आईतवार, भाद्र १, २०७६

    स्वास्थ्य

    उपत्यकामा रगतको अभाव, रक्तदान गर्न नेपाल रेडक्रस सोसाइटीद्वारा आह्वान

    आईतवार, चैत्र १८, २०७४ साल
    काठमाडौँ, १८ चैत काठमाडौँ उपत्यकामा रगतका विभिन्न कम्पोनेन्टको माग एक्कासी बढ्दा रगतको अभाव देखिएको छ । रगतको अत्यधिकरुपमा माग बढेपछि नेपाल रेडक्रस सोसाइटी रगत दान गर्न आम रक्तदातालाई आह्वानसमेत गरेको छ । सामान्यतयाः बिदाको दिनबाहेक अन्य दिन रगत संकलन कार्य अत्यन्त न्यूनरुपमा हुन थालेपछि उपत्यकामा रगतको माग बढेको सोसाइटीले जनाएको छ । रगतको अभाव भएपछि सोसाइटीले उपत्यकाभित्र रगत संकलन कार्यमा सक्रिय युथ फर..

    पाठेघरको मुख र स्तन अर्बुद शिविर देशैभरी हुने, निःशुल्क औषधिको समेत व्यवस्था

    आईतवार, चैत्र १८, २०७४ साल
    कञ्चनपुर, १८ चैत खानेपानीमन्त्री बिना मगरले पुनर्वास नगरपालिका– ३ कालिका बजारको जनकल्याण माविमा आइतबारदेखि शुरु भएको पाठेघरको मुख र स्तन अर्बुदबारे प्रारम्भिक जाँच शिविरको उद्घाटन गरेकी छिन् । आफ्ना दिवङ्गत पति प्रकाश दाहाल र आमाज्यू ज्ञानु दाहालको स्मृतिमा क्रान्तिकारी महिला सञ्जालले शिविर आयोजना गरेको सो कार्यक्रममा मन्त्री मगरले महिलाले रोग लुकाएर बस्नु नपर्ने उल्लेख गर्दै एक पटक जाँच गरे पाँच वर्ष ढुक्क..

    पहिलो राष्ट्रिय आयुर्वेद गोष्ठी हुँदै, अनुसन्धान र उपलब्धिबारे जानकारी आदानप्रदान गरिने

    शुक्रबार, चैत्र १६, २०७४ साल
    काठमाडौँ, १६ चैत नेपालमा पहिलोपटक राष्ट्रिय आयुर्वेद गोष्ठी तथा प्रदर्शनी हुन लागेको छ । आयुर्वेदमा पछिल्लो समयमा भएका खोजी अनुसन्धान र उपलब्धिबारे जानकारी आदानप्रदान गर्ने उद्देश्यले पहिलोपटक गोष्ठी आयोजना हुन लागेको हो । नेपाल विद्यार्थी समाजको आयोजनामा आगामी चैत २४ गतेबाट काठमाडौँको कीर्तिपुरमा हुने गोष्ठीमा देश विदेशबाट आएका विज्ञले आयुर्वेदको विकास र पछिल्ला उपलब्धिबारे जानकारी दिने बताइएको छ । नेपाल आयुर्वेद समाजका अध्यक्ष डा..

    नवलपरासीमा गर्भपतन गर्नेको संख्यामा वृद्धि, गर्भपतनलाई परिवार नियोजनको साधनको रुपमा लिइँदै

    बिहिवार, चैत्र १५, २०७४ साल
    नवलपरासी, १५ चैत अनिच्छित गर्भधारण रोक्नका लागि अस्थायी साधनको प्रयोग नगर्दा र चेतना भएर पनि हेलचक्रयाइँ गर्ने गरेका कारण नवलपरासीमा गर्भपतन गर्नेको संख्यामा वृद्धि भएको छ । परिवार नियोजनको  साधनको उपलब्धता हुँदाहुँदै पनि गर्भपतनलाई नै परिवार नियोजनको साधनका रुपमा लिने गरेका कारण सुरक्षित गर्भपतनकै दुरुपयोग भएको छ । गर्भवती महिलाको मञ्जुरीमा, कानूनले मान्यता दिएअनुसार सूचीकृत स्वास्थ्यकर्मीद्वारा सूचीकृत स्वास्थ्य संस्थामा गरिने गर्भपतनलाई सुरक्षित गर्भपतन..

    स्वास्थ्य बीमातर्फ सर्वसाधारण आकर्षित, ३ हजार नागरिकको स्वास्थ्य बीमा

    बिहिवार, चैत्र १५, २०७४ साल
    खोटाङ, १५ चैत : सरकारले सञ्चालन गरेको पहिलो चरणको स्वास्थ्य बीमा अभियानमा जिल्लाका तीन हजार १४२ नागरिकले आफ्नो नाम दर्ता गराएका छन् ।  उपचार खर्च अभावमा अकालमा ज्यान गुमाउन बाध्य नागरिकको जीवनरक्षाका लागि सरकारले ल्याएको स्वास्थ्य बीमा कार्यक्रमबापतको सेवा सुविधा प्राप्तिका लागि उनीहरुले बीमा गरेका हुन् ।  नेपाल सरकार सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति टेकुले जिल्ला जनस्वास्थ्य कार्यालयमार्फत थालेको उक्त अभियानका क्रममा सर्वसाधारणले..

    किन मनोरञ्जनका क्षेत्रमा काम गर्ने महिलाहरुमा यौन रोगहरुको संक्रमण बढिमात्रामा हुने गर्छ ?

    बुधबार, चैत्र १४, २०७४ साल
    काठमाडौँ, १४ चैत मनोरञ्जनका क्षेत्रमा काम गर्ने अधिकांश महिलालाई पाठेघरको समस्या देखिने गरेको छ । चेतना अभिवृद्धि केन्द्र (क्याप नेपाल) ले तीन दिनसम्म नयाँ बसपार्क क्षेत्रका डान्स, रेन्टुराँ, होटलमा काम गर्ने ४२ महिलाको स्वास्थ्य परीक्षण गर्दा २२ जनामा पाठेघरको समस्या देखिएको हो । स्वास्थ्य जाँचमा खटिनुभएका थापाथली प्रसूतिगृहका नर्स मोनिका गहतराले मनोरञ्जनका क्षेत्रका महिलालाई मानसिक तनाव, महिनावारी गढबढी, योनीबाट सेतोपानी जाने, पिसाब पोल्नेलगायतका..

    आइसीआरसीद्वारा नेपाल रेडक्रसलाई ८० लाख सहयोग, संगठन सुदृढीकरणमा लगानी गरिने

    बुधबार, चैत्र १४, २०७४ साल
    काठमाडौँ, १४ चैत नेपाल रेडक्रस सोसाइटी (नेरेसो) ले सन् २०१८ मा सञ्चालन गर्ने कार्यक्रमका लागि रेडक्रसको अन्तर्राष्ट्रिय समिति(आइसीआरसी)ले करीव रु ८० लाख सहयोग गर्ने भएको छ । रेडक्रसका आधाभूत सिद्धान्त, पारिवारिक सम्पर्कको पुनःस्थापना, सुरक्षित पहुँच, समावेशीकरणको अभिवृद्धिजस्ता गतिविधि सञ्चालनमा नेपाल रेडक्रसले सो रकम खर्च गर्ने छ । आइसीआरसीका नेपाल प्रतिनिधि आन्द्रे पाकेट र नेरेसोका महामन्त्री देवरत्न धाख्वाले सो सहयोग सम्झौतामा बुधबार हस्ताक्षर गरे..

    रत्ननगर बन्यो पूर्ण खोपयुक्त नगर, कालिका नगरपालिका र भरतपुर महानगर बाँकी

    बुधबार, चैत्र १४, २०७४ साल
    रत्ननगर, चितवन, १४ चैत : चितवनको रत्ननगर नगरपालिकालाई पूर्ण खोपयुक्त नगर घोषणा गरिएको छ ।  रत्ननगर नगरपालिकाको सबै वडाका बालबालिकालाई आवश्यक पर्ने सबै प्रकारका खोप लगाएपछि मंगलबार पूर्ण खोपयुक्त नगर घोषणा गरिएको हो । विगत पाँच महिनादेखि घरघरमै टोली परिचालन गरी खोप अभियान चलाइएको थियो । सो अभियानमा नगपालिकाभित्रका एकदेखि १५ महिनासम्मका एक हजार ३४० बालबालबालिका र १६ महिनादेखि २३ महिनासम्मका ७२१..

    महाराजगञ्ज नगरपालिकाको प्रयासमा २४ घण्टे स्वास्थ्य सेवा प्रवाह शुरु, स्थानीय खुशी

    बुधबार, चैत्र १४, २०७४ साल
    कपिलवस्तु, १४ चैत : महाराजगञ्ज नगरपालिकाको प्रयासमा नगर क्षेत्रमा रहेको महाराजगञ्ज प्राथमिक स्वास्थ्य केन्द्रबाट २४ घण्टे स्वास्थ्य सेवा प्रवाह शुरु गरिएको छ ।  तत्कालका लागि दुई श्यया सहित २४ घण्टे सेवा शुरु गरिएको र केही दिनमै १२ श्ययासहितको सेवा प्रदान गरिने उक्त नगरपालिकाका स्वास्थ्य संयोजक विद्याधर पाण्डेयले बताए ।  उपचारका लागि जिल्ला सदरमुकाम जानुपर्ने बाध्यता हटाई आफ्नै नगरपालिका क्षेत्रमै प्रभावकारी स्वास्थ्य सेवा प्रदान..

    ललितपुरमा महिलाजस्तै पुरुष स्वयंसेवक, घर घरमा पुगेर स्वास्थ्य सेवा दिदै

    मंगलवार, चैत्र १३, २०७४ साल
    ललितपुर, १३ चैत : राज्यले मान्यता नदिए पनि यहाँ १०० पुरुष स्वयंसेवकले महिला स्वयंसेवकले जस्तै घर घर पुगेर स्वास्थ्य सेवा दिइरहेका छन् ।  महिलाहरु मात्र स्वास्थ्य सेवा दिन घर घरमा जान सक्ने अवस्था नहुँदा पुरुष स्वास्थ्यकर्मीले स्वयंसेवकका रुपमा काम गर्न थालेका हुन् । ललितपुर स्वास्थ्य सञ्जालका अध्यक्ष पुरुषोत्तम कार्कीले पुरुष स्वास्थ्यकर्मीले तीन दशकअघिदेखि अहिलेसम्म निरन्तर सेवा गरिरहेको बताए । तीन दशक पहिले..

    आविष्कार केन्द्रको ‘मेडिकल ड्रोन’ को पहिलो उडान म्याग्दीबाट गरिने

    सोमबार, चैत्र १२, २०७४ साल
    बेनी, म्याग्दी, १२ चैत : सामाजिक अभियन्ता महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रले निर्माण गरेको स्वचालित मानवरहित ‘मेडिकल ड्रोन’ ले पहिलो उडान म्याग्दीबाट गर्ने भएको छ ।  नेपालका दुर्गम क्षेत्रमा नियमित औषधि ढुवानीमा महामारी फैलिएको क्षेत्रबाट दिसापिसाबको नमूनालाई प्रयोगशालासम्म ल्याउन प्रयोग गरिने आठ वटा पंखा भएको र दुईवटा पखेटा भएको जहाज जस्तै उडान गर्ने दुई प्रकारको ‘मेडिकल ड्रोन’ केन्द्रको रिसर्च ल्याबमा..

    सुर्खेतमा शिक्षण अस्पताल निर्माण गरिने, चिकित्साशास्त्र स्नातकोत्तर तहको पाठ्यक्रम निर्माण हुँदै

    आईतवार, चैत्र ११, २०७४ साल
    सुर्खेत, ११ चैत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका लागि चिकित्साशास्त्र स्नातकोत्तर तहको पाठ्यक्रम निर्माण कार्य शुरु गरिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पहलमा पाठ्यक्रम निर्माण गर्न थालिएको हो । आइतबार सुर्खेतमा आयोजित पाठ्यक्रम निर्माण कार्यशाला गोष्ठीको उद्घाटन गर्दै कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दलबहादुर रावलले चिकित्साशास्त्रका अब्बल व्यक्तित्वको जमघटबाट उत्कृष्ट पाठ्यक्रम निर्माण हुने विश्वास व्यक्त गरे । मुलुकका लागि बेरोजगारी..

    ९० % क्षयरोगी निको हुन्छन्, सचेतना बढेसंँगै बिरामीको संख्यामा समेत कमी

    शनिबार, चैत्र १०, २०७४ साल
    चितवन, १० चैत : क्षयरोगका कारण मानिसको मृत्यु हुने संख्या घटेर गएको छ । यसका साथै बिरामी पनि घट्दै गएको देखिन्छ ।  जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका क्षयकुष्ठरोग अधिकृत जयराम दुवाडीका अनुसार गत आर्थिक वर्षमा ९८१ जना क्षयरोगका बिरामी थपिएकामा ३८ जनाको मृत्यु भएको थियो । आव २०७२/७३ मा एक हजार ३४ जनामा क्षयरोग देखिएको र ५१ जनाको मृत्यु भएको दुवाडीले बताउनुभयो..

    बत्तीमुनिका अँध्यारा काभ्रेका गाउँमा उज्यालो छर्दै स्वास्थ्य संस्था

    शनिबार, चैत्र १०, २०७४ साल
      रविओपी, काभ्रे, १० चैत । “मैले डाक्टरसँग कुराकानी गरेको छु । म कार्यक्रम सकिने बित्तिकै हिँड्छु । चिन्ता नलिनू । शिशुलाई छातीमा टाँसेर दूध चुसाउन खोजिरहनु ...।”  महिला स्वयंसेविका रमा न्यौपाने सुत्केरी भएकी आफ्नी बुहारी उमिशा न्यौपानेलाई फोनमा जवाफ दिँदै थिइन् । उमिशाले शिरमेमोरियल अस्पताल बनेपामा दुई दिनअघि बच्चालाई जन्म दिएकी थिइन् । विस २०४६ देखि महिला स्वयंसेविकाका रुपमा सेवा दिइरहेकी..

    झापामा आँखाको नानी संकलन केन्द्र स्थापना, आँखा दान गर्नेहरुको लर्को !

    शुक्रबार, चैत्र ९, २०७४ साल
    सुरुङ्गा, झापा, ९ चैत झापाको बिर्तामोड नगरपालिका–३ सैनिकमोडमा रहेको मेची आँखा अस्पतालले आँखाको नानी संकलन केन्द्र स्थापना गरेको छ । दृष्टिविहीनलाई आँखाको नानी प्रत्यारोपण गर्न अस्पतालले आँखाको नानी संकलन केन्द्र स्थापना गर्दै नानीसमेत प्रत्यारोपण गर्न शुरु गरेपछि आँखाका रोगीसहित आँखादान गर्न चाहने सर्वसाधारणसमेत उत्साहित बनेका छन् । बिर्तामोड नगरपालिका–१ का राजकुमार ओलीले आफू मरेपछि पनि आफ्नो आँखाले संसार देख्न पाओस् भन्दै आफूले आँखा..

    विश्व मुख स्वास्थ्य दिवसको अवसर पारी मकवानपुरको चेपाङ गाउँमा निःशुल्क दन्त शिविर

    बिहिवार, चैत्र ८, २०७४ साल
    सिलिङ्गे, मकवानपुर, ८ चैत ।  जनचेतनाको अभावका कारण मुखको स्वास्थ्यमा ध्यान नपुग्दा विकट क्षेत्रका स्थानीयवासीमा दाँत र गिजासम्बन्धी विभिन्न रोग देखिने गरेको छ ।  नेपाल डेण्टल एशोसिएसनले गाउँगाउँमा गरेको दन्त शिविरका क्रममा यस्तो देखिएको एशोसिएसनका महासचिव डा मनोज हुमागार्इंले बताए  ।  उनका अनुसार मुख्यगरी बालबालिकामा दाँत किराले खाने र वृद्धवृद्धामा गिजाको रोग देखिने गरेको छ । तराईका बासिन्दामा भने क्यान्सरसमेत देखिने गरेको धुलिखेल अस्पतालमा..

    भक्तपुर अस्पतालमा तीन महिनाभित्र आइसियु सेवा दिन प्रतिनिधिसभा र जनप्रतिनिधिको आग्रह

    बुधबार, चैत्र ७, २०७४ साल
    भक्तपुर, ७ चैत  वीर अस्पतालपछिको दोस्रो पुरानो अस्पताल भक्तपुर अस्पतालमा आगामी तीन महिनाभित्र सघन उपचार कक्ष (आइसियु) सेवा सञ्चालन गर्न प्रतिनिधिसभा र स्थानीय तहका जनप्रतिनिधिले आग्रह गरेका छन् । भक्तपुर अस्पतालले आइसियु सञ्चालनमा चासो नदिएपछि जिल्ला समन्वय समिति भक्तपुरले बुधबार अस्पतालमा आयोजना गरेको छलफल कार्यक्रममा जनप्रतिनिधिले कुनै पनि हालतमा आइसियु सेवा सञ्चालन गर्न अस्पताल व्यवस्थापन समिति र प्रशासनलाई निर्देशन दिएको हो । एकसय..

    मोरङको उर्लाबारी नगरपालिकाका विद्यालयमा छात्रा आफैं सेनेटरी प्याड बनाउँछन्

    बुधबार, चैत्र ७, २०७४ साल
    उर्लाबारी, मोरङ, ७ चैत  ।  मोरङको उर्लाबारी नगरपालिका–१ स्थित नुनसरी आधारभूत विद्यालयको कक्षा ८ मा अध्ययनरत छात्रा नुमा लिम्बूले नौ महिनायता विद्यालयमा आफैंले बनाएको सेनेटरी प्याड प्रयोग गर्दै आएकी छिन्  ।  लिम्बू मात्र होइन विद्यालयमा अध्ययरनत अधिकांश छात्रा महिनावारी हुने समयमा विद्यालयमै बनाइएको सेनेटरी प्याड पूर्ण सरसफाइका साथ प्रयोग गर्दै आएका छन् ।  कक्षा ७ मा अध्ययनरत अञ्जली निरौला भन्छिन्, “फलाटिनको कपडा प्रयोग गरेर..

    जाजरकोटमा स्वास्थ्य संस्था डाक्टर नहुँदा विरामीलाई समस्या, प्लास्टर, सुत्केरी, भिडियो एक्सरेलगायत सेवा बन्द

    सोमबार, चैत्र ५, २०७४ साल
    जाजरकोट, ५ चैत साताअघि दल्ली प्राथमिक स्वास्थ्य केन्द्र छाडेका डा सञ्जय यादव काममा नफर्केपछि बिरामी उपचारबाट वञ्चित छन् । अस्पतालमा डाक्टर नभेट्दा उपचार नपाएरै फर्केको स्थानीय हरिबहादुर खत्रीले बताए । अस्पतालमा झाडापखाला, ज्वरो, पेट दुख्ने, निमोनियालगायत रोगका बिरामीको भीड लाग्ने गरेको स्वास्थ्य सहायक तप्तबहादुर चनाराले बताए। डाक्टर नहुँदा दर्जनौँ बिरामी उपचार नपाई फर्कने गरेको उनको भनाइ छ । “प्लास्टर, सुत्केरी, भिडियो एक्सरेलगायत सेवा बन्द भएको छ,”..

    आगामी वैशाखसम्म चितवन पूर्ण खोपयुक्त जिल्ला बन्दै, घोषणाको अन्तिम तयारी पूरा

    सोमबार, चैत्र ५, २०७४ साल
    चितवन, ५ चैत।  जिल्लालाई पूर्ण खोपयुक्त जिल्ला घोषणाको अन्तिम तयारी गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जिल्लालाई पूर्ण खोप युक्त जिल्ला बनाउनका लागि अभियान शुरु गरेको हो ।  सातवटा स्थानीय तह रहेको जिल्लामा इच्छाकामना गाउँपालिका, खैरहनी नगरपालिका, माडी नगरपालिका, राप्ती नगरपालिका पूर्ण खोपयुक्त नगर घोषणा भइसकेका छन् ।  जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख विजय झाका अनुसार वैशाख महिनासम्ममा पूर्ण खोपयुक्त जिल्ला घोषणा..

    युएस बंगला विमान दुर्घटनाका २ घाइते उपचारपछि घर फर्किए

    सोमबार, चैत्र ५, २०७४ साल
    काठमाडौँ, ५ चैत : त्रिभुवन विमानस्थलमा अवतरणका क्रममा गत सोमबार दुर्घटनाग्रस्त युएस बंगला विमानका घाइतेमध्ये दुईजना उपचारपछि घर फर्किएका छन् ।  काठमाडौँ कपनका दयाराम ताम्रकार र भक्तपुर बालकोटका किशोर त्रिपाठी ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार गराई आइतबार घर फर्केका हुन् ।  अस्पतालका मेडिकल डाइरेक्टर तथा बरिष्ठ अर्थोपेडिक सर्जन डा चक्रराज पाण्डेले उपचारपछि निको भई घर फर्कन लागेका दुवैजनालाई खादा लगाएर सिघ्र स्वास्थ्यलाभको कामना गरेका..

    भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा जेठाजुबाट बुहारीलाई मिर्गौला दान

    आईतवार, चैत्र ४, २०७४ साल
    काँकडभिट्टा, ४ चैत  ।  झापाका पत्रकार माया पकुवाललाई मिर्गाैला प्रत्यारोपण गरिएको छ ।  भद्रपुरबाट प्रकाशन हुने ‘वरुण’ साप्ताहिकका सम्पादक पकुवाललाई उनकै जेठाजु सौरभले काठमाडौं उपत्यकास्थित भक्तपुरमा रहेको मानव अंग प्रत्यारोपण केन्द्रमा बिहीबार मिर्गौला दान गरेको परिवारले जनाएको छ ।  दश महिनाअघि रक्तचाप घटबढ भइरहने र ज्वरो आइरहने भएपछि पकुवाल उपचारका धरानस्थित बिपी मेमोरियल अस्पताल गएकी थिइन्  । उपचारका क्रममा चिकित्सकले उनका दुवै मिर्गाैला..

    लगातार मोबाइल चलाउँदा मस्तिष्कघात ! बचाउन अकस्मात शल्यक्रिया गरियो

    आईतवार, चैत्र ४, २०७४ साल
    काठमाडौं, ४ चैत ।  हामी अक्सर मोबाइल फोन खेलाइरहन्छौं, हाम्रो दैनिक जीवन धेरैजसो मोबाइल खेलाएरै बित्छ । लामो यात्रामा निस्किँदा होस् या कसैलाई कुरेर बसिरहँदा, मोबाइलको स्क्रिनमा आँखा र औंला डुलिरहेका हुन्छन् । तर यसरी मोबाइलमा लामो समय बिताउनु स्वास्थ्यकै लागि घातक हुने रहेछ । चीनमा लामो समय मोबाइल चलाएकै कारण एक महिलालाई मस्तिष्क घात भएको छ र उनलाई बचाउन अकस्मात शल्यक्रिया..

    कञ्चनपुरमा कुष्ठरोगीको खोजि हुने, एक सय ४० स्वास्थ्यकर्मी परिचालन

    शुक्रबार, चैत्र २, २०७४ साल
    कञ्चनपुर, २ चैत कञ्चनपुरका छ वटा नगरपालिकामा कुष्ठरोगी खोजी निवारण अभियान सञ्चालन हुने भएको छ । महाकाली, भीमदत्त, वेदकोट, शुक्लाफाँटा, कृष्णपुर र पुनर्वास नगरपालिकामा कुष्ठरोगी खोजी अभियान सञ्चालन हुन लागेको हो ।  चैत ४ गतेदेखि ७ गतेसम्म सञ्चालन हुने अभियानका लागि गाउँगाउँ पुगेर कुष्ठरोगी खोजी गर्न एक सय ४० स्वास्थ्यकर्मी र ६१८ महिला स्वास्थ्य स्वयंसेविका परिचालनका लागि तालीम दिइएको जिल्ला जनस्वास्थ्य कार्यालयका..

    झापाका अधिकांश ठूला होटलमा अखाद्य वस्तु फेला, 'रेडमग' र 'गाउँले'मा किरा भेटियो

    शुक्रबार, चैत्र २, २०७४ साल
    सुरुङ्गा, झापा, २ चैत ।  बिर्तामोडमा सञ्चालित केही ठूला होटलले मानव स्वास्थ्यमा गम्भीर खेलवाड गरेको पाइएको छ ।  क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगर, जिल्ला प्रशासन कार्यालय झापा र होटल व्यवसायी संघ, स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मीसहितको टोलीले बुधबार र बिहीबार दुई दिन गरेको संयुक्त अनुगमनका क्रममा यस्तो पाइएको हो ।  खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालय विराटनगरका खाद्य निरीक्षक प्रेम अर्यालसहितको टोलीले गरेको अनुगमनका..

    ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्दै पोखरा लेखनाथ महानगरपालिका

    शुक्रबार, चैत्र २, २०७४ साल
    पोखरा, २ चैत   ।  पोखरा लेखनाथ महानगरपालिकाले महानगरभित्रका ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने भएको छ ।  महानगरपालिकाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रमुख मानबहादुर जिसीले महानगरका प्रत्येक वडाका घरदैलोमा नै चिकित्सक पुर्याएर ७० वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकलाई लक्षित गरी उपचार सेवा प्रदान गर्न लागेको जानकारी दिए  ।  “ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण कार्यक्रमअन्तर्गत हरेक दुई महिनामा प्रत्येक वडामा चिकित्सकसहितको टोलीले ज्येष्ठ..

    भक्तपुर औद्योगिक क्षेत्रमा निःशुल्क स्वास्थ्य क्लिनिक शुरु, पहिलो दिन २०० जनाले स्वास्थ्य परीक्षण गराए

    बिहिवार, चैत्र १, २०७४ साल
    भक्तपुर, १ चैत । भक्तपुरका बासिन्दा र मजदूर वर्गलाई लक्षित गरी भक्तपुर औद्योगिक क्षेत्र व्यासीमा आजबाट निःशुल्क स्वास्थ्य क्लिनिक सञ्चालनमा आएको छ ।  भक्तपुर उद्योग वाणिज्य संघ, जिल्ला समन्वय समिति भक्तपुर, लायन्स क्लब अफ भक्तपुर र डा इबामुरा मेमोरियल अस्पतालले संयुक्त रुपमा निःशुल्क स्वास्थ्य क्लिनिक सञ्चालनमा ल्याएको हो ।  भक्तपुर नगरपालिकाका प्रमुख सुुनिल प्रजापतिले आज क्लिनिकको उद्घाटन गर्दै नगरपालिकाले निकट भविष्यमा आफ्नै अस्पताल..

    मानेडाँडामा बर्थिङ सेन्टर सञ्चालन, स्वास्थ्यमा नागरिकको पहुँच हुने विश्वास

    बिहिवार, चैत्र १, २०७४ साल
    नुवाकोट, १ चैत  ।  किस्पाङ गाउँपालिका–५ मनकामनास्थित मानेडाँडा स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर (सुरक्षित प्रजनन केन्द्र) सञ्चालनमा आएको छ ।  शिक्षा र स्वास्थ्यमा नागरिकको पहुँच सुनिश्चित गराउन सेन्टर सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष छत्रबहादुर लामाले जानकारी दिए ।  “साविक मनकामना गाविसमा दुई स्वास्थ्य चौकी भएपनि गर्भवती तथा सुत्केरी सेवा नहुँदा अन्यत्र जानुपर्ने बाध्यता थियो ।” लामाले भने “पालिकाले आन्तरिक स्रोतबाट आर्थिक व्यवस्थापन गरी सेवा सञ्चालनमा ल्याएको..

    कुपोषित बालबालिकाको संख्यामा वृद्धि, ३८ भन्दा बढी अति जोखिममा

    बुधबार, फागुन ३०, २०७४ साल
    काठमाडौँ  फागुन ३० चालू आवको साउनदेखि पुससम्म ३३० जना बालबालिकामा कुपोषण भएको भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालयका सूचना अधिकृत वसन्त श्रेष्ठले जानकारी दिएका छन । कुपोषित भएका बालबालिकामध्ये ३८ जना अति जोखिममा रहेका  छन् ।  जिल्लामा बालबालिकालाई कुपोषणबाट बचाउनका लागि विभिन्न जनचेतना कार्यक्रम तथा सहयोगका कार्यक्रम सञ्चालन गरिएको भए पनि कुपोषित बालबालिकाको संख्या घट्न सकेको छैन । कुपोषित हुनेमा सबैभन्दा बढी दलित समुदायका..

    खोटाङको सरकारी अस्पतालमा विद्युत् र पानीको अभाव, आफैं सुबिधा जुटाएर उपचार गराउँदै बिरामी

    बुधबार, फागुन ३०, २०७४ साल
    खोटाङ, ३० फागुन।  जिल्ला अस्पताल खोटाङमा विद्युत् र खानेपानीको उचित व्यवस्था नहुँदा बिरामीलाई सास्ती भएको छ । पन्ध्र शैय्या  रहेको अस्पतालमा विस्तार गरिएको विद्युत् र खानेपानी नियमित सञ्चालन नहुँदा भर्ना भएर उपचार गराइरहेका बिरामीलाई सास्ती भएको हो ।  अस्पतालमा विद्युत्को उचित व्यवस्था नहुँदा बिरामीका आफन्तले आफैं  जेनेरेटर भाडामा लिएर चलाइरहेका छन् । अस्पतालमा रहेको जेनेरेटर दुई महिनाअघि देखि बिग्रिएर थन्किएपछि विद्युत्को वैकल्पिक..
    Results 864: You are at page 23 of 29
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 Next Last
    Weather Forecast