आईतवार, भाद्र १, २०७६

    स्वास्थ्य

    स्वास्थ्य चेतनाको अभावमा दुर्गम गाउँमा बढ्दैछन् आँखाका बिरामी

    शुक्रबार, माघ १९, २०७४ साल
    जाजरकोट, १९ माघ ।  यस जिल्लामा उमेर ढल्केका मात्र होइन, कलिलै उमेरका व्यक्तिमा पनि आँखाको समस्या बढी रहेको पाइएको छ । महिनैपिच्छे हुने आँखा शिविरमा ३०० भन्दा बढीले आँखाको उपचार गराएको तथ्यांक रहेको छ ।  सदरमुकामभन्दा ग्रामीण क्षेत्रमा रहेका स्थानीयवासीमा आँखाको समस्या बढी रहेको पाइएको हो । नलगाड नगरपालिकाले तीन महिनायता गरेको आँखा शिविरमा महिनैपिच्छे ३०० भन्दा बढी आँखाका बिरामीले उपचार गराएका छन्..

    झापामा गएको तीन आर्थिक वर्षमा कडा खालको रोगीको संख्यामा वृद्धि

    बिहिवार, माघ १८, २०७४ साल
    भद्रपुर, १८ माघ।  झापामा गएको तीन आवको लेखाजोखा गर्दा मानिसमा हुने कडा खालको रोगको संख्या बढ्दै गएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।  कार्यालयबाट प्राप्त जानकारीअनुसार आव २०७०-७१ मा मिर्गौला पीडित ५२ जना, मुटुरोगी ७७ जना र अर्बुद रोगी १८३ जना देखिए भने आव २०७१-७२ मा मुटु रोगी १२० जना, मिर्गौला रोगी ६५ जना र अर्बुद रोगी २३३ जनाले जिल्ला जनस्वास्थ्य कार्यालयबाट..

    गलगाड निवारणका लागि एक महिनासम्म आयोडिन महिना मनाइने

    बिहिवार, माघ १८, २०७४ साल
    काठमाडौँ, १८ माघ ।  आयोडिनयुक्त नूनको थप प्रवद्र्धन गर्दै यसको कमीबाट हुने रोगलाई निवारण गर्ने ध्येयले साल्ट ट्रेडिङ कर्पाेरेशनले भोलि शुक्रबारदेखि एक महिनासम्मअर्थात फेब्रुअरी महिनालाई आयोडिन महिनाका रुपमा मनाउने भएको छ ।  सन् १९९८ देखि सो महिनालाई आयोडिन महिनाका रुपमा मनाउँदै आइएको छ । चिकित्सकका अनुसार खासगरी आयोडिनको कमीले गलगाड हुने गर्दछ ।  लामो समयदेखि सरकारले नूनमा आवश्यक मात्रामा आयोडिन मिलाई कर्पाेरेशनमार्फत देशभरि नै..

    ठेलागाडामा राखिएका चटपटे र पानीपुरी खानुहुन्छ ? सावधान !

    बुधबार, माघ १७, २०७४ साल
    काठमाडौं, माघ १७ । सडकपेटीमा ठेलागाडामा राखिएका चटपटे र पानीपुरी पसलमा आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले अनुगमन गरेको छ । अनुगमनका क्रममा त्यस्ता पसलहरुमा चटपटे र पानीपुरी बनाउँदा त्यसमा स्वास्थ्यलाई नकारात्मक असर पार्ने खालको हानिकारक तेलको प्रयोग गरेको पाइएको हो ।  विभागका शाखा अधिकृत दीपकराज पोखरेलको नेतृत्वमा मंगलबार गएको बजार अनुगमन टोलीले चाबहिलस्थित धोविखोलानजिक एक कवाडी पसलबाट दूषित र हानिकारक तेल..

    इलाममा नगरपालिकाको सुत्केरी प्याकेजबाट २२ महिला लाभान्वित

    मंगलवार, माघ १६, २०७४ साल
    इलाम, १६ माघ ।  इलाम नगरपालिकाले चालू आवको छ महिनाको अवधिमा २२ जना आमाहरुलाई सुत्केरी सुविधा प्याकेज उपलब्ध गराएको छ ।  सुत्केरी सुविधाको प्याकेजमा एक किलोग्राम घ्यू, एक पावा ज्वानो, एक किलोग्राम सखर, एक किलोग्राम मिश्री, सुत्केरी आमा र बच्चाको लागि एक-एक थान ब्ल्याङ्केटसहित रु दुई हजार बराबरको जिन्सी सामग्री उपलब्ध गराइएको प्रशासकीय अधिकृत शाहले जानकारी दिए  ।  प्रथम नगरसभाबाट स्वीकृत आव २०७४÷०७५..

    स्थापनाको ३ वर्ष बितिसक्दा पनि उपक्षेत्रीय अस्पताल डडेल्धुरामा चिकित्सक अभाव

    सोमबार, माघ १५, २०७४ साल
    डडेल्धुरा, १५ माघ ।  उपक्षेत्रीय अस्पताल डडेल्धुराको स्थापना भएको तीन वर्ष बितिसक्दा पनि दरबन्दीअनुसारका विशेषज्ञ चिकित्सक नहुँदा  बिरामी मर्कामा परेका छन् ।  उपक्षेत्रीय अस्पताल डडेल्धुरामा १९ जना विशेषज्ञ चिकित्सकको दरबन्दी भएको भए पनि हालसम्म जम्मा तीनजना मात्रै विशेषज्ञ डाक्टर रहेका छन् ।  अस्पतालमा भएका डाक्टर पनि बढी समय बिदामा रहने गर्दा उपचारमा झनै समस्या हुने गरेको छ । विशेषज्ञ डाक्टर नहुँदा डडेल्धुरासहित ७ नं..

    रुपन्देहीमा चार महिनामा ३४ जना नयाँ कुष्टरोगका बिरामी फेला, १३ महिला

    आईतवार, माघ १४, २०७४ साल
    रुपन्देही, माघ १४ ।  रुपन्देहीमा चार महिनामा कुष्टरोगका ३४ जना नयाँ बिरामी फेला परेका छन । ति मध्ये १३ जना महिला रहेका छन । जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका क्षयकुष्ट निरीक्षक टिकाराम अधिकारीका अनुसार कार्तिक मसान्त सम्म ३४ कुष्ट रोगका नयाँ बिरामी फेला परेका हुन । गत आर्थिक वर्ष ०७३–०७४ मा १ सय २२ जना कुष्ट रोगका विरामी फेला परेका थिए । गत..

    नेपालमा स्वास्थ्य क्षेत्रको चुनौती थपिँदो, वर्षेनी तीन हजार नयाँ कुष्ठरोगी

    आईतवार, माघ १४, २०७४ साल
    ललितपुर, १४ माघ। विश्व स्वास्थ्य संगठनले सन् २०२० सम्ममा कुष्ठरोगरहित विश्वको योजना लिएर अघि बढे पनि नेपालमा वर्षेनी करिब तीन हजार नयाँ बिरामी देखा परिरहेका छन् ।  यस वर्षमात्रै तीन हजार २१५ नयाँ रोगी पत्ता लागेका छन् । संगठनका सदस्य राष्ट्रले कुष्ठरोगी घटाउनुपर्नेमा झनै बढिरहेको छ । सन् २०१० (विसं २०५७ तिर) मा नेपाल सरकारले कुष्ठरोग उन्मूलनको घोषणा गरे पनि नयाँ बिरामीको..

    आर्थिक अभावले आठ महिनादेखि अस्पतालमा एम्बुलेन्स सेवा ठप्प

    आईतवार, माघ १४, २०७४ साल
    फलेवास, पर्वत, १४ माघ। विगत आठ महिनादेखि बिरामी बोक्ने जिल्ला अस्पतालको एम्बुलेन्स बिग्रँदा सर्वसाधारण मर्कामा परेका छन् ।  जिल्ला अस्पतालमा रहेको एक मात्र एम्बुलेन्स बिग्रिएपछि बिरामी ओसारपसारमा समस्या भएको छ । विगत आठ महिनाअघि देखि एम्बुलेन्स बिग्रिएर थन्किएको छ । ५ वर्षअगाडि खरिद गरिएको एम्बुलेन्सका पाटपुर्जा बिग्रिएपछि आठ महिनादेखि मर्मतका लागि पोखरामा लगेर छाडिएको अस्पतालले जनाएको छ ।  पोखरास्थित सृजना अटो वर्कसपमा लगिएको..

    स्वास्थ्य चेतनाको वृध्दि : झापामा कुपोषित बालबालिकालाई पोषणयुक्त लिटो

    शुक्रबार, माघ १२, २०७४ साल
    भद्रपुर, १२ माघ ।  तीनवटा नगरपालिकाबाहेक झापाका सबै स्थानीय निकाय पूर्ण खोपयुक्त भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।  आठ नगरपालिका र सात गाउँपालिका रहेको झापामा गाउँपालिका सबै पूर्णखोप घोषणा भइसकेको र नगरपालिकामा विर्तामोड, दमक र मेचीनगर नगरपालिका मात्र घोषणा हुन बाँकी रहेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख मधुसुदन कोइरालाले बताए  ।  झापाको बाढी प्रभावित क्षेत्रमा पाँच वर्षमुनिका बालबालिकालाई पोषणयुक्त तयारी लिटो खुवाउने कार्यक्रम..

    पाल्पाका ५९ वटा स्वास्थ्य संस्था स्थानीय निकायलाई हस्तान्तरण

    बिहिवार, माघ ११, २०७४ साल
    रामपुर, पाल्पा, ११ माघ : पाल्पामा ५९ वटा स्वास्थ्य संस्था स्थानीय निकायलाई हस्तान्तरण गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयको मातहतमा सञ्चालित प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी, सामुदायिक स्वास्थ्य एकाइ, शहरी स्वास्थ्य केन्द्रहरु सम्बन्धित स्थानीय निकायलाई हस्तान्तरण गरिएको हो ।  जिल्लाको रामपुर र तानसेन नगरपालिकासँगै निस्दी गाउँपालिका, पूर्वखोला गाउँपालिका, माथागढी गाउँपालिका, बगनासकाली गाउँपालिका, तिनाहुँ गाउँपालिका र रम्भा गाउँपालिकामा गरी ५९ वटा स्वास्थ्य संस्था..

    आँखा बैंक स्थापनाको लागी 'बेलायतबासी नेपालीहरु' बाट सहयोग जुट्दै

    बुधबार, माघ १०, २०७४ साल
    चितवन, १० माघ । बेलायतमा रहेका चितवनवासीले जिल्लामा विपत् र सामाजिक क्षेत्रमा महत्वपूर्ण सहयोग पुर्याउँदै आएका छन् ।  सन् २००४ मा चितवन ‘एड ट्रस्ट युके’ नामक संस्था गठन गरी उनीहरुले जिल्लामा सहयोग थालेका हुन् । पछिल्लोपटक नेपाल नेत्रज्योति संघ चितवनलाई भरतपुर आँखा अस्पतालमा आँखा बैंक स्थापनाका लागि उनीहरुले सहयोग गरेका छन् ।  ट्रष्टका संस्थापक अध्यक्ष कपिल श्रेष्ठका अनुसार आँखा बैंक स्थापनाका लागि १० हजार..

    काठमाडौंको कपनमा गगन थापाको पहलमा जनता स्वास्थ्य केन्द्र बन्दै

    बुधबार, माघ १०, २०७४ साल
    काठमाडौँ, १० माघ। प्रतिनिधिसभा सदस्य गगनकुमार थापाले बूढानीलकण्ठ नगरपालिका, कपन क्षेत्रमा दुईवटा ‘जनता स्वास्थ्य केन्द्र’ स्थापना गर्न पहल भइरहेको बताएका  छन्  ।  नगरपालिका–१०, कपन, नीलोपुल, प्रगतिनगरका बासिन्दालाई निर्वाचनमा विजयी गराएबापत धन्यवाद ज्ञापन गर्दैै पूर्व स्वास्थ्यमन्त्री समेत रहेका थापाले सो केन्द्रका लागि आफ्नो पहलमा नगरपालिकामा रु ८८ लाख बजेट प्राप्त भएको जानकारी दिए  ।  नेपाली काँग्रेसका नेता थापाले कपन क्षेत्रमा हाल ६५ वटा बाटो..

    भाइरल ज्वरोका कारण प्रभावित क्षेत्र कालिकोटमा औषधि पठाउने तयारी

    मंगलवार, माघ ९, २०७४ साल
    काठमाडौ ९ माघ ।  कालिकोटमा दुई साता यता फैलिएको भाइरल ज्वरो नियन्त्रणमा नआएपछि जिल्ला स्वास्थ्य कार्यलयले प्रभावित क्षेत्रमा आज थप औषधी पठाउने तयारी गरेको छ ।  सुर्खेतबाट पठाइएको थप औषधी प्रभावित स्थानमा पठाउने तयारी भएको जिल्ला जनस्वास्थ्य प्रमुख डाक्टर कौशल अलीले बताए ।  जिल्लाभरमा ७० प्रतिशत बढी बालबालिका, २० प्रतिशत बृद्धबृद्धा र १० प्रतिशत वयष्क भाइरल ज्वरोका कारण बिरामी भएको जिल्ला स्वास्थ्य कार्यालयले..

    राष्ट्रिय एचआइभी-एड्स महासंघ द्वारा संक्रमितका लागि गुणस्तरीय औषधिको माग

    सोमबार, माघ ८, २०७४ साल
    चितवन, ८ माघ  । राष्ट्रिय एचआइभी-एड्स महासंघको दुईदिने भेला ११ बुँदे चितवन घोषणापत्र जारी गर्दै आइतबार यहाँ सम्पन्न भएको छ ।  घोषणपत्रमा एचआइभी संक्रमितलाई परेका समस्या उजागर गरिएको छ । देशभरबाट भेला भएका संक्रमितका प्रतिनिधिले आ–आफ्नो क्षेत्रमा परेका समस्या उठान गरेपछि त्यसलाई निचोडका रुपमा घोषणापत्रमा समेटिएको हो ।  महासंघका अध्यक्ष अच्युत सिटौलाले संक्रमितले प्रयोग गर्दै आएको एआरभी औषधिको गुणस्तरदेखि उनीहरुमाथि गरिने व्यवहारसम्मलाई समेटेर घोषणापत्र..

    बैतडीको प्राथमिक स्वास्थ्य केन्द्रमा इसिजी र भिडियो एक्सरे सेवा सञ्चालनमा

    आईतवार, माघ ७, २०७४ साल
    बैतडी, ७ माघ  ।  पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा इसिजी र भिडियो एक्सरे सेवा सञ्चालनमा आएको छ ।  सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति (स्वास्थ्य बीमा) ले पाटन प्राथमिक स्वास्थ्य केन्द्रलाई इसिजी र भिडियो एक्सरे यन्त्र उपलब्ध गराएपछि उक्त सेवा सञ्चालनमा आएको हो ।  ती सेवा पाटनमै सञ्चालनमा आएपछि बिरामीले बाहिर गएर उपचार गर्नुपर्ने समस्या हटेको केन्द्रका डा नवीन्द्र ढकालले बताए  । उनले भने , “इसिजी..

    फड्को मार्दै नेपाली समाज, शरीरको 'अंग-दान' गर्नेहरुको संख्या बढ्दो

    आईतवार, माघ ७, २०७४ साल
    दमक, ७ माघ  । पछिल्लो समय शरीर दान गर्नेहरु बढ्न थालेका छन् ।  मृत्युपछि शरीरलाई चिकित्सा विज्ञानको प्रयोगमा ल्याउन शरीर दान गर्नेको संख्या बढ्दै गएको छ । झापाको दमकस्थित मेची सहकारी संस्थाले शुरु गरेको शरीर दान कार्यक्रम यतिबेला देशभरमै चर्चाको विषय बनेको छ । संस्थाले बचत तथा ऋण कार्यक्रमसँगै शरीर र आँखा दान कार्यक्रमलाई समेत एकैसाथ अघि बढाएको छ । जिल्लाकै पुरानो..

    अति प्रभावित ४ जिल्लामा ‘कुष्ठरोग निवारण अभियान’ शुक्रबारदेखि शुरु

    शनिबार, माघ ६, २०७४ साल
    काठमाडौं, माघ ५ ।  सरकारले कुष्ठरोग अति प्रभावित चार जिल्लामा कुष्ठरोग निवारण अभियान शुक्रबार शुरु भएको छ । कैलाली, कपिलवस्तु, रुपन्देही र नवलपरासीमा सो अभियान सुरु भएको कुष्ठरोग नियन्त्रण महाशाखाले जनाएको छ ।  अभियान अन्तर्गत तालिम प्राप्त स्वास्थ्य स्वय्मसेविका घर–घरमा गई नयाँ कुष्ठरोग प्रभावित व्यक्तिको खोजी गर्ने, जनप्रनिधिलाई कुष्ठरोगबारे जानकारी दिने तथा जनचेतनाका विभिन्न कार्यक्रम गरिने महाशाखाका निर्देशक मोहम्मद दाउदले बताए ।  सो..

    रोल्पामा जिल्ला अस्पतालको आधुनिक भवन बन्दै

    शुक्रबार, माघ ५, २०७४ साल
    रोल्पा, ५ माघ ।  जीर्ण अवस्थामा रहेको भवनबाट स्वास्थ्य सेवा लिन बाध्य रोल्पाका बिरामी अब भने आधुनिक सुविधा सम्पन्न भवनबाट स्वास्थ्य सुविधा लिन पाउने भएका छन् ।  जिल्ला अस्पताल, रोल्पाको नयाँ भवन एक महिना अगाडि बन्न थालेपछि यस्तो सुविधासहित उपचार गर्न पाउने आशा पलाएको हो । २०४१ सालमा निर्माण गरिएको टिनको छाना रहेको सो भवन जीर्ण रहेसँगै बिरामीले त्रासपूर्ण अवस्थामा उपचार गराइरहेका..

    डडेल्धुरामा ल्याब सेवा सञ्चालन, ज्येष्ठ नागरिकको निःशुल्क परीक्षण

    बिहिवार, माघ ४, २०७४ साल
    डडेल्धुरा ४, माघ ।  डडेल्धुराको अजयमेरु गाउँपालिकाका ६ वटा वडामध्ये ५ वडाका स्वास्थ्य चौकीमा ल्याब सेवा सञ्चालन गरिएको अजयमेरु गाउँपालिकाले जनाएको छ ।  गाउँपालिकाभित्र रहेको लक्षित समुदायका ज्येष्ठ नागरिकलाई निःशुल्क सेवा दिन र उनीहरुलाई नजिकै स्वास्थ्य संस्थामा छिटो र छरितो किसिमले जाँच गराउने नीति लिएर गाउँपालिकाका पाँच वटा वडामा ल्याब सेवा सञ्चालन गराइएको अजयमेरु गाउँपालिका अध्यक्ष उमेश भट्टले बताए  ।  अजयमेरु गाउँपालिकाको २ नं..

    चरम 'स्वास्थ्यचेतना' अभाव: जाडोमा समेत डेंगु रोगका कारण मृत्यु

    बिहिवार, माघ ४, २०७४ साल
    चितवन, ४ माघ  ।  डेंगु रोगका कारण पछिल्लो समय यहाँ एक जनाको मृत्यु भएको छ ।  जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रण निरीक्षक राम केसीका अनुसार मृत्यु हुनेमा मकवानपुर जिल्ला हाँडीखोला–३ बस्ने ७९ वर्षीय पुरुष रहेका छन् ।  उनलाई मकवानपुर अस्पतालबाट उपचारका लागि पुस २० गते चितवन पठाइएको थियो । भरतपुर अस्पतालमा उपचारका क्रममा उनको पुस २५ गते मृत्यु भएको उनले बताए  ।  चालु आर्थिक..

    तेह्रथुममा जिल्लाद्वारा स्थानीय तहलाई नै स्वास्थ्य संस्था हस्तान्तरण गरिंदै

    बिहिवार, माघ ४, २०७४ साल
    तेह्रथुम, ४ माघ ।  जिल्ला स्वास्थ्य कार्यालय, तेह्रथुमले आफू मातहतका स्वास्थ्य संस्थाहरुलाई सम्बन्धित स्थानीय तहमा हस्तान्तरण गर्न थालेको छ ।  स्वास्थ्य मन्त्रालयको परिपत्रबमोजिम जिल्लाका छवटै स्थानीय तहमा पुगेर ती स्थानीय तह भित्रका स्वास्थ्य संस्था हस्तान्तरण गर्न थालिएको जिल्ला स्वास्थ्य प्रमुख डा मुक्तिनारायण शाहले बताए  ।  स्थानीय तहको कार्यसम्पादनको अधिकार निर्धारण भएसँगै स्वतः स्वास्थ्य संस्थाहरु स्थानीय तह मातहतमै गएपनि कार्यालय मातहतका स्वास्थ्य संस्थाका कर्मचारी, जिन्सी..

    मानव अंग प्रत्यारोपण केन्द्रद्वारा ‘मुटुको क्याथ ल्याब’ सेवा शुरु

    बुधबार, माघ ३, २०७४ साल
    भक्तपुर, ३ माघ (रासस)। मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरले बुधबारबाट ‘क्याथ ल्याब’ शुरु गरेको छ । केही महिनाअघिबाट मुटु परीक्षण सेवा सञ्चालन गरेको केन्द्रले मुटुको परीक्षणसँगै बन्द मुटुको नशामा खुलाउने एनजिओग्राफी र एनजिओप्लाष्टी एवं मुटुमा जाली हाल्ने लगायतका मुटुसँग सम्बन्धित सेवा शुरु गरेको हो ।  केन्द्रले वरिष्ट मुटुरोग विशेषज्ञ डा यादवदेव भट्टको नेतृत्वमा मुटुरोग विशेषज्ञ डा कार्तिकेशकुमार ठाकुरसहित ११ जनाको टोलीले पहिलो..

    जाडो मौसममा ओठ फुट्दा यसरी अपनाउन सकिन्छ घरेलु उपाय

    बुधबार, माघ ३, २०७४ साल
    एजेन्सी । जाडो मौसममा तपाई हामी सबैको ओठ फुट्ने समस्या हुन्छ ।ओठलाई फुट्नबाट जोगाउनका लागि पनि विभिन्न कस्मेटिक सामग्री प्रयोग गरिरहेका हुन्छौ । तर पनि ओठ फुट्ने समस्याबाट ग्रसित नै हुन्छौ ।   केही सावधानी र घरेलु विधिले पनि ओठ फुट्नबाट बचाउन सकिन्छ । पहिलो विधि भनेको ओठ चुस्ने वा चाट्ने वानी हटाउनुपर्छ । –घरेलु उपचारमा ओठमा ओठमा मह लगाउँदा ओठ फुट्दैन । –..

    नेपाल नर्सिङ संघद्वारा आज पनि नियमित काम बहिष्कार

    बुधबार, माघ ३, २०७४ साल
    काठमाडौं, माघ ३ ।  एक सातादेखि आन्दोलनरत नेपाल नर्सिङ संघले आज पनि नियमित काम बहिष्कार गरेका छन् ।  संघले आज १० देखि १ बजेसम्म तीन घण्टा काम बहिष्कार गरेका हुन्  पूर्वनिर्धारित कार्यक्रम अनुसार संघले गत सोमबारदेखि तीन दिनसम्म तीन घण्टा काम छाड्ने संघकी उपाध्यक्ष अप्सरा पाण्डेले जानकारी दिनुभयो । माग सुनुवाई नभए  भोली देखि आगामी ६ गते सम्म बिहान ८ देखि ४..

    रुकुममा सुत्केरी हुने महिलालाई निःशुल्क एम्बुलेन्स सेवा

    बुधबार, माघ ३, २०७४ साल
    रुकुम, ३ माघ ।  रुकुम पश्चिमको आठविसकोट नगरपालिकाले स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने महिलालाई निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने भएको छ ।  स्वास्थ्य संस्थामा आएर सुरक्षितरुपमा सुत्केरी गराउने उद्देश्यले घरबाट आउन र फर्कनका लागि गर्भवती महिला निःशुल्करुपमा एम्बुलेन्सको व्यवस्था गर्न लागिएको नगर प्रमुख गोरखबहादुर केसीले जानकारी दिए  ।  त्यसका लागि नगरपालिका आफैँले दुई वटा एम्बुलेन्स खरिदको प्रक्रिया अगाडि बढाएको छ, उनले भने – “यातायात सेवाको..

    पर्वतमा दक्ष जनशक्तिको अभाव, सबैखाले शल्यक्रिया सेवा अवरुद्ध

    बुधबार, माघ ३, २०७४ साल
    फलेवास, पर्वत, ३ माघ ।  जिल्ला अस्पताल पर्वतमा विगत एक महिनादेखि शल्यक्रिया सेवा ठप्प बनेको छ ।  दक्ष जनशक्तिको अभावमा सबैखाले शल्यक्रिया सेवा अवरुद्ध हुँदा बिरामी समस्यामा परेका छन् । शल्यक्रियाका लागि एनेस्थेसियोलोजिस्ट चिकित्सकको अभावका कारण सेवा प्रभावित बनेको हो । सेवा प्रभावित भएपछि सुत्केरी हुन नसकेका गर्भवती एपेन्डिसाइटिस, हर्निया, हाइड्रोसिललगायतका बिरामीलाई शल्यक्रियाका लागि पोखरातर्फ रिफर गर्ने गरिएको जिल्ला अस्पताल पर्वतले जनाएको छ..

    कास्कीमा एक वर्षमा ६५ हजार नागरिकले गरे स्वास्थ्य बीमा

    सोमबार, माघ १, २०७४ साल
    पोखरा, १ माघ  ।  कास्कीमा एक वर्षको अवधिमा ६५ हजार नागरिकले स्वास्थ्य बीमा दर्ता गराएका छन् ।  गत पुस १२ गतेदेखि नेपाल सरकार सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले बीमा दर्ता प्रक्रिया शुरु गरेकामा पुस मसान्तसम्ममा १२ हजार ६९५ परिवार बीमामा आबद्ध भएका छन् ।  बीमा दर्ता गरेबापत समितिले रु तीन करोड ७० लाख संकलन गरेको कार्यालयका प्रबन्धक कृष्णप्रसाद भट्टराईले जानकारी दिए  । सो अवधिमा..

    सूर्य–नमस्कार : एउटा परिपूर्ण योग व्यायाम एवम् सम्पूर्ण यौगिक क्रिया

    सोमबार, माघ १, २०७४ साल
    काठमाडौँ, माघ १ : श्रीमद्भगवत्गीतामा परमावतार श्रीकृष्णले भन्नुभएको छ कि – योग विद्यालाई सर्वप्रथम उहाँले सूर्यदेवलाई प्रदान गर्नुभएको थियो, त्यही विद्या सूर्यदेवले मनुमहाराजलाई बताउनुभयो र मनुमहाराजले इंक्ष्वाकुलाई वर्णन गर्नुभयो । यसरी यो विद्या गुरु शिष्यपरम्पराद्घारा संरक्षीत र संबर्धित हुदैं वर्तमान अवस्थासम्म आईपुग्दा जन–जनको मानसपटलमा छाउन सफल भएको छ ।    यसै योगविद्यालाई पूर्णता प्रदान गर्ने क्रममा यसका विभिन्न क्रियात्मक पक्ष अन्तर्गत सूर्य–नमस्कार पनि..

    एम्बुलेन्स सेवाका लागि 'देशभर एउटै टेलिफोन नंबर' दिने तयारी

    आईतवार, पौष ३०, २०७४ साल
    काठमाडौँ, ३० पुस (रासस) : सरकारले एम्बुलेन्स सेवाका लागि देशभर एउटै टेलिफोन नंको प्रयोगका लागि प्रक्रिया अगाडि बढाएको छ ।  देशभरबाट ११२ नंबरमा फोन गर्दा एम्बुलेन्स सेवामा फोन जाने गरी प्रक्रिया अघि बढेको हो । एम्बुलेन्स निर्देशका २०७३ को बुँदा नं १२ मा स्वास्थ्य मन्त्रालयले एम्बुलेन्स सञ्जालका लागि देशभर एकै टेलिफोन नं रहने गरी व्यवस्था गर्नुपर्ने उल्लेख छ । सो बुँदा..
    Results 864: You are at page 26 of 29
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 Next Last
    Weather Forecast