिजिकल थेरापि युनिटको प्रत्यक्ष सहभागिता हुने अस्पतालले जानकारी दिएको छ।..

    गुणस्तरीय स्वास्थ्य बीमा प्रभावकारी बन्दै, सात नं प्रदेशमा ३१ हजार नागरिक बीमामा आवद्ध

    आईतवार, बैशाख १६, २०७५ साल
    बैतडी, १६ वैशाख गरीब तथा विपन्न नागरिकको स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउन सरकारले शुरु गरेको स्वास्थ्य बीमा यहाँ प्रभावकारी बन्न थालेको छ । अहिलेसम्म बैतडीसहित प्रदेश नं ७ सुदूरपश्चिमका ३१ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमामा आबद्ध भइसकेका छन् ।  स्वास्थ्य बीमा बोर्ड, प्रदेश नं ७ को कार्यालयका अनुसार ५ हजार ७६४ परिवारका ३१ हजार ४६८ व्यक्ति स्वास्थ्य बीमामा आबद्ध भएका छन् ।..

    ४ स्वास्थ्य संस्थालाई बैतडीमा किशोर किशोरीमैत्री प्रमाणपत्र प्रदान

    आईतवार, बैशाख १६, २०७५ साल
    बैतडी १६, बैशाख : बैतडीका चारओटा स्वास्थ्य संस्थाहरुले किशोरकिशोरीमैत्री स्वास्थ्य संस्थाको प्रमाणपत्र पाएका छन् । किशोरकिशोरी मैत्री स्वास्थ्य संस्थाका सूचकहरु पूरा गरेपछि स्वास्थ्यसंस्थाहरुलाई प्रमाणीकरण गरिएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका परिवार नियोजन सुपरभाइजर डिल्लीरमण जोशीले जानकारी दिए । किशोरकिशोरीमैत्री स्वास्थ्य संस्थाका ९ ओटा राष्ट्रिय मापदण्डहरु पूरा गरेपछि सिद्धेश्वर, भौनेली, शर्माली र कुवाकोटलाई किशोरकिशोरीमैत्री स्वास्थ्य संस्थाको रुपमा प्रमाणीकरण गरिएको संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका..

    सूर्य टोबाकोलाई एक साताभित्र कारबाही गर्छौ : राज्यमन्त्री अर्याल

    आईतवार, बैशाख १६, २०७५ साल
    काठमाडौँ, १६ वैशाख : स्वास्थ्य मन्त्रालयले एक साताभित्र सूर्य टोबाको कम्पनीलाई पूर्णरुपमा ऐन तथा निर्देशिका कार्यान्वयन नगरेकाले कारबाही प्रक्रियामा ल्याउने भएको छ ।  राजधानीमा आयोजित “जनस्वास्थ्य प्रवद्र्धनः सूर्तिजन्य पदार्थ नियन्त्रण र नियमन” विषयक अन्तरक्रियामा स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले सूर्य टोबाकोले ९० प्रतिशत भागमा चेतावनीमूलक सन्देश र घातक रंगीन चित्र छाप्न तथा अंकित गर्न अटेर गरेकाले कारबाही प्रक्रिया शुरु गर्न लागिएको बताएकी..

    दाङमा १५ जना औलोरोगका बिरामी फेला, सरोकारवाला निकायसंग सहयोगको अपेक्षा

    शुक्रबार, बैशाख १४, २०७५ साल
    तुलसीपुर, दाङ, १४ वैशाख दाङमा बितेको नौ महिनाको अवधिमा १५ जना औलोरोगका बिरामी फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय दाङले जनाएको छ । गत वर्ष भने जिल्लामा ३४ जना औलो रोगका बिरामी फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालयका औलोरोग निरीक्षक कमल चन्दले जानकारी दिए । उनका अनुसार पछिल्लो समयमा जिल्लामा औलोरोगका बिरामी घट्दै जानु सकारात्मक रहे पनि तर दाङ जिल्ला औलो रोगको जोखिममा रहेको बताए..

    पिउने पानीमा झाडाका कीटाणु,सजगता अपनाउन आग्रह

    शुक्रबार, बैशाख १४, २०७५ साल
    मलेखु, धादिङ, १३ वैशाख सदरमुकाम धादिङबेंसीको पिउने पानीमा झाडाका कीटाणु फेला परेको छ ।  जिल्ला अस्पतालका सूचना अधिकृत कृष्णलाल श्रेष्ठले धादिङबेंंसीमा बिहिबार आयोजित कार्यक्रममा जिल्ला अस्पतालमा झाडाबान्ता लागेर अस्पताल भर्ना भएका बिरामीको दिसा परीक्षण गर्दा हानिकारक इन्टोअमिवा हिस्टोलाइटिका किटाणु भेटिएर पोटोजोअल संक्रमण भएको बताए । छयानबन्ने दिनमा ९६ बिरामीको परीक्षण गरिएकामा ३० जनामा कीटाणु भेटिएकाले सजगता अपनाउन उनले आग्रह गरे ।  यसैबीच एन्टिरेविज..

    डरलाग्दो डेंगु पोजेटिभ भेटिएपछि सतर्कता अपनाउन आग्रह,यसरि हुन्छ सावधान

    बिहिवार, बैशाख १३, २०७५ साल
    रत्ननगर, चितवन, १३ वैशाख चितवनको भरतपुर महानगर र विभिन्न नगरपालिकाको बजार क्षेत्रका सयौँ घर डेंगु पोजेटिभ रहेको पाइएको छ ।  यहाँ सञ्चालन भएको डेंगु सार्ने लामखुट्टेको लार्भा ‘खोज र नष्ट गर’ अभियानका क्रममा यस्तो पाइएको हो । गएको फागुन २८ देखि चैत ३ गतेसम्म जिल्लाको भरतपुर महानगरपालिका, कालिका र राप्ती नगरपालिकामा उक्त अभियान चलाइएको थियो ।  सो अभियान (सर्वेक्षण)को प्रतिवेदनबारे जानकारी दिँदै जिल्ला..

    दैनिक एउटा स्याउ खाऔं, बिभिन्न रोगबाट बचौ ! के-के छन् त फाईदाहरू ?

    बिहिवार, बैशाख १३, २०७५ साल
    काठमाडौं, १३ वैशाख स्याउ स्वास्थ्यको लागि एकदम गुणकारी फल हाे । स्याउमा शरिरको लागि आवश्यक पर्ने विभिन्न पोषक तत्वहरू रहेका हुन्छन्। भिटामिन, पोटासियम, क्याल्सियम, म्याग्नेशियम, फस्फोरस ,आइरन प्रोटिन लगायतका विभिन्न पोषक तत्व स्याउमा पाईन्छ। जसले डायविटिज, क्यान्सर लगायत विभिन्न रोगबाट बचाउने क्षमता राख्छ । दाँत चम्किलो, मजबुत : ब्रस गर्दा पनि दाँत चम्किलो हुँदैन भने दैनिक स्याउ मजाले चपाएर खादा दाँतमा चमक आउने छ..

    ‘अञ्चल अस्पताल’ आफैँ बिरामी, अस्पतालले दरबन्दी अनुसार चिकित्सक पाएन !

    बुधबार, बैशाख १२, २०७५ साल
    भीमदत्तनगर, १२ वैशाख सिंहदरबारको अधिकार गाउँमा आएको चर्चा चलिरहँदा कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पतालको अवस्थामा भने सुधारको कुनै छनक देखिएको छैन । अस्पतालमा आउने बिरामीको उपचारभन्दा पनि रिफर गर्ने अस्पतालको उपाधि पाउन थालेको अञ्चल अस्पतालले दरबन्दी अनुसारको चिकित्सक पाएको उदाहरणसम्म छैन । पर्याप्त भौतिक संरचना भएको अस्पतालमा चिकित्सक एवं स्वास्थ्यकर्मीको अभावकै कारण यहाँबाट बिरामीले गतिलो उपचार पाउन सकेनन् । बेलाबखतमा हुने गरेका अस्पतालभित्रका..

    मानव एकता दिवसको अवसर पारेर मंगलबार ६६ युनिट रगत संकलन

    मंगलवार, बैशाख ११, २०७५ साल
    वालिङ, स्याङ्जा, ११ वैशाख सन्त निरङ्कारी मण्डलले मानव एकता दिवसको अवसर पारेर मंगलबार ६६ युनिट रगत संकलन गरेको छ । स्याङ्जाको भिरकोट नगरपालिका–१ बयरघारीमा रहेको सन्त निरङ्कारी मण्डलले आयोजना गरेको रक्तदान शिविरमा ६६ जनाले रक्तदान गरेका हुन् । रक्त सञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा गरिएको रक्तदान शिविरमा ३७ पुरुष र २९ महिलाले रक्तदान गरेका सन्त निरङ्कारी मण्डलका अध्यक्ष यामबहादुर खत्रीले बताए । “विगत १०..

    पथरी शनिश्चरेमा ज्येष्ठ नागरिकका लागि घरघरमा स्वास्थ्य परीक्षण

    मंगलवार, बैशाख ११, २०७५ साल
    पथरी, मोरङ, ११ वैशाख मोरङको पथरीशनिश्चरे नगरपालिकाले ८० वर्ष माथिका ज्येष्ठ नागरिकका लागि ल्याएको घर घरमा स्वास्थ्य परीक्षण कार्यक्रमअन्तर्गत सोमबार तीनवटा वडामा स्वास्थ्य परीक्षण थालिएको छ ।  स्वास्थ्य शाखाको आयोजनामा नगरको वडा नम्बर २, ३ र १० मा परीक्षण थालिएको स्वास्थ्य संयोजक मुरारी आचार्यले बताए ।  वडाका जनप्रतिनिधिको समेत उत्साहजन उपस्थितिबीच भएको कार्यक्रममा २ र १० नम्बर वडामा १०, १० जना र ३..

    ‘आत्महत्या’ रोग जस्तै गरी देखापर्न थाल्यो, झुण्डिएर देहत्याग गर्नेको संख्या अधिक

    आईतवार, बैशाख ९, २०७५ साल
    बैतडी, ९ वैशाख यस जिल्लामा चालू आर्थिक वर्षको अहिलेसम्म मात्रै २६ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याँक छ । यसमा महिला १२ र पुरुष १४ जना छन् । झुण्डिएर देहत्याग गर्नेको संख्या अधिक छ । यो अवधिमा २० जनाले झुण्डिएर र ६ जनाले विष सेवन गरेर देशत्याग गरेको प्रहरी तथ्याँकमा उल्लेख छ । आत्महत्या गर्ने १३–४५ वर्ष उमेर समूहका रहेका छन् । जिल्ला प्रहरी..

    जुम्लामा १४ हजार ५८ जनाको स्वास्थ्य बिमा, रु ५७ लाख रकम संकलन

    आईतवार, बैशाख ९, २०७५ साल
    सुर्खेत, ९ वैशाख : जुम्लामा १४ हजार ५८ जनाले स्वास्थ्य बिमा गर्दा रु. ५७ लाख संकलन भएको छ ।  गत असार १ गतेबाट शुभारम्भ भएको स्वास्थ्य बिमा कार्यक्रममा जुम्लाका २० हजार घरधुरी संख्यामध्ये दुई हजार २०० घरधुरीका १४ हजार ५८ जनाले बिमा गरेका छन् । स्वास्थ्य बिमा गरेका मध्येबाट हालसम्म चार हजार ४२८ जनाले स्वास्थ्य बिमा सेवा लिएको कर्णाली स्वास्थ्य विज्ञान..

    बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको छवि विश्वासयोग्य बनाइनुपर्ने

    शुक्रबार, बैशाख ७, २०७५ साल
    इटहरी, ७ वैशाख प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले एशियाकै प्रतिष्ठित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको छविलाई अझ विश्वसामु विश्वासयोग्य तुल्याउन जरुरी रहेको बताएका छन् । मन्त्री घिमिरले पछिल्लो समयमा आएर भ्रष्टाचार, अनियमितता एवं बढ्दो बेथिति व्यापक रुपमा बढिरहेका बेला शुक्रबार प्रतिष्ठानको अवलोकन तथा त्यहाँका पदाधिकारी र विभागीय प्रमुखसंँगको भेटघाटका क्रममा प्रतिष्ठान प्रदेश १ कै गहना भएको बताउँदै यसका बेथिति..

    वीर अस्पतालमा थाइराइड क्यान्सर पत्ता लगाउने नयाँ प्रविधि भित्र्याइयो

    बिहिवार, बैशाख ६, २०७५ साल
    काठमाडौँ, ६ वैशाख   वीर अस्पतालमा थाइराइड क्यान्सर पत्ता लगाउने नयाँ प्रविधि भित्र्याइएको छ ।  ‘हेल्थ केयर सोलुसन’ का निर्देशक रेमन्तप्रसाद भट्टले बिहिबार वीर अस्पतालका निर्देशक प्रा डा. भूपेन्द्रकुमार बस्नेतलाई सो प्रविधि हस्तान्तरण गरेका हुन् ।  प्राप्त प्रविधि थाइराइड क्यान्सर पत्ता लगाउन प्रभावकारी हुने अस्पतालका निर्देशक बस्नेतले बताए । सो सफ्टवेयर अनुसन्धानमा प्रयोग गरिने उनले बताए। ‘एम्क्याड–भिटी’ सफ्टवेयरका माध्यमबाट थाइराइडका स–साना ट्युमरसमेत पत्ता लगाउन..

    गर्मीसँगै सरकारी तथा निजी अस्पतालमा उपचार गर्न आउने बिरामी पनि बढे

    बिहिवार, बैशाख ६, २०७५ साल
    तुलसीपुर, दाङ, ६ वैशाख केहीदिनदेखि दाङमा गर्मी बढेसँगै यहाँका सरकारी तथा निजी अस्पतालमा उपचार गर्न आउने बिरामीको संख्या बढेको ती अस्पतालले जनाएको छ ।  तुलसीपुरमा रहेको सरकारी राप्ती अञ्चल अस्पतालमा दैनिक १०० भन्दा बढी बिरामी आउने गरेको सो अस्पतालले जनाएको छ ।  उपचार गर्न आउनेमा ज्वरो, झाडापखाला, रुघाखोकी, टाइफाइड, छालासम्बन्धीका बिरामी बढी रहेका छन् ।  त्यसैगरी घोराहीमा रहेको राप्ती उपक्षेत्रीय अस्पतालमा पनि दैनिक १५०..

    आयुर्वेदिक अस्पतालमा थप चार वटा प्राकृतिक उपचारसेवा शुरु

    बिहिवार, बैशाख ६, २०७५ साल
    गाईघाट, उदयपुर, ६ वैशाख उदयपुर जिल्लाको सदरमुकाम गाईघाट बोक्सेमा अवस्थित नेपाल सरकारबाट सञ्चालित पुरानो आयुर्वेदिक अस्पताललाई आगामी दिनमा प्रभावकारी बनाएर लैजानका लागि थप चार वटा प्राकृतिक उपचार सेवा सञ्चालन गरिएको छ ।  वर्तमान अवस्थामा एलोपेथिक उपचारको प्रभाव बढ्दै गइरहेको र परम्परागत होमियोप्याथिक प्रविधिबाट सञ्चालित आयुर्वेदिक सेवाको प्रभावकारिता कम हुँदै गइरहेका बेला सगरमाथा आयुर्वेदिक अस्पताल उदयपुरले थप नयाँ चार प्रकृतिका उपचार विधि सञ्चालन..

    लाज, डर र त्रासका कारण एचआइभी परीक्षण गर्नै मान्दैनन् सर्वसाधारण

    बुधबार, बैशाख ५, २०७५ साल
    तेह्रथुम, ५ वैशाख जिल्लाका सर्वसाधारण आफूलाई एचआइभी रहे-नरहेको परीक्षण गर्नै नमान्ने गरेका चिकित्सकले बताएका छन् ।  जिल्ला अस्पतालसहित अन्य स्वास्थ्य संस्थामा आउने बिरामीमध्ये अधिकांशले एचआइभी परीक्षण गर्नु पूर्व जानकारी दिँदा परीक्षण गर्नै नमान्ने गरेका हुन् । जिल्लाभित्र ल्याब सेवा रहेको जिल्ला अस्पतालसहित वसन्तपुर र सक्रान्ति प्राथमिक स्वास्थ्य केन्द्रमा एचआइभी परीक्षण गर्ने सुविधा छ ।  त्यसबाहेक हालैमात्र जिल्ला जनस्वास्थ्य कार्यालयको निर्देशनबमोजिम सबै स्वास्थ्य संस्थामा..

    धार्मिक, सांस्कृतिक मान्यताका कारण परिवार नियोजन साधन लुकेर प्रयोग गर्नुपर्ने बाध्यता !

    मंगलवार, बैशाख ४, २०७५ साल
    लिवाङ, रोल्पा, ४ वैशाख  कुनै कुनै विवाहितले अझै पनि श्रीमान्सँग लुकेर परिवार नियोजनका साधन प्रयोग गर्दै आएका छन् ।  पितृसत्तात्मक सोच, चिन्तन तथा धार्मिक, सांस्कृतिक मान्यताका कारण लुकेर परिवार नियोजनका साधन प्रयोग गर्दैआएका महिलाका अनुसार कतिपय परिवारमा अझै पनि परिवार नियोजनका साधन प्रयोग गर्दा पाप लाग्छ भन्ने मान्यता छ । कतिपय परिवारमा छोरा जन्माउने लालसामा श्रीमान्ले साधन प्रयोग गर्न मानिरहेको अवस्था छैन..

    किशोरकिशोरी यौन र प्रजननका पुस्तक लुकेर होइन खुलेर पढ्छन् !

    सोमबार, बैशाख ३, २०७५ साल
    शीतलपाटी, सिन्धुली, ३ वैशाख : “महिनावारी भएका किशोरीले मात्र आवश्यकताअनुसार प्याड झिक्नुहोला । कति पिस लाने हो, रजिष्टरमा जनाइदिनुहोला ।”  तपाईंलाई लाग्न सक्छ, ती वाक्यांश स्वास्थ्य संस्थामा टाँस गरिएको सूचना होला । होइन, अहिले सिन्धुलीका उच्च माध्यमिक विद्यालयका पुस्तकालयमा छिर्नेबित्तिकै ती वाक्यांशले सबैलाई ध्यानाकर्षण गराउँछ ।  “किशोरी छात्राले पढाइलाई (विशेषतः हाजिरीमा) किन निरन्तता दिन सक्दैनन् भनेर खोजी गर्दा महिनावारी पनि एक कारण रहेछ,..

    सोलुखुम्बुवासीलाई खुशीको खबर ! सोलुखुम्बु ४२औं पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

    सोमबार, बैशाख ३, २०७५ साल
    सल्लेरी, सोलुखुम्बु, ३ वैशाख सोलुखुम्बु ४२ औं पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा भएको छ । आइतबार औंपचारिक कार्यक्रमको आयोजना गरेर सोलुखुम्बुलाई पूर्ण खोप सुनिश्चितता भएको जिल्ला घोषणा गरिएको हो । सदरमुकाममा भव्य र्याली र कार्यक्रम गरेर सोलुखुम्बुबाट निर्वाचित प्रतिनिधिसभाका सदस्य हेमकुमार राई सुरवीरले सोलुखुम्बुलाई पूर्ण खोप सुनिश्चिता घोषणा गरे । जिल्ला जनस्वास्थ्य कार्यालय सोलुखुमबुबाट शुरु भएको र्यालीले जिल्ला प्रशासन कार्यालय परिसर हुँदै जिल्ला..

    फोहरबाट मोहोर कमाउँदै वालिङ नगरपालिका, स्वास्थ्य तथा वातावरणलगायतका क्षेत्रमा प्रत्यक्ष लाभ

    आईतवार, बैशाख २, २०७५ साल
    वालिङ,स्याङ्जा, २ वैशाख । देशका विभिन्न शहरमा फोहरमैला व्यवस्थापनमा समस्या भइरहेका बेला स्याङ्जाको वालिङ नगरपालिकाले भने फोहरमैला बिक्रीबाट आम्दानी लिँदै आएको छ उक्त नगरपालिकाले संकलन गर्न थालेको चार वर्षको अवधिमा १७ लाख ३५ हजार २१८ फोहरमैला बिक्रीबाट आम्दानी गरेको हो । आर्थिक वर्ष २०७१/७२ मा एक लाख ७९ हजार, २०७२/७३ मा तीन लाख ४९ हजार ९९०, आव २०७३/७४ मा सात लाख २४..

    आयुर्वेद अध्ययन संस्थान स्थापना गर्न माग, उपलब्ध अमूल्य जडीबुटीको स्वदेशमा नै उपयोग गर्नुपर्ने धारणा

    शनिबार, बैशाख १, २०७५ साल
    काठमाडौँ, १ वैशाख मुलुकमा आयुर्वेद अध्ययन संस्थान स्थापना गर्न यस क्षेत्रका विज्ञले सरकारसंग माग गरेका छन् । नेपालमा उपलब्ध अमूल्य जडीबुटीका कारण यहाँ आयुर्वेद चिकित्सा क्षेत्रको विकासको ठूलो सम्भावना रहे पनि सरकारको ध्यान नपुगेको भन्दै यस क्षेत्रका विज्ञले सो संस्थान स्थापना गर्न माग गरेका हुन् । उपलब्ध जडीबुटीको सदुयोग गरी देशभित्रै आयुर्वेदिक औषधिको उत्पादनका साथै यस चिकित्साको विकासका प्रचुर सम्भावनाअनुरुप सरकारले आयुर्वेदको विकासमा..

    अस्पताल भवनको निर्माण कार्य अलपत्र, २ वर्षमा ४० प्रतिशत मात्र

    शुक्रबार, चैत्र ३०, २०७४ साल
    इटहरी, ३० चैत : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा पछिल्लो समयमा निर्माण थालिएको मुटु तथा क्यान्सर रोग उपचारसम्बन्धी अस्पताल भवनको निर्माण कार्य विगत ६ महिनादेखि अघि बढ्न सकेको छैन ।  उक्त अस्पताल भवन रु चार अर्ब ५० करोडको लागतमा निर्माण थालिएको हो । निर्माण कार्यको सुपरीवेक्षणको जिम्मेवारी दिइएको केज कन्सल्टेन्सीले उक्त भवन निर्माण गर्दा अन्तर्राष्ट्रिय प्रचलनमै नरहेको तीन दशमलब पाँच प्रतिशत..

    स्वास्थ्यमा अनुसन्धानको दायरा बढाउनुपर्ने खाँचो : स्वास्थ्य राज्यमन्त्री पद्माकुमारी अर्याल

    बुधबार, चैत्र २८, २०७४ साल
    काठमाडौँ, २८ चैत स्वास्थ्य राज्यमन्त्री पद्माकुमारी अर्यालले देश नयाँ संरचनामा गएकाले सोहीअनुसार स्वास्थ्यमा अनुसन्धानको दायरा बढाउनुपर्ने खाँचो भएको बताएकी छिन्  । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनामा बुधबार देखि शुरु भएको चौथो ‘स्वास्थ्य तथा जनसंख्या वैज्ञानिक सम्मेलन’लाई सम्बोधन गर्दै राज्यमन्त्री अर्यालले भनिन्, ‘‘स्वास्थ्यको सम्पूर्ण बजेटको २ प्रतिशत अनुसन्धानका लागि छुट्टयाउनु पर्ने भएपनि त्यसो भएको छैन । स्वास्थ्यका योजना बनाउँदा पनि अनुसन्धान गरेर मात्र..

    तराईका ३ जिल्ला डेंगुको जोखिममा, उच्च सतर्कता अपनाउन चिकित्सकको सुझाव

    बुधबार, चैत्र २८, २०७४ साल
    बनियानी, झापा, २८ चैत : झापासहित तराईका तीन जिल्लामा डेंगु रोगको संक्रमण उच्च देखिएको छ ।  स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकले झापा, रुपन्देही र महोत्तरीमा संक्रमण दर उच्च रहेको देखाएको छ । गत वर्ष रुपन्देहीमा सबैभन्दा बढी ६७७ जनामा डेंगुको संक्रमण भेटिएको थियो ।  उच्च जोखिममा देखिएकामध्ये झापा दोस्रो स्थानमा पर्छ । गत वर्ष झापामा ५३५ जनामा डेंगु भेटिएको..
    Results 1086: You are at page 29 of 37
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 Next Last
    Weather Forecast