आईतवार, भाद्र १, २०७६

    स्वास्थ्य

    दाङ जिल्लामा अझै पनि साढे ५ हजार मोतिविन्दुका बिरामी फेला

    आईतवार, आषाढ ३, २०७५ साल
    दाङ, ३ असार   जिल्लामा अझै पनि पाँच हजार ६५७ जनामा अन्धोपनको समस्या देखिएकोछ । नेपाल नेत्रज्योति संघ, राप्ती आँखा अस्पताल रक्षाचौर दाङले गरेको पछिल्लो न्यून दृष्टियुक्त व्यक्ति सर्वेक्षणअनुसार जिल्लामा पाँच हजार ६५७ जना मोतिविन्दुका बिरामी रहेको तथ्याङक देखिएको र उपचार विधिबाट हटाउन सक्ने तथा न्यून दृष्टियुक्त व्यक्ति निवारणका लागि स्थानीय निकायहरुको सहकार्यमा परियोजना शुरु गरेको जनाएकोछ ।  सरकारको स्वास्थ्य नीति तथा कार्यक्रमको..

    सूर्यगढी खुला दिसामुक्त र पूर्ण खोपयुक्त भएको घोषणा, करिब ९९ प्रतिशत घरधुरीमा पक्की शौचालय

    शुक्रबार, आषाढ १, २०७५ साल
    नुवाकोट, १ असार सूर्यगढी गाउँपालिकालाई विहीबार खुला दिसामुक्त क्षेत्र र पूर्ण खोपयुक्त भएको घोषणा गरिएको छ ।  वडा नं २ स्थित चोगदेमा आयोजना गरिएको कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वअर्थमन्त्री डा रामशरण महतले सूर्यगढी गाउँपालिकालाई जिल्लाको दशौँ स्थानीयतहको रुपमा खुला दिसामुक्त क्षेत्र र चौथो पूर्णखोपयुक्त भएको घोषणा गरेका हुन्  ।  साविकका चार गाविस लच्याङ, बागेश्वरी, हल्देकालिका र गणेशस्थान समावेश गरी बनेको सूर्यगढी..

    चितवनलाई मेडिकल सिटीका रुपमा विकास गर्नुपर्छ : पुष्पकमल दाहाल प्रचण्ड

    बुधबार, जेष्ठ ३०, २०७५ साल
    चितवन, ३० जेठ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले चितवनलाई मेडिकल सिटीका रुपमा विकास गर्नुपर्ने बताएका छन्  । जिल्लाका स्वास्थ्यकर्मीहरुले बुधबार चितवनमा आयोजना गरेको समग्र चितवनको स्वास्थ्य विकाससम्बन्धी गोष्ठीलाई सम्बोधन गर्दै उन स्वास्थ्यका पूर्वाधारहरु बन्दै गएकाले भरतपुरलाई मेडिकल सिटीका रुपमा विकास गर्न सहज हुने बताए ।  चितवन क्षेत्र नं ३ बाट निर्वाचित सांसदसमेत रहनुभएका दाहालले यहाँको सरकारी अस्पताल, क्यान्सर अस्पताल, दुई मेडिकल कलेज..

    कोरियामैत्री अस्पताल : देशभरका स्वास्थ्य सेवाको अवस्था प्रशंसायोग्य र अझै जनतालाई सेवा दिन आग्रह

    मंगलवार, जेष्ठ २९, २०७५ साल
    भक्तपुर, २९ जेठ  नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क योङ सिकले नेपालको स्वास्थ्य सेवाको अवस्था प्रशंसायोग्य रहेको बताएका छन् ।  मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरियामैत्री अस्पतालको नवै वार्षिकोत्सवको अवसरमा उनले नेपालका चिकित्सक अस्पताल र सेवा विकसित मुलुकको भन्दा कम नभएको बताउँदै उनले नेपाल कोरियामैत्री अस्पतालले देशभरका जनतालाई सेवा दिन सक्ने गरी क्षमता विकास गर्नुपर्नेमा जोड दिए । उनले सरकारले ल्याएको स्वास्थ्य बीमालाई..

    भरतपुर जिल्लामा रगत अभाव, रक्तदातालाई प्रोत्साहित गरिँदै

    सोमबार, जेष्ठ २८, २०७५ साल
    चितवन, २८ जेठ    चर्काे गर्मी, क्याम्पस बिदा, कतिपय विद्यार्थीको परीक्षा, खेतीपातीको मौसमलगायतका कारण रक्तदान गर्नेको कमी भएपछि यहाँ रगतको अभाव हुन थालेको छ ।    क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार दैनिक १०० युनिटभन्दा बढी रगतको माग हुने गर्छ ।    जिल्ला को सदरमुकाममा रहेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, दुई मेडिकल कलेज र सरकारी भरतपुर अस्पतालसहित दुई दर्जन निजी अस्पतालमा दैनिक हुने..

    शिविरमा ३३० जनाको आँखा जाँचमा ७१ मोतिविन्दु र २ जनामा जलविन्दु देखियो

    आईतवार, जेष्ठ २७, २०७५ साल
    कञ्चनपुर, २७ जेठ  कञ्चनपुरको बेलौरीमा सञ्चालित आँखा शिविरमा ३३० जनाको निःशुल्क आँखा जाँच गरिएको छ । बेलौरी नगरपालिकाको आर्थिक सहयोग र गेटा आँखा अस्पतालको प्राविधिक सहयोगमा जनजागरण नेपालले शनिबार आयोजना गरेको शिविरमा महिला १८७ र पुरुष १४३ गरी जम्मा ३३० जनाले आँखा जाँच गराएका हुन् ।  शिविरमा आँखा जाँच लागि पुगेका ७३ जनाको निःशुल्क शल्यक्रियाका लागि गेटा आँखा अस्पतालमा सिफारिश गरिएको जनजागरण..

    डाक्टर उपेन्द्र देवकोटाको इच्छा पूरा ! आफ्नो जन्मस्थल पुगी सिस्नेधाराको पानी पिएर फर्किए

    आईतवार, जेष्ठ २७, २०७५ साल
    काठमाडौँ,२७ जेठ   वरिष्ठ न्यूरोसर्जन प्रा डा उपेन्द्र देवकोटालाई शनिबार उनको जन्मस्थल गोरखा आँपपिपलस्थित बाहुनडाँडा लगेर पुनः काठमाडौँ ल्याइएको छ । पित्तनलीको क्यान्सरका कारण गम्भीर अवस्थामा रहेका डा देवकोटाको इच्छाबमोजिम दिउँसो गोरखा जन्मघर पुर्याई सिस्नेधाराको पानी खुवाएर एक घण्टा राखेपछि पुनः काठमाडौँ ल्याई बाँसबारीस्थित न्यूरो अस्पतालको सघन कक्षमा राखिएको छ । डा देवकोटालाई हेलिकोप्टरमा सबै मेडिकल उपकरणको व्यवस्था गरेर गोरखा लगिएको थियो । उनिसँगै..

    न्युरो सर्जन प्राडा उपेन्द्र देवकोटालाई मानार्थ अध्यक्ष उपाधि प्रदान

    शनिबार, जेष्ठ २६, २०७५ साल
    काठमाडौँ, २६ जेठ  नेप्लिज न्युरो सर्जन सोसाइटीले मानार्थ अध्यक्ष उपाधिबाट वरिष्ठ न्युरो सर्जन प्राडा उपेन्द्र देवकोटालाई सम्मान गरेको छ ।  नेशनल इन्ष्टिच्युट अफ न्यूरोलोजिकल एण्ड एप्लाइड साइन्सेस बाँसबारीमा सघन कक्ष(आइसियु)मा उपचारत डा देवकोटालाई शनिबार अस्पताल पुगेर सोसाइटीले मानार्थ अध्यक्षको प्रमाणपत्र प्रदान गरेको हो ।  सोसाइटीका अध्यक्ष प्रा डा मोहनराज शर्माले अस्पतालको आइसियुमै पुगी डा देवकोटालाई मानार्थ अध्यक्षको उपाधि हस्तान्तरण गरेको जानकारी दिए..

    स्वास्थ्यचौकीको चरम लापरबाहीले एकै कक्षाका २० विद्यार्थी एकाएक बिरामी

    शुक्रबार, जेष्ठ २५, २०७५ साल
    मलेखु, धादिङ, २५ जेठ दक्षिणी धादिङको गल्छी गाउँपालिका वडा नं ६ बैरेनीस्थित बागेश्वरी मावि कक्षा ८ का २० विद्यार्थी एकै पटक बिरामी भएपछि अस्पताल भर्ना गरिएको छ ।  विद्यालयमा पढाइ शुरु भएपछि कक्षामा एकाएक बाहिरबाट आएको अनौठो धुवाँको गन्धसंँगै विद्यार्थी चिच्याएर कराउने र बेहोश हुने लक्षण देखिएको प्रधानाध्यापक राजन अधिकारीले बताए ।  कक्षा ९ का दुई जनासमेत बिरामी भएकाले बैरेनीमा स्वास्थ्यचौकीमा उपचारपछि..

    दाङको बबई गाउँपालिकामा औलो रोगका दुई बिरामी भेटिए

    शुक्रबार, जेष्ठ २५, २०७५ साल
    तुलसीपुर, दाङ, २५ जेठ पश्चिम दाङको बबई गाउँपालिकाको विकट गाउँमा दुईजना औलो रोगका बिरामी फेला परेका छन् ।  राष्ट्रिय औलो रोग निवारण कार्यक्रमअन्तर्गत जिल्ला जनस्वास्थ्य कार्यालयले बिहीबार बबई गाउँपालिका–७ को मलै गाउँमा आयोजना गरेको स्वास्थ्य परीक्षणमा दुईजना औलो रोगका बिरामी फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय दाङका औलो रोग निरीक्षक कमल चन्दले जानकारी दिए ।  उनका अनुसार परीक्षणका क्रममा बबई गाउँपालिका–७ मलैलाका बलबहादुर बुढा..

    कर्णाली प्रदेशमा ११० नयाँ कुष्ठरोगी फेला, पहाडीभन्दा पनि तराईका जिल्लामा कुष्ठरोगका बिरामी बढी

    बिहिवार, जेष्ठ २४, २०७५ साल
    सुर्खेत, २४ जेठ  कर्णाली प्रदेशमा ११० जना नयाँ कुष्ठरोगका बिरामी फेला परेका छन् । आर्थिक वर्ष २०७३-७४ मा १० वटा जिल्लामा उक्त संख्यामा नयाँ बिरामी फेला परेका हुन् ।  एक वर्षको अवधिमा स्वास्थ्य संस्थामा जाँच गर्न आएका तथा विभिन्न अभियानमा बिरामी फेला परेका मध्यपश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका क्षय कुष्ठरोग अधिकृत पदम केसीले जानकारी गराए । प्रदेशमा सबैभन्दा बढी बिरामी सुर्खेतमा फेला परेका..

    कोशी अञ्चल अस्पताल सुधारमा महानगरपालिकाको सक्रियता !

    बुधबार, जेष्ठ २३, २०७५ साल
    विराटनगर, २३ जेठ महानगरपालिकाले कोशी अञ्चल अस्पतालको समन्वयमा अस्पताल सुधार अभियान सञ्चालन गरेको छ ।  अस्पताल प्रशासनसँगको समन्वयमा बच्चा वार्ड, फोहरमैला व्यवस्थानका साथै भौतिक संरचना सुधारका लागि तत्काल सुधार अभियान सञ्चालन गरिने भएको हो ।  महानगरले अस्पतालको आसपासको क्षेत्रमा आज पनि सरसफाइ अभियान सञ्चालन गरेको छ । विराटनगर महानगरका प्रमुख भीम पराजुलीले अस्पताललाई क्रमशः सुधार गरिँदै लगिने बताए ।  उनले अस्पतालका सुधार गर्नुपर्ने..

    ठेकेदारका कारण स्वास्थ्यचौकीको भवन निर्माणको काम अलपत्र

    मंगलवार, जेष्ठ २२, २०७५ साल
    त्रिशूली(नुवाकोट), २२ जेठ ककनी गाउँपालिका–८ आरुचौरमा रहेको थानसिङ स्वास्थ्य चौकीको निर्माणाधीन भवन चार वर्षदेखि अलपत्र हुँदा स्वास्थ्यचौकी सेवा प्रभावित भएको छ ।  चार वर्षअघि निर्माण आरम्भ भए पनि ठेकेदारले बीचमा काम छाडेपछि भवन अलपत्र बनेको छ । भूकम्पको कारण पुरानो भवन बस्न अयोग्य भएपछि भाडाको घरबाट स्वास्थ्यचौकी सञ्चालन गर्दै आएकामा अत्याधुनिक भवनबाट सेवा प्रवाह गर्ने स्वास्थ्यचौकीको योजना पनि अलपत्र परेको छ ।  “नयाँ..

    गोदावरी सरसफाइ महाभियान शुरु, प्लाष्टिकजन्य वस्तु प्रयोगमा कमी ल्याउने बाचा !

    मंगलवार, जेष्ठ २२, २०७५ साल
    ललितपुर, २२ जेठ विश्व वातावरण दिवसको अवसरमा गोदावरी नगरपालिकाले ‘हाम्रो गोदावरी राम्रो गोदाबरी सरसफाइ महाअभियान’को शुरुआत गरेको छ । ‘प्लाष्टिक प्रदूषण निर्मूल पारौँः पुनःप्रयोग गर्न नसके बहिष्कार गरौँ’ भन्ने नाराका साथ सरसफाइ अभियानलाई नगरपालिकाले तीव्र पारेको छ । प्राकृतिक रुपले सुन्दर रहेको नगरपालिकालाई सधैँ हरियाली र प्रदूषणमुक्त राख्न नगरपालिकाले विभिन्न कार्यक्रमलाई आत्मसात् गर्दै अघि बढ्दै जाने जनाइएको छ । सो अवसरमा प्रतिनिधिसभा सदस्य..

    सामुदायिक अस्पतालमा खोप लगाउन आउने बालबालिका बढ्दै

    मंगलवार, जेष्ठ २२, २०७५ साल
    ललितपुर, २२ जेठ  गोदावरी–११ स्थित बज्रबाराही सामुदायिक अस्पतालमा खोप लगाउन आउने बालबालिकाको संख्या बढ्दै गएको छ ।  अस्पतालले दिने सेवामध्ये खोपमा बालबालिकाको चाप राम्रो रहेको अस्पतालका कार्यकारी कार्यक्रम निर्देशक गोशराज श्रेष्ठले बताए । चापागाउँ र त्यस आसपासका ठाउँमा बस्ती बढ्दै जाँदा र अस्पतालले गुणस्तर कायम गर्दा खोप लगाउने बालबालिकाको संख्या बढिरहेको हो । अहिले वार्षिक झण्डै रु एक ८०० जना बालबालिका अस्पतालमा..

    पहिलोपटक आन्द्राको सफल शल्यक्रिया, बिरामीको परिवारबाट खुशी व्यक्त

    सोमबार, जेष्ठ २१, २०७५ साल
    अछाम, २१ जेठ   अछामको बयालपाटा अस्पतालमा पहिलोपटक आन्द्राको सफल शल्यक्रिया गरिएको छ ।  तीन दिनदेखि पेट दुखेर बिरामी भई अस्पताल पुगेका साँफेबगर–१३ बाब्लाका ५२ वर्षीय अम्बरे विष्टको आन्द्रामा परेको प्वालको शल्यक्रिया गरिएको हो ।  आन्द्रामा समस्या भएका उनले दुई घण्टाको सफल शल्यक्रियापछि खुशी व्यक्त गर्दै भने, “टाढा जानलाई पैसा थिएन, बयालपाटामै आफ्नो उपचार हुँदा खुशी लागेको छ, अस्पताललाई धन्यवाद ।”  बिरामीको प्रकृति हेर्दा आइसियुको..

    खसीबाख्रामा लाग्ने पिपिआर रोगविरुद्धको सुई दिने कार्य शुरु

    सोमबार, जेष्ठ २१, २०७५ साल
    वीरगञ्ज, २१ जेठ  पशु स्वास्थ्य निर्देशनालयको वार्षिक कार्यक्रमअन्तर्गत खसीबाख्रामा लाग्ने पिपिआर रोगविरुद्धको सुई दिने कार्य पर्सा जिल्लामा शुरु भएको छ ।  जिल्लामा बढी बाख्रापालन हुने क्षेत्रलाई प्राथमिकतामा राखी ९० हजार खसीबाख्रालाई पिपिआर रोगविरुद्धको सुई लगाउने कार्य शुरु भएको जिल्ला पशुसेवा कार्यालय पर्साले जनाएको छ ।  पिपिआर रोग लागेपछि ८० प्रतिशत खसीबाख्रा मर्ने सम्भावना बढेकाले रोग लाग्नुभन्दा रोग लाग्न नदिने उद्देश्यले प्रत्येक वर्षझै यस..

    ललितपुरस्थित नेपाल क्यान्सर अस्पताल स्थापनाको दोस्रो बर्षमा प्रवेश, अझ राम्रो सेवा दिने प्रतिबद्दता

    आईतवार, जेष्ठ २०, २०७५ साल
    ललितपुर, जेष्ठ २० ।  नेपाली जनमानसमा क्यान्सर रोगले जरो गाड्दै आएको तथ्यलाई महसुस गर्दै खोलिएको नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरको स्थापनाको एक वर्ष पूरा भएको छ । ललितपुरको हरिसिद्धमा रहेको नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर निजी क्षेत्रबाट सञ्चालित पहिलो क्यान्सरमुखी सेवाग्राही अस्पताल हो । यस अस्पताल स्थापना भएको १ वर्ष पुगेको अवसर पारेर अस्पतालबाटै प्रकाशित हुने स्वास्थ्य पत्रिका “आशा” को..

    निःशुल्क स्वास्थ्य शिविर मार्फत १ हजार बढीले सेवा लिए

    आईतवार, जेष्ठ २०, २०७५ साल
    बैतडी,२० जेठ बैतडीको दोगडाकेदार गाउँपालिकामा शुक्रबारदेखि सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविर र एकीकृत घुम्ती शिविर शनिबार सम्पन्न भएको छ ।  शिविरमा नागरिकले स्वास्थ्य सेवा लिनुका साथै नेपाली नागरिकताको प्रमाणपत्रसमेत लिएका छन् । शिविरमार्फत १८० जनाले नेपाली नागरिकताको प्रमाणपत्र लिएको सहायक प्रमुख जिल्ला अधिकारी दीपककुमार आचार्यले जानकारी दिए । एकीकृत घुम्ती शिविरमा दोगडाकेदार गाउँपालिका–३ का ८० वर्षीय देउडीदेवी नाथले नेपाली नागरिकताको प्रमाणपत्र लिए..

    जाडोको तुलनामा गर्मीमा बढी रिस उठ्छ किन ? यस्तो छ कारण

    शनिबार, जेष्ठ १९, २०७५ साल
    एजेन्सी,१९ जेठ  गर्मीमा दिमागमा भएको कार्टिसोल नामक स्ट्रेस हर्मोनहरू बढी चार्ज हुन्छन् । अनि त्यसको आगो रिसका रूपमा बाहिर निस्कन्छ । यसले गर्दा व्यक्ति स्ट्रेस र मूड डिसअर्डरको स्थितिमा पुग्छ । स्ट्रेसले मनलाई अशान्त, भावनालाई अस्थिर र शरीरलाई अस्वस्थ बनाउँछ । कार्यक्षमता र शारीरिक तथा मानसिक विकासमा पनि यसले असर पार्छ । मकै, ओखर र रसबरी जस्ता कुरालाई आहारको अंग बनाउनुस् । यी..

    सात वर्ष बितिसके पनि निर्माण कार्य पूरा नहुँदा निर्माणाधीन स्वास्थ्य भवन अलपत्र

    शुक्रबार, जेष्ठ १८, २०७५ साल
    जाजरकोट, १८ जेठ जाजरकोटको नलगाड नगरपालिका दल्ली प्राथमिक स्वास्थ्य केन्द्रको भवन निर्माण कार्य थालनी गरेको सात वर्ष बितिसके पनि निर्माण कार्य पूरा नहुँदा निर्माणाधीन भवन अलपत्र परेको छ । निर्माण कार्यको जिम्मा लिएका निर्माण कम्पनीका मालिक बीचमै काम छोडेर बेपत्ता भएका छन् । सरकारी लगानीमा निर्माण हुनथालेको भवनको काम बीचमै अलपत्र परेपछि राज्यको बजेट बालुवामा पानी खन्याएजस्तै भएको छ भने, निकै जीर्ण..

    खेलाडीको स्वास्थ्य तथा दुर्घटना बीमा हुन्छ : मन्त्री जगतबहादुर सुनुवार

    बिहिवार, जेष्ठ १७, २०७५ साल
    काठमाडौँ, १७ जेठ  युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनुवार (विश्वकर्मा)ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा योगदान पुर्याउने खेलाडीका लागि स्वास्थ्य तथा दुर्घटना बीमाको व्यवस्था गर्ने बताएका छन्  ।  युवा तथा खेलकूद मन्त्रालयमा बिहिबार आयोजित सय दिनभित्र मन्त्रालयले गरेको कार्य योजनाको प्रगति विवरण सार्वजनिक गर्दै उनले देशको लागि खेल्ने क्रममा घाइते हुने खेलाडीको लागि यसपटकदेखि दुर्घटना बीमाको व्यवस्था गर्ने बताए ।  मन्त्री सुनुवारले तेह्रौं दक्षिण एसियाली..

    दाङमा फैलिरहेको झाडापखाला केहि हदसम्म नियन्त्रण हुँदै ! प्रभावित हुनेको संख्या एक हजार ६ सय ३१ पुग्यो

    बुधबार, जेष्ठ १६, २०७५ साल
    तुलसीपुर, दाङ, १६ जेठ  पश्चिम दाङको शान्तिनगर गाउँपालिका–३ र ४ मा गत शनिबारदेखि फैलिएको झाडापखाला नियन्त्रण हुँदैछ ।  बुधबार चौथो दिन १५५ बिरामी उपचारका लागि आएकामा पाँच जनाको चिराघाट स्वास्थ केन्द्रमा उपचार भइरहेको, एक जनालाई राप्ती अञ्चल अस्पतालमा थप उपचारका लागि पठाइएको र अन्य बिरामी उपचारपछि घर फर्किसकेको स्वास्थ्य केन्द्रले जनाएको छ ।  बुधबार उपचारका लागि आएका समेत दाङमा झाडापखालाबाट प्रभावित हुने एक..

    स्वास्थ्यकर्मीलाई एचआइभीसम्बन्धी प्रशिक्षण, सम्मानपूर्वक उपचार गर्न गराउन संयोजन

    सोमबार, जेष्ठ १४, २०७५ साल
    नगरकोट, १४ जेठ भक्तपुरका स्वास्थ्यकर्मीलाई एचआइभी एड्ससम्बन्धी प्रशिक्षण दिइएको छ ।  राष्ट्रिय एचआइभी एड्स महासंघ नेपाल (एनएपीएन) राष्ट्रिय एचआइभी तथा यौनरोग नियन्त्रण केन्द्र (एनसीएएससी) को लक्षित समुदायमा आधारित कार्यक्रमअन्तर्गत उक्त प्रशिक्षण दिइएको हो ।  प्रशिक्षणमा एचआइभी संक्रमित माथि हुने भेदभाव र लाञ्छना न्यूनीकरण गर्ने, मानवअधिकारको सिद्धान्त, नयाँ विश्वव्यापी मान्यता र अवधारणाबारे जानकारी दिइएको थियो ।  त्यस्तै एचआइभी एड्स संक्रमितले सेवन गर्ने औषधि एवं एआरटी..

    महामारीका रुपमा फैलिएको झाडापखाला नियन्त्रण हुँदै : बिरामी आउने क्रम जारी

    आईतवार, जेष्ठ १३, २०७५ साल
    तुलसीपुर, दाङ, १३ जेठ शान्तिनगर गाउँपालिका वडा नं ३ र ४को पातेटाकुरामा शनिबारदेखि महामारीका रुपमा फैलिएको झाडापखाला नियन्त्रण हुँदै गएको छ ।  गए राति १ बजेसम्म उपचारका लागि आएका ४१९ मध्ये ४१ गम्भीर बिरामीको राप्ती अञ्चल अस्पताल र तुलसीपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको र अहिले उनीहरुको अवस्था सामान्य रहेको राप्ती अञ्चल अस्पतालले जनाएको छ । अन्य बिरामी भने उपचारपछि घर फर्किसकेका छन्..

    अमरगढी नगरपालिकाकाभित्र २६ बालबालिकामा कडा कुपोषणमा

    शुक्रबार, जेष्ठ ११, २०७५ साल
    डडेल्धुरा, ११ जेठ डडेल्धुरा अमरगढी नगरपालिकाकाभित्र २६ जना बालबालिकामा कडा कुपोषण देखिएको छ ।  नगरपालिकाभित्र रहेका पाँच वर्षमुनिका दुई हजार चारजना बालबालिकामध्ये २६ जनामा कडा शीघ्र कुपोषण देखिएको छ भने २३५ बालबालिकामा मध्यम शीघ्र कुपोषण देखिएको अमरगढी नगरपालिका, स्वास्थ्य शाखाका प्रमुख लोकराज पनेरुले जानकारी दिए ।  शुक्रबार यहाँ आयोजित अमरगढी नगरपालिकास्तरीय शीघ्र कुपोषण एकीकृत व्यवस्थापन कार्यक्रमको पुनरावलोकन तथा समीक्षा कार्यक्रममा नगरपालिकाको कुल बालबालिकामध्ये..

    सुगन्धयुक्त हरियो धनिया सेवन गर्नुका यस्ता छन् फाईदा!

    शुक्रबार, जेष्ठ ११, २०७५ साल
    काठमाडौँ,११ जेठ हरियो धनिया सुगन्धयुक्त हुने भएकाले यसले खानाको स्वाद बढाउँछ। यो खानु शरीरलाई पनि निकै फाईदा जनक छ।  धनिया खानुँका फाईदाहरू-  हरियो धनियाले शारीरिक कमजोरी हटाउन मद्दत गर्छ। धनियाले रगतलाई शुद्धीकरण गर्छ। अरुचिको समस्या भएकाहरूले चटनी अथवा तरकारीमा हरियो धनिया मिसाएर खाँदा राम्रो हुन्छ। आँखासम्बन्धी सबै किसिमका समस्या भएकाहरूका लागि हरियो धनियाँ खानु लाभदायक हुन्छ। धनियाँ खाँदा शरीरमा सञ्चय भएका अक्सिडेन्टलगायत विकार शरीर बाहिर निस्किन्छ । हरियो..

    स्वास्थ्यका लागि धेरै लाभदायक नरिवल पानी, यो एउटा प्राकृतिक कन्डिस्नर

    बिहिवार, जेष्ठ १०, २०७५ साल
    काठमाडौँ, १० जेष्ठ नरिवलको पानी स्वास्थ्यका लागि धेरै लाभदायक मानिन्छ । बिहानै नरिवल पानी खाँदा दिनभर ऊर्जावान् भइरहन सकिन्छ । गर्मीयाममा नरिवलको पानीको माग निकै हुन्छ । यस्तो अभ्यासले शरीरमा पानीको कमी (डिहाइड्रेसन) हुन पाउँदैन । नरिवल पानी पेटको समस्या कम गर्न सहयोगी हुन्छ । मेटाबोलिज्मका बेला कोशिकामा फ्री र्‍याडिकल्स बन्न थाल्छन्, जसका कारण व्यक्तिविशेषमा तनाव उत्पन्न हुन सक्छ । शरीरमा बढी..

    उपचाररत् राष्ट्रकवि घिमिरेलाई थप उपचारका लागि आज भारतको मेदान्त अस्पताल लगिदै

    बुधबार, जेष्ठ ९, २०७५ साल
    काठमाडौँ, ९ जेठ : राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई थप उपचारको लागि आज भारत लैजाने तयारी गरिएको छ ।  धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार गराइरहनु भएका घिमिरेलाई थप उपचारका लागि भारतको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा लैजाने तयारी गरिएको उहाँका छोरी उषा अधिकारीले जानकारी दिइन् । घिमिरेको आन्तरिक रक्तस्राव नरोकिएपछि चिकित्सकको सल्लाहमा उपचारका लागि भारत लैजान लागिएको उनले बताइन् ।  गत वैशाख २८ गतेदेखि निरन्तर आन्तरिक..

    प्रकृतिको नियमलाई पछि पार्दै! नेपालमा मात्र पाउने सधैभरि जवान रहने औषधी

    मंगलवार, जेष्ठ ८, २०७५ साल
    काठमाडौँ, ८ जेठ बैज्ञानिकहरुले बुढो नदेखिने औषधी बनाएका छन् । प्रकृतिको नियम नै यस्तो छ कि मानिसले जन्म लिन्छ जवान हुन्छ बुढो हुन्छ अनि प्राण छोड्छ । बैज्ञानिकहरुले मान्छेलाई सँधै जवान राख्ने औषधी पत्ता लगाएको दावी गरेका हुन् । यो औषधीले बढीरहेको उमेरको प्रभाव शरीरमा पर्न नदिने र मानिसलाई लामो समय सम्म जवान राख्ने दावी शोधकर्ताहरुले गरेका छन् । सगरी मुटुको समस्या..
    Results 864: You are at page 20 of 29
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 Next Last
    Weather Forecast