आईतवार, भाद्र १, २०७६

    स्वास्थ्य

    जाडोसँगै निमोनियाको जोखिम बढ्दै : के हो निमोनिया ? डा. को सल्लाह, लक्षण र उपचार

    सोमबार, कार्तिक २६, २०७५ साल
    चितवन, २६ कात्तिक  शहरीकरणसँगै बढ्दै गएको धुलो, धुँवाका कारण निमोनियाको जोखिम बढ्दै गएको छ । फोक्सोमा हुने संक्रमण निमोनिया हो । चिकित्सकहरुको भनाइमा ब्याक्टेरिया, भाइरस, फङ्गस, प्रोटोजोवालगायतले फोक्सोमा संक्रमण भई निमोनिया हुने गर्दछ ।  वीर अस्पताल काठमाडौँका वरिष्ठ छाती रोग विशेषज्ञ डा अषेश ढुङ्गानाका अनुसार एक दिनमा ११ हजार लिटर हावा फोक्सोले प्रशोधन गर्ने गर्दछ । हावाको माध्यमबाट फोक्सोमा प्रवेश गर्ने धुलो,..

    नगरक्षेत्रको फोहरमैला खोलामा फाल्दा वातावरण दुर्गन्धित, स्वास्थ्यमा प्रतिकुल असर !

    आईतवार, कार्तिक २५, २०७५ साल
    लहान, २५ कात्तिक फोहर व्यवस्थापनका लागि डम्पिङसाइट नहुँदा सिरहाको गोलबजार नगरपालिकाको बजार क्षेत्रबाट सङ्कलित फोहरमैला नजिकैको खोलामा फ्याँकिदै आएको छ । गोलबजार नगरपालिकाले बजार क्षेत्रबाट दिनहुँ सङ्कलन हुने फोहरमैला गोलबजार नजिकै रहेको मैनावती खोलामा फाल्ने गरेकाले त्यस क्षेत्रको वातावरण दुर्गन्धित हुनाका साथै खोला किनारमा फोहरको थुप्रोसमेत बढ्दै गएको छ । पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको मैनावती खोलाको पुल नजिक दिनहुँ अव्यस्थित तरिकाले फोहर फ्याँल्दा..

    क्यान्सरलगायत यी १ सय ४८ प्रकारका ‘खतरनाक’ रोगको औषधि 'गहुँत'

    मंगलवार, कार्तिक २०, २०७५ साल
    काठमाडौँ, २० कात्तिक  स्थानीय गाईको गहुँतबाट १ सय ४८ प्रकारका रोग निको हुने वैज्ञानिक अनुसन्धानले प्रमाणित गरिसकेको छ । स्थानीय गाईको घ्यूले बढेको कोलेस्टेरोल (रगतमा हुने बोसो)ले सन्तुलन गराउनुका साथै मुटुरोगका लागिसमेत लाभदायक हुने तथ्य सार्वजनिक भएको छ । रुसी वैज्ञानिक शिरोबीचले मानिसमा हुने रेडियोधर्मी कणको प्रभाव नष्ट गर्ने क्षमता गाईको दूध, दही, घ्यू, गहुँत र गोबरमा हुने अनुसन्धानबाट पत्ता लगाएका हुन्..

    भरोसाको केन्द्र बन्दै आयुर्वेद औषधालय, बिरामी भन्छन् - निक्कै आराम भयो

    सोमबार, कार्तिक १९, २०७५ साल
    सुरुङ्गा, १९ कात्तिक  “देब्रे स्तनदेखि काखीसम्म नै एक पाटो दुख्छ, सुने र जाने जति सबै अस्पताल पुगिसकें, रोग निको भएन” बाह्रदशी गाउँपालिका–५ की ४३ वर्षीया हरिमाया थापाले आफ्नो शरीरको दुखेको अङ्ग देखाउँदै भने – “डाक्टरसाब मलाई जसरी पनि निको पारिदिनुहोस् ।” चिसोमा बिहान बेलुका खप्नै नसक्ने गरी सिङ्गै पातै दुख्ने उनको थप समस्या रहेछ ।  सोही गाउँपालिका–५ निवासी गुदु राजवंशीको पनि समस्या..

    निःशुल्क आँखा परीक्षण शिविरमा मोतीयाबिन्दुका ४३ बिरामीको सफल शल्यक्रिया

    आईतवार, कार्तिक १८, २०७५ साल
    वालिङ, १८ कात्तिक  स्याङ्जाको वालिङमा सञ्चालन भएको तीन दिने निःशुल्क आँखा परीक्षण शिविरमा मोतियाविन्दुका ४३ बिरामीको सफल शल्यक्रिया गरिएको छ ।  आँखा उपचार केन्द्र वालिङ र प्राथमिक स्वास्थ्य केन्द्र वालिङको व्यवस्थापन तथा हिमालयन आँखा अस्पताल घारीपाटन पोखराको प्राविधिक सहयोगमा शनिबार सम्पन्न शिविरमा ४५० जना आँखाका बिरामीले आँखा परीक्षण गराएका आँखा उपचार केन्द्र वालिङका प्रमुख तेजबहादुर गुरुङले बताए ।  गत बिहीबारबाट शुरु भएको निःशुल्क..

    आयुर्वेद चिकित्सालयलाई केन्द्रीय विशेषज्ञ चिकित्सालय बनाउन माग

    शुक्रबार, कार्तिक १६, २०७५ साल
    काठमाडौँ, १६ कात्तिक  नरदेवीस्थित नेपालको सबैभन्दा पुरानो आयुर्वेद चिकित्साकलयलाई ‘आयुर्वेदको केन्द्रीय विशेषज्ञ चिकित्सालय’ बनाउन माग गरिएको छ । चिकित्सालय स्थापना भएको १०१ वर्ष पूरा भइसकेको छ । विसं १९७४ वैशाख महीनामा चार शय्याबाट सेवा शुरु भएको सो चिकित्सालयले हाल ११८ शय्या सञ्चालनमा ल्याएको छ ।  आयुर्वेद चिकित्सा उपचारको महत्वबारे अझै पनि आम जनतामा कम चेतना भएकाले त्यहाँ सेवा लिन जाने बिरामीको चाप..

    ६ महीनादेखि ५ वर्षमुनिका २१ हजार बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

    बिहिवार, कार्तिक १५, २०७५ साल
    बाजुरा, १५ कात्तिक  जिल्लामा ६ महीनादेखि पाँच वर्षमुनिका २१ हजार बालबालिकालाई बुधबार र बिहीबार भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ । यसका साथै बालबालिकाको पाखुराको नाप लिइने र बालभिटासमेत वितरण गरिने जिल्ला स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।  छ महीनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ को क्याप्सुल र एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइनेछ । सोका लागि जिल्लामा २६७ महिला..

    प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार, आज नै डिस्चार्ज गर्ने अस्पतालको तयारी

    बिहिवार, कार्तिक १५, २०७५ साल
    काठमाडौँ, कार्तिक १५ ।  महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत् प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार आएसँगै आज नै उनलाई आज डिस्चार्ज गर्ने तयारी गरिएको छ । प्रम ओलीको स्वास्थ्यमा बुधबारदेखि नै थप सुधारहरु देखिएपछि अस्पतालले उनलाई डिस्चार्ज गर्ने तयारी थालेको उनको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका हुन् । हालको अवस्थामा प्रधानमन्त्रीलाई निको भइसकेको र नियमित खान पान सुरु गरिसकेको समेत जनाइएको..

    भरतपुर आँखा अस्पतालले १० जिल्लाका आँखाका बिरामीलाई सेवा दिँदै

    बुधबार, कार्तिक १४, २०७५ साल
    चितवन, १४ कात्तिक  भरतपुर आँखा अस्पतालले १० जिल्लाका आँखाका बिरामीलाई सेवा दिँदै आएको छ । नेपाल नेत्रज्योति सङ्घले सञ्चालन गरेको अस्पतालले पाँच जिल्लामा अस्पताल र आँखा उपचार केन्द्रमार्फत र बाँकी पाँच जिल्लामा शिविरमार्फत सेवा दिँदै आएको छ ।  चितवनको भरतपुरमा केन्द्रीयस्तरको आँखा अस्पताल, शहरी क्लिनिक र पाँच ठाउँमा आँखा उपचार केन्द्र सञ्चालनमा छ । नवलपुरको कावासोती, धादिङको सल्यानटार र बाराको सिम्रनगढमा आँखा..

    कात्तिक १४ र १५ मा ५ वर्षमुनिका बालबालिकालाई बुथमा लिएर जानुहोस् र स्वस्थ बनाउनुहोस् !

    मंगलवार, कार्तिक १३, २०७५ साल
    काठमाडौँ, १३ कात्तिक  शिशु जन्मेको छ महीना पुग्यो ? अथवा पाँच वर्षमुनिको छ ? छ भने बुधबार पायक पर्ने ‘बुथ’मा लिएर जाने तयारी गर्नुहोला ।  मतदान गर्न होइन नी बुथमा ! आफ्ना शिशुलाई स्वस्थ बनाउन एकैपटक चार सेवा भिटामिन ए, जुकाको औषधि (अल्वेन्डाजोल), पाखुराको नाप र बालभिटा प्राप्त गर्न । यसका लागि देशभर ३६ हजार बुथमा ६० हजार स्वयम्सेविका-स्वास्थ्यकर्मी जनशक्ति तयारी अवस्थामा..

    प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार, एक-दुई दिनमा डिस्चार्ज गर्ने जानकारी

    मंगलवार, कार्तिक १३, २०७५ साल
    काठमाडौँ, १३ कात्तिक  प्रधानमन्त्री केपी शर्मा ओली तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । यसैगरी स्वास्थ्यमा सुधार आइराख्यो भने एक-दुई दिनमा डिस्चार्ज गर्ने अस्पतालले जनाएको छ । उनको उपचारमा संलग्न प्रा डा. अरुण सायमीले प्रधानमन्त्री ओलीले मंगलबार बिहान सजिलैसँग खाजा खानुभएको र स्वास्थ्यमा उल्लेख्य सुधार रहेको जानकारी दिए ।  प्रधानमन्त्री ओली सोमबार बिहान छातीमा संक्रमण भई श्वासप्रश्वासमा समस्या..

    प्रधानमन्त्री ओलीलाई छातीमा सङ्क्रमण, केही दिन अस्पतालमै राखिने

    सोमबार, कार्तिक १२, २०७५ साल
    काठमाडौँ, १२ कात्तिक  छातीमा सङ्क्रमण देखिएपछि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा भर्ना हुनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई केही दिन अस्पतालमै ‘अब्जर्भेसन’ का लागि राखिने उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।  उहाँकोे शरीरमा ‘लोयर रेस्पिरेटरी ट्राक इन्फेक्सन’ (एलआरटिआइ) का कारण चिनीको मात्रा असन्तुलित भएकाले ‘एन्टी बायोटिक इन्सुलेन्स’ दिइ सूक्ष्म अवलोकनका लागि राखिएको हो । गत शुक्रबारदेखि सामान्य अस्वस्थ्य हुनुभएका प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट..

    प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न अध्यक्ष प्रचण्ड लगायतका नेता शिक्षण अस्पताल महाराजगञ्जमामा

    सोमबार, कार्तिक १२, २०७५ साल
    काठमाडौँ, १२ कात्तिक :  प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिन नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुग्नुभएको छ ।  प्रधानमन्त्री उपचारार्थ शिक्षण अस्पतालमा पुगेर अध्यक्ष दाहालले उहाँको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुभएको हो । रुघाखोकी सामान्य अवस्थामा नआएपछि स्वास्थ्योपचारका लागि प्रधानमन्त्री ओली आज बिहान त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुग्नुभएको उहाँका प्रेस सल्लाहकार कुन्दन अर्यालले..

    अवस्था र उपचार अत्यन्तै दुर्लभ ! बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा जटिल शल्यक्रिया सफल

    सोमबार, कार्तिक १२, २०७५ साल
    सुरुङ्गा, १२ कात्तिक : छाती र पेट छुट्याउने डायफ्राम नै च्यातिएर कलेजो फोक्सोसँग टाँसिएको अवस्थामा अस्पताल भर्ना भएकी एक बिरामीको झापाको बिर्तामोडमा रहेको बिएण्डसी अस्पतालले सफल उपचार गरेको छ ।  पाँचथरको भारपामा भएको सवारी दुर्घटनामा परी गत असोज १४ गते अस्पताल भर्ना भएकी भारपा–७ पाँचथर निवासी ४९ वर्षीया टेकरानी आङ्वोको अस्पतालले सफल उपचार गरेको अस्पतालमा आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।  छातीको..

    निःशुल्क रुपमा उपलब्ध गराइने औषधिहरु नहुँदा उपचार गराउन जाने बिरामीहरू मार्कामा !

    आईतवार, कार्तिक ११, २०७५ साल
    महोत्तरी, ११ कात्तिक गौशाला नगरपालिकामा रहेका सरकारी अस्पतालमा औषधिको अभाव भएपछि उपचारका लागि गएकाहरू रित्तै फर्किन थालेका छन् । यहाँका सरकारी स्वास्थ्य केन्द्रहरूमा सरकारद्वारा निःशुल्क रुपमा उपलब्ध गराइने औषधिहरु नहुँदा उपचार गराउन जाने बिरामीहरू मार्कामा परेका हुन् । यहाँका स्वास्थ्य केन्द्रमा औषधि नभएपछि उपचारका लागि आउने बिरामीबाट गाली खानुपरेको निगौल स्वास्थ्य चौकीका इञ्चार्ज अर्जुनबहादुर बोहराको गुनासो थियो । उनन्चालिस किसिमका औषधि..

    नेपालगञ्जस्थित फत्तेबाल आँखा अस्पतालमा अहिलेसम्म साढे २० लाख जनाको आँखा जाँच

    आईतवार, कार्तिक ११, २०७५ साल
    नेपालगञ्ज, ११ कात्तिक : नेपाल नेत्रज्योति सङ्घअन्तर्गत सञ्चालित यहाँस्थित फत्तेबाल आँखा अस्पतालले अहिलेसम्म दुई लाख २८ हजार ६६५ जनाको आँखाको शल्यक्रिया गरेको छ ।  अस्पतालका प्रबन्धक कौशलकुमार वर्माका अनुसार ३२ वर्षको अवधिमा अस्पतालले २० लाख ४६ हजार बिरामीको आँखा जाँच गरेको छ । यसका अलावा अस्पतालमा विभिन्न समयमा अलग÷अलग स्थानमा सञ्चालन गरेको शिविरमा १२ हजारभन्दा बढीको आँखा जाँच र ३८४ जनाको शल्यक्रिया..

    रोल्पामा ६७ जना एचआइभी संक्रमित, संक्रमितमध्ये पुरुष र महिलाको सङ्ख्या बराबर

    शुक्रबार, कार्तिक ९, २०७५ साल
    रोल्पा, ९ कात्तिक : रोल्पामा एचआइभी संक्रमितको सङ्ख्या ६७ पुगेको छ । यस क्षेत्रमा कार्यरत रोल्पा प्लस संस्थाका अनुसार संक्रमितमध्ये पुरुष र महिलाको सङ्ख्या बराबर छ ।  जिल्लामा हालसम्म यो रोगका कारण १५ को मृत्यु भइसकेको बताइएको छ । जीवित संक्रमितमध्ये २६ महिला र २६ पुरुष छन् । संक्रमित बुबाआमाका कारण जिल्लामा तीन बालबालिकासमेत एचआइभीको संक्रमणको शिकार भएका छन् ।  संक्रमितमध्ये ३२ ले..

    मुटुरोग पीडित सपना मिजारलाई म्याग्दीस्थित मिजार समाजद्वारा आर्थिक सहयोग

    बिहिवार, कार्तिक ८, २०७५ साल
    बेनी, ८ कात्तिक मुटु, पित्त र कलेजोमा गम्भीर समस्या भई उपचाररत बेनी नगरपालिका–९ की सपना मिजारलाई आर्थिक सहयोग प्राप्त भएको छ । शहीद गङ्गालाल अस्पतालमा मुटु र पित्त तथा शिक्षण अस्पतालमा कलेजोको शल्यक्रियापश्चात् नियमित अस्पतालको सम्पर्कमा रहेर उपचार गराइरहेकी १३ वर्षीया मिजारको उपचारमा सहयोग पुर्याउने उद्देश्यले म्याग्दीस्थित मिजार समाजले रु २० हजार १५५ सहयोग गरेको हो । बुधबार बेनीमा आयोजित एक कार्यक्रममा..

    सुदूरपश्चिम प्रदेशको प्रमुख शहर धनगढीमा निजी लगानीका अस्पताल खुल्ने क्रम बढ्दै

    मंगलवार, कार्तिक ६, २०७५ साल
    कैलाली, ६ कात्तिक  सुदूरपश्चिम प्रदेशको प्रमुख शहर धनगढीमा पछिल्लो समय निजी लगानीमा अत्याधुनिक सेवा सुविधासहितका अस्पताल खुल्ने क्रम बढ्दै गएको छ । धनगढी उपमहानगरपालिका–३ चटकपुरमा अघिल्लो महीनादेखि रु १० करोड बढीको लगानीमा २५ श्ययाको सुविधायुक्त ‘माया मेट्रो’ अस्पताल सञ्चालनमा आएको छ । अस्पतालमा २४ घण्टा आकस्मिक तथा ट्रमा सेवा, बहिरङ्ग तथा अन्तरङ्ग सेवा, अत्याधुनिक प्रयोगशाला, अत्याधुनिक डिजिटल भिडियो एक्स–रे तथा सिटीस्क्यान सेवा रहेको..

    जनस्वास्थ्य कर्णाली प्रदेश सरकारको प्राथमिकतामा, जिल्ला अस्पताललाई स्तरोन्नति गर्ने

    सोमबार, कार्तिक ५, २०७५ साल
    सल्यान, ५ कात्तिक कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले जनस्वास्थ्य प्रदेश सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।  सल्यान र रुकुम पश्चिम हेर्ने गरी जिल्ला स्वास्थ्य कार्यालय सल्यानको आज उद्घाटन गर्दै मन्त्री ज्वालाले कर्णाली प्रदेशका १० जिल्लामध्ये पाँचमा रहेका जिल्ला अस्पताललाई स्तरोन्नति गर्ने कार्य यसै आर्थिक वर्षमा शुरु गरिएको जानकारी दिए । “प्रदेश सरकारले सल्यानसहित पाँच जिल्लाका जिल्ला अस्पताललाई १५..

    घरघरको व्यथा नसर्ने रोग, विज्ञद्वारा समयमै प्रभावकारी रोकथाममा ध्यान दिन आग्रह

    सोमबार, असोज २९, २०७५ साल
    काठमाडौँ, २९ असोज   घरघरको व्यथाका रुपमा नसर्ने रोग देखापरेको भन्दै विज्ञले समयमै यसको प्रभावकारी रोकथाममा ध्यान दिन आग्रह गरेका छन् ।    मुटु, मिर्गाैला, दम, मधुमेह, रक्तचाप, मानसिक स्वास्थ्य, श्वासप्रश्वासजस्ता समस्या पछिल्लो समय घरघरको रोगका रुपमा देखा परेको छ । ती नसर्ने रोगका रोगी कति छन् कुनै अध्ययनसमेत भएको छैन । सरुवा रोगले भन्दा नसर्ने रोगका कारण हुने मृत्यु पनि बढिरहेको बताइन्छ ।..

    चापाकोट अस्पताल स्याङजालाई एम्बुलेन्स प्रदान, स्थानियलाई सहज सेवा पुग्ने विश्वास

    आईतवार, असोज २८, २०७५ साल
    पाल्पा, २८ असोज भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्मा अर्यालले सरकारबाट उपलब्ध गराइएको एम्बुलेन्स चापाकोट अस्पताल स्याङजालाई शनिबार एक कार्यक्रमका बीच हस्तान्तरण गरेकी छन् । उनले चापाकोट नगरपालिकाका उपप्रमुख विमला श्रेष्ठ तथा अस्पताल रहेको वडा नं ९ का वडाध्यक्ष शङ्करभक्त भण्डारीलाई संयुक्त रूपमा एम्बुलेन्सको साँचो हस्तान्तरण गरिन् । सो अवसरमा उनले दुर्गम भेगका सर्वसाधारण नागरिकलाई अस्पतालसम्म पुर्याउन नसकेर घरमै ज्यान गुमाउनुपर्ने..

    मलेरिया रोकथामका लागि छर्किनु पर्ने औषधि ३ महिनादेखि स्वास्थ्य केन्द्रमा अलपत्र

    शुक्रबार, असोज २६, २०७५ साल
    बाजुरा, २६ असोज मलेरिया रोकथामका लागि छर्किनु पर्ने औषधि तीन महिनादेखि बाजुराको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा थन्किएको छ । ‘सेभ द चिल्ड्रेन’को सहयोगमा जिल्लाको उत्तरी भेग बूढीनन्दा नगरपालिकाको कोल्टी रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा साउनमा पठाएको थियो । औषधि साउनमा छर्किनुपर्ने भए पनि बजेट नभएको भन्दै तीन महीना बितिसक्दा पनि समुदायमा औषधि छर्न नसकेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा सत्य शाहीले..

    झुलाघाटमा स्वास्थ्य सहायता कक्ष स्थापना, ८५ जनाको रगत परीक्षण

    शुक्रबार, असोज २६, २०७५ साल
    बैतडी, २६ असोज भारतबाट घर फर्कने नागरिकलाई लक्ष्य गरी सीमा नाका झुलाघाटमा स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको छ । सो कक्षमा ८५ जनाको रगत परीक्षण गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य सहायक सन्तोष पाण्डेयका अनुसार भारतको मलेरिया प्रभावित क्षेत्रमा काम गरी फर्कने नागरिकलाई लक्ष्य गरी सो कक्ष स्थापना गरिएको हो । ‘मलेरिया देखिए निःशुल्क उपचार गछौँ,’ उनले भने । यस्तै जिल्लाको शिवनाथ..

    मातृ तथा नवजात शिशुको मृत्यु दर घरमा भन्दा स्वास्थ्य संस्थामा बढी, यस्तो छ कारण !

    बिहिवार, असोज २५, २०७५ साल
    काठमाडौँ, २५ असोज  पछिल्ला समय मातृ तथा नवजात शिशुको मृत्यु दर घरमा भन्दा स्वास्थ्य संस्थामा बढी हुने गरेको तथ्य सार्वजनिक भएको छ ।  गर्भवती भएपछि स्वास्थ्य संस्थामा स्वास्थ्य परीक्षण गराउने एवम् स्वास्थ्य संस्थामा सुत्केरी हुने दरवृद्धिसँगै घरमा भन्दा स्वास्थ्य संस्थामा मातृ तथा नवजात शिशुको मृत्यु हुने दर बढेको देखिएको हो ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा मातृ तथा नवजात शिशु स्वास्थ्यसम्बन्धी बिहिबार यहाँ आयोजित..

    सन् २०२० सम्म २५ प्रतिशत अन्धोपनलाई घटाइने, नेपालमा आँखासँग सम्वन्धी केही तथ्य !

    बिहिवार, असोज २५, २०७५ साल
    काठमाडौँ, २५ असोज  सन् २०२० सम्म उपचार तथा रोकथाम गर्न सकिने अन्धोपनलाई २५ प्रतिशत घटाउने लक्ष्य लिइएको छ । यस लक्ष्यलाई पूरा गर्न नेपालमा तिलगङ्गा आँखा प्रतिष्ठानलगायत आँखा स्वास्थ्य क्षेत्रमा संलग्न सबै निकायले सहकार्य गर्दै आइरहेका छन् ।  ‘आँखा सेवा सबैका लागि, विश्व दृष्टि दिवस मनाऔ’ भन्ने नाराका साथ आज उपचार तथा रोकथाम गर्न सकिने अन्धोपनका समस्या र समाधानबारे विश्वभर चेतना फैलाउन..

    सुरक्षितभन्दा असुरक्षित गर्भपतन गर्नेको सङ्ख्या दोब्बर, सुरक्षित मातृत्व ऐन कोसेढुङ्गा

    बुधबार, असोज २४, २०७५ साल
    काठमाडौँ, २४ असोज  पछिल्लो सयम सुरक्षितभन्दा असुरक्षित गर्भपतन गराउनेको सङ्ख्या वृद्धि भएको छ ।  स्वास्थ्य सेवा विभागकोे वार्षिक प्रतिवेदनअनुसार गत वर्ष मुलुकभर ९६ हजार ४१७ महिलाले सुरक्षित गर्भपतन गराएका ान पछिल्लो तथ्याङ्कननुसार प्रतिएक घण्टामा २१ महिलाले असुरक्षित गर्भपतन गराउँछन् । वर्षेनी एक लाख ८६ हजार १४४ असुरक्षित गर्भपतन हुने प्रजनन स्वास्थ्य क्षेत्रमा क्रियाशील अन्तर्राष्ट्रिय संस्था गुटामाचार इन्ष्टिच्युट र कृपा नामक संस्थाले जनाएका..

    कस्तो छ थारू समुदायमा सिकलसेलको असर ? यस्तो छ न्यूनीकरण को उपाय !

    मंगलवार, असोज २३, २०७५ साल
    काठमाडौं, २३ असोज  सबैभन्दा बढी सिकलसेल सङ्क्रमण हुने थारू समुदायमा कस्तो छ त रोगको अवस्था ? कुन उमेर समूहका व्यक्तिलाई बढी रोगले सताउँछ । रोगबाट मानवीय क्षति न्यूनीकरण गर्न के कस्ता उपाय अपनाउन सकिन्छ ।  ती प्रश्नको निराकरण गर्ने प्रयासस्वरुप अहिले नेपालमा सबैभन्दा धेरै थारूको बसोबास रहेको बर्दियाको बारबर्दिया नगरपालिकामा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सिकलसेलको अध्ययन थालेको छ । सिकलसेल एनिमियाँ रातो..

    खुला सीमाका कारण औलोको उच्च जोखिम, नाका गडड्चौकीमा सतर्कता

    सोमबार, असोज २२, २०७५ साल
    कञ्चनपुर, २२ असोज  खुला सीमाका कारण कञ्चनपुर औलोको उच्च जोखिममा परेको छ । भारतमा औलोको संक्रमण भएर आउने बिरामीको सङ्ख्या प्रतिवर्ष बढ्दो रूपमा रहेको छ ।  तीन महीनाको अवधिमा कञ्चनपुरमा लामखुट्टेको टोकाइबाट सर्ने औलो रोगका बिरामीको सङ्ख्या २२ पुगेको छ । साउन, भदौ र असोजको हालसम्म औलोका ती बिरामी फेला परेका हुन् । औलोका बिरामी अधिकांश भारतमा काम गरेर फर्केका रहेका छन्..

    एकदिने बृहत शिविरमा १५ सयको स्वास्थ्य परीक्षण, निःशुल्क औषधि वितरण

    आईतवार, असोज २१, २०७५ साल
    राजविराज, २१ असोज  सप्तरीको सप्तकोशी नगरपालिका–२ स्थित फत्तेपुरमा शनिबार आयोजित एकदिने बृहत स्वास्थ्य शिविरमा एक हजार ५०० को स्वास्थ्य परीक्षण गरिएको छ ।  न्यूरो अस्पताल विराटनगरको प्राविधिक सहयोग तथा सप्तकोशी नगरपालिकाले आयोजना गरेको स्वास्थ्य शिविरमा एक हजार ५०० सर्वसाधारणको निःशुल्क स्वास्थ्य परीक्षण गर्नुका साथै निःशुल्क औषधिसमेत वितरण गरिएको थियो ।  न्यूरोलोजिस्ट डा वीरेन्द्र विष्ट, न्यूरोसर्जन डा यमबहादुर राना, हाड जोर्नी डा नवीन कर्ण,..
    Results 864: You are at page 15 of 29
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 Next Last
    Weather Forecast