बाँके: बुधबार मध्यरातिबाट बाँकेको नेपालगञ्जमा लकडाउन हुने भएको छ। नेपालगञ्ज उपमहानगर क्षेत्रभरका लागि लकडाउन लगाउने निर्णय गरिएको हो।

प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले वैशाख ८ गते मध्यरातिदेखि वैशाख १५ गते मध्यरातिसम्म लकडाउन हुने बताए। उनले बाँकेमा बुधबार बिहानसम्म सक्रिय संक्रमित ७३५ पुगेको र अस्पतालहरु ...

समाचार

सबै

आज मध्यरातिबाट नेपालगञ्जमा लकडाउन

बाँके: बुधबार मध्यरातिबाट बाँकेको नेपालगञ्जमा लकडाउन हुने भएको छ। नेपालगञ्ज उपमहानगर क्षेत्रभरका लागि लकडाउन लगाउने निर्णय गरिएको हो।

प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले वैशाख ८ गते मध्यरातिदेखि वैशाख १५ गते मध्यरातिसम्म लकडाउन ...

चितवनमा बोलेरोको ठक्करबाट पैदलयात्रीको मृत्यु

 चितवन: पूर्वी चितवनको राप्ती नगरपालिकामा बोलेरोको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका–३ झुरझुरेकी ७२ वर्षीया मेनुका ओली रहेको इलाका प्रहरी कार्यालय भण्डाराले जनाएको छ ।

पूर्व–पश्चिम लोकमार्गमा ...

डोटीमा बेवारिसे अवस्थामा महिलाको शव फेला

डोटी: डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिका–७ तथा पूर्वीचौकी गाउँपालिका–१ को सीमाक्षेत्र बुढोबाँज भन्ने ठाउँमा बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर ...

नमूना नै नलिई पिसिआरको नेगेटिभ रिपोर्ट बनाउने गिरोह पक्राउ

काठमाडाैं: मानिसको स्वाब सङ्कलन नै नगरी कोभिड–१९ परीक्षणको पिसिआर नेगेटिभ रिपोर्ट बनाउने कार्यमा एउटा गिरोह सक्रिय रहेको पाइएको छ । काठमाडौँको सिनामङ्गलमा रहेको सुरिया हेल्थकेयर प्रालिका सञ्चालक डा सिपी श्रीकुमार र मेरिट मल्टी केयर ...

त्रिभुवन विमानस्थलमा बिदाइका लागि नजान आफन्तलाई आग्रह

काठमाडौं:  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइकालागि नजान आफन्तलाई विमानस्थल कार्यालयले आग्रह गरेको छ । कोरोना सङ्क्रमण फैलिएको अहिलेको परिस्थितिमा विमानस्थल हाताभित्र बिदाइ कार्यक्रमलाई निरुत्साहित गरिएको कार्यालयले ...

वैशाख ९ गतेदेखि एक साता लकडाउन हुने

काठमाडाैं: कोरोना भाइरसकाे संक्रमण बढ्दै गएपछि बाँकेमा वैशाख ९ गतेदेखि लकडाउन हुने भएको छ । 

जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)ले एक साताका लागि लकडाउन गर्न सिफारिस गरेपछि बाँके प्रशासनले लकडाउन गर्न लागेको ...

चैतेदशैँकाे अवसरमा सार्वजनिक बिदा

कर्णाली: आज सरकारले कर्णाली प्रदेशमा चैतेदशैँका अवसरमा सार्वजनिक बिदा दिएको छ। चैत्र शुक्ल अष्टमीका दिन कर्णालीवासीले मनाउने चैतेदशैँका अवसरमा सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको हो ।

कर्णालीमा चैतेदशैँलाई अन्य चाडपर्वझै उत्सवका साथ ...

सम्पादकीय

सबै

राजनीति


आर्थिक




मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज आफन्त र साथीभाइबाट सहयोग र हौसला प्राप्त हुनेछ । आकस्मिक धन लाभ हुनेछ । रमाइलो यात्रा रहला । सन्तान सुख पनि मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

रोकिएका काम पुनः सुरु हुन सक्छन् । श्रमको उचित मल्याङ्कन हुनेछ । व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

सामाजिक प्रतिष्ठा कमाउने बेला छ । व्यक्तिगत काममा सफलता हात पर्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । पुनर्मिलनको योग पनि रहेको छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

उन्नति एवं प्रगतिको वातावरण बन्नेछ । सामाजिक कार्य अघि बढ्नेछ । घरजग्गाको कारोबारमा सफलता मिल्नेछ । मेहनतीहरूका लागि दिन फलदायी रहनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

मनमा दुबिधा उत्पन्न हुनेछ । चोटपटकको भय छ सचेत रहनुहोला । घरायसी कामधन्दाका लागि खट्नु पर्ने छ, तर आफ्नो अधिकार भने मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

साथीभाइबाट बढी फाइदा लिने समय छ । जोश जाँगर र उमंग बढ्ला । नयाँ काम सुरु गर्ने समय छ । आर्थिक कारोबारमा सफलता पाइएला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

आज प्रेम सम्बन्ध कसिलो होला । रचनात्मक काममा जुट्ने समय छ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । कृषि क्षेत्रको काम पनि अघि बढ्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । शुभकार्यको चर्चा चल्नेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । रोकिएको धन हात पर्ला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

आज काममा केही प्रतिस्पर्धा र चुनौती सामना गर्नुपर्ला । प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउनेछ । सन्तान पक्षको मायामा कमी आउनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नयाँ व्यक्तिसँग भेटघाट हुनेछ । व्यापारमा धनलाभ हुने योग छ । भूमिबाट लाभ नै रहला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । विद्या र बुद्धिको विकास हुनेछ । सामाजिक कार्यमा सहभागी भइएला । प्रयत्न गरे बढी फाइदा लिन सकिनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । विशिष्ट व्यक्तिको साथ पाइनेछ । समाजसेवामा मन लाग्नेछ । रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

मेष राशिलाई कर्म र भाग्य भावमा बृहस्पतिको अनुकूल प्रभावले यो वर्ष विभिन्न अवसर प्राप्त हुनेछन्। कर्मयोगबाट उत्साहजनक उपलब्धि हासिल गर्दै सफलताको उचाइतर्फ आरोहण गर्ने अवसर प्राप्त हुनेछ। नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थानान्तरण हुने बलियो सम्भावना छ। पेसा–व्यवसायमा स्थापित भइनेछ र लक्ष्यअनुसारको काम गर्दै आर्थिक स्थितिमा सुधार ल्याउन सकिनेछ। विद्यार्थीहरूमा तर्कशक्ति बढ्नेछ। अध्ययनले उचाइको बाटो समाउनेछ र प्रतिभाको उच्च मूल्यांकन हुनेछ। धर्मकर्म, तीर्थाटन तथा परोपकारी काममा प्रवृत्त भइनेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

वृष राशिलाई यो वर्षको प्रारम्भिक र अन्तिम समय उत्साहजनक र उपलब्धिमूलक हुनेछ। रोकिएका धेरै काम सम्पादन हुनेछन्। धर्मकर्म तथा परोपकारी काममा प्रवृत्त भइनेछ। अध्ययनले नयाँ गति लिनेछ। व्यवसायमा उल्लेख्य प्रगति हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

मिथुन राशिलाई यो वर्ष अवसर र चुनौतीका शृंखला दोहोरिने हुँदा व्यावहारिक समस्यासँग जुध्नुपर्नेछ। असारसम्म कष्टभावमा शनि र बृहस्पतिको उपस्थितिले अध्ययन र धर्माचरणमा बाधा, स्वास्थ्यमा समस्या, साझेदारीमा झमेला, व्यापारमा हानि र नोकरीमा दुर्गम स्थानान्तरण जस्ता व्यवधान आउन सक्छन्।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

कर्कट राशिलाई यो वर्ष उत्साहजनक प्रारम्भिक परिवेशबाट बीचमा केही अवरोहण भए पनि उत्तरार्धमा सफलताको उचाइ प्राप्त गर्न सकिनेछ। गृहस्थी भावमा बृहस्पतिको उपस्थितिले वर्षारम्भदेखि नै विभिन्न अवसर प्राप्त हुनेछन्। पढाइलेखाइ सामान्य रहे पनि नतिजाले उत्साह जगाउनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सिंह राशिलाई परिस्थितिस“ग केही सम्झौता गर्नुपरे पनि यो वर्ष विशेष फलदायी रहनेछ। प्रारम्भमा शनि र राहु अनुकूल हुनाले विभिन्न अवसरले पछ्याउनेछन्। उद्योग, व्यापार र नोकरीमा विशेष फाइदा हुनेछ। कृषि र पशुपालनमा पनि राम्रो फाइदा हुनेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

कन्या राशिलाई यो वर्ष उत्साहजनक रहनेछ। बीचमा केही संघर्षमय परिस्थिति आए पनि उत्तरार्धमा विशेष उपलब्धि प्राप्त गर्न सफल भइनेछ। वर्षारम्भदेखि असारसम्म र मंसिरपछिका महिनामा बृहस्पति विद्याभावमा रहने हुँदा विद्यार्थीहरूका लागि उत्साहजनक अवसर प्राप्त हुनेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

तुला राशिलाई यो वर्ष केही उतारचढावमय रहनेछ। श्रावणदेखि मध्यम परिवेशबाट उचाइतर्फ अग्रसर भइनेछ भने मंसिरदेखि पुनः सुरुको अवस्थामा अवतरित भइनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

वृश्चिक राशिलाई यो वर्ष आसलाग्दो मध्यम परिवेशबाट उत्साहजनक प्रगतिका साथ उत्तरार्धमा विशेष उपलब्धि प्राप्त गर्न सफलता मिल्नेछ। बृहस्पतिको अनुकूलताले विद्यार्थीहरूलाई विशेष फाइदा हुनेछ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

धनु राशिलाई वर्षको पूर्वार्धमा व्यावहारिक समस्या देखिए पनि उत्तरार्धमा सुल्झनेछन्। बृहस्पतिको अनुकूलताले शिक्षामा राम्रो प्रगति हुनेछ। बौद्धिक प्रभाव बढ्नुका साथै लेखन कलामा निखारता आउनेछ। आफ्नो अभियानमा शुभचिन्तकहरूले साथ दिनेछन्।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

मकर राशिलाई यो वर्ष अवसर र चुनौती बराबर आउनेछन्। शीर्षभावमा बृहस्पतिको उपस्थितिले अरूको दबाब सहन गर्न नसक्दा विद्रोही भावना जागृत हुनेछ। आत्मसम्मानका लागि संघर्षमा उत्रनुपर्ने स्थिति आउन सक्छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

कुम्भ राशिलाई खर्चभावका बृहस्पति र शनिको योगले चुनौतीको भेलमा संघर्षपूर्ण यात्रा गराउने देखिन्छ। विशेष गरी कर्जा लिएर काम गर्नेहरूलाई लगानी नउठ्ने चिन्ताले सताउन सक्छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

मीन राशिलाई यो वर्ष उत्साहजनक पृष्ठभूमिबाट सफलताको उचाइतर्फ आरोहण गर्ने अवसर प्राप्त हुनेछ। आयभावमा रहने बृहस्पति र शनिको अनुकूलताले लक्ष्यअनुसारको काम सम्पादन भई मनग्गे आम्दानी हुनेछ। सुरुको मिहिनेतले वर्षभरि फाइदा दिनेछ।

स्वास्थ्य

सबै
अत्यावश्यक नपरेसम्म विमानस्थल क्षेत्रमा प्रवेश नगर्न आग्रह

अत्यावश्यक नपरेसम्म विमानस्थल क्षेत्रमा प्रवेश नगर्न आग्रह

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले अत्यावश्यक नपरेसम्म विमानस्थल क्षेत्रमा प्रवेश नगर्न आग्रह आग्रह गरेको छ । मंगलबार सूचना प्रकाशित गर्दै कार्यालयले विमानस्थलमा आवतजावत गर्दा अनिवार्य ...

अन्तर्राष्ट्रिय

सबै
अफ्रिकी मुलुक चाडका राष्ट्रपति इडरिस डेबीको मृत्यु

अफ्रिकी मुलुक चाडका राष्ट्रपति इडरिस डेबीको मृत्यु

काठमाडौं : अफ्रिकी मुलुक चाडका राष्ट्रपति इडरिस डेबीको मृत्यु भएको छ । सेनाका अनुसार गत साताको अन्तिममा मुलुकको उत्तरी क्षेत्रमा भ्रमणको क्रममा अचानक विद्रोहीले आक्रमण गर्दा डेबी घाइते भएका थिए । मंगलबार उनको मृत्यु भएको हो ।यसअघि ११ अप्रिलमा भएको निर्वाचनको सोमबार सार्वजनिक भएको निर्वाचनको नतिजाअनुसार डेबी ...

भारतीय लोक सभाका सासंद राहुल गान्धीमा कोरोना संक्रमण

भारतीय लोक सभाका सासंद राहुल गान्धीमा कोरोना संक्रमण

दिल्ली  :   भारतीय लोक सभाका सासंद राहुल गान्धीमा कोरोनाभाइरसको संक्रमण भएको छ। उनी राष्ट्रिय कंग्रेसका सदस्य पनि हुन् ।

गान्धीले मंगलबार ट्विटरमार्फत् आफूलाई संक्रमण भएको जानकारी गराएका हुन्। उनले कोरोनाका लक्षण देखिएपछि जचाँउदा कोरोना पुष्टि भएको बताएका छन्।

उनले पछिल्लो समय आफूसँग सम्पर्कमा ...

अमेरिकी पूर्व उपराष्ट्रपति वाल्टर मोन्डालेकाे निधन

अमेरिकी पूर्व उपराष्ट्रपति वाल्टर मोन्डालेकाे निधन

एजेन्सी: अमेरिका पूर्व उपराष्ट्रपति वाल्टर मोन्डालेकाे ९३ वर्षको उमेरमा निधन भएको छ । सो कुराको जानकारी उनका छोरोले सोमबार नै विज्ञप्तिमार्फत् गराएको अमेरिकामा रहेका विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

उनी अमेरिकाका राष्ट्रपति जिम्मी कार्टरको समयमा उपराष्ट्रपति थिए । त्यसैगरी पूर्व ...

अमेरिकाको नेब्रास्कामा गोली चल्दा दुई जना घाइते

अमेरिकाको नेब्रास्कामा गोली चल्दा दुई जना घाइते

एजेन्सी: संयुक्तराज्य अमेरिकाको नेब्रास्का राज्यमा शनिबार एउटा मलमा चलाइएको गोली लागेर दुई व्यक्ति घाइते भएका छन् ।

स्थानीय प्रहरीका अनुसार ओमाहा शहरको वेस्टरोड्स मलमा उक्त घटना भएको थियो । गोली चलाउने व्यक्ति फरार भएका र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

घाइते एक व्यक्तिको स्वास्थ्य अवस्था निकै नाजूक ...

 हाइटीका प्रधानमन्त्रीद्वारा राजिनामा

 हाइटीका प्रधानमन्त्रीद्वारा राजिनामा

काठमाडाै  :  हाइटीका प्रधानमन्त्री जोसेफ जोथेले राजीनामा गरेका छन। गत २०२० को मार्चदेखि प्रधानमन्त्रीको रूपमा सेवा गरिरहेका जौथेले राजीनामा बारेमा कुनै स्पष्टीकरण भने दिएनन्।

प्रधानमन्त्री जौथेले पहिले पनि राजीनामा पेश गर्ने प्रयास गरिसकेका थिए तर राष्ट्रपति जोनेल मोइसेले त्यसबेला अस्वीकार गरेका थिए।

हाईटीमा ...

सेनाको गोलीलागेर म्यान्मारमा नेपालीभाषी दम्पतीको मृत्यु

सेनाको गोलीलागेर म्यान्मारमा नेपालीभाषी दम्पतीको मृत्यु

म्यान्मार: सेनाको गोलीलागेर म्यान्मारमा मंगलबार नेपालीभाषी दम्पतीको मृत्यु भएको छ । भारतको सीमावर्ती सहर मोरे (मणिपुर) पारिको बर्मेली सहर टमुका बासिन्दा किसन गौतम र उनकी श्रीमती हरिमाया गौतमको गोली लागेर मृत्यु भएको हो ।

म्यान्मारको जगाईं प्रान्तमा पर्ने सानो सहर टमुमा करिब ४ हजार नेपालीको बसोबास ...

भिडियो