शनिबार, चैत्र २२, २०७६

    स्वास्थ्य

    २ दिने अधिवेशन, नयाँ कार्यसमिति चयन

    आईतवार, चैत्र १७, २०७५ साल
    विराटनगर, १७ चैत  मधेशी स्वास्थ्यकर्मी फोरम नेपाल प्रदेश नं १ को सम्पन्न अधिवेशनले हरिशङ्करप्रसाद साहको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।  दुई दिने अधिवेशनले निर्विरोध नयाँ कार्यसमिति चयन गरेको सङ्घीय प्रेस फोरम नेपाल जिल्ला कार्यसमितिद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिएको हो ।  समितिका उपाध्यक्षमा सुरेशकुमार पण्डित, मञ्जु यादव, मनोजकुमार यादव, रामनारायण शर्मा र गिरधारीप्रसाद साह हुनुहुन्छ भने मुख्य सचिवमा..

    अनौठो रोग २ को मृत्यु, ४ ओछ्यानमा

    शुक्रबार, चैत्र १५, २०७५ साल
    खोटाङ, १५ चैत  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित रामपुरका वीरबहादुर विश्वकर्माका परिवारमा ठूलो समस्या देखापरेको छ । कम्मरमुनिको अङ्ग नचल्ने रोगले दुई जना छोरीको मृत्यु हुनुका साथै चार छोराछोरी थला परेपछि ठूलो समस्या देखापरेको हो ।  तीस वर्षीया माइली छोरी कोपिला, २२ वर्षीया जन्तरी अनिशा, २० वर्षीया लखन्तरी मनिषा र कक्षा ९ मा अध्ययनरत कान्छा छोरा चेतराज विश्वकर्माको कम्मरमुनिको भागमा समस्या देखिएको..

    मेडिकल कलेज स्थापना हुने भएपछि बर्दिवासमा उत्साह

    शुक्रबार, चैत्र १५, २०७५ साल
    बर्दिवास, १५ चैत महोत्तरीको बर्दिबास नगरपालिकामा मेडिकल कलेज सञ्चालनको काम अघि बढेपछि स्थानीयवासीमा उत्साह छाएको छ ।  बर्दिवासमा कलेजको पूर्वाधार निर्माण विकास आयोजनाको कार्यालय स्थापना गरिने तयारीसँगै स्थानीयवासीमा खुशी छाएको हो ।  “बर्दिवासमा मेडिकल कलेजको काम अघि बढेछ, यसअघि बर्दिवास–६ मा कृषि सङ्कायको स्नातकतहसम्म अध्ययन-अध्यापन हुने प्राकृतिक स्रोत व्यवस्थापन कलेजको पठनपाठन शुरु भइसकेको छ”, महोत्तरी–१ ‘क’ बाट निर्वाचित प्रदेशसभा सदस्य शारदा थापाले..

    सुत्केरी हुन नसकेपछि सेनाको हेलिकप्टरबाट उद्धार

    बिहिवार, चैत्र १४, २०७५ साल
    रारा, १४ चैत  जिल्लाको पश्चिम खत्याड गाउँपालिकास्थित प्राथामिक स्वास्थ्य केन्द्रमा तीन दिनदेखि सुत्केरी हुन नसकेर छट्पटाइरहेकी एक महिलाको बिहिबार उद्धार गरिएको छ ।  खत्याड गाउँपालिका–८ ठामलेख गाउँकी २२ वर्षीया ललिता थापालाई सुत्केरी व्यथा लागेपछि प्राथमिक स्वास्थ्य केन्द्र रातापानीमा चैत १२ गते लगिए पनि सुत्केरी हुन नसकेको पछि नेपाली सेनाको हेलिकप्टरबाट उनलाई उद्धार गरिएको हो ।  थापाको अहिले क्षेत्रीय अस्पताल सुर्खेतमा उपचार भइरहेको र..

    गण्डकी प्रदेश सरकार मातहतमा स्वास्थ्य कार्यालय पुनःस्थापना

    बिहिवार, चैत्र १४, २०७५ साल
    बेनी, १४ चैत गण्डकी प्रदेश सरकार मातहतमा रहेको स्वास्थ्य कार्यालय म्याग्दीको बेनीमा उद्घाटन गरिएको छ । सङ्घीयता कार्यान्वयनपछि गत साउनमा खारेज भएको जिल्ला स्वास्थ्य कार्यालय गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालयअन्तर्गत रहने गरी पुनःस्थापना भएको हो ।  नयाँ स्थापना गरिएको कार्यालयको गण्डकी प्रदेश, सामाजिक विकासमन्त्री नरदेवी पुनले बुधबार उद्घाटन गर्नुभयो । कार्यालयमा जनस्वास्थ्य अधिकृतसहित ११ कर्मचारीको दरबन्दी छ । प्रदेश सरकारमातहत रहेका जिल्लाका..

    मौसम बदलीसँगै भाइरल ज्वरोको सङ्क्रमण

    बुधबार, चैत्र १३, २०७५ साल
    डडेल्धुरा, १३ चैत  मौसम बदलीसँगै डडेल्धुरामा भाइरल ज्वरोको सङ्क्रमण फैलिएको छ । केही दिन यतादेखि भएको मौसम बदलीपछि डडेल्धुराका स्वास्थ्य संस्थामा ज्वरो, रुघाखोकीसहित निमोनियाका बिरामीको चाप बढेको जनाइएको छ ।  केही दिनयता डडेल्धुरा सदरमुकामस्थित डडेल्धुरा अस्पताललगायतका अन्य स्वास्थ्य संस्थामा ज्वरो र रुघाखोकीका बिरामीको चाप ह्वात्तै बढेको छ । दैनिक १०० बिरामी पुग्ने डडेल्धुरा अस्पतालमा आजभोलि १५० भन्दा बढी बिरामी आउने गरेको डडेल्धुरा..

    काङ्ग्रेस नेता कृष्णप्रसाद सिटौला डिस्चार्ज

    मंगलवार, चैत्र १२, २०७५ साल
    काठमाडौँ, १२ चैत  पूर्व उपप्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका पुर्व महामन्त्री कृष्णप्रसाद सिटौला अस्पतालबाट ‘डिस्चार्ज’ हुनुभएको छ ।  काठमाडौँको ह्याम्स अस्पतालमा पाँच दिनको उपचारपछि नेता सिटौला आज घर फर्कनुभएको उहाँका सहयोगी प्रेम भट्टराईले जानकारी दिनुभयो । शुुक्रबार साँझ अचानक स्वास्थ्यमा गडबडी भएपछि उहाँ अस्पताल भर्ना हुनुभएको थियो ।  उहाँको रगतमा हेमोग्लोबिनको मात्रा कम देखिएको र रक्तचाप समेत घटेकाले सघन उपचार कक्ष (आइसियु)मा राखेर उपचार..

    प्रसूतिका लागि सरकारी अस्पताल भरतपुर सबैको रोजाइँमा

    सोमबार, चैत्र ११, २०७५ साल
    चितवन, ११ चैत  सरकारी अस्पताल भन्ने वित्तिकै प्रायः सबैको मनमस्तिष्कमा ढिलासुस्ती र प्रभावकारी सेवा उपलब्ध गराउन नसक्ने छाप परेको पाइन्छ । तर यहाँको सरकारी भरतपुर अस्पताल प्रसूति सेवाका लागि सबैको पहिलो रोजाइँ बन्ने गरेको छ । जिल्लाका ठूला वडामात्रै होइन, अन्य अस्पतालका चिकित्सकको पनि प्रसूति सेवाका लागि यो अस्पताल पहिलो रोजाइँमा पर्ने गरेको छ ।  काठमाडौंको प्रसूति गृहपछि सबैभन्दा बढी प्रसूति गराउनेमा..

    मार्तडीमा बृहत् योग शिविर शुरु

    सोमबार, चैत्र ११, २०७५ साल
    बाजुरा, ११ चैत  बाजुराको सदरमुकाम मार्तडीमा बृहत् योग शिविर सञ्चालन भएको छ । बडिमालिका नगरपालिका र पतञ्जली योग समिति बाजुराको संयुक्त आयोजना र क्रिएटर जोन ऐकेडेमीको व्यवस्थापनमा शिविर सञ्चालन भएको योग समिति बाजुराका अध्यक्ष लालबहादुर ओलीले बताउनुभयो ।  शिविर आजबाट एक हप्तासम्म मार्तडीस्थित क्रिएटर जोन ऐकेडेमीमा सञ्चालन भएको छ । शिविर हरेक दिन बिहान ५ बजेबाट शुरु हुने समिति अध्यक्ष ओलीले जानकारी..

    काङ्ग्रेस नेता सिटौलाको स्वास्थ्यमा सुधार

    आईतवार, चैत्र १०, २०७५ साल
    काठमाडौँ, १० चैत नेपाली काङ्ग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको स्वास्थ्य अवस्था सुधारोन्मुख हुदै गएको छ ।  उहाँ उपचाररत हेम्स अस्पतालले आज स्वास्थ्य अवस्थाबारे जानकारी दिन जारी गरेको विज्ञप्तिमा नेता सिटौलाको उपचारमा सुधार हुँदै आएको जनाइएको छ । अस्पतालका मेडिकल डाइरेक्टर डा भाष्करराज पन्त र आइसियु इञ्चार्ज डा सबिन कोइरालाद्वारा जारी विज्ञप्तिमा उहाँको अवस्थामा क्रमिक सुधार भइरहेको उल्लेख छ ।  उहाँलाई अहिले पनि सघन उपचार..

    विश्व क्षयरोग दिवस : रोगभन्दा रोगीलाई हेर्ने दृष्टिकोण जटिल बन्दै

    आईतवार, चैत्र १०, २०७५ साल
    काठमाडौँ, १० चैत  ‘निरोगी छु, मलाई क्षयरोग नहुन सक्छ ।’ तपाई अनुमानमा हुनुहुन्छ ? ढुक्क नहुनुहोस् । हाम्रो शरीरमा क्षयरोगको किटाणुको जोखिम रहेको हुन्छ । यसरोगका किटाणु निष्कृय र सक्रिय दुई प्रकारका हुन्छन् । शरीरमा रहेको रोग प्रतिरोधात्मक क्षमताले निष्क्रिय क्षयरोगको कीटाणुलाई सक्रिय हुन दिइरहेको हुँदैन । तर सक्रिय क्षयरोगको कीटाणुले क्षयरोग लाग्ने गर्छ ।  विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा निष्क्रिय क्षयरोग..

    विज्ञ केन्द्रको स्पष्टीकरण - अहिलेसम्म चितवनमा बर्डफ्लु छैन !

    शनिबार, चैत्र ९, २०७५ साल
    चितवन, ९ चैत : भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चितवनले हालसम्म जिल्लामा बर्डफ्लु नदेखिएको जनाएको छ । देशका विभिन्न क्षेत्रमा कुखुराजन्य वस्तु आयातमा रोक लगाएपछि कार्यालयले जिल्लामा बर्डफ्लु नदेखिएकाले ढुक्कसँग प्रयोग गर्न आग्रह गरेको छ ।  केन्द्रका प्रमुख डा विजयकुमार श्रेष्ठले मकवानपुर, काठमाडौँ र पोखरामा बर्डफ्लु देखिए पनि यहाँ भने समस्या नभएको बताउनुभयो । नेपालमा दैनिक ५० लाखभन्दा बढी अण्डा..

    कांग्रेस नेता कृष्ण सिटौला अस्वस्थ, आईसियूमा राखियो

    शुक्रबार, चैत्र ८, २०७५ साल
    काठमाडौँ, ८ चैत काँग्रेस नेता एवं पूर्वगृहमन्त्री कृष्णप्रसाद सिटौला अस्वस्थ भएका छन् । सिटौलालाई शुक्रबार साँझ राजधानीको ह्याम्स अस्पताल भर्ना गरिएको छ । नियमित स्वास्थ्य परीक्षणका लागि शुक्रबार बिहान चक्रपथस्थित मेट्रो अस्पताल पुगेका सिटौलालाई चिकित्सकले रगतमा हेमोग्लोबिनको मात्रा कम भएको बताएका थिए । यस्तै उनको रक्तचाप पनि घटेको थियो । चिकित्सकले आईसियूमा राखेर उपचार गर्नुपर्ने बताएपछि साँझ उनलाई धुम्बाराहीस्थित ह्याम्स अस्पताल लगिएको हो..

    सुत्केरीको मृत्यु भएपछि सेती अञ्चल अस्पतालमा तनाव

    शुक्रबार, चैत्र ८, २०७५ साल
    धनगढी, ८ चैत अस्पतालको लापरवाहीले सुत्केरीको मृत्यु भएको आरोप लगाउँदै मृतकका परिवारले धनगढीस्थित सेती अञ्चल अस्पतालमा शुक्रबार घेराउ र नारावाजी गरिरहेका छन् । पीडितहरुको आक्रोशले अस्पतालमा तनाव बढ्दै गएपछि सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । धनगढी उपमहानगरपालिका जुगेडा सी गाउँकी २० वर्षीया रेखा थापाको सुत्केरी गराउने क्रममा चिकित्सकको लापरवाहीले मृत्यु भएको मृतक रेखाका श्रीमान जयबहादुर थापाले बताए..

    ‘हेपाटाइटिस बी’ समस्याबाट पीडित उपल्लो डोल्पावासी

    बिहिवार, चैत्र ७, २०७५ साल
    डोल्पा, ७ चैत हिमाली जिल्ला डोल्पाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो भोटमा ‘हेपाटाइटिस बी’ को बिकराल समस्या देखिएको छ ।  डोल्पो बुद्ध गाउँपालिकाको आयोजनामा सो गाउँपालिकाअन्तर्गत पर्ने धो, तिन्जे, सिमेन्टलगायत स्थानमा गत वर्ष वैशाखमा गरिएको निःशुल्क स्वास्थ्य परीक्षण शिविरमा ८० स्थानीयवासीको स्वास्थ्य जाँचगर्दा २२ जनामा हेपाटाइटीस बी पोजेटिभ देखिएको थियो ।  “शिविर सञ्चालन हुनुभन्दा केही हप्ता अगाडि उपल्लो डोल्पाकै दुई जनाको उपचारका क्रममा हेपाटाइटीस..

    चेपाङ बालबालिका कुपोषणको शिकार, मुख्य दोषी गरीबी

    बिहिवार, चैत्र ७, २०७५ साल
    भरतपुर, ७ चैत चितवनको इच्छाकामना गाँउपालिका–१ थाप्राङकी माया चेपाङका १२ जना सन्तान मध्ये दुई जनाको सानैमा ज्यान गयो ।  जिल्ला सदरमुकाम भरतपुरदेखि एक दिन पैदल दूरीमा रहनुभएकी मायाका एक छोरा र एक छोरी महिनौ थला परे । तीन वर्षअघि दुई वर्षको छोरा बिरामी भएपछि लामो समय धामिझाक्रीकोमा जाँदा पनि छोरालाई सन्चो भएन । पछि स्वास्थ्य संस्थामा लगेपछि मात्र थाहा भयो छोरालाई कुपोषण..

    हाडे रोगको प्रकोप बढ्यो, विद्यार्थी र शिक्षक दुबै सङ्क्रमित

    बिहिवार, चैत्र ७, २०७५ साल
    सोलुखुम्बु, ७ चैत   सल्लेरीका जाङ्बु शेर्पाकी चार वर्षकी छोरी डोमा शेर्पालाई केही दिन अगाडि मम्सअर्थात् हाडे रोगले सतायो । डोमालाई जस्तै माउण्ट एभरेष्ट इङ्लिस बोर्डिङ स्कूल एलकेजीमा पढ्दै गरेका आङफुरी तामाङलाई पनि उस्तै पीडा भयो ।  डोमा र आङफुरीलाई मात्र होइन सल्लेरी वसन्त बजार क्षेत्रका अन्य थुप्रै केटाकेटीदेखि युवायुवतीलाई समेत यसको सङ्क्रमण देखियो । एक व्यक्तिबाट अर्को व्यक्तिमा सहजै सर्ने भएकाले विद्यार्थी..

    भिक्षु अश्वघोष महास्थवीरको स्वास्थ्य सुधारोन्मुख

    मंगलवार, चैत्र ५, २०७५ साल
    काठमाडौँ, ५ चैत थेरवाद बुद्धधर्मका भिक्षु महासङ्घका सङ्घनायक भिक्षु अश्वघोष महास्थवीरको स्वास्थ्यावस्था सुधारोन्मुख बन्दै गएको छ । केही दिनदेखि अचेत भिक्षुले आँखाले हेर्ने, इशारा गर्ने र सामान्य कुरा गर्न थाल्नुभएको अखिल नेपाल भिक्षु महासङ्घका सदस्य भिक्षु तपस्सी धम्मले जानकारी दिनुभयो । उहाँलाई चिकित्सकको विशेष निगरानीमा राखिएको छ ।  पूर्वसांसद अश्वघोषको मिर्गौला, रक्तचाप, मुटु, कलेजो, पिसाब, निमोनियालगायत समस्याका कारण ग्राण्डी अस्पताल टोखामा करीब..

    रजस्वलाका वेला नियमित विद्यालय ल्याउन स्यानिटरी प्याड

    सोमबार, चैत्र ४, २०७५ साल
    बुटवल, ४ चैत रजस्वलाका वेला नियमित रुपमा विद्यालय ल्याउन प्रोत्साहन गर्ने उद्देश्यले छात्राका लागि ‘स्यानिटरी प्याड’ उपलब्ध गराइएको छ । तिलोत्तमा नगरपालिकाले आफ्नो क्षेत्रभित्रका सामुदायिक विद्यालयहरुमा निःशुल्क ‘स्यानिटरी प्याड’ उपलब्ध गराएको हो । नगरका सामुदायिक विद्यालयमा छ देखि १० कक्षासम्म अध्ययन गर्ने छात्राको संख्या तीन हजार ६५० छन् ।  रजस्वला हुँदा विद्यालय नआउने र आए पनि बीचमै कक्षा छाडेर घर जाने समस्या..

    सुनौलो हजार दिनका आमालाई निःशुल्क सिमकार्ड वितरण

    सोमबार, चैत्र ४, २०७५ साल
    बेझाड, ४ चैत पाल्पाको निस्दी गाउँपालिका–६ अर्चलेमा सुनौलो हजार दिका ५० आमालाई निःशुल्क सिमकार्ड वितरण गरिएको छ । स्वास्थ्य पोषण कार्यक्रमअन्र्तगत यहाँका सुनौलो हजार दिनका ५० आमालाई स्मार्ट सिमकार्ड वितरण गरिएको वडाध्यक्ष मेखबहादुर सुनारीले जानकारी दिनुभयो ।  स्वास्थ्य, पोषणसम्बन्धी सन्देशमूलक सूचना एकापसमा आदानप्रदान गरी सिमकार्डको सही सदुपयोग गर्न उहाँले आग्रह गर्नुभयो । पछौटेपन उन्मूलन समाज (बेस) नेपालअन्र्तगत सञ्चालित सुआहाराको सहयोगमा सीम कार्ड..

    एचआइभी सङ्क्रमितहरु पाउँदैनन् पोसिला खानेकुरा

    आईतवार, चैत्र ३, २०७५ साल
    लम्की, ३ चैत कैलालीका एचआइभी सङ्क्रमितले पोसिला खानेकुरा खान पाएका छैनन् । उनीहरुलाई खाली पेट औषधि (एआरटी) खानुपर्ने बाध्यता छ । सङ्क्रमितमा पनि यहाँका एकल महिला र बालबालिकाको अवस्था दयनीय छ ।  एआरटी औषधि नियमित रुपमा आजीवन सेवन गर्नुपर्छ । औषधिले शरीर कमजोर बनाइदिन्छ । उनीहरु नियमित खाना खान सक्ने अवस्था मै छैन । सङ्क्रमित एकल महिला चम्फा धामीले भनिन् – “सङ्क्रमित..

    अध्यक्ष ‘प्रचण्ड’ सीताको उपचारकालागि अमेरिका प्रस्थान

    आईतवार, चैत्र ३, २०७५ साल
    काठमाडौँ, ३ चैत  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीमती सीता दाहालको स्वास्थ्योपचारका लागि आईतबार अमेरिका प्रस्थान गर्नुहुने भएको छ ।  अध्यक्ष दाहालको सचिवालयले जारी गरेको प्रेस नोट अनुसार उहाँहरु आईतबार साँझ अमेरिका प्रस्थान गर्न लाग्नुभएको हो ।  अमेरिकाको जोन हकिङ्स् अस्पतालमा श्रीमती सीताको पार्किन्सन रोगको उपचार हुनेछ । सीतालाई मधुमेह र उच्च रक्तचापको समेत समस्या रहेको छ । उहाँको गत..

    डेढ महीनापछि गण्डकी मेडिकल कलेजको ताला खुल्यो

    शनिबार, चैत्र २, २०७५ साल
    कास्की, २ चैत : विभिन्न चार सूत्रीय माग राख्दै आन्दोलनमा उत्रिएका विद्यार्थीले गण्डकी मेडिकल कलेज तथा अस्पतालमा लगाएको ताला खोलेका छन् । कलेजले बढी शुल्क लिएको भन्दै विद्यार्थीले गएको माघ १७ देखि कलेज प्रशासन र अस्पतालको बहिरङ्ग विभागमा तालाबन्दी गरेकामा शनिबार प्रहरीको रोहवरमा ताला खोलेका हुन् ।  कानूनी प्रक्रियामा आफ्ना मागहरु प्रवेश गरेको र नियमनकारी निकायको प्रतिवेदन नआउञ्जेलसम्म आन्दोलन स्थगित भएको उनीहरुले..

    डाक्टर, नर्सले बिरामीप्रति मायालु व्यवहार गर्नुहोस् : प्रधानमन्त्री

    शुक्रबार, चैत्र १, २०७५ साल
    काठमाडौँ, १ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को उपकुलपतिमा प्रा डा देवनारायण साहलाई नियुक्त गर्नुभएको छ ।  उपप्रधान तथा स्वास्थ्यमन्त्री एवं न्याम्सका सहकुलपति उपेन्द्र यादवको सिफारिसमा प्रधानमन्त्रीले सुनसरीका साहलाई नियुक्त गर्नुभएको हो । यसैगरी उपकुलपति साहको सिफारिसमा उपप्रधान तथा स्वास्थ्यमन्त्री यादवले न्याम्सका अन्य पदाधिकारीको पनि नियुक्ति गर्नुभएको छ ।  ५०० रोपनी क्षेत्रफलमा भक्तपुरमा सुविधा सम्पन्न अस्पताल बनाउने..

    प्रतिजैविक औषधिको व्यवस्थापनका लागि जनचेतना आवश्यक

    बिहिवार, फागुन ३०, २०७५ साल
    काठमाडौँ, ३० फागुन वातावरण क्षेत्रका जानकारले प्रतिजैविक औषधिको व्यवस्थापनको कमीले हुने वातावरण प्रदूषण नियन्त्रण गर्न जनचेतना आवश्यक रहेकोमा जोड दिनुभएको छ ।  ‘प्रतिजैविक प्रतिरोध राष्ट्रिय कार्ययोजना’ तयारीका क्रममा वातावरणीय विषयमाथिको छलफलका क्रममा उहाँहरुले प्रतिजैविक औषधि उत्पादन गर्ने, बिक्री वितरण गर्ने र प्रयोग गर्नेलगायत सबैमा जनचेतना जगाई यसबाट हुने वातावरणीय प्रदूषण नियन्त्रण गर्न सकिने धारणा व्यक्त गर्नुभएको छ ।  विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को..

    पाठेघरसम्बन्धी समस्याबाट पीडित हुनेको सङ्ख्या बढ्दो

    बुधबार, फागुन २९, २०७५ साल
    खस्यौली, २९ फागुन रुपन्देही सैनामैना नगरपालिका–३ का ३५ महिला पाठेघरसम्बन्धी समस्याबाट पीडित भएका छन् ।  महिलामा हुने पाठेघरलगायत रोगको परीक्षणबाट ती महिलामा पाठेघरसम्बन्धी समस्या देखिएको पर्रोहा हेल्थ पोष्ट, मुर्गियाले जनाएको छ । परीक्षणबाट ३३ जनाको पाठेघरमा क्यान्सरको जोखिममा रहेको, १० को पाठेघरमा मासु पलाएको र एकको पाठेघर खसेको पाइएकाले उनीहरुलाई थप उपचारका लागि सिफारिस गरिएको परिवार नियोजन सङ्घ, बुटवलकी नर्स बिष्णु गुरुङले..

    एसइइ दिने छात्रालाई सेनेटरी प्याड वितरण

    बुधबार, फागुन २९, २०७५ साल
    पर्वत, २९ फागुन  एसइइ परीक्षामा सम्मिलित छात्रालाई पर्वतमा सेनेटरी प्याड वितरण गरिने भएको छ । सामुदायिक विद्यालयमा अध्ययनरत छात्रा महीनावारी भएकै कारण विद्यालयमा नजाने र विद्यालय छोड्ने गरेको तथ्याङ्कलाई मध्यनजर गर्दै गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले पर्वतमा सेनेटरी प्याड वितरण गर्ने भएको हो ।  गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका महिला अधिकृत गुमा वाग्लेले अनुसार प्राकृतिक नियमानुसार छात्रामा हुने महीनावारीलाई सहजरुपले व्यवस्थापन गरी..

    उपचारको क्रममा विरामीको मृत्यु, अस्पताल तनावग्रस्त

    मंगलवार, फागुन २८, २०७५ साल
    जनकपुर २८ फागुन जनकपुर अञ्चल अस्पतालमा चिकित्सकको लापरबाहीले एक विरामीको मृत्यु भएपछि अस्पताल तनावग्रस्त भएको छ । हर्टअट्याक भएपछि मण्डललाई एम्बुलेन्सबाट तत्कालै अस्पताल ल्याइएको आफन्तले बताएका छन् ।  मिथिला नगरपालिका वडानम्बर ६ बस्ने अन्दाजी ५० वर्षीय रामनारयण मण्डलको मृत्यु भएपछि विरामीका आफन्त र अस्पताल कर्मचारीबीच भनाभन र हात हालाहाल नै भएको छ ।  आकस्मिक कक्षमा ड्यूटीमा रहेका चिकित्सकले टिकट काटेर ल्याएपछि मात्रै उपचार..

    थाहामा सामुदायिक आँखा अस्पताल सञ्चालन, स्थानीय उत्साहित

    मंगलवार, फागुन २८, २०७५ साल
    हेटौँडा, २८ फागुन  मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिका–३ मा सामुदायिक आँखा केन्द्र स्थापना भई सञ्चालनमा आएको छ । सामुदायिक आँखा केन्द्र, नेपाल आँखा कार्यक्रम र तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौँको समन्वयमा सञ्चालन गरिएको हो ।  केन्द्रको सञ्चालनले मकवानपुर उत्तरी क्षेत्रका स्थानीय आँखाका बिरामीलाई उपचारका लागि सहयोग पुगेको छ । नगरपालिका र तिलगङ्गा आँखा अस्पताल प्रतिष्ठान काठमाडौँबीच २०७५ वैशाखमा भएको सम्झौताअनुसार नगरपालिकाले दुई रोपनी..

    एम्बुलेन्स, एक्स–रे र प्रसूति सेवा बन्द हुँदा सेवाग्राही मर्कामा

    सोमबार, फागुन २७, २०७५ साल
    गौशाला, २७ फागुन महोत्तरी सम्सी गाउँपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र सम्सीमा एम्बुलेन्स र एक्स–रे मेशिन आएको महिनौं वितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन् । “महीनौँदेखि एम्बुलेन्स अस्पताल परिसरमै थन्किएको छ, एक्स–रे मेशिन त गोदाममै थन्किएको छ । निःशुल्क प्रसुति सेवा त अझैं सञ्चालनमा आउन सकेको छैन, यी सेवा सञ्चालन नहुँदा सेवाग्राही”, स्थानीयवासी अरुण यादवले भन्नुभयो । जिल्लाको निर्वाचन क्षेत्र नं ४ बाट प्रतिनिधिसभा..
    Results 1207: You are at page 21 of 41
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 Next Last
    Weather Forecast