आईतवार, भाद्र १, २०७६

    स्वास्थ्य

    प्रजनन स्वास्थ्यमा अगाडी बढ्दै डोल्पा, भयो आङ खस्ने महिलाको पहिचान

    आईतवार, पौष ३०, २०७४ साल
    दुनै, डोल्पा, ३० पुस ।  जिल्लामा पहिलो पटक आङ खस्ने महिलाको पहिचान गरिएको छ ।  वातावरणीय कृषि तथा विकास केन्द्र (केड)ले तथ्यांक संकलन गर्न शुरु गरेसँगै महिला सशक्तीकरण केन्द्र डोल्पाले साविकका पाँच गाविसभित्र २० प्रतिशत महिला आङ खस्ने रोगबाट ग्रसित रहेको तथ्यांक सार्वजनिक गरेको हो ।  चेतनाका कमीको कारणले पनि आङ खस्ने रोगको समस्या धेरै भएको जोडी सहजकर्ता धनचन्द्रा सार्कीले अनुभव सुनाइन्  । “कर्णालीका..

    सूर्तीजन्य पदार्थ नियन्त्रण महासन्धि, २०३० रणनीति सार्वजनिक

    शुक्रबार, पौष २८, २०७४ साल
    काठमाडौँ, २८ पुस : स्वास्थ्य मन्त्रालयले सूर्तीजन्य पदार्थको प्रयोगमा कमी ल्याउन ‘सूर्तीजन्य पदार्थ नियन्त्रण महासन्धि, २०३० रणनीति’ सार्वजनिक गरेको छ ।  रणनीतिले नीति निर्माता, सेवा प्रदायक, यससँग सम्बन्धित मन्त्रालय, निकाय एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई सूर्तीजन्य पदार्थ नियन्त्रण कार्यक्रम विकास र कार्यान्वयनमा मार्गदर्शन गर्नेछ ।  राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले सो महत्वकाङ्क्षी रणनीति तयार गरेको हो ।  केन्द्रद्वारा शुक्रबार यहाँ आयोजित..

    तीनसय छयासी जनाको मिर्गौला प्रत्यारोपण सफलतापुर्वक सम्पन्न

    शुक्रबार, पौष २८, २०७४ साल
    भक्तपुर, २८ पुस : मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुरले हालसम्म ३८६ जनाको मिर्गाैला प्रत्यारोपण गरेको छ । २०६९ साल वैशाख ११ गतेदेखि सेवा सञ्चालन गरेको केन्द्रले हालसम्म ३८६ जनाको मिर्गौला प्रत्यारोपण गरेको र गत वैशाखदेखि हालसम्म मात्र १०४ जनाको मिर्गौला प्रत्यारोपण गरेको केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले बताए ।  केन्द्रले चौबिसै घण्टा दैनिक १०० जनाभन्दा बढीको हेमोडायलाइसिस सेवा सञ्चालन गरेको पनि..

    सप्तरीका अधिकांश अस्पतालमा औषधिको चरम अभाव

    बिहिवार, पौष २७, २०७४ साल
    सप्तरी, २७ पुस  ।  सप्तरी जिल्लाका सरकारी स्वास्थ्य संस्थामा औषधि अभावका कारण गरिव तथा विपन्न परिवारका व्यक्ति तथा बिरामी उपचारबाट वञ्चित भएका छन् ।  स्थानिय निकायको निर्वाचन पश्चात सरकारी संस्था स्थानीय निकायमा हस्तान्तरण भएको र सम्बन्धित स्थानीय निकायले औषधि खरिद नगर्दा स्वास्थ्य चौकी तथा अस्पतालमा औषधि अभाव भएको गुनासो आएको छ ।  करिब ८० प्रकारका औषधि अस्पताल तथा स्वास्थ्य चौकीबाट वितरण गर्नुपर्ने सरकारी प्रावधान..

    स्वास्थ्य पनि स्वाद पनि : यस्ता छन् जाडो मौसममा सुन्तला खानुका थुप्रै फाइदाहरु

    बुधबार, पौष २६, २०७४ साल
    काठमाडौं, पुस २६ ।  अहिले देशभर नै चिसो मौसम बढेको छ । यस्तो अवस्थामा अधिकांश मानिसहरु न्यानो घाम खोज्दै हिड्नु सामान्य नै हो । अझ दिउँसोको घाम ताप्दै सुन्तला खानुको आनन्द त झन् बेग्लै छ । घाम ताप्दै सुन्तला खाँदा जति मिठो र रसिलो हुन्छ, त्यति नै पोषक तत्वका हिसाबले पनि फाइदाजनक छ । नेपालको पाहाडी भेगमा प्रशस्त मात्रामा उत्पादन हुने..

    आगामी माघ १ देखि मुलुकभर 'साताव्यापी राष्ट्रिय योग दिवस' मनाइने

    मंगलवार, पौष २५, २०७४ साल
    काठमाडौँ, २५ पुस  :   तेस्रो राष्ट्रिय योग दिवस माघ १ गतेदेखि साताव्यापी रुपमा मुलुकभर मनाइने भएको छ । शिक्षा मन्त्रालयमा गठित राष्ट्रिय योग दिवस मूल समारोह समितिले आज सरोकारवालासँगको छलफलपछि उक्त निर्णय गरेको हो । समितिले सो दिवस भव्यरुपमा सफल तुल्याउन सक्रिय सहभागिताका लागि शिक्षण संस्थालगायत सबै संघसंस्थालाई आह्वान पनि गरेको छ ।    सरकारले विसं २०७२ मा प्रत्येक वर्ष माघ १ गतेको..

    सबै महिलाका लागि जान्न अनिवार्य, महिनावारीका यस्ता छन् भ्रम

    मंगलवार, पौष २५, २०७४ साल
    एजेंसीहरु : १. महिनावारीको समयमा शरिर कमजोर हुने गर्दछ यो कुरामा केहि पनि सत्यता छैन । तपाईंको शरिर रगतको कमीले कमजोर हुँदैन । यो सत्य हो कि महिनावारीको दौरान तपाईंको शरिरमा १५० मि.लि. रगतको कमी हुने गर्दछ जुन मात्र ४-५ चम्चा हुने गर्दछ । २. महिनावारी रगत फोहोर हुने गर्दछ महिला मित्रहरु, महिनावारी भएको बेलामा श्राव हुने रगत नियमित रुपमा बग्ने रगत समान नै..

    आयुर्वेद पद्धतिबाटै पनि ठूला शल्यक्रिया सम्भब, बढ्दो जनविश्वास

    सोमबार, पौष २४, २०७४ साल
    काठमाडौँ, २४ पुस : आजकल सामान्य रोगका लागि पनि एलोपेथिक औषधि खानुपर्छ । तर कोही यस्ता मानिस पनि छन जो सकेसम्म आयुर्वेदिक औषधिमात्र सेवन गर्ने गर्छन् ।  नार्गाजुन नगरपालिकाकी ६६ वर्षीया मीठु थापा आफूलाई आयुर्वेदिक औषधिमा विश्वास लाग्ने बताउछन् ।  “जडीबुटीबाट बनेको औषधिले राम्रो गर्छ, अरु असर पनि गर्दैन, मैले एकपल्ट मुटुमा समस्या भएर एलोपेथिक औषधि खाएको थिएँ, त्यसबाहेक अरु बेला त आयुर्वेद..

    सिरहामा १५ प्रतिशत बालबालिका कडा खालको कुपोषणको चपेटामा

    आईतवार, पौष २३, २०७४ साल
    लहान, पौष २३ ।  सिरहामा करिब १५ प्रतिशत बालबालिका कडा कुपोषणको चपेटामा रहेको एक अध्ययनले देखाएको छ । ‘क्विक एसिस्टेन्ट’ नामक संस्थाले गरेको अध्ययन अनुसार सिरहामा १५ प्रतिशत बालबालिका कडा कुपोषणको चपेटामा परेको देखाएको हो । गर्भवती महिलामा पोषणयुक्त खानाको अभाव, कामको अत्यधिक बोझ, आरामको अभाव र पारिवारिक बेवास्ताका कारण सिरहामा कडा खालको कुपोषणबाट १५ प्रतिशत बालबालिका पीडित रहेको जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख..

    सप्तरीमा दुईसय चारजना महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण

    शुक्रबार, पौष २१, २०७४ साल
    सप्तरी, २१ पुस  ।  नेपाल परिवार नियोजन संघ, सप्तरीले सन् २०१७ मा २०४ जना बिरामी महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण गराएको छ । परिवार नियोजन संघ सप्तरी शाखाका प्रबन्धक कुमार गिरीद्वारा उपलब्ध विवरणअनुसार सन् २०१७ मा निःशुल्क स्वास्थ्य उपचार सेवाअन्तर्गत सो संस्थाले २०४ जना महिलाले पाठेघरको मुखको क्यान्सर परीक्षण गराएका छन् ।  उनका अनुसार यस्ता परीक्षण परिवार नियोजनका लागि राजविराजस्थित कार्यालयमा समेत र संघको..

    नवलपरासीमा आधुनिक उपकरण जडान गरी क्षयरोगीहरुको उपचार शुरु

    बिहिवार, पौष २०, २०७४ साल
    नवलपरासी, २० पुस ।  नवलपरासी (बर्दघाट सुस्ता) पश्चिम जिल्लाकै सबैभन्दा पुरानो जिल्ला पृथ्वीचन्द्र अस्पतालमा आधुनिक उपकरण जडान गरी क्षयरोगका बिरामीको उपचार शुरु गरिएको छ ।  बिरामीमा देखिने क्षयरोगसम्बन्धी उपचारमा सघाउ पुर्याउने उद्देश्यले अत्याधुनिक प्रविधियुक्त जिन एक्सपट नामक उपकरण जडान गरी उपचार सेवा शुरु गरिएको हो ।  जिल्लामै पहिलो पूरा अटोमेटिक प्रविधियुक्त आधुनिक मेसिन जडान गरी क्षयरोगका बिरामीको परीक्षण शुरु गरिएको अस्पताल विकास समितिका..

    अब काठमाडौँको नयाँ बसपार्कभित्र पनि निःशुल्क स्वास्थ्य सेवा लिन पाइने

    बुधबार, पौष १९, २०७४ साल
    काठमाडौँ, १९ पुस  ।  लामो यात्रा गरेर काठमाडौँ आएका यात्रु र चालकलाई लक्षित गरेर ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले नयाँ बसपार्कमा निःशुल्क परामर्श तथा स्वास्थ्य सेवा शुरु गरेको छ ।  अस्पतालले पाँचौँ वार्षिकोत्सवका अवसरमा ल्होत्से बहुउद्देश्यीय प्रालिसँग सहकार्य गरेर आजदेखि उक्त स्वास्थ्य सेवा केन्द्र शुरु गरेको हो । सेवा केन्द्र शुरुवात्सँगै बिरामीले प्राथमिकस्तरको स्वास्थ्यसेवा नयाँ बसपार्कबाट निःशुल्क पाउने भएका छन् ।  उक्त सेवा शुभारम्भ गर्दै काठमाडौँ..

    चेतना अभिवृद्धि संगै मातृ स्वास्थ्यमा फड्को मार्दै पहाडी जिल्ला तेह्रथुम

    बुधबार, पौष १९, २०७४ साल
    तेह्रथुम, १९ पुस  ।  तेह्रथुममा स्वास्थ्य संस्थामै गएर प्रसूति गराउने महिलाको संख्या बढेको छ । घरमै प्रसूति हुने तथा बढी जोखिम हुनसक्ने भन्दै स्वास्थ्य संस्थाबाट प्रसूति गराउने महिलाको संख्या बढेको हो ।  जिल्लाको दुर्गम गाउँका बासिन्दामा समेत सुत्केरी गराउन स्वास्थ्य संस्थामै जानुपर्छ भन्ने सोचको विकास हुँदै गएको हो ।  आर्थिक वर्ष २०७३-७४ मा जिल्लाका स्वास्थ्य संस्थाबाटै ६९० जनाले प्रसूति गराएका छन् । त्यसमध्ये ५५५..

    म्याग्दीमा गाउँ स्तरमै प्रभावकारी स्वास्थ्यसेवा पाएपछि स्थानीय दंग

    बुधबार, पौष १९, २०७४ साल
    बाबियाचौर, म्याग्दी, १९ पुस  ।  मालीका गाउँपालिका– ३, रुमका हर्कमान विश्वकर्माले दायाँ हात चलाउन नसक्ने भएर थलिएका छोरा वीरबहादुरको हातको भिडियो एक्सरे गत हप्ता दरवाङ प्राथमिक उपचार केन्द्रमै गरे  ।  लडेर हात भाँचिएका धौलागिरि गाउँपालिका–७ का विसन पुनको उपचार पनि दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमै भयो । यसअघि रगत परीक्षणका लागि सदरमुकाम बेनी पुग्ने गरेकी निस्कोटकी रिद्धीमा पुनले पनि यसपालि सो सेवा दरवाङमै..

    जिल्लामै स्वास्थ्य शिविर द्वारा १९ बिरामीको निःशुल्क शल्यक्रिया

    सोमबार, पौष १७, २०७४ साल
    रुकुम, १७ पुस ।  रुकुम पश्चिमको चौरजहारी अस्पतालमा शल्यक्रिया सेवा शुरु गरिएको एक साताको अवधिमा १९ जना बिरामीको सफल शल्यक्रिया गरिएको छ । जटिल समस्या भएका बिरामीलाई लक्षित गरेर शिविर सञ्चालन गरिएको हो ।  मानव विकास तथा सामुदायिक सेवाद्वारा सञ्चालित चौरजहारी अस्पतालको आयोजनामा सञ्चालन भएको शिविर एक महिनासम्म सञ्चालन हुने अस्पताल प्रशासक डिलबहादुर गिरीले जानकारी दिए ।  शिविरमा हाडजोर्नी, आगोले पोलेर शरीर अंगभंग भएको,..

    स्वदेशी औषधि उत्पादकहरुलाई सहुलियत दिने सरकारको तयारी

    आईतवार, पौष १६, २०७४ साल
    काठमाडौँ, १६ पुस : सरकारले औषधिमा आत्मनिर्भर हुन स्वदेशी औषधि उत्पादकलाई सहुलियत दिने तयारी गरेको छ ।  आयातलाई विस्थापन गरी मुलुकलाई औषधिमा आत्मनिर्भर बनाउन सरकारले सहुलियत दिने तयारी गरेको हो । औषधि व्यवसायी संघ बागमतीको शनिबार भएको साधारणसभालाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री दीपक बोहराले आइसियुमा आवश्यक पर्ने औषधि तथा मुटु रोगीलाई चाहिने औषधि र औषधिजन्य पदार्थ उत्पादन गर्ने उत्पादकलाई सरकारी सुविधा उपलब्ध गराइने..

    नेपालमै पहिलो पटक ‘बृहत् राष्ट्रिय क्षयरोग प्रसार सर्वेक्षण’ शुरु हुदै

    शुक्रबार, पौष १४, २०७४ साल
    भक्तपुर, १४ पुस  ।  नेपालमा पहिलो पटक ‘बृहत् राष्ट्रिय क्षयरोग प्रसार सर्वेक्षण’ शुरु हुने  भएको छ । राष्ट्रिय क्षयरोग केन्द्रले आगामी जनवरीदेखि शुरु गर्न लागेको सो सर्वेक्षणले देशभरका नयाँ र पुराना क्षयरोगीको अवस्था वारे जानकारी लिन सक्ने केन्द्रका निर्देशक निर्देशक डा केदार नरसिंह केसीले बताए  ।  उनले भने – “देशभरका हिमाल, पहाड र तराईलाई समेटने गरी ५५ जिल्लाका ९९ वटा क्लष्टर छुट्याइ करिब ५७..

    अब ९ महिनामै हुने भयो बहुऔषधि प्रतिरोधी क्षयरोगको उपचार

    शुक्रबार, पौष १४, २०७४ साल
    काठमाडौँ, १४ पुस । राष्ट्रिय क्षयरोग केन्द्रले मल्टी ड्रग रेसिस्टेन्ट (बहुऔषधि प्रतिरोधी) क्षयरोगको उपचारका लागि छोटो अवधिको उपचार विधि सुरु गर्ने जनाएको छ । अंग्रेजी नयाँ वर्षको अवसरमा केन्द्रले सोमबारदेखि नयाँ विधि सुरु गर्न लागेको हो । यो उपचार विधि काठमाडौं, बुटवल, विराटनगर र नेपालगन्जमा सुरु गरिने केन्द्रले जनाएको छ ।  यो विधि अपनाउने मुलुकहरु मध्ये नेपाल ३८ औं भएको छ । सफलता..

    खुला दिसामुक्त बन्दै सिरहा, ९५ प्रतिशत घरधुरीमा शौचालय निर्माण

    शुक्रबार, पौष १४, २०७४ साल
    लहान, १४ पुस ।  सिरहा जिल्लामा झन्डै ९५ प्रतिशत घरधुरीमा शौचालय निर्माण भएको छ ।     नेपाललाई सन् २०१७ सम्ममा खुला दिसामुक्त गर्ने सरकारी लक्ष्य अनुसार सिरहा जिल्लालाई पनि खुला दिसामुक्त घोषणा गर्न विगत चार वर्षदेखि अभियान सञ्चालन गरिएको छ । सो अभियानपछि जिल्लाका ९५ प्रतिशत घरधुरीमा शौचालय निर्माण भइसकेको जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय सिरहाका प्रमुख राजेश कुशवाहाले जानकारी दिए  ।    प्रमुख..

    एकसय चार वर्षीय वृद्धले पनि फिर्ता पाए आँखाको ज्योति

    शुक्रबार, पौष १४, २०७४ साल
    बेनी, म्याग्दी, १४ पुस । उराठ र पट्यारलाग्दो बुढ्यौली, त्यसमा पनि आँखाले देख्न छोडेपछि घरको चौघेराभित्र कैद भएर बस्नु पर्दाको पीडा कम दुःखलाग्दो हुँदैन । यस्तै दुःख र पीडामा हुनुहुन्थ्यो म्याग्दीको मालिका गाउँपालिका–६, दिच्यामका १०४ वर्षीय ओमलाल निउरे ।  निउरेका दुवै आँखा दुई वर्षअगाडि बन्द भएपछि उनलाई रात र दिन एकै लाग्थे । उमेरले सतक नाघेका निउरेका आँखा बन्द भएपछि उठ्ने, सुत्ने,..

    मिर्गौला फेल, क्यान्सर र स्पाइनल इन्जुरीका बिरामीलाई मासिक ५ हजार भत्ता

    बिहिवार, पौष १३, २०७४ साल
    काठमाडौं, पुस १३ ।  सरकारले मिर्गौला फेल भएका, क्यान्सर र स्पाइनल इन्जुरीका कारण पक्षघात ब्यहोर्न बाध्य बिरामीलाई मासिक पाँच हजार भत्ता दिने निर्णय गरेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले यस्ता बिरामीको दैनिक जीवनयापन सहज बनाउन पाँच हजार रुपैयाँका दरले जीविकोपार्जन भत्ता दिने निर्णय गरेको हो । अहिले सरकारले क्यान्सर, मिर्गौला र स्पाइनल इन्जुरी लगायतका जटिल रोगबाट पीडित बिरामीको उपचारमा सहुलियत दिँदै आएको..

    पाल्पामा निःशुल्क आँखा शिविरबाट ६ सय ५ बिरामी लाभान्वित

    बिहिवार, पौष १३, २०७४ साल
    रामपुर, पाल्पा, १३ पुस । पाल्पाको रामपुर नगरपालिकाका विभिन्न स्थानमा चलेको निःशुल्क आँखा शिविरबाट ६०५ जना बिरामीले सेवा लिएका छन् ।  बुधबार सम्पन्न नगरपालिकाका विभिन्न स्थानमा चलेको तीनदिने शिविरमा आँखा जाँच गराएका बिरामीमध्ये ५३ जनामा मोतियाबिन्दु फेला परेको छ । मोतियाबिन्दुका बिरामीलाई शल्यक्रियाका लागि लुम्बिनी मेडिकल कलेज प्रभाषमा पठाइएको छ ।  बिरामीलाई सहजरुपमा सेवा दिने उद्देश्यले लुम्बिनी मेडिकल कलेज प्रभाष पाल्पाको आयोजना तथा..

    कन्चनपुरमा स्थानीय स्तरमै रु. चार लाख ऋणमा स्वास्थ्य भवन निर्माण

    बिहिवार, पौष १३, २०७४ साल
    कञ्चनपुर, १३ पुस । कञ्चनपुरको कृष्णपुर नगरपालिकाको दोमिल्लामा स्थानीयले ऋण काढेर सामुदायिक स्वास्थ्य एकाइको भवन निर्माण गरेका छन् ।  स्थानीय ढुण्डीराज भण्डारीको संयोजकत्वमा निर्माण समिति गठन गरी ऋण काढेर रु चार लाखमा भवन निर्माण गरिएको हो । स्थानीयस्तरबाट रकम संकलन हुने आशमा उधारोमा सामग्री खरिद गरी भवन निर्माण गरिएको छ । स्थानीयस्तरमा सहयोग संकलन नभएपछि समितिका संयोजक भण्डारी अप्ठेरोमा परेका छन्  ।  सहयोग पाउने..

    ५ वर्षमुनिका बालबालिकामा हुने ‘रेटिनोब्लास्टोमा’ बारे जानीराखौं !

    बुधबार, पौष १२, २०७४ साल
    काठमाडौं, पुस १२ ।  के तपाइँले पाँच वर्षमुनिका बालबालिकाको आँखाको नानीमा अस्वाभाविक टल्कने थोप्लो, आँखा असामान्यरुपमा रातो भएको, विस्तारै बांगो अर्थात् डेडो हुँदै गएको देख्नुभएको छ ? कहिले–काहीँ सामान्य समस्याले यस्ता लक्षण देखिएको भएपनि यो पाँच वर्षमुनिका बालबालिकालाईमात्र देखिने आँखाको पर्दामा हुने एक प्रकारको क्यान्सर ‘रेटिनोब्लास्टोमा’को कारण पनि हुनसक्छ । पाँच वर्षमुनिका बालबालिकाका आँखामा हुने विभिन्न रोगमध्ये रेटिनोब्लास्टोमा पनि एक हो । तिलगंगा..

    नेपाल ‌औषधि लिमिटेडले पुनः 'सिटामोल' उत्पादन थाल्ने

    बुधबार, पौष १२, २०७४ साल
    काठमाडौं, १२ पुस । पुनः सञ्चालनमा आएको नौ महिनापछि नेपाल ‌औषधि लिमिटेडले सिटामोल उत्पादन गर्न थाल्ने भएको छ । सिटामोल उत्पादनका लागि लगभग सम्पूर्ण काम सम्पन्न भइसकेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार माघ दोस्रो हप्तादेखि सिटामोल उत्पादन भएर बजारमा जानेछ । कच्चा पदार्थ भारतबाट आयात गर्नु पर्ने भएका कारण मंसिरमा सिटामोल उत्पादन गर्ने तयारी गरिएको थियो तर अब त्यो सम्भब नभएपछि माघ..

    म्याग्दीमा संचालित स्वास्थ्य शिविरबाट पन्धसयभन्दा बढी लाभान्वित

    बुधबार, पौष १२, २०७४ साल
    बाबियाचौर, म्याग्दी, ११ पुस ।  म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा मंगलबार सम्पन्न निःशुल्क आँखा र बृहत् स्वास्थ्य शिविरबाट एक हजार ५५९ जना लाभान्वित भएका छन् ।  हिमालयन आँखा अस्पताल पोखरा, जिल्ला स्वास्थ्य कार्यालय म्याग्दी र दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रको प्राविधिक सहयोगमा दरवाङस्थित लायन्स र लियो क्लबको आयोजनामा संयुक्तरुपमा तीन दिनसम्म शिविर सञ्चालन भएको थियो ।  शिविर सञ्चालनका लागि बेनी नगरपालिका–१ रत्नेचौर घर भई हाल..

    अछाममा असुरक्षित गर्भपतन गराउनेको संख्यामा वृद्धि

    मंगलवार, पौष ११, २०७४ साल
    अछाम, ११ पुस । अछाममा थुप्रै महिलाले सुरक्षित गर्भपतन बारेको कानुनी ज्ञानको अभाव तथा सुरक्षित गर्भपतन सेवा प्रदायक सस्थासँगको सहज पहुँचका अभावमा असुरक्षित गर्भ पतन गराइरहेका छन् ।  बयलपाटा अस्पतालमा मात्र १० महिनाका अवधिमा आएका एक सय ५० महिलाको तथ्यांकले सो पुष्टि गरेको छ । अस्पतालमा आएका महिलाको संख्या भनेको गाउँमा औषधि पसल एवं क्लिनिकले गैरकानुनी रुपमा गर्भपतन गर्नका लागि औषधि खुवाउँदा..

    बागलुङको ढोरपाटन जिल्लाकै पहिलो पूर्ण खोपयुक्त नगरपालिका घोषित

    मंगलवार, पौष ११, २०७४ साल
    बागलुङ, ११ पुस  ।   ढोरपाटन नगरपालिका जिल्लाकै पहिलो पूर्ण खोपयुुक्त नगर बनेको छ । जन्मेदेखि २३ महिनासम्मका सबै बालबालिका खोपको पहुँचमा आएपछि पूर्ण खोपयुक्त नगर घोषणा गरिएको हो । नगरभित्रका कुनै पनि बालबालिका यस वर्ष नियमित खोपबाट वञ्चित नरहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।    घोषणाका लागि जिल्ला जनस्वास्थ्य कार्यालय, नगरपालिका, बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र, वडामा रहेका स्वास्थ्यचौकी, खोप समन्वय समिति र स्वास्थ्य संस्था..

    कपिलवस्तु जिल्ला अस्पतालबाट सेवाग्राहीले प्रभावकारी सेवा पाएनन्

    सोमबार, पौष १०, २०७४ साल
    कपिलवस्तु, १० पुस । सरकारले नागरिकको स्वास्थ्य अधिकारलाई वर्तमान संविधानमा मौलिक हकका रुपमा स्थापित गरे पनि सोअनुसार यहाँका नागरिकले सेवा सुविधा पाउन सकेका छैनन् ।  जिल्ला अस्पतालबाट ७० बढी प्रकारका औषधि निःशुल्क वितरण गर्ने सरकारी घोषणा भए पनि जिल्ला अस्पतालमा भने ३० प्रकारका भन्दा बढी औषधि बिरामीले पाउँदैनन् ।  जिल्ला अस्पतालको व्यवस्थापन प्रभावकारी हुन नसक्दा आफूहरुले प्रभावकारी स्वास्थ्य सेवा पाउन नसकेको कपिलवस्तु नगरपालिका..

    लमजुङको सुन्दरबजार अस्पतालमा निःशुल्क आँखा उपचार सेवा सुरु

    आईतवार, पौष ९, २०७४ साल
    लमजुङ, पुस ९ । लमजुङको सुन्दरबजार नगरपालिका–७, मा रहेको सुन्दरबजार अस्पतालमा निःशुल्क आँखा उपचार सेवा सुरु भएको छ ।  जिल्लाको एकमात्रै सरकारी अस्पताल सुन्दरबजार अस्पतालमा आइतबारबाट यो स्वास्थ्य सेवा सुरु भएको हो ।अस्पतालले जनाए अनुसार अबदेखी प्रत्येक महिनाको ९ गते अस्पतालमा निःशुल्क आँखा उपचार सेवा सञ्चालन हुनेछ । हिमालय आँखा अस्पताल घारीपाटन पोखराको प्राविधिक सहयोग एवम् सुन्दरबजार नगरपालिका, सुनपा वडा नम्बर ६ र..
    Results 864: You are at page 27 of 29
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 Next Last
    Weather Forecast